दमौली, १६ माघ । व्यास नगरपालिकाको आयोजनामा आज सम्पन्न ‘दोस्रो व्यास अल्ट्रा म्याराथन’को उपाधि त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर रानाभाटले जित्नुभएको छ ।

Advertisement

व्यास–५ मानहुँदेखि ८ नं वडाको पुलिमराङसम्मको ४४ किमि दूरी २ घण्टा ५३ मिनेटमा पार गर्दै डोटी घर भएका आर्मीका रानाभाटले उपाधि जित्नुभएको हो ।

डोटी घर भएका त्रिभुवन आर्मी क्लबकै नवराज साउद ३ घण्टा २ मिनेटमा उक्त दूरी पार गर्दै द्वितीय र ३ घण्टा १४ मिनेटमा उक्त दूरी पार गर्दै पाँचथरका भूमिराज राई तृतीय हुनुभएको छ ।

रुकुमका दुर्गाराज बुढा, रामेछापका किरणसिं बोगटी मगर, व्यास–६ का सुरेन्द्र चापागाईँ, व्यास–६ कै विशाल गुरुङ र सोलुखुम्बुका सुमन कुलुङले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ ।

यसपालि द्वितीय हुनुभएका साउदले गत वर्ष सम्पन्न प्रथम अल्ट्रा म्याराथनमा ३ घण्टा १३ मिनेटमा उक्त दूरी पार गर्दै उपाधि जित्नुभएको थियो ।

म्याराथनमा प्रथम हुनेले रु ८० हजार, द्वितीय हुनेले रु ६० हजार, तृतीय हुनेले रु ५० हजार र सान्त्वना हुने पाँच जनाले रु १५्र हजारका दरले पुरस्कार प्राप्त गर्नुभएको छ । विजेताहरुलाई म्याराथन धावक बैकुण्ठ मानन्धर र नगर प्रमुख बैकुण्ठ न्यौपानेले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा १९ जिल्लाका १०४ जना धावकको सहभागिता रहेको नगरपालिकाका प्रवक्ता एवं व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!