डोटीका शिक्षा इकाई प्रमुखलाई कार्यकक्षमै दलियो कालाेमोसो

डोटीका शिक्षा इकाई प्रमुखलाई कार्यकक्षमै दलियो कालाेमोसो

डोटी । डोटीको शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख अनन्त कुमार पौड्याललाई अभद्र व्यवहार गरिएको छ । आइतबार दिउँसो करिब डेढ बजेतिर नेवि संघ सर्मथित युवाहरुको एक समूहले प्रमुख पौड्यालको कार्यकक्षमै गएर अभद्र व्यवहार गर्दै कालोमोसो लगाएका हुन् । बिद्यालय शिक्षा परीक्षा (एसइई) को अनुगमन गरी दिउसो कार्यकक्षमा रहेका पौड्याललाई १०/१२ जनाको एक समूहले अभद्र ब्यबहार सहित कालोमोसो दलेको हो । एक प्रत्येक्...
आफन्तबाटै ५ किशोरी बलात्कृत

आफन्तबाटै ५ किशोरी बलात्कृत

काठमाडौंँ । अघिल्लो महिनाको दोस्रो साता सप्तरीमा एकजनाले बहिनीलाई बलात्कार पछि हत्या गरे । केही महिनाअघि धरानमा हजुरआमाको किरिया बार्न मामाघर पुगेका दुई दिदीबहिनी आफन्तबाटै बलात्कारमा परे । धरानमै एक व्यक्तिले भान्जीलाई बारम्बार बलात्कार गरेको घटना सार्वजनिक भयो । त्यस्तै भोजपुरका एक युवकले छिमेककै एक १३ वर्षीया बालिकालाई बलात्कार गरेपछि उनी गर्भवती भइन् ।अधिकारकर्मी एवं कानुन व्यवसायी मीरा ढुङ...
तेह्रथुममा हजार भन्दा बढी भारतीय कामदार

तेह्रथुममा हजार भन्दा बढी भारतीय कामदार

तेह्रथुम । रोजगारका लागि धेरै संख्यामा नेपाली युवा बिदेसिएका छन् । कामको खोजीमा भारतबाट भने हजारभन्दा बढीको संख्यामा कामदार जिल्ला भित्रिएका छन् । निर्माणाधीन सडक, जलविद्युत, सरकारी भवन, व्यक्तिगत घर, पुललगायतका क्षेत्रमा कामका लागि भारतीय मजदुर भित्रिएका हुन् । भारतको हिमाञ्चल, उत्तरप्रदेश र बिहारदेखिका कामदार विकासे आयोजनामा आएका छन् । अधिकांश कामदार ठेकेदारमार्फत आएको भारत मोतीहारी डुमरी गाउ...
७० वर्ष पुगेपछि सरकार आफैले एक लाख रुपैयाँको सेवा उपलव्ध गराउने

७० वर्ष पुगेपछि सरकार आफैले एक लाख रुपैयाँको सेवा उपलव्ध गराउने

काठमाडौं । सरकारले स्वास्थ्य बिमाप्रति नागरिकको आकर्षण बढाउन ७० वर्ष पुगेपछि थप एक लाख रुपैयाँको सेवा उपलव्ध गराउने भएको छ। बिमाको प्रिमियम रकम पनि २५ सयबाट वढाएर ३५ सय पुर्याइएको छ। बिमाका विद्यमान प्रणालीमा केही परिवर्तनसहितको ‘स्वास्थ्य बिमा नियमावली, ०७५’ सरकारले स्वीकृत गरेको छ। नियमावलीमा ६९ वर्षसम्म मात्रै परिवारले प्रिमियम तिर्ने र ७० वर्ष पुगेपछि स्वास्थ्य बिमाको सम्पूर्ण जिम्मा सरकारल...
सुकुम्बासीका नाममा कार्यकर्तालाई जग्गा बाँड्ने तयारीमा सरकार

सुकुम्बासीका नाममा कार्यकर्तालाई जग्गा बाँड्ने तयारीमा सरकार

काठमाडौं । काठमाडौं ९ सुकुमवासी र अव्यवस्थित बसोवास गर्नेका नाममा जग्गा वितरण गर्दा विगतमा विवाद आएको जान्दाजान्दै सरकारले फेरि जग्गा बाँड्ने तयारी गरेको छ । राजनीतिक पार्टीले विगतमा पटकपटक सुकुमवासीका नाममा आफ्ना कार्यकर्तालाई जग्गा बाँड्दा विवाद आएको थियो । अहिले विवाद आउन नदिन सरकारले कानुन संशोधन गरेर जग्गा बाँड्ने चलाखी गरेको हो । कानुनी प्रक्रिया पूरा गर्न सरकारले भूमिसम्बन्धी ऐन, २०२१ ला...
अप्रिल १ देखि जापान सरकारले नेपाली कामदार लैजाने तयारी

अप्रिल १ देखि जापान सरकारले नेपाली कामदार लैजाने तयारी

काठमाडौं । नेपाली कामदार लैजान जापान सरकारले सोमबार नेपालसँग सम्झौता गर्ने भएको छ । १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर हुने भएको हो । एमओसीमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानका चार वटा अधिकारीले हस्ताक्षर गर्नेछन् । जापानी पक्षको हस्ताक्षरसहितको एमओसी नेपालस्थित जापानी ...
होलीमा जबर्जस्ती रङ दले तुरुन्तै पक्राउ हुने

होलीमा जबर्जस्ती रङ दले तुरुन्तै पक्राउ हुने

काठमाडौं । काठमाडौं उपत्यकामा होलीमा करिब तीन हजार सुरक्षाकर्मी परिचालित हुने भएका छन् । काठमाडौंमा मात्र दुई हजार प्रहरी खटिने भएका छन् । करिब ३ सय जना सादा पोसाकका प्रहरी खटिनेछन् । ललितपुरमा ५ सय ८४ र भक्तपुरमा ४ सय ८ प्रहरी खटिनेछन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार होली पर्व सुरक्षाका लागि एक सय सात स्थानमा चेक पोइन्ट राखिनेछन् । ८५ वटा क्विक रेस्पोन्स टिम खटिनेछन् । २० वटा मोबाइल ...
नेपालको जनसङ्ख्या ३ करोड ३ लाख पुग्ने

नेपालको जनसङ्ख्या ३ करोड ३ लाख पुग्ने

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले सोमबारको अनुमानित जनसङ्ख्या दुई करोड ९५ लाख छ हजार ३४५ पुगेको देखाएको छ । राति १२ बजेपछि बोर्डमा नयाँ जनसङ्ख्या देख्न पाइन्छ । प्रक्षेपण बोर्डले नेपालको जनसङ्ख्या दैनिक एक हजार ६४ देखि एक हजार ७८ जनासम्म बढ्ने गरेको देखाउँदै आएको छ । जबकी गत वर्ष प्रतिदिन एक हजार ७० देखि एक हजार ८४ जनासम्म बढ्ने गरेको देखाउँथ्यो । प्रक्षेपण अनुमानित भएकाले घटबढ हुने सम्भावन...
३३ किलो सुन प्रकरणमा गलत आदेश दिने आठ न्यायाधीशविरुद्ध बृहद् छानबिन

३३ किलो सुन प्रकरणमा गलत आदेश दिने आठ न्यायाधीशविरुद्ध बृहद् छानबिन

काठमाडौं । ३३ केजी सुन तस्करीका अभियुक्त र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा भएको आदेशमा असंगति देखिएपछि न्यायिक जिम्मेबारीबाट अलग गरिएका उच्च अदालतका आठ न्यायाधीशमाथि बृहद् छानबिन हुने भएको छ। न्यायापरिषद् बैठकले बृहत् छानबिनका लागि सर्वोच्च अदालतका तीनजना न्यायाधीश संलग्न समिति गठन गरेको छ। यसअघि सर्वोच्चकै न्यायाधीश ईश्वर खतिवडालाई छानबिनको जिम्मा दिइएको थियो।खतिवडा समितिको ४५ दिन लामो...
भाषाका नाममा ठगी

भाषाका नाममा ठगी

काठमाडौं । जापान, कोरियालगायतका देशमा जान सहजताका लागि भाषा पढाउने नाममा देशभरका अधिकांश शैक्षिक कन्सल्टेन्सीले मनपरी शुल्क असुल्दै आएका छन् । अधिकांश कन्सलटेन्सीले ठगी धन्दा चलाउँदै आए पनि सरकारले पर्याप्त मात्रामा अनुगमन गर्न सकेको छैन । सरकारले अनुगमन नगर्दा उनीहरूको ठगी धन्दा मौलाउन पुगेको हो । विभिन्न बहानामा कन्सल्टेन्सीले शुल्क लिइरहेका छन् । विद्यार्थी मासिक रूपमा १५ देखि ५० हजार रुपैय...
समाजिक सञ्जाल दर्ता नभएमा बन्द गरिन्छ : सञ्चारमन्त्री बाँस्काेटा

