तीन घण्टा काम छाडेर नर्सले विरोध जनाए

तीन घण्टा काम छाडेर नर्सले विरोध जनाए

काठमाडौँ, १ माघ।  पुनःस्थापना लगायतका ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरुले आज तीन घण्टा काम छाडेर विरोध जनाएको छ । स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै नर्सिङ महाशाखा, भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रबाट लामो समय स्वयंसेविका रुपमा काम गराएर निष्काशित गरिएको नर्सको पुनःस्थापना लगायतका ११ बुँदे माग राखी नेपाल नर्सिङ संघले गत पुस २७ गतेबाट देशव्यापीरुपमा चरणबद्ध आन्दोलनमा ओर्लिएको...
कास्कीमा ६५ हजारको स्वास्थ्य बीमा

कास्कीमा ६५ हजारको स्वास्थ्य बीमा

पोखरा, १ माघ। कास्कीमा एक वर्षको अवधिमा ६५ हजार नागरिकले स्वास्थ्य बीमा दर्ता गराएका छन् । गत पुस १२ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले बीमा दर्ता प्रक्रिया शुरु गरेकामा पुस मसान्तसम्ममा १२ हजार ६९५ परिवार बीमामा आबद्ध भएका छन् । बीमा दर्ता गरेबापत समितिले रु तीन करोड ७० लाख संकलन गरेको कार्यालयका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो । सो अवधिमा बीमा दर्त...
डडेल्धुरामा निमोनियाका बिरामीको संख्या बढ्दै

डडेल्धुरामा निमोनियाका बिरामीको संख्या बढ्दै

डडेल्धुरा, २८ पुस । चिसो बढेसँगै उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा निमोनियाबाट प्रभावित बिरामीको संख्या बढिरहेका छन् । अस्पतालका अनुसार अहिले दैनिक १ सय २० जनाभन्दा बढीको संख्यामा निमोनियाका बिरामी अस्पतालमा उपचार गर्न आउन थालेको पछिल्लो तथ्यांकले देखाएको छ । ५० शैयाको अस्पतालमा बिरामीको चाप बढेपछि बेडबाहिरै राखेर उपचार गर्नुपरेकोे जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन प्रमुख ड.जितेन्द्र कँडेलल...
सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो नयाँ रणनीति

सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो नयाँ रणनीति

  काठमाडौँ, २८ पुस । स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ‘सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति’ सार्वजनिक गरेको छ ।  रणनीतिले नीति निर्माता, सेवा प्रदायक, यससँग सम्बन्धित मन्त्रालय, निकाय एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई सूर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रम विकास र कार्यान्वयनमा मार्गदर्शन गर्नेछ । राष्ट्रिय स्वास्थ्य शिक्षा...
जिल्ला अस्पतालमा छैन निःशुल्क औषधि

जिल्ला अस्पतालमा छैन निःशुल्क औषधि

लमजुङ, २८ पुस । जिल्ला अस्पताल लमजुङमा दुई महिनादेखि निःशुल्क औषधि छैन । सरकारले औषधि खरिदको बजेट नपठाउँदा निःशुल्क दिनुपर्ने ७२ प्रकारका औषधि सकिएको हो । अस्पतालमा मंसिरदेखि नै निःशुल्क औषधिको अभाव भएको प्रशासकीय प्रमुख युवराज देवकोटाले जानकारी दिए । यो वर्ष औषधि खरिदको बजेट नआएकाले निःशुल्क औषधि खरिद गर्न नसकिएको देवकोटाले बताए । उनले भने, ‘स्वास्थ्यसम्बन्धी सबै बजेट स्थानीय तहमा गएपछि जिल्ला...
आठ घण्टाभन्दा कम सुत्नेलाई यस्तो खतरा !

आठ घण्टाभन्दा कम सुत्नेलाई यस्तो खतरा !

दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशाको समस्या देखिएको एक अध्ययनले देखाएको छ ।अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो । सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता देखिएको सो अध्ययनमा पत्ता लागेको हो ।विश्वविद्यालयले अध्ययनपछि सा...
छोरी जन्मिए अब एक हजार भत्ता

छोरी जन्मिए अब एक हजार भत्ता

बैतडी,२६ पुस। बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको छ ।  नेपाल सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४ सय दिँदै आएकामा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप रु एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको हो । छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिए प्रोत्साहन भत्ता...
चटपटे र पानीपुरीमा भेटियो हानिकारक तेल

चटपटे र पानीपुरीमा भेटियो हानिकारक तेल

काठमाडौं, २६ पुस । यदि तपाईंले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नु भएको छ भने सावधान रहनु होला । किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गर्ने गरेको पाइएको छ ।आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला पारेको हो । विभागका शाखा अधिकृत दिपकराज पोखरेलको नेतृत्वमा मंगलबार गएको बजार अनुगमन टोली...
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै डा. केसीको १४ औं अनशन

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै डा. केसीको १४ औं अनशन

काठमाडौं, २४ पुस । चिकित्शा शिक्षामा सुधारको माग गर्दै सत्याग्रह गर्दै आएका डा. गोविन्द केसी पुन अनशन बस्ने भएका छन्। डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै १४ औं पटक अनशन बस्न लागेका हुन्। सोमबार पत्रकार सम्मेलन गर्दै केसीले प्रधानन्यायाधीश पराजुलीमाथी छानविनको माग समेत गरेका छन्। उनले आज ४ बजेदेखि अनशन थाल्ने जनाएका छन्। सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थान (...
जान्नुहोस्, मोटोपन नियन्त्रण गर्ने ८ सूत्र

जान्नुहोस्, मोटोपन नियन्त्रण गर्ने ८ सूत्र

काठमाडौं, २४ पुस । शरीर मोटो हुन दिनु, रोगलाई निम्ता गर्नु नै हो । मोटा व्यक्तिलाई मधुमेह र मुटुका रोगले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । त्यसो त मोटोपनले सबैखाले रोगलाई निम्ता गरिरहेको हुन्छ । मोटो शरीर हेर्दा पनि खासै राम्रो देखिँदैन । त्यसो भए मोटोपन नियन्त्रण गर्न तथा घटाउन के गर्ने त ? केही टिप्स जान्नुहोस् :डा. प्रकाशराज रेग्मी, मुटुरोग विशेषज्ञ १. गुलिया र चिल्लो खानेकुराले मोटोपन अस...
भाइरलका बिरामीलाई धामीझाँक्री, ९ जनाको ज्यान जाँदासम्म पुगेनन् स्वास्थ्यकर्मी

भाइरलका बिरामीलाई धामीझाँक्री, ९ जनाको ज्यान जाँदासम्म पुगेनन् स्वास्थ्यकर्मी

जाजरकोट,२३ पुस । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले जिल्लामा नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख हरिबहादुर सिंहले बताए । ‘जिल्लाबाट पठाएको औषधि र स्वास्थ्यकर्मी अहिलेसम्म पुगेका छैनन्’, सिंहले भने । औषधि र स्वास्थ्यकर्मी छिटो रो...
जाजरकोटमा भाइरल ज्वरोको प्रकोप, ८ दिने नाबालकसहित ९ जनाको मृत्यु

जाजरकोटमा भाइरल ज्वरोको प्रकोप, ८ दिने नाबालकसहित ९ जनाको मृत्यु

जाजरकोट,२२ पुस । जाजरकोटमा एक साता पहिलेदेखि फैलिएको भाइरल ज्वरो र रुघाखोकी कारण ८ दिने नाबालक सहित ९ जनाको मृत्यु भएको छ । ज्वरो र रुघाँखोकीका कारण जुनीचाँदे गाउँपालिकामा तीन सय भन्दा बढी गाउँलेहरु विरामी परेको स्वास्थ्य चौकी बड्कुलेका ईञ्चार्ज हरिबहादुर सिंहले बताए। उनले दैनिक स्वास्थ्य चौकीमा उपचारका लागि आउने झण्डैं ६० देखि ७० जना भाइरल विरामी नै आउने गरेको बताए । ज्वरो र रुघाँखोकी कारण ज...
फोहर फालेको उजुरी गर्नेलाई भत्ता

