संगालोखबर संवाददाता

काठमाडौं, १४ फागुन । प्रदेश र स्थानीय तहमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेका बेला करिब चार हजार जना कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका बिभिन्न पत्रपत्रिकामा समाचार छापिएका छन ।

Advertisement

गत पुस ३० गते ४५ दिनको अवधि राखी सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरी समायोजनमा जान नचाहने कर्मचारीलाई स्वैच्छिक अवकाश लिन सूचना सार्वजनिक गरेको थियो ।

मन्त्रालयका अनुसार निवेदन दिन तोकिएको समयावधिको अन्तिम दिन आइतबारसम्म तीन हजार ४८० जना कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन् ।

स्वैच्छिक अवकाशकै समाचार छापेको राजधानी दैनिकले भने ३ हजार ७ सय ४८ कर्मचारीले राजीनामा बुझाएको दाबी गरेको छ ।

सामान्य प्रशासन मन्त्रालयले आइतबारसम्ममा स्वेच्छिक अवकाशका लागि ३ हजार ७ सय ४८ कर्मचारीले राजीनामा दिएको बताएको राजधानीको समाचारमा उल्लेख छच ।

सरकारले ४५ दिनअघि कम्तीमा २० वर्ष सेवा अवधि पुगेका र ५० वर्ष उमेर पुगेका कर्मचारीका लागि स्वेच्छिक अवकाश नीति ल्याएको हो ।

नागरिक दैनिकले भने स्वैच्छिक अवकाश प्याकेजमा कर्मचारीहरूकाे न्यून अावेदन परेकाे लेखेकाे छ । स्वैच्छिक अवकाश राेज्न याेग्य ५० वर्ष उमेर पूरा भएका र २० वर्ष सेवा अविध पूरा गरेका २२ हजार कर्मचारीमध्ये कम्तीमा १२ हजारभन्दा बढीले अवकाश राेज्ने अनुमान गरिए पनि त्याेभन्दा निकै कम संख्यामा अावेदन परेकाे छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement