नेपाली स्याटेलाइट अमेरिकाबाट उड्दै

नेपाली स्याटेलाइट अमेरिकाबाट उड्दै

काठमाडौँ । नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका प्रविधि विभाग प्रमुअ रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा लन्च हुन लागेको हो । नेपालसँगै श्रीलंकाको रावना –१ र जापानको उगिसु भू–उपग्रह पनि प्रक्षेपण गर्ने तालिका छ । अमेरिकाको भर्जिनिया राज्यस्थित नासाको ‘मिड एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’ बाट स्याटेलाइट प्रक्षेप...
नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने अनौठो फूल !

नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने अनौठो फूल !

सिरहा । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतूहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको संख्या लाखौँमा रहेको छ । इसाको छैटौं/सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख ओइलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहल...
पूर्वसांसद साहले ‘डाउन सिन्ड्रोम’भएको बच्चा जन्मिएपछि अस्पतालमै छोडिन्

पूर्वसांसद साहले ‘डाउन सिन्ड्रोम’भएको बच्चा जन्मिएपछि अस्पतालमै छोडिन्

काठमाडौं । पूर्वसांसद गायत्री साहले ‘डाउन सिन्ड्रोम’ भएको नवजात शिशुलाई मेडिसिटी अस्पतालमै छाडेकी छन् । उनले मेडिसिटी अस्पताल र त्यहाँका डाक्टरको लापरबाहीले डाउन सिन्ड्रोम भएको आरोप लगाउँदै शिशु घर नलगेकी हुन्। उनले बच्चाको जिम्मा अस्पतालले नै लिनुपर्ने तर्क गर्दै आएकी छन् । प्रसूति प्रक्रियामा संलग्न चिकित्सकले आफ्नो गल्ती नभएको दाबी गर्दै गुनासो भए कानुनी उपचार खोज्न साहलाई आग्रह गरेको छ । स...
‘पब्जी’ खेल्ने बालबालिकामा मानसिक असन्तुलन, तत्काल बन्द गर्न माग

‘पब्जी’ खेल्ने बालबालिकामा मानसिक असन्तुलन, तत्काल बन्द गर्न माग

काठमाडौँ । बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय खेल पब्जीले मानसिक समस्या निम्त्याएको भन्दै यसलाई तत्काल बन्द गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् । यो खेलले हिंसाप्रति उनीहरुको लगाव बढेको मनोचिकित्सकहरु बताउँछन् । खेलाडीहरुको अज्ञात युद्धस्थल अर्थात् ‘प्लेयर्स अननोन बेटल ग्राउन्ड (पब्जी) अति खेल्ने बालबालिकामा मानसिक असन्तुलनसमेत देखिएकाले यसलाई उनीहरुको पहुँचबाट टाढा राख्नुपर्ने निष्कर्षमा मन...
उच्च तहका सरकारी कर्मचारीलाई अवकाशलगत्तै एनजीओमा जान रोक

उच्च तहका सरकारी कर्मचारीलाई अवकाशलगत्तै एनजीओमा जान रोक

काठमाडौँ, २४ चैत । उच्च तहका सरकारी कर्मचारीहरु सेवाबाट अवकाश लिनेबित्तिकै एनजिओ, आइएनजिओ तथा कन्सल्टेन्सीमा जागिर जाने प्रवृत्ति रोक्न सरकारले प्रशासन कानुन बनाएको छ । सरकारले तयार गरेको संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा हाल दफाबारे छलफलका लागि राज्य व्यवस्था समितिमा गएको छ । सो कानुनको मस्यौदामा सहसचिव र सचिवलाई अवकाश लिनेवित्तिकै एनजिओ, आइएनजिओ, कन्सल्टेन्सी, विकासका योजना तथा संवैधानिक ...
सरकारले बर्खाअघि नै घर बनाइदिने