फोहर फालेको उजुरी गर्नेलाई भत्ता

विराटनगर,२२ पुस। नगर क्षेत्रलाई वातावरणमैत्री र स्वच्छ शहर बनाउने अभियानअन्तर्गत महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा कडाइ गर्ने नीति अख्तियारी गरी सुराकी भत्ता प्याकेज ल्याउन लागेको छ । यो प्याकेजमा जसले फोहर फ्यालेको हो उसको फोटोसहितको प्रमाण देखाएर सुराकी दिनेलाई भत्ताको व्यवस्था गरिन्छ । यो नीति अख्तियारी गरेपछि गाउँघरबाट सडकमा फ्याँकिने फोहरमा केही सुधार आउने अपेक्षा महानगरपालिकाले गरेको छ ...
स्वास्थ्य बीमामा तीन हजार चार सय सदस्य

स्वास्थ्य बीमामा तीन हजार चार सय सदस्य

बैतडी,२२ पुस। बैतडीमा स्वास्थ्य बीमा कार्यक्रममा एक वर्षको अवधिमा तीन हजार ४०० बढी सदस्य आबद्ध भएका छन् । सरकारले आर्थिकरुपमा विपन्न र गरिब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्योपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा बैतडीमा हालसम्म तीन हजार ४२५ जना सदस्य आबद्ध भएका हुन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले विसं २०७३ पुस ७ गतेदेखि बैतडीमा स्वास्थ्य ब...
क्रान्तिकारी अध्यक्ष तामाङद्वारा मिर्गौला पीडितलाई १ लाख १८ हजार रुपैयाँ हस्तान्तरण

क्रान्तिकारी अध्यक्ष तामाङद्वारा मिर्गौला पीडितलाई १ लाख १८ हजार रुपैयाँ हस्तान्तरण

काठमाडौं,२२ पुस। माओवादी केन्द्र सम्वद्ध अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले मिर्गौला पीडित श्यामबहादुर मगरलाई उपचार सहयोग स्वरुप १ लाख १८ हजार रुपैयाँ हस्तान्तरण गरेका छन्। झापाको कमल गाउँपालिका १ निवासी २४ वर्षीय मगरका दुवै मिर्गौलाले काम गर्न छाडेपछि हाल उनी शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत छन् । चिकित्सकका अनुसार उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएको छ। मिर्गौला प्रत्यारोपण ग...
१५ प्रकारका औषधिको बिक्री वितरणमा रोक

१५ प्रकारका औषधिको बिक्री वितरणमा रोक

काठमाडौं – औषधि व्यवस्था विभागले पहिलो चौमासिकमा विभिन्न कम्पनीद्वारा उत्पादित १५ प्रकारका एलोपेथिक र आयुर्वेदिक औषधि बजारमा बिक्री वितरणमा रोक लगाइएको बताएको छ। विभागले विभिन्न नेपाली तथा भारतीय औषधि उद्योगले उत्पादन गरेका औषधि न्यून गुणस्तरको पाइएपछि नेपाली बजारमा बिक्री वितरण गर्न रोक लगाएको हो। विभागको अनुगमन टोलीले संकलन गरेका औषधिको नमूना परीक्षण गर्दा न्यूनगुणस्तरको पाइएपछि ती औषधिको बिक...
ग्रान्डीदेखि वयोधासम्म : काठमाडौँका ठूला अस्पताल नै ‘ठग’को सूचिमा, प्रहरीले थाल्यो अनुसन्धान

ग्रान्डीदेखि वयोधासम्म : काठमाडौँका ठूला अस्पताल नै ‘ठग’को सूचिमा, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौँ । राजधानीका ठूला अस्पतालहरुले नै सर्वसाधारण ठग्ने गरेको तथ्य खुलेको छ । आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौंका ठूला अस्पतालहरुमध्येका बल्खुस्थित बयोधा हस्पिटल, धापासीको ग्रान्डी ईन्टरनेशनल अस्पताल, बसुन्धाराको ईशान बाल तथा महिला अस्पताल र बाँसबारी स्थित नेशनल ईन्टिच्युट अफ न्युरोलोजी एण्ड एलाईड साईन्सेज प्रा.लि.ले ठगी गरेको भन्दै अनुसन्धान गर्नका लागी काठमाडौं प्रह...
वीर र कान्ति बाल अस्पतालमा उडुसआतंक