समाजिक सञ्जाल दर्ता नभएमा बन्द गरिन्छ : सञ्चारमन्त्री बाँस्काेटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले सामाजिक सञ्जाल दर्ता नभए बन्द हुने बताएका छन्। संसदीय मामिला पत्रकार समाजले आइतबार आयोजना गरेको सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे विज्ञबाट कार्यपत्रसहितको अन्तरक्रियामा मन्त्री बास्कोटाले दर्ता नगरी राष्ट्रिय स्वतन्त्रता, सामाजिक सुरक्षालाई चुनौती दिएमा त्यो सामाजिक सञ्जाल बन्द गर्नु पर्ने बताएका हुन्। उन...
गाडी चलाउँदा मोबाइलमा कुरा गर्ने २९ हजार चालक कारबाहीमा

गाडी चलाउँदा मोबाइलमा कुरा गर्ने २९ हजार चालक कारबाहीमा

काठमाडौं । गाडी चलाउँदा मोबाइल फोनमा कुरा गर्ने २९ हजार बढी चालक कारबाहीमा परेका छन् । उनीहरुबाट जरिवानास्वरुप ट्राफिक प्रहरीले १ करोड ७३ लाख राजस्व उठाएको छ । यो कारबाहीमा कम्तीमा ५ सय जरिवाना तोकिएको छ । आर्थिक वर्ष २०७४/७५ मा देशभर गाडी चलाउँदै गर्दा मोबाइलमा कुरा गर्ने २९ हजार ३०३ चालक कारबाहीमा परेको प्रहरी प्रधान कार्यालयले जनाएको खबर नयाँ पत्रिकामा छापिएको छ ।
विपन्न नागरिकको उपचारमा सवा २ अर्ब खर्च

विपन्न नागरिकको उपचारमा सवा २ अर्ब खर्च

काठमाडौं । विपन्न नागरिकको औषधि र उपचारमा राज्य कोषबाट २ अर्ब ११ करोड ५६ लाख १८ हजार ९ सय ७ रुपैयाँ खर्च भएको छ । चालू आवको अहिलेसम्ममा देशभरका २१ हजार ८ सय २० विपन्न नागरिकको औषधि र उपचार सेवाबापत सो रकम खर्च भएको हो । उनीहरूले देशभरका ६४ अस्पतालबाट औषधि र उपचार सेवा लिएका हुन् । औषधि उपचार सेवा लिएकामध्ये १० हजार ६ सय ८ क्यान्सरका बिरामी, ४ हजार २ सय ७६ मुटु रोगी र ४ हजार ६ सय ६१ मिर्गाैलासम्...
डाँकाबाट जोगिन हरेक माघ १ गते भारतलाई तिरो तिर्छन् नेपाली

डाँकाबाट जोगिन हरेक माघ १ गते भारतलाई तिरो तिर्छन् नेपाली

काठमाडौं । उनीहरू नेपालकै बासिन्दा हुन् । सरकारी काम परे गाउँपालिकामै पुग्नुपर्छ । तर उनीहरूले भारतीय प्रशासनलाई बर्सेनि तिरो तिर्छन् । तिरोमा नगद र जिन्सी दुवै पर्छन्। कैलालीको नेपाल–भारतको सीमा नदी मोहनापारि भारतको दुदुवा राष्ट्रिय निकुञ्जसँग जोडिएका कैलारी गाउँपालिका–३ का मोहनपुर र शिवरत्नपुर तथा ७ को हौसलपुरका बासिन्दाले हरेक माघ १ मा निकुञ्ज प्रशासनलाई वार्षिक तिरो तिर्छन् । मोहनपुरका ६१ ...
मन्त्रिपरिषद् पुनर्गठन हुँदै, को को आउँदैछन् , को को  हट्दैछन् ?

मन्त्रिपरिषद् पुनर्गठन हुँदै, को को आउँदैछन् , को को हट्दैछन् ?