सरकारले बर्खाअघि नै घर बनाइदिने

काठमाडौं । भुमरीयुक्त हावाहुरीले बारा र पर्सामा भत्काएका सम्पूर्ण घर सरकारले बनाइदिने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले बर्खाअघि नै घर बनाइसक्ने निर्णय गरेको हो । ‘भत्किएका सबै घर बर्खाअघि नै बनाइसकिनेछ,’ सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, ‘तदारुकतासाथ निर्माण गर्न नेपाली सेनालाई जिम्मा दिने सरकारले निर्णय गरेको छ ।’ उनका अनुसार सबै घर जनता आवासका ढाँचाका हुनेछन् । निर्माण कार्यको ...
भक्तपुरमा झारफुकको बहानामा बलात्कार गर्ने धामी पक्राउ

भक्तपुरमा झारफुकको बहानामा बलात्कार गर्ने धामी पक्राउ

भक्तपुर । बिरामी बाबुको झारफुक गर्न गएकी एक १३ वर्षीय बालिकालाई बलात्कार गरी फरार भएको झाक्रीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका लोकन्थलीमा सञ्चालन गरेको झारफुक केन्द्रमा मकवानपुर मकवानपुरगढी गाउँपालिका घर भई हाल चाँगुनारायण नगरपालिका बस्ने ३५ वर्षीय गुरु रोशन भन्ने हिरामणि घिमिरेलाई प्रहरीले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोख...
देशैभरी शुक्रबार र शनिबार बदली हुने, हावाहुरीसहित वर्षाको सम्भावना

देशैभरी शुक्रबार र शनिबार बदली हुने, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । काठमाडौँलगायत मुलुकका धेरैजसो ठाउँमा शुक्रबार र शनिबार बदली हुने सम्भावना रहेको छ । पश्चिम पहाडका केही ठाउँमा शुक्रबार र मध्य क्षेत्रका केही ठाउँमा शनिबार हावाहुरीसहित बदली हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशको पूर्वी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही भागमा बदली हुनेछ । देशको पूर्वी, मध्य र पश्चिमी क्षेत्रका केही भाग मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।...
सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द हुने

सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द हुने

काठमाडौं । सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द हुने भएको छ। रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले सन् २०२२ बाट सीडीएमए सेवा बन्द गर्ने निर्णय गरेको हो। नेपाल दूरसञ्चार प्राधिकरण व्यवस्थापनले गत फागुन १४ गते निर्णयका लागि समितिमा सिफारिस गरेको थियो। उक्त सिफारिसको आधारमा समितिले निर्णय गरेको जनाइएको छ। समितिले हाल सीडीएमएका लागि प्रयोगमा आएको ८०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीलाई रिफर्मिङ गर...
बलात्कारीलाई जन्मकैद हुने

बलात्कारीलाई जन्मकैद हुने

काठमाडौँ । १० वर्षभन्दा कम उमेरकी बालिका र ७० वर्ष पुगेका वृद्धामाथि बलात्कार गर्नेलाई जन्मकैदको व्यवस्था गरिएको छ । संघीय संसद्बाट पारित मुलुकी अपराध संहिता २०७४ सम्बन्धी संसोधन विधेयकमा पहिलेको सजायमा थप गर्दै जन्मकैदको व्यवस्था गरिएको हो । यसअघि यो कसुरमा २० वर्षसम्म कैद सजायको व्यवस्था गरिएको थियो । १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेर पुगेका महि...
भीआईपीलाई सशस्त्रको लर्को

भीआईपीलाई सशस्त्रको लर्को

काठमाडौँ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा गुडिरहेको पछुवा गाडीले स्कुटरलाई धक्का दिएपछि भीभीआईपीको सुरक्षा र उनीहरुका नाममा राज्यकोषबाट भइरहेको खर्चबारे चासो बढेको छ । जनताले बुझाएको करबाट पछुवा लिएर हिँड्ने भीभीआईपी सधैँ हतारमा हुने र सर्वसाधारणलाई बेवास्ता गर्ने प्रवृत्ति नयाँ होइन । भीभीआईपीका पछुवा सशस्त्र प्रहरी खटिएका हुन्छन् । भीभीआईपीलाई सुरक्षा दिनुपर्ने र सडक छिट...
देउवाविरुद्ध ५१ जिल्लाका कांग्रेस सभापति काठमाडौंमा

