प्रदेश १ काे राजधानी सुरक्षित बनाउन मुख्यमन्त्रीको निर्देशन

प्रदेश १ काे राजधानी सुरक्षित बनाउन मुख्यमन्त्रीको निर्देशन

विराटनगर, १० फागुन । प्रदेश १ को अस्थायी मुकाम विराटनगरलाई सुरक्षित बनाउन सिसिटिभी जडानदेखि सवारी व्यवस्थापनसम्मको काम सुरु गरिएको छ । मुख्यमन्त्री शेरधन राईको निर्देशनमा काम थालिएको प्रमुख सचिव यादव कोइरालाले बताए । मुख्यमन्त्रीको कार्यालयमा गत ७ फागुनमा भएको सर्वपक्षीय छलफलमा विराटनगरलाई सुरक्षित बनाउन आवश्यक रणनीति तयार पार्न र कार्यान्वयन गर्न मुख्यमन्त्री राईले निर्देशन दिएका थिए । ट्राफि...
राष्ट्रिय परिचयपत्र तयार पार्न थप ६ महिना ढिला हुने

राष्ट्रिय परिचयपत्र तयार पार्न थप ६ महिना ढिला हुने

काठमाडौँ, ९ फागुन । राष्ट्रिय परिचयपत्र तयार पार्न तोकिएभन्दा थप ६ महिना ढिला हुने भएको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र गठन भएको ७ वर्ष बितिसक्दा पनि योजना पूरा नहुँदा आगामी असोजमा कार्यावधि टुंगिने गरी समय थप्न लागिएको हो । ‘एकमात्र आधार परिचयपत्र’ का रूपमा ल्याइन लागेको परिचयपत्र कार्यक्रम एसियाली विकास बैंकको नेपालमा सञ्चालित लामा योजनामध्ये पर्छ । पहिलो चरणमा वितरण हुनै थप ६ मह...
पहिलो चरणमै राष्ट्रपति र उपराष्ट्रपतिको चयन !

पहिलो चरणमै राष्ट्रपति र उपराष्ट्रपतिको चयन !

काठमाडौँ, फागुन ९ गते । संघीय र प्रदेश संसदमा दलहरुवीच भएको सांसद सङ्ख्याअनुसार यसपटकको राष्ट्रपति र उपराष्ट्रपतिका लागि हुने चुनाव पहिलो ‘राउण्ड’मै टुङ्गिने सम्भावना देखिएको छ । निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मतभार प्राप्त गर्ने व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि संघीय संसद्का ३३४...
पार्टी एकीकरण घोषणा फागुनभित्रै गर्ने तयारी

पार्टी एकीकरण घोषणा फागुनभित्रै गर्ने तयारी

काठमाडौं, ९ फागुन । नयाँ पत्रिका दैनिकले पार्टी एकता गर्न सोमबार सहमति गरेका एमाले–माओवादी फागुनभित्रै पार्टी एकीकरणको घोषणा गर्ने तयारीका साथ अघि बढेको समाचार छापेको छ । समाचार अनुसार एकीकरणको प्रारम्भिक आधारपत्रमा सोमबार हस्ताक्षरपछि अन्तिम तयारी गर्न गठन गरिएका दुई कार्यदलले काम थालेका छन् । गठन गरिएका दुईमध्ये राजनीतिक कार्यदलले राजनीतिक विषय टुंग्याउने छ भने विधान र संगठनात्मक कार्यदलले वि...
गुण्डा नाइके मनोज पुन र सोम आले प्रहरीसँगको इनकाउन्टरमा मारिए

गुण्डा नाइके मनोज पुन र सोम आले प्रहरीसँगको इनकाउन्टरमा मारिए

बुटवल, ९ फागुन । व्यक्ति हत्याका प्रमुख योजनाकारको आरोपमा प्रहरीको मस्टवान्टेड सूचीमा रहेका गुण्डा नाइके मनोज पुन प्रहरीसँगको मुडभेडमा मारिएका छन् । निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सोम आलेको पनि सोही मुडभेडमा मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ । बुधबार बिहान रुपुन्देहीको देवदह नगरपालिका-४ भवानीपुरमा प्रहरीसँगको मुडभेडमा पुन र आले मारिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवाल...
एकीकृत पार्टीको नयाँ नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ आयोगमा दर्ता गर्न कठिनाइ