काठमाडौं । सरकारका अधिकांश मन्त्रीहरूको कार्यसम्पादन कमजोर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । हालका मन्त्रीहरूबाट सरकारले लिएको आर्थिक समृद्धि र सुशासनको मार्गचित्रअनुसार काम गर्न नसकेको भन्दै उनले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यलाई तीव्रता दिएका हुन् । प्रधानमन्त्री ओलीकै निर्देशनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही समयदेखि मन्त्र...
‘विप्लव’ समूहमाथि घुँडामुनी गोली हान्न निर्देशन

‘विप्लव’ समूहमाथि घुँडामुनी गोली हान्न निर्देशन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ । घुँडामुनी गोली हान्ने, नियन्त्रणमा लिएर सम्झाउने र गतिविधिका आधारमा कारबाही गर्ने । विस्फोट र आगजनीका घटना बढाएरका चन्द कार्यकर्ताले जनप्...
देशभर बन्दै गरेका आयोजनाकाे सरकारले सिंहदरबारबाटै ‘लाइभ’ हेर्ने

देशभर बन्दै गरेका आयोजनाकाे सरकारले सिंहदरबारबाटै ‘लाइभ’ हेर्ने

काठमाडौं । सरकारले देशभर बन्दै गरेका आयोजनालाई सिंहदरबारबाटै हेर्ने गरी संयन्त्र बनाउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो योजना अघि बढाएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सोचअनुसार अघि बढेको यो योजनाअन्तर्गत कुन ठाउँमा के कस्ता आयोजना छन् र तिनको अवस्था के छ भनेर सिंहदरवारबाटै संवाद गर्न मिल्ने बताइएको छ। यसका लागि सरकारले तत्काल समस्या समाधान केन्द्र स्थापना गरेको छ...
फेरि सय माथिका भारतीय नोट चलाउने तयारी

फेरि सय माथिका भारतीय नोट चलाउने तयारी

काठमाडौँ । राष्ट्र बैंकले फेरि सय माथिका भारतीय नोट चलाउने तयारी गरेको छ । भारु सयभन्दा ठूला दरका नोट चलनचल्तीमा प्रतिबन्धको सूचना सार्वजनिक गरेको एक महिनापछि फेरि ती नोट चलाउने तयारी गरिएको हो । राष्ट्र बैंकले केही साताअघि भारतीय केन्द्रीय बैंक-रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) लाई पत्र पठाएर २ सय, ५ सय, हजार र २ हजार दरको नोट चलनचल्तीमा ल्याउन, नेपाल–भारतमा ल्याउन–लैजान र नेपालमा संकलन भएका भार...
नेपालको आफ्नै ‘स्याटलाइट’ ल्याउन फ्रान्सेली कम्पनीसँग सम्झौता

नेपालको आफ्नै ‘स्याटलाइट’ ल्याउन फ्रान्सेली कम्पनीसँग सम्झौता

काठमाडौं । यो हप्ता ‘स्याटलाइट’ विशेष चर्चाको विषय बन्यो। सरकारले अबको ३० महिनाभित्र आफ्नै स्याटलाइट लन्च गर्ने योजनाका साथ फ्रान्स सरकार र फ्रान्सेली कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ। फ्रान्स सरकारसँग भएको यो हस्ताक्षर २५ वर्षदेखि आफ्नै स्याटलाइटको सपना देख्दै आएका नेपालीका लागि महत्वपूर्ण सुरुवात हुनसक्छ। फ्रान्सको आर्थिक तथा प्राविधिक सहयोगमा ३० महिनाभित्र आफ्नै स्याटलाइट स्थापना गर...
प्रधानमन्त्रीले सीधै सेना परिचालनको सिफारिस गर्न सक्ने

प्रधानमन्त्रीले सीधै सेना परिचालनको सिफारिस गर्न सक्ने

काठमाडौं । गम्भीर राष्ट्रिय संकट उत्पन्न भए प्रधानमन्त्रीले सीधै सेना परिचालनको सिफारिस गर्न सक्ने प्रावधानसहितको विद्येयक संसद्मा पुगेको छ । असहज अवस्थामा तत्काल बैठक बस्न सम्भव नभए प्रधानमन्त्रीले सोझै राष्ट्रपतिसमक्ष सेना परिचालनको सिफारिस गर्न सक्ने व्यवस्था विद्येयकमा छ । राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी प्रस्तावित विद्येयकमा प्रधानमन्त्री एवं परिषद्को अध्यक्षलाई त्यस्तो अधिकार प्रत्यायोजन...
धनकुटामा छोराको बिहेमा काठमाडौंसम्म दुई वटा प्लेन चार्टर