देउवाविरुद्ध ५१ जिल्लाका कांग्रेस सभापति काठमाडौंमा

काठमाडौं । महासमितिको निर्देशन विपरित बहुमतद्धारा केन्द्रिय समितिले पारित गरेको विधान संशोधनको निर्णय नसच्चाए जिल्ला सभापतिहरुले विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्ने भएका छन् । विधानमा मुख्य गरी समानुपातिक समावेशी कोटामा एकजनालाई पटकभन्दा बढी अवसर दिन नहुने र केन्द्रिय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुन नपाउने भन्ने महासमिति बैठकको निर्णय कार्यान्वयन नभएपछि जिल्ला सभापतिहरु केन्द्रि...
असारसम्म पाइप लाइनबाट तेल

असारसम्म पाइप लाइनबाट तेल

अमलेखगञ्ज । नेपालमा पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउन निर्माण सुरु भएको मोतिहारी (भारत) आलेखगन्ज (नेपाल) पाइप लाइन निर्माणको कार्य तीब्र गतिमा भइरहेको छ । तर आगामी बैशाखबाट पाइप लाइन सुचारु गर्ने लक्ष्यसाथ काम भइरहेको भए पनि आगामी असारको मध्यसम्म मात्र त्यसले सार्थकता पाउने सम्भावना छ । त्यसमा पनि भारतमा हुन लागेको लोकसभाको निर्वाचनका कारण केही समस्या आउनसक्ने सम्भावना उत्तिकै छ । नेपाल आय...
साउदीमा जिउँदै नेपालीलाई मृत घोषणा

साउदीमा जिउँदै नेपालीलाई मृत घोषणा

काठमाडौं । मोरङ जिल्लाका सुवास तामाङ जीवितै छन् तर उनको राहदानीमा करिब चार वर्षपहिले नै मृतक भनी छाप लागेको छ, त्यति मात्र होइन, गाउँपालिकामा मृत्यु दर्ता भई उनको तामाङ संस्कारअनुसार काजक्रियासमेत भइसकेको छ। झट्ट सुन्दा नाटकजस्तो लागे पनि सुवास र उनको परिवारले भोगेको यो घटना वास्तविक हो। जीवित सुवास र उनकी श्रीमती सन्तोषी तामाङ अहिले जिउँदो प्रमाणित गर्न स्थानीय तहदेखि श्रम, रोजगार तथा सामाजिक ...
ढल्नै लाग्यो नुवाकोटको ऐतिहासिक साततले दरबार

ढल्नै लाग्यो नुवाकोटको ऐतिहासिक साततले दरबार

नुवाकोट । नुवाकोटको साततले दरबारको पाँचौ तल्लाको पश्चिमपट्टिको छाना र गाह्रो झरेको छ । आउने मनसुनमा दरबारको संरक्षणको लागि पुननिर्माण नथालिए ढल्ने स्थानीयले दाबी गरेका छन् । उनीहरुले पुरातात्त्विक सम्पदा साततले दरबारलगायत वरिपरिका संरचना छिटो पुननिर्माण गर्न माग गरेका छन् । भूकम्पले क्षति पुर्याएको उक्त दरबार वर्षाले र हुरीले छानाबाट झिँगटी र काठपात झर्ने गरेका छन् । ‘पुननिर्माण गर्न अब अर्को ...
वाइडबडी खरिदमा संलग्न २१ जनासहित पाँच विदेशी कम्पनीसँग बयान लिने

वाइडबडी खरिदमा संलग्न २१ जनासहित पाँच विदेशी कम्पनीसँग बयान लिने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज प्रकरणमा २१ जनासँग बयान लिएको छ । संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले उठाएका प्रश्नकको उत्तर दिँदै अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले वाइडबडीका सम्बन्धमा धमाधम बयान लिने काम भइरहेको जानकारी दिए । ‘नेपाल वायुसेवा निगमका पदाधिकारी र सदस्यसहित २१ जनासँग बयान सकिएको छ,’ उनले भने, ‘वाइडबडी जहाज प्रकरणमा जोडिएका पा...
प्रदेश २ एसईई परीक्षाः प्रहरीबाटै प्रश्नपत्र आउट