वीर र कान्ति बाल अस्पतालमा उडुसआतंक

उडुस मार्दैमा बित्छ बिरामी र कुरुवाको रात देशकै पुरानो वीर अस्पताल र बालबालिकाको उपचार गर्ने कान्ति बाल अस्पतालमा उडुसको टोकाइबाट बिरामी र कुरुवा आतंकित भएका छन् । उडुसको टोकाइबाट उपचारका लागि आउने बिरामी, कुरुवा र स्वास्थ्यकर्मीसमेत हैरान भएका हुन् । पटक–पटक औषधि प्रयोग गरे पनि उडुस नमासिएको अस्पताल व्यवस्थापन पक्षले जनाएको छ । दाङबाट मिर्गौलाको उपचार गर्न छोरालाई लिएर एक साताअघि वीर अस्पताल ...
हेलिकोप्टरबाट सुत्केरीको उद्धार

हेलिकोप्टरबाट सुत्केरीको उद्धार

काठमाडौं, १९ पुस । सिन्धुपाल्चोक भोटसिपाकी सन्तमाया तामाङलाई तीन दिनदेखि सुत्केरी व्यथा लागेको थियो । इन्द्रावती गाउँपालिका–९ मा पर्ने यस दुर्गम गाउँस्थित सन्तमायाको घरमा गाडीसमेत पुग्दैन । त्यसैले, उनलाई उपचारका लागि काठमाडौं ल्याउन समस्या थियो । तत्काल अस्पताल ल्याउने खर्च उनको परिवारसँग थिएन । तर, सन्तानलाई जन्म दिन नसकेर छटपटाइरहेकी तामाङलाई सामाजिक अभियन्ता दीपक सिलवालले उद्धार गरेका छन् ।...
विकराल बन्दै विषादी आयात: तरकारी र फलफूल खाँदा यस्ता रोगको जोखिम

विकराल बन्दै विषादी आयात: तरकारी र फलफूल खाँदा यस्ता रोगको जोखिम

काठमाडौं, १९ पुस ।  खाद्यान्न र तरकारीखेतीमा प्रयोग गर्न वार्षिक ७० करोड रुपैयाँको विषादी आयात हुने गरेको छ। सरकारले कृषि पाठशालामार्फत बर्सेनि करोडौं रकम खर्चेर मानव स्वास्थ्यलाई हानि गर्ने विषादीको प्रयोग घटाउँदै लैजान अभियान चलाइरेकै समयमा आयात बढिरहेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । खाद्यान्न र तरकारीमा अनियन्त्रित रूपमा प्रयोग हुने विषादीको परिमाण घटाउन करिब १५ वर्षदेखि ठूलो लगानीमा सरक...
दुई ठूला अस्पतालविरुद्ध ठगीको मुद्दा: अनुगमनमा यस्तो भेटियो

दुई ठूला अस्पतालविरुद्ध ठगीको मुद्दा: अनुगमनमा यस्तो भेटियो

काठमाडौं,१९ पुस । बिरामीबाट चर्को शुल्क असुल्ने उपत्यकाका दुई ठूला अस्पतालविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले बाँसबारीस्थित नेपाल इन्स्टिच्युट अफ न्युरोलोजी एन्ड एलाइड साइन्सेज (न्युरो) र बसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालविरुद्ध ठगीअन्तर्गत मंगलबार मुद्दा दायर गरेको हो। महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रवीन्द्र धानुकका अनुसार पहिलो चरणमा दुई अस्प...
रुघाखोकीले हुम्लामा एकै दिन तीनको मृत्यु

रुघाखोकीले हुम्लामा एकै दिन तीनको मृत्यु

स्वास्थ्यचौकीमा सिटामोलसमेत छैन तर, गाउँपालिका अध्यक्ष भन्छन्– औषधि पर्याप्त छ हुम्लामा रुघाखोकीले चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका–७ का भ्याँले कार्की, खोइया शाही, गोर्‍या जैसी र शंकरे रोकाया छन् । कार्की, शाही र जैसीको आइतबार तथा रोकायाको मंगलबार मृत्यु भएको स्थानीय कलबहादुर ऐडीले जानकारी दिए । सास फेर्न गाह्रो हुने, ज्वरो आउने, खोकी लाग्ने र बान्ताको प्रकोपले वि...
निजी अस्पतालमा नर्सको आँशु ! तलब थोरै, काम धेरै