एकीकृत पार्टीको नयाँ नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ आयोगमा दर्ता गर्न कठिनाइ

काठमाडौं, ९ फागुन । एमाले–माओवादीले जुराएको एकीकृत पार्टीको नयाँ नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न कठिनाइ हुने भएको छ । ऋषिराम कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी यसअघि नै आयोगमा दर्ता छ । निर्वाचन आयोगको दलसम्बन्धी ऐनको दफा ९ मा एउटै नाममा दुई पार्टी दर्ता गर्न नमिल्ने व्यवस्था स्पष्ट छ । यस्तो अवस्थामा एकीकृत पार्टीले कि पुरानो पार्टीसँग एकता गर्नुपर्नेछ, कि नयाँ पार्ट...
जहाँ धाराबाट पानीमात्र होइन, दूध पनि आउँछ

जहाँ धाराबाट पानीमात्र होइन, दूध पनि आउँछ

काठमाडौं, ८ फागुन । लतिलपुरको इकुडोलमा भने धाराबाट पानीमात्र होइन, दूध पनि आउँछ । किसानको घरबाट दूध संकलन केन्द्रसम्म दैनिक धाउनुपर्ने बाध्यता अन्त्य गर्न यस्तो तरिका अपनाइएको हो। इकुडोलवासीले दूध संकलनका लागि यो उपाय अपनाएको १० वर्ष भइसकेको छ । २०६४ वैशाख १ गते इकुडोलका व्यवसायी भीमसेन आचार्यले दूध संकलनका लागि यो तरिका सुरु गरेका थिए । सडकको सहज पहुँच नभएका ग्रामीण क्षेत्रबाट दूध संकलन गर्न कठि...
ओली प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिए सिलवाल

ओली प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिए सिलवाल

काठमाडौं, ८ फागुन । कार्यसम्पादन मूल्यांकन कीर्ते मुद्दामा प्रहरीले व्यापक खोजी गरिरहेका पूर्वडीआईजी एवं एमाले सांसद् नवराज सिलवाल केपी ओली प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिएका छन् । उनी सोमबार साँझ एमाले नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री ओलीलाई भेट्न उनको सरकारी निवास बालुवाटार पुगेका थिए । सरकारी छाप दस्तखत कीर्ते मुद्दामा सर्वोच्च अदालतको आदेशपछि प्रहरीले सिलवालको व्यापक खो...
प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने तयारी

प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने तयारी

काठमाडौं, ८ फागुन। सरकारले प्रदेशमा ६० प्रतिशत कर्मचारी पठाए पनि कार्यस्थलमा भने १५ प्रतिशत मात्रै कर्मचारी पुगेका छन् । खटाएको स्थानमा कर्मचारी जान नमानेपछि सरकारले उनीहरुलाई बर्खास्त गर्ने तयारी गरेको  छ । सरकारले प्रदेशको कामकाजका लागि अहिलेसम्म एक हजार कर्मचारी खटाइसकेको छ । जसमध्ये एक सयको हाराहारीमा मात्रै कार्यस्थल पुगेका छन् । बाँकी कर्मचारी प्रदेशमा जान अटेर गरेर बसेका छन् । धेरैजसो बी...
संघीय संसद्को पहिलो बैठक २१ फागुनमा बोलाइने

संघीय संसद्को पहिलो बैठक २१ फागुनमा बोलाइने

काठमाडौं, ८ फागुन । संघीय संसद्को पहिलो बैठक २१ फागुनका लागि बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संविधानको धारा ९३ (१) को प्रावधानबमोजिम २१ फागुन दिउँसो ४ बजे बस्ने गरी अधिवेशन आह्वान गरेकी हुन् । बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्नेछ । प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनको नतिजा आएपछि संघीय संसद् बैठक आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रस...
विकासशील मुलुक बन्न योग्यता पुग्यो तर, तयार छैन नेपाल

