वर्षेनी तीन हजार नयाँ बिरामी, लुकेर रहेका कुष्ठ प्रभावितको खोजी गरिँदै

वर्षेनी तीन हजार नयाँ बिरामी, लुकेर रहेका कुष्ठ प्रभावितको खोजी गरिँदै

काठमाडौँ, १४ माघ।  कुष्ठरोगको लागेको लुकाउने र औषधि पूर्णरुपमा सेवन नगर्ने कारण नेपालमा कुष्ठरोग प्रभावितको संख्या बढिरहेको पाइएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण महाशाखाले ‘६५औँ विश्व कुष्ठरोग दिवस’ का अवसरमा आज आयोजना गरेको अन्तक्र्रियामा नेपालमा पर्याप्त बजेटको अभावमा लुकेका कुष्ठरोग प्रभावितको खोजी गरी उपचारमा ल्याउन नसकिएको बताइएको थियोे । स्वास्थ्य से...
मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग

मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग

भद्रपुर, १४ माघ । झापाको भद्रपुर नगरपालिकामा सञ्चालित ‘नागरिक एफएम’को सक्रियतामासंकलित एक लाख २१ हजार २३० मिर्गाैलापीडित पत्रकार माया पकुवाललाई आज हस्तान्तरण गरिएको छ । झापाबाट प्रकाशन हुँदै आएको ‘वरुण’ साप्ताहिक पत्रिकाका प्रधानसम्पादक पकुवाल करिब तीन महिनादेखि दुबै मिर्गाैला खराब भएर सिकिस्त रहेकाले विभिन्न संघसंस्था, समाजसेवी र वैदेशिक रोजगारमा रहेका युवाले सहयोग रकम जुटाइरहेका छन् । रकम ...
काबुलमा यस वर्षकै ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते

काबुलमा यस वर्षकै ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते

काबुल, १३ माघ। अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु भएको छ । साथै यसमा परी १५८ जना घाइते भएका छन् । यसलाई यस वर्षकै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी भएको घटनाको रुपमा लिइएको छ । काबुलको मध्य भागमा अत्यधिक भीड भएको स्थान लक्ष्य गरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स विस्फोट गराइँदा कम्तीमा ९५ जनाको मृत्यु भएको बताइएको छ । घटनामा प...
क्षयरोग पत्ता लगाउन अत्याधुनिक यन्त्र

क्षयरोग पत्ता लगाउन अत्याधुनिक यन्त्र

कञ्चनपुर, १४ माघ। राष्ट्रिय क्षयरोग निवारण केन्द्रले सदरमुकाम भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताललाई क्षयरोग पत्ता लगाउन अत्याधुनिक जिन एक्सपोर्ट मेशिन शनिबार उपलब्ध गराएको छ । अत्याधुनिक यन्त्र नहँुदा अस्पतालले क्याट एक र क्याट दुई प्रविधिबाट बिरामीको खकार जाँच गरी उपचार गर्दै आएको थियो । “पