धनकुटा । सामान्यतः बिहेमा जन्तीका लागि बस र कार रिजर्भ गरेर लैजाने चलन छ । आर्थिक रुपले सम्पन्न मानिसले पनि जन्ती लैजान त्यति धेरै खर्च गर्दैनन् । तर, एक किसान परिवारले भने आफ्नो छोराको बिहेमा प्लेन चार्टर गरेका छन् । धनकुटा महालक्ष्मी नगरपालिका, ८ मूर्तिढुङ्गाका नगेन्द्र थापाले आफ्नो एक मात्र छोरा दिनेशको बिहेमा दुई वटा प्लेन चार्टर गरेका हुन् ।

Advertisement

दिनेशले काठमाडौं ठमेलकी प्रज्ञा सुवेदीसँग बिहे गर्दा विराटनगरबाट काठमाडौंसम्म सीता र बुद्ध एयरका दुई विमान चार्टर गरेका हुन् । २९ फागुनमा सम्पन्न उनको बिहेमा ७१ जना जन्ती काठमाडौं आएका थिए । धनकुटाबाट विराटनगरसम्म बस र विराटनगरबाट काठमाडौंसम्म प्लेनमा जाँदा आउँदा सात लाख ५० हजार रुपैयाँ खर्च भएको दिनेशका बाबु नगेन्द्रले जानकारी दिए ।

यो समाचार सन्तोष रुचालले नयाँ पत्रिकामा लेखेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!