काठमाडौं । काठमाडौं उपत्यकामा होलीमा करिब तीन हजार सुरक्षाकर्मी परिचालित हुने भएका छन् । काठमाडौंमा मात्र दुई हजार प्रहरी खटिने भएका छन् । करिब ३ सय जना सादा पोसाकका प्रहरी खटिनेछन् । ललितपुरमा ५ सय ८४ र भक्तपुरमा ४ सय ८ प्रहरी खटिनेछन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार होली पर्व सुरक्षाका लागि एक सय सात स्थानमा चेक पोइन्ट राखिनेछन् । ८५ वटा क्विक रेस्पोन्स टिम खटिनेछन् । २० वटा मोबाइल गाडीले गस्ती गर्नेछ । जबर्जस्ती रङ दल्ने, लोला हान्ने, अराजक गतिविधि गर्नेलाई प्रहरीले तुरुन्तै पक्राउ गर्नेछ । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी होली खेल्नेलाई पनि पक्राउ गरिनेछ ।

परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले होली पर्वमा सुरक्षा व्यवस्था मजवुद पारिएको बताए । उनले भने, ‘होली पर्वको सुरक्षाका लागि सबै तयारी गरेका छौँ । खुलेर होली पर्व मनाउँदा हुन्छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!