प्रदेश २ एसईई परीक्षाः प्रहरीबाटै प्रश्नपत्र आउट

काठमाडौँ ।  माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ । घटना छानबीन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिराहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ । यसलाई ब्युरो र प्रहरी...
एक बोतल अत्तरको मूल्य साढे १४ करोड

एक बोतल अत्तरको मूल्य साढे १४ करोड

काठमाडौं । एक इमिराती अत्तर कम्पनीले विश्वकै महँगो अत्तर (परफ्यूम) बनाएको दाबी गरेको छ । यसको नाम ‘सामुख’ अर्थात अरेबिक भाषामा उच्चको हकदार हो । यसको मूल्य तीन लिटरको १२ लाख ९५ हजार डरल अर्थात १४ करोड ६९ लाख नेपाली रुपैयाँ पर्न आउँछ । यो तीन वर्षको अनुसन्धार ४ सय ९४ अत्तरको परीक्षणपछि उत्पादन भएको हो । यो इटालियन क्रिस्टल बोतलमा राखिएको छ । यसलाई सुनको बाँज, अरेबियन घोडा, गुलाफ, ३ हजार पाँच...
विराटनगरमा मृतकलाई अस्पतालबाट निकालेर झारफुक

विराटनगरमा मृतकलाई अस्पतालबाट निकालेर झारफुक

विराटनगर । कोशी अञ्चल अस्पतालको शवगृहबाट सोमबार बिहान एक महिलाको शव बाहिर निकालियो । आफन्तले फोटो र भिडियो खिच्न रोक लगाए । हातमा सेउला लिई अगरबत्ती बालेका चार धामी उफ्रिँदै शवछेउ पुगेर झारफुक गर्न थाले । उनीहरु थिए, मोरङ जहदा गाउँपालिका, ४ का ६५ वर्षीय यदयकुमार मण्डल, २८ वर्षीय सञ्जय मण्डल, १८ वर्षीय लीलम मण्डल र लता मण्डल । मृतक थिइन् जहादकै वडा नम्बर ७ की ४० वर्षीय भुवनदेवी मण्डल । घर नजिकै ...
प्रधानमन्त्री रोजगार कार्यक्रमले तानेन युवा

प्रधानमन्त्री रोजगार कार्यक्रमले तानेन युवा

काठमाडौं । चार महिनाअघि सरकारले युवालाई स्वदेशमै रोजगारी दिलाउने भन्दै तामझामका साथ प्रधामन्त्री रोजगारी कार्यक्रमको सुरु गर्याे । उक्त कार्यक्रममा सहभागी भइसकेपछि लाग्थ्यो अब युवायुवती वैदेशिक रोजगारीमा जाँदा एक पटक सोच्नेछन् । किनकि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलेृ समेत उक्त कार्यक्रमका उद्घाटन सत्रमा नयाँ युगको सुरुवात भएको घोषण गरेका थिए । अर्थमन्त्री युवराज खतिवडाले सम्बोधन गरेको बजेट भाष...
कोरिया भाषा परीक्षाका लागि  करिव एक लाख आवेदन

कोरिया भाषा परीक्षाका लागि करिव एक लाख आवेदन

काठमाडौं । रोजगार अनुमति (ईपीएस) अन्तर्गत भाषा परीक्षाका लागि यस वर्ष सबैभन्दा बढी आवेदन परेको छ । आइतबार आवेदन दिने अन्तिम हो । साँझ ८ बजेसम्म ९२ हजार युवाले कोरियाली भाषा परीक्षाका लागि आवेदन दिएका छन् । राति १२ बजेसम्म आवेदन दिने समय बाँकी रहेकाले अझै थपिनसक्ने जनाइएको छ । ईपीएसको १२ वर्षे इतिहासमा यो वर्ष सबैभन्दा बढी नेपाली युवाले कोरियाको भाषा परीक्षामा आवेदन दिएका हुन् । चैत्र ८ गतेदेखि ...
निर्मला हत्या प्रकरण : अछामबाट २ जना पक्राउ