विकासशील मुलुक बन्न योग्यता पुग्यो तर, तयार छैन नेपाल

काठमाडौं, ७ फागुन । अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने योग्यता पुगे पनि नेपालले तत्काल स्तरोन्नति नहुने बताएको छ । संयुक्त राष्ट्रसंघको अतिकम विकसित राष्ट्र, भूपरिवेष्टित विकासशील राष्ट्र र साना टापु विकासशील राष्ट्रहरूको प्रतिनिधिको कार्यालय (युएनओएचआरएलएलएस) मा आफ्नो धारणा राख्दै नेपालले यस्तो बताएको हो । आगामी मार्चमा बस्ने युएनओएचआरएलएलएसको बैठकले नेपाल स्तरोन्नति हुने कि ...
ऐन नहुँदा प्रदेश सुरक्षाको योजनै बनेन

ऐन नहुँदा प्रदेश सुरक्षाको योजनै बनेन

काठमाडौं, ६ फागुन । संघीय संरचनाअनुरूप प्रदेश सरकार गठन भइसक्दा पनी  पनि त्यहाँको गृह प्रशासन सञ्चालन र आन्तरिक सुरक्षा योजना बन्न सकेको छैन । स्थानीय प्रशासन ऐन र संघीय प्रहरी ऐन नबन्दा नीतिगत अन्योल देखा परेको हो । गृह मन्त्रालयको प्रस्ट निर्देशन नहुँदा प्रदेशको आन्तरिक मामिला (गृह प्रशासन) हाँक्ने जिम्मेवारी पाएका सहसचिवहरूको भूमिकासमेत प्रभावकारी हुन सकेको छैन । प्रदेशहरूमा मन्त्रिपरिष...
परीक्षाको घडिमा ओलीका योजना

परीक्षाको घडिमा ओलीका योजना

काठमाडौं, ६ फागुन । दोस्रोपटक प्रधानमन्त्री बनेका केपी ओलीसँग जनताका असीमित अपेक्षा छन्। योभन्दा अगाडि प्रधानमन्त्री छाड्दै गर्दा उनले संसद्मा गरेको अन्तिम भाषणमा गर्न नपाएका कामको फेहरिस्त अगाडि सारेका थिए। अघिल्लो प्रधानमन्त्री कालमा गर्न नपाएका काममा चुनावको समयमा वाम गठबन्धनले अगाडि सारेका प्रतिबद्धता पनि थपिएका छन्। यो प्रतिबद्धतासँगै स्थायी सरकारले गर्नैपर्ने विकास निर्माणका कामको भारी बोके...
एमाले–माओवादी एकता: खाका निर्माणमै ढिलाइ

एमाले–माओवादी एकता: खाका निर्माणमै ढिलाइ

काठमाडौं, ६ फागुन । नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकताको खाका निर्माणमै ढिलाइ गर्दा पार्टी एकीकरणमा ढिलाइ भएको छ । माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनिसके पनि नयाँ पार्टीको मार्ग निर्देशक सिद्धान्तमा सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिने संकेत देखिएको छ । पार्टी एकताबारे एमाले अध्यक्ष ओली र माओ...
कांग्रेसको चेतावनी : निर्णय उल्ट्याए, सिस्टम बिग्रन्छ

कांग्रेसको चेतावनी : निर्णय उल्ट्याए, सिस्टम बिग्रन्छ

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको निर्देशनप्रति प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ । सरकारका निर्णय कांग्रेसका नभएकाले खारेज गरिँदा ‘क्याबिनेट सिस्टम’को खिल्ली उड्ने निष्कर्ष कांग्रेसको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार यस विषयमा आफू नेतृत्वको सरकारमा कानुनमन्त्री रहेका यज्ञबहादुर थापालगायतका नेता...
चुनौतीका तुलनामा प्रधानमन्त्री ओलीका अवसर बलिया

चुनौतीका तुलनामा प्रधानमन्त्री ओलीका अवसर बलिया

काठमाडौं, ४ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली एक वर्ष ६ महिना २२ दिनपछि फेरि सत्तामा पुगेका छन् । अघिल्लोपटक भन्दा यसपटक उनी शक्तिशाली छन् । प्रधानमन्त्री ओलीका सामु चुनौती पनि प्रशस्तै छन् । ओली अघिल्लोपटक माओवादी केन्द्रसहित अन्य साना दलको समर्थनमा सामान्य बहुमत बनाएर सत्तामा पुगेका थिए । यसपटक भने ओलीले वाम गठबन्धन (एमाले र माओवादी केन्द्र) को करिब दुईतिहाइ बहुमतका साथ सत्ताको नेतृत्...
त्रिशूली जलविद्युतमा चिनियाँ कम्पनीले २० अर्ब लगानी गर्ने