धनकुटामा छोराको बिहेमा काठमाडौंसम्म दुई वटा प्लेन चार्टर

धनकुटा । सामान्यतः बिहेमा जन्तीका लागि बस र कार रिजर्भ गरेर लैजाने चलन छ । आर्थिक रुपले सम्पन्न मानिसले पनि जन्ती लैजान त्यति धेरै खर्च गर्दैनन् । तर, एक किसान परिवारले भने आफ्नो छोराको बिहेमा प्लेन चार्टर गरेका छन् । धनकुटा महालक्ष्मी नगरपालिका, ८ मूर्तिढुङ्गाका नगेन्द्र थापाले आफ्नो एक मात्र छोरा दिनेशको बिहेमा दुई वटा प्लेन चार्टर गरेका हुन् । दिनेशले काठमाडौं ठमेलकी प्रज्ञा सुवेदीसँग बिहे ग...
जागिर खाने ? आउनुस् पढ्न  एउटा यस्तो कक्षा, आफूले एक रुपैयाँ तिर्नु पर्दैन  उल्टै पाइन्छ

जागिर खाने ? आउनुस् पढ्न एउटा यस्तो कक्षा, आफूले एक रुपैयाँ तिर्नु पर्दैन उल्टै पाइन्छ

प्युठान । एउटा यस्तो कक्षा, आफूले एक रुपैयाँ तिर्नु पर्दैन । उल्टै पाइन्छ– पाठ्यपुस्तक किन्न तीन हजार रुपैयाँ । परीक्षा दिन जाँदासमेत आतेजाते खर्च पाइनेछ । र, दैनिक ५० रुपैयाँ खाजा खर्च पनि । यो सरकारी सेवा तयारी कक्षा हो, गौमुखी गाउँपालिकाले चलाउन लागेको । शैक्षिक योग्यता पुगेर पनि बेरोजगार बसेका युवालाई सरकारी सेवामा प्रवेश गराउन निःशुल्क कक्षा चलाउन लागेको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी...
सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

काठमाडौँ । आफ्ना माग पूरा नहुने भएपछि सरकारी चिकित्सकले सेवाबाटै राजीनामा दिने बताएका छन् ।पटक–पटक धर्ना, जुलुस, बहिरङ्ग (ओपीडी) सेवा बन्दलगायतका आन्दोलन गर्दा पनि चिकित्सकको मागलाई सरकारले सम्बोधन नगरेपछि उनीहरूले राजीनामा दिने तयारी गरेका हुन् । सरकारी चिकित्सक संघका अध्यक्ष डा दीपेन्द्र पाण्डेले माग पूरा नगरे अब सरकारी सेवामा बसिरहनुको कुनै औचित्य नभएको बताए । यो खबर आजको गोरखापत्र दैनिकमा छ...
एकै दिन २१३ स्थानमा डढेलो

एकै दिन २१३ स्थानमा डढेलो

काठमाडौं । लामो खडेरी, उच्च वेगको हावाहुरीलगायतका कारण दिनहुँ सयौंको संख्यामा डढेलो लागिरहेको छ । बुधबार मुलुकभरका २ सय १३ स्थानमा डढेलो लागेको थियो । नेपालमा सामान्यतया फागुनदेखि जेठसम्म डढेलो लाग्ने गर्छ । यो वर्षकै सबैभन्दा बढी डढेलो लागेको बुधबार नै भएको वन डढेलो व्यवस्थापन च्याप्टरले जनाएको छ । नासाको स्याटलाइटले दिएको तथ्यांकअनुसार बुधबार यति धेरै स्थानमा डढेलो लागेको तथ्यांक सार्वजनिक भए...
काठमाडौंको भूमिगत पानी रित्तिँदै

काठमाडौंको भूमिगत पानी रित्तिँदै

काठमाडौँ । काठमाडौं उपत्यका वरिपरि ठूला नदीनाला छैनन् । पानीको स्रोत कुण्ड र पोखरी पनि धेरै छैनन् । उपत्यकावासीले पानी उपभोग गर्ने भनेकै भूमिगत सतहको हो । लामो समयदेखि काठमाडौ‌ उपत्यकामा जमिनमुनिको पानी अत्यधिक रूपमा निकाल्न थालेपछि पानीको सतह तीव्र रूपमा घट्दै गएको छ । जमिनमुनि पानीको भण्डार रित्तिने र थप पानी रिचार्ज हुन (ग्राउन्ड वाटर रिचार्ज) कम हुँदै जान थालेपछि उपत्यका जुनसुकै वेला भासिन ...
ओखलढुंगामा बिस्कुट दिलाउने भन्दै शिक्षकले नै शिशु कक्षाका दुई बालकलाई जुत्ता चाट्न लगाए