निर्मला हत्या प्रकरण : अछामबाट २ जना पक्राउ

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा विभिन्न पाटोबाट अनुसन्धान जारी राखेको नेपाल प्रहरीले अछामबाट शंकास्पद दुईजनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन । कञ्चनपुरमै रहेर अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा अछामबाट दुईजनालाई पक्राउ गरेको प...
ओखलढुंगामा एसईई परीक्षार्थीलाई पानी पैँचो तिर्नै सकस

ओखलढुंगामा एसईई परीक्षार्थीलाई पानी पैँचो तिर्नै सकस

ओखलढुंगा । चिसंखुगढी गाउँपालिका–१ कुइभीरका गोपाल अधिकारी एक बोतल पानीले खाना बनाउँछन् । त्यो पानी उनका छोरीहरूले घरबेटीसँग पैंचोमा लिएका हुन् । छोरीले परीक्षा दिएर फर्केपछि पैंचो तिर्नुपर्छ । अधिकारी र दुई छोरीसहित सिद्धिचरण नगरपालिका–२ निसंखेमा डेरा लिएर बसेका छन् । उनीहरूको एसईई परीक्षा केन्द्र हिमालय मावि निसंखे हो । डेरामा आएर खाना खाएको हात नओभाउँदै दुई छोरी एक घन्टा दुरीमा रहेको धारामा बो...
कांग्रेस सभापति देउवाविरुद्ध उजुरी

कांग्रेस सभापति देउवाविरुद्ध उजुरी

गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हैसम्मको कारबाही गर्न कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजागाईले मा गरेका छन् । बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिमा बजगाईले सभापतिले बारम्बार पार्टी हितविपरीत काम गरेको भन्दै कारबाहीको माग गर्दैै उजुरी दर्ता गरेका हुन् । बजगाईले देउवामाथि ‘सरकार निर्माण र विघटनमा लोकतान्त्रिक पद्धतिहरुको प्रचुर दुरुपयोग गरेको’ आरोप लगाएका छन् । यो सम...
अब विद्यार्थी फेल भए शिक्षकलाई कारबाही

अब विद्यार्थी फेल भए शिक्षकलाई कारबाही

काठमाडौं । संघीय संसदको उपसमितिले परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमातहत गठित उपसमितिले पठनपाठनमा सबैभन्दा बढी शिक्षक जिम्मेवार हुनुपर्ने भन्दै यस्तो सिफारिस गरेको हो। एसईईमा ५० प्रतिशतभन्दा धेरै विद्यार्थीले ‘डी’ र ‘ई’ भन्दा कम ग्रेड ल्याए प्रधानाध्यापकको ग्रेड रोक्कासहित कारबाही हुनुपर्ने उपसमिति...
झापामा सबैभन्दा बढी बजेट पार्न प्रधानमन्त्रीकाे दबाब !

झापामा सबैभन्दा बढी बजेट पार्न प्रधानमन्त्रीकाे दबाब !

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट आफ्नो निर्वाचन क्षेत्रमा बढी पार्न शीर्ष नेताहरूले सक्रियता बढाएकाे खबर आजको राजधानी दैनिकले छापेको छ । समाचारकाे अनुसार प्रधानमन्त्रीदेखि नेकपाका शीर्ष नेताहरूले आआफ्नो निर्वाचन क्षेत्रमा बढी बजेट पार्नका लागि विभिन्न योजना प्रस्ताव गरिरहेको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापामा सबैभन्दा बढी बजेट पार्न दबाब दिइरहेको अर्थमन्त्रालय ...
एसईई : शिक्षक नै खोस्छन् प्याड