निजी अस्पतालमा नर्सको आँशु ! तलब थोरै, काम धेरै

काठमाडौं ,१८ पुस । नर्सको काम बिरामीको आँशु पुछ्ने हो । तर, नेपालमा निजी अस्पतालहरुमा अरुको आँशु पुछ्ने नर्स आफ्नै आँशु पुछ्न बाध्य छन् । यही कारणले नर्सहरु धमाधम विदेश पलायन हुन थालेका छन् । नेपालमा एउटी सामान्य नर्सको तलव कति होला ? १० हजार ? ३० हजार ? वा ५० हजार ? नर्सको तलबलाई लिएर यस्ता प्रश्न उठ्नु स्वाभाविकै हो । किनकि नर्सिङ्ग पेशालाई राम्रो पेशाका रुपमा गनिन्छ । र, यही कारणले कैयौं किश...
१० हजार स्वास्थ्यकर्मी सरुवा गर्ने तयारी

१० हजार स्वास्थ्यकर्मी सरुवा गर्ने तयारी

काठमाडौं, १८ पुस । स्वास्थ्य मन्त्रालयले कम्तीमा १० हजार कर्मचारीलाई सरुवा गर्ने तयारी गरेको छ । यसअघि, निर्वाचन आचारसंहिताले नियमित हुने सरुवा रोकिएपछि स्वास्थ्य मन्त्रालयले कर्मचारी सरुवा गर्न पाएको थिएन । स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखाका उपसचिव बाबुराम खनालले तल्लो तहदेखि माथिल्लो तहसम्मका कर्मचारीको सरुवा रोकिएकोले समस्या भएको बताए । ‘हिजो निर्वाचन आचारसंहिताले दिएन, अहिले सामान्...
यी ९ गल्ती जसले कलेजो खराब गर्छ

यी ९ गल्ती जसले कलेजो खराब गर्छ

कलेजो हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंगमध्ये एउटा हो । यसले हाम्रो शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकालेर शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । कलेजोले रगत शुद्धिकरण गर्नका साथै रगतको लागि आवश्यक प्रोटिन बनाउँछ । यदि कलेजो स्वस्थ्य भएन भने हर्मोनको सन्तुलन विग्रन्छ र रोग पैदा हुन्छ । कलेजो कति महत्वपूर्ण अंग हो भने, यसले क्षतिग्रस्त कोषहरुलाई प्रतिस्थापन गरिदिन्छ । तर, त्यही कलेजो सधै ज...
अाैषधी लिन अाउने बिरामीलार्इ प्रमुखकाे जवाफ – कण्डम मात्रै छ के गर्ने ?

अाैषधी लिन अाउने बिरामीलार्इ प्रमुखकाे जवाफ – कण्डम मात्रै छ के गर्ने ?

इटहरी, १० पुस । सुनसरीकाे बराह नगरपालीका ८ निवासी बर्ष ६८ का बिष्णु बराल सामान्य ज्वाेराे अाएपछि गाउमै रहेकाे स्वास्थ्य चाैकीमा अाैषधी लिन भनि गए तर चाैकीले हातमा पुर्जी मात्रै थमायाे अाैषधी छैन भनि पठाएपछि उनि निरास हुदै एक्लै गुनगुनाउदै बाहिरिए । त्यस्तै रूघाले ग्रस्त बराह नगरपालीका अासपासका ५३ बर्षीय मुनलाल मेहता पनि साे चाैकीमा अाैषधी लिन गए उनले पनि बरालकै जस्ताे हातमा पूर्जि बाहेक केही पाए...
मानिसलाई गाडीमा बान्ता किन हुन्छ, यसबाट बच्न के गर्ने ?

मानिसलाई गाडीमा बान्ता किन हुन्छ, यसबाट बच्न के गर्ने ?