ओखलढुंगामा बिस्कुट दिलाउने भन्दै शिक्षकले नै शिशु कक्षाका दुई बालकलाई जुत्ता चाट्न लगाए

ओखलढुंगा । ओखलढुंगाको जिजिदेम्बा गाउँपालिका ४ को कुण्डली माविका शिक्षक सुजन सुनुवारले बिस्कुट दिलाउने भन्दै प्रारम्भिक बाल विकास (इसिडी) कक्षाका दुई बालकलाई जुत्ता चाट्न लगाएका छन्। अर्को बालकले खाइरहेको बिस्कुट दिलाउने नाममा उनले चार वर्षका रिकेश नेपाली र आकाश दर्जीलाई सहपाठी जोन दर्जीको जुत्ता चाट्न लगाएका हुन्। आइतबार दिउँसोको यो घटना रिकेश र आकाशले घर गएर अभिभावकलाई भनेपछि बाहिरिएको हो। शिक...
स्वतन्त्र मधेसको मुद्दा राष्ट्र संघसम्म पुर्‍याउन सक्ने आधार भेटियो,अन्तर्राष्ट्रिय मान्यताको खोजीमा राउत समूह

स्वतन्त्र मधेसको मुद्दा राष्ट्र संघसम्म पुर्‍याउन सक्ने आधार भेटियो,अन्तर्राष्ट्रिय मान्यताको खोजीमा राउत समूह

काठमाडौं । सिके राउतले स्वतन्त्र मधेसका लागि जनमत संग्रहको मुद्दा संयुक्त राष्ट्र संघसम्म पुर्‍याउन सक्ने आधार भेटिएको छ । राउत समूहले अन्तर्राष्ट्रिय मान्यताको खोजी थालिसकेको यूएनपीओको सदस्यताले देखाएको छ । मधेसको स्टाटसमा ताइवान, तिब्बत र क्याटालोनियाको जस्तै उल्लेख गराएर सिके राउतले मधेसलाई यूएनपीओमा दर्ता गराएको भेटिएको छ । मधेस २६ औं सदस्यका रुपमा दर्ता समेत भएको छ । मधेसलाई नेपालको औपनिव...
सिके राउत राष्ट्रिय सभा सांसद हुने

सिके राउत राष्ट्रिय सभा सांसद हुने

काठमाडौं । सरकारसँग राजनीतिक सहमति गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके (चन्द्रकान्त) राउतलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएको छ। लामो समयदेखि ‘अलग्गै स्वतन्त्र मधेस’ अजेन्डा बनाएर आन्दोलन गर्दै आएका राउतलाई राष्ट्रियसभा सदस्य बनाउने गोप्य सहमति भएको स्रोतको दाबी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आग्रहमा मुलुक विखण्डनको अजेन्डा छाडेर मूलधारको राजनीतिमा आएका राउतलाई दुई वर्षभित्...
कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा तोक्यो

कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा तोक्यो

काठमाडौँ । दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ । सन् २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस) अनुसार नेपाली कामदार लगिरहेको कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा तोकेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् । वैदेशिक रोजगार विभाग ईपिएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा...
१४ करोडका कारगेड बाइक किन्दै सरकार

१४ करोडका कारगेड बाइक किन्दै सरकार

काठमाडौं । सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ । प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले दियो । त्यस्तै प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल स्कर्टिङमा प्रयोग भइरहेका छन् । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् । राष्ट...
अख्तियार पूर्वआयुक्त पाठकलाई विदेश जन प्रतिबन्ध

अख्तियार पूर्वआयुक्त पाठकलाई विदेश जन प्रतिबन्ध

काठमाडौँ, २४ फागुन। घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई विदेश जान प्रतिबन्ध लगाइएको छ । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादलाई मिलाइदिने भन्दै घुस लिएको भिडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए । पाठकले विवाद मिलाउने भन्दै पटकपटक गरी ७८ लाख घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियारले उनीविर...
error: Content is protected !!