एसईई : शिक्षक नै खोस्छन् प्याड

अछाम । पञ्चदेव विनायक नगरपालिका १ कुइकाकी कल्पना रिमाल चैत १० बाट सुरु एसईई परीक्षा दिन ८ गते नै घरबाट निस्किइन् । सदरमुकामस्थित विद्या मन्दिर मावि विनायकको परीक्षा केन्द्र परेको छ । बिरानो ठाउँ गएर परीक्षा दिँदा कुनै अप्ठ्यारी पर्ने हो कि भन्ने डरले उनलाई सताएको थियो । अर्कोतिर बाहिर डेरा गरेर बस्नुपर्ने भएकाले खर्चको समस्या उस्तै थियो । कुइकाकै देवसरा अधिकारीलाई बिरानो ठाउँमा अर्काको घरमा बस...
प्रतिव्यक्ति सरकारी ऋण करिब ३३ हजार

प्रतिव्यक्ति सरकारी ऋण करिब ३३ हजार

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रतिव्यक्ति ऋण ३२ हजार ९ सय ७८ रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा आव ०७५ र ०७६ को पहिलो ८ महिनासम्म देशको कुल ऋण दायित्व नौ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ पुगेको उल्लेख छ । कुल जनसंख्या ३ करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस अवधिसम्म प्रतिव्यक्ति ऋण दायित्व ३२ हजार ९ सय ७८ रुपैयाँ छ । आन्तरिक ऋण ३ खर्ब ८५ अर्ब ६८ करोड रुपैय...
झापाका पेट्रोल पम्पमा भारतीय लर्को

झापाका पेट्रोल पम्पमा भारतीय लर्को

काँकरभिट्टा । झापा मेचीनगर नगरपालिकाका दुई पेट्रोल पम्पमा दिनहुँ भारतीय ट्रक र कारको लाइन छुट्दैन । एक किलोमिटर पारिका भारतीय पम्प भने सुनसान हुन्छन् त्यहाँका कर्मचारी पम्पको सटर खोल्दै र बन्द गर्दै दिन बिताउँछन् । नजिकै नेपालका प्रनिक आयल स्टोर्स र नन्दा ट्रेडिङ कम्पनीमा भने इन्धन (तेल) हालिदिने कर्मचारी टुसुक्क बस्न पाउँदैनन् । भारतभन्दा नेपालमा इन्धन केही सस्तो छ । त्यही भएर भारतीय सवारी स...
५० पाइलट माग गर्दा २६ जनाको मात्रै आवेदन

५० पाइलट माग गर्दा २६ जनाको मात्रै आवेदन

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रिक्त पाइलटको पदपूर्ति गर्न ५० जना मा गरेकोमा २६ जनाको मात्रै आवेदन परेको छ । निगमले क्याप्टेन, जुनियर क्याप्टेन, सिनियर को पाइलट र जुनियर को पाइलट फागुन १० गते विज्ञापन खुलाएको थियो । आवदेनको अन्तिम मितिसम्ममा मागको ५२ प्रतिशत मात्रै आवेदन परेको निगमले जानकारी दिएको छ । निगममा भन्दा निजी एअरलान्स कम्पनीमा राम्रो सुविधा पाइने भएकाले आवेदन कम ...
सरकारसँग सेनाको दूरी बढ्दै

सरकारसँग सेनाको दूरी बढ्दै

काठमाडौं । पछिल्लो समय सरकार र नेपाली सेनाबीच दूरी बढ्दै गएको समाचार आजको राजधानी दैनिकले छापेको छ। समाचारको अनुसार सरकारले एकपछि अर्को गर्दै सेनासँग सल्लाह नै नगरी सेनालाई समेत दीर्घकालीन रूपमा असर पर्ने विषयमा निर्णय लिन थालेपछि सेना सरकारसँग रुष्ट भएको हो । सैनिक उच्च स्रोतका अनुसार नेपालमा सम्पन्न बिम्स्टेक बैठकपछि भारतमा हुने भनिएको संयुक्त सैन्य अभ्यासमा जानबाट सरकारले सेनलाई रोक्नु, सीक...
error: Content is protected !!