यात्रा गर्दा हामी स्थलमार्ग, जलमार्ग र वायुमार्गमध्ये कुनै एक मार्गको प्रयोग गर्छौं । धेरैजसो मानिसलाई लामो दूरीको यात्रा गर्दा समस्या देखा पर्छ । यात्राका क्रममा डर लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने, थकाइ लाग्ने, निद्रा नलाग्ने, रिँगटा लाग्ने, पेट बटारिने, खुट्टा सुन्निने, वाकवाकी लाग्ने, बान्ता हुने आदि हुन्छ । सबैभन्दा गम्भीर समस्या भनेको कार, बस, ट्रेन, पानीजहाज, हवाईजहाजको यात्रामा बारम्बार...
भरतपुर अस्पतालमा प्रसूति गराउन आउनेमा अकस्मात समस्या

भरतपुर अस्पतालमा प्रसूति गराउन आउनेमा अकस्मात समस्या

चितवन, ७ पुस । जिल्लामा प्रसूतिका लागि पहिलो रोजाइका रुपमा रहेको यहाँको सरकारी भरतपुर अस्पतालमा प्रसूति गराउन आएका महिलाहरुमा एकाएक समस्या आउने र मृत्यु समेत हुन थालेपछि कारणको खोजी गर्न थालिएको छ । चालु आवमा प्रसूति गराउन आएका छजना महिलाको मृत्यु भइसकेको छ, जसमध्ये पाँच जनाको शल्यक्रियापछि मृत्यु भएको हो । गएको महिनामा मात्रै दुईजनाको मृत्यु भएको अस्पतालले जनाएको छ । भरतपुर अस्पतालका प्रसूति ...
३९ प्रतिशत नेपालीमा मोटोपनको समस्या

३९ प्रतिशत नेपालीमा मोटोपनको समस्या

मोटोपनको समस्या बर्सेनि बढ्दै – नेपालमा मोटोपनको समस्या बढ्दै गएको पाइएको छ । पछिल्लो समय गरिएको अध्ययनले देशका ३९ प्रतिशत मानिस मोटोपनको सिकार बनेका देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ मा उल्लेख भएअनुसार हरेक वर्ष नेपालमा मोटोपनको समस्या बढिरहेको छ । सर्वेक्षणले पुरुषमा भन्दा मोटोपनको समस्या महिलामा बढी देखाएको छ । नेपाल डेमोग्राफी हेल्थ सर्वेका नेपाल निर्देशक योगेन्द्र...
धनकुटा अस्पतालमा अत्याधुनिक भिडियो एक्सरे

धनकुटा अस्पतालमा अत्याधुनिक भिडियो एक्सरे

धनकुटा, २ पुस । धनकुटा जिल्ला अस्पतालमा पहिलो पटक अत्याधुनिक भिडियो एक्सरे सेवा सुरु भएको छ । विगतमा सामान्य स्तरको भिडियो एक्सरे सेवा उपलब्ध हुँदै आएको भएपनि अहिले अत्याधुनिक भिडियो एक्सरे सेवा सुरु गरिएको हो । सामान्य स्तरको एक्सरे सञ्चालन गर्दा सेवाग्राहिबाट असहज भएको गुनासो आएसंगै अत्याधुनिक सेवा थालिएको अस्पतालका वरिष्ट मेडिकल सुपरिटेन्डेन्ट तथा जिल्ला स्वास्थ्य प्रमुख डाक्टर फणिन्द्र बरालले...
धनकुटालाई आँखा उपचारको ‘हव’ बनाईने

धनकुटालाई आँखा उपचारको ‘हव’ बनाईने

धनकुटा, २९ मंसिर । धनकुटा ६ कचिडेस्थित डा.रामप्रसाद पोखरेल ऑखा अस्पतालले धनकुटालाई ऑखा उपचारको हव बनाउने दावी गरेको छ । पुर्वका जिल्लाको आकर्षण बन्दै गएको अस्पतालले अब ऑखा उपचारको केन्द्र बनाउने जनाएको हो । अस्पतालले एक वर्षको अवधिमा झन्डै तीन लाख बढि ऑखाको उपचार गरेको छ । नेपाल नेत्र ज्योति संघको नवौ साधारण सभा तथा अस्पतालको चौथो स्थापना दिवसको अवसरमा सुक्रवार आयोजित कार्यक्रममा उक्त जानकारी दिइ...
error: Content is protected !!