त्रिशूली जलविद्युतमा चिनियाँ कम्पनीले २० अर्ब लगानी गर्ने

काठमाडौं, ४ फागुन । उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ । औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम मन्त्रालयमा सोमबार बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको २२४औं बैठकले चीनको हाइड्रो चाइना कर्पोरेसनलाई स्वीकृति दिएको हो ।विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ३ को उपदफा ३ अन...
मेडिकल शिक्षाका लागि बाहिरियो २२ अर्ब

मेडिकल शिक्षाका लागि बाहिरियो २२ अर्ब

काठमाडौं, ३ फागुन । मेडिकल शिक्षा अध्ययनका लागि पछिल्ला पाँच वर्षमा मुलुकबाट २२ अर्ब रुपैयाँ बिदेसिएको छ। स्वदेशी मेडिकल कलेजमा अध्ययन गर्न पर्याप्त सिट नभएपछि विदेशी मेडिकल कलेज तथा शैक्षिक संस्थामा भर्ना भएका विद्यार्थीबाट उक्त रकम बाहिरिएको हो। सरकारी तथ्यांकअनुसार मुलुकबाट पछिल्ला पाँच वर्षमा चार हजार तीन सय ४६ जना विद्यार्थी एमबीबीएस तथा बीडीएस अध्ययनका लागि विदेश गएका छन्। शिक्षा मन्त्रा...
काठमाडौंमा ७.८ रेक्टरको भूकम्प गए दोब्बर क्षति

काठमाडौंमा ७.८ रेक्टरको भूकम्प गए दोब्बर क्षति

काठमाडौं, ३ फागुन । कारोबार दैनिकका अनुसार तीन वर्षअघि गोर्खा केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्प दोहोरिए राजधानी काठमाडौंमा मात्रै ७ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको क्षति हुने अध्ययनले देखाएको छ । यस्तो भूकम्पले २२ हजारभन्दा बढी मानवीय क्षति हुने सरकारी अध्ययनको दाबी छ । सहरी विकास मन्त्रालय अन्तर्गतको भूकम्प विपद् जोखिम मूल्यांकन परियोजनाले जापानी सहयोग नियोग –जाइका) सँग मिलेर गरेक...
प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने

प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने भएका छन् । निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गरेपछि प्रधानमन्त्रीले बिहीबार राजीनामा दिने भएका हुन् । कानुनतः निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष निर्वाचन परिणाम बुझाएपछि स्वतः नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ । देउवाले बिहीबार बिहान ९ बजे मन्त्रिपरि...
ओली-प्रचण्ड : ‘दुवै अध्यक्ष, दुवै प्रधानमन्त्री’

ओली-प्रचण्ड : ‘दुवै अध्यक्ष, दुवै प्रधानमन्त्री’

काठमाडौं, ३ फागुन । एमाले–माओवादी केन्द्रबीच एकीकरण गर्न गठित पार्टी एकता संयोजन समितिले एकीकृत पार्टीमा केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त नेतृत्व रहने मोडालिटी टुंगो लगाएको छ । दुवै अध्यक्षले बैठकको अध्यक्षता र सरकारको नेतृत्व आलोपालो गर्ने मोडालिटी तय भएको छ । ललितपुरमा बुधबार बसेको संयोजन समिति बैठकले एकीकृत पार्टीको मूल नेतृत्व र तत्कालीन सैद्धान्तिक–वैचारिक कार्यदिशामा पनि सहमति ...
यस्तो गराउँछ गाँजाले, केही प्रभावहरु

यस्तो गराउँछ गाँजाले, केही प्रभावहरु

काठमाडौं, १ फागुन । आज हिन्दूहरूको पर्व शिवरात्रि । शिवरात्रिमा शिवको प्रसादको रूपमा गाँजा प्रयोग गरिन्छ । गाँजा थोरै मात्रामा प्रयोग गर्दा त्यति धेरै नकारात्मक असर नपर्ने भए पनि बढी प्रयोगले भने विभिन्न स्वास्थ्य समस्या निम्त्याउँछ । यी हुन् गाँजाका केही प्रभावहरु... मान्छेको दिमागमा दुई किसिमका रासायनिक तत्व हुन्छन् । एउटा दिमागलाई स्टिमुलेन्ट ९उत्तेजित० गर्ने र अर्को डिप्रिसेन्ट ९शिथिल० गर...
प्रदेशमा ९० वटा गाडी पठाइयो: कुन प्रदेशमा कति ?

प्रदेशमा ९० वटा गाडी पठाइयो: कुन प्रदेशमा कति ?

काठमाडौं, १ फागुन । प्रदेशले नै मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहको गाडीको व्यवस्था गर्नुपर्ने भएको छ । तत्काल कुनै नयाँ सवारी किन्ने व्यवस्था नभएकाले प्रदेशभित्र रहेका गाडीहरु नै प्रयोगमा ल्याउनुपर्ने गृह मन्त्रालयले जनाएको छ । गृहको आन्तरिक व्यवस्था शाखा ‘ख’का उप–सचिव यदुनाथ पौडेलले विभिन्न मन्त्रालय र विभागका गरी ९० वटा सवारी सबै प्रदेशमा पठाइएको बताएका छन। प्रधानमन्त्री तथ...
सिंहदरवार भत्काउन फेरि लबिङ

सिंहदरवार भत्काउन फेरि लबिङ

काठमाडौं, १ फागुन । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पश्चिमी मोहडा जसरी पनि जोगाउनुपर्ने राय व्यक्त भइरहेका बेला परामर्शदाता कम्पनीहरूले तत्काल भत्काउनुपर्ने पक्षमा फेरि ‘लबिइङ’ थालेका छन् । सिंहदरवार प्रबलीकरण परियोजनाअन्तर्गत सिंहदरवारको मुख्य आकर्षण रहेको पश्चिमी मोहडालाई प्रबलीकरण गर्ने वा भत्काएर पुनर्निर्माण गर्ने भन्नेबारे सूक्ष्म अध्ययन गर्न प्रस्ताव पेस गरेका कन्सल्टेन्सीहरुले यस्तो लब...
विद्यालय तहको पाठ्यक्रम परिवर्तन गरिँदै

विद्यालय तहको पाठ्यक्रम परिवर्तन गरिँदै

काठमाडौं, १ फागुन । विद्यालय तहको शिक्षालाई व्यावहारिक र कानूनसम्मत बनाउन पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जनलाई अन्तिम चरणमा पुर्याएको छ । शिक्षाको ऐनको नवौं संशोधनसँगै कक्षा एकदेखि बाह्रसम्मको शिक्षा विद्यालय तहमा गाभिएपछि नयाँ पाठ्क्रम निर्माणमा केन्द्र जुटेको हो। । ऐन संशोधन हुनुअघि विद्यालय तहमा एकदेखि तीनसम्म पूर्वप्राथमिक, पाँचसम्म प्राथमिक, आठसम्म निम्नमाध...
वाम एकता: सहअध्यक्षमा सहमति, सरकार र पार्टीको नेतृत्व आलोपालो

वाम एकता: सहअध्यक्षमा सहमति, सरकार र पार्टीको नेतृत्व आलोपालो

  काठमाडौं, १ फागुन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकीकरणपछि सहअध्यक्ष बन्न सहमत भएका छन् । दुई अध्यक्षबीच मात्र सोमबार भएको वार्तामा पार्टी एकीकरणपछि दुवैजना सह–अध्यक्ष बन्न सहमत भएका हुन् । यो सहमतिसँग अब दुई कम्प्युनिस्ट पार्टीबीचको एकता प्रक्रिया अघि बढेको छ । दुई दिनभित्रै पार्टी एकताको प्रारूप घोषणा गर्ने, त्यसपछि सरकार निर्म...
प्रदेश १ मा आज प्रदेश सभा बैठक बस्दै

प्रदेश १ मा आज प्रदेश सभा बैठक बस्दै

विराटनगर, २९ माघ । प्रदेश १ मा प्रदेश सभा बैठक आज बस्दैछ। प्रदेश १ को सभामुखमा एमालेका प्रदीपकुमार भण्डारी आज निर्विरोध चयन हुँदै छन् । आइतबार प्रदेश सभा सचिवालयमा सभामुखको मनोनयनमा भण्डारीको मात्रै उम्मेदवारी परेको छ । प्रदेश १ को प्रदेश सभाको बैठक सोमबार दुईपटक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकले सभामुख चयन गर्नेछ । प्रदेश सभा सचिवालय सचिव ध्रुवप्रसाद घिमिरेले पहिलो बैठकले सभामुख चयन गर्ने बताए...
प्रदेश १ : प्रदेश प्रमुख सरकार गठनका लागि पत्रको प्रतीक्षामा

प्रदेश १ : प्रदेश प्रमुख सरकार गठनका लागि पत्रको प्रतीक्षामा

विराटनगर, २९ माघ। सरकार गठनका लागि प्रदेश १ का प्रदेश प्रमुख प्रा. गोविन्दबहादुर तुम्बाहाङ दलको पत्र कुरेर बसेका छन् । प्रदेश १ मा बहुमत प्राप्त दलले संसदीय दलको नेता चयन गरिसकेकाले प्रदेश प्रमुख सरकार गठनका लागि पत्रको प्रतीक्षामा छन् । संविधानअनुसार बहुमत प्राप्त दलले सरकार गठनका लागि माग गर्दै पत्र लिएर आएमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेर शपथग्रहण गराउनेछन् । मुख्यमन्त्रीको अध्यक्षत...
लाप्राकमा मकैको बिहे धुमधामले गरियो

लाप्राकमा मकैको बिहे धुमधामले गरियो

काठमाडौं, २९ माघ। लाप्राकका किसानले शनिबार धुमधामले मकैको बिहे गरेका छन् । ‘मकैको बिहे नगरी मकै रोप्न नहुने परम्परा छ’, स्थानीय मार्सिङ गुरुङले अन्नपूर्णसँग भनेका छन्, ‘फागुन लागेपछि मकै रोप्ने काम हुन्छ, त्यसैले मकैको बिहे गरेका हौं ।’ मनाङे डाँडादेखि सुरु भएको बिहे कार्यक्रम गाउँमा आएर समापन भएको थियो । मकै रोप्नुअघि प्राचीन परम्पराअनुसार उनीहरुले मकैको बिहे गरेको समाचार अन्नपूर्ण पोस्ट दैन...
प्रेमी गर्भवती बनाएर विदेशिए, प्रेमिकाले बिहे गरिन् : बिहेकै रात छोरा जन्मियो !

प्रेमी गर्भवती बनाएर विदेशिए, प्रेमिकाले बिहे गरिन् : बिहेकै रात छोरा जन्मियो !

लहान,२९ माघ । सुन्दा पनि अच्चम लाग्छ। तर, यथार्थ हो। बिहे गरेर घर भित्र्याएकै दिन बेहुलीले बच्चा जन्माइन्। यो सिरहा सुखिपुर नगरपालिका ४ को घटना हो। स्थानीय उमेश मोचीले बिहे गरेर घर ल्याएकै दिन दुलहीले बच्चा जन्माइन्। यो घटना अहिले चर्चाको विषय बनेको छ। बरियारपट्टी गाउँपालिका ३ शिवनगरकी शोभा रामसँग उमेशले धुमधामसँग बिहे गरेका थिए । तर, घर भित्राएकै रात शोभाले छोरालाई जन्म दिएपछि परिवारका सदस्य ...
रेडक्रसको लापरबाही: राज्यलाई छलेर ५ अर्ब खर्च

रेडक्रसको लापरबाही: राज्यलाई छलेर ५ अर्ब खर्च

काठमाडौं, २९ माघ । नेपाल रेडक्रस सोसाइटीले राज्यको नीति–नियम लत्याउँदै अर्बौं रुपैयाँ खर्च गरेको छ । परोपकारी संस्था रेडक्रसले समाजकल्याण परिषदको स्वीकृति नलिई विभिन्न कार्यक्रम सञ्चालन गरेको हो । ‘राज्यलाई छलेर ५ अर्ब खर्च’ शीर्षकको समाचारमा नागरिकले लेखेको छ– रेडक्रसका पदाधिकारीहरुले राजनीतिक प्रभावका आधारमा कानुनी प्रक्रिया नै पूरा नगरी संस्था नवीकरण गरिएको पाइएको छ । रेडक्रसका यस्ता कार्यले स...
error: Content is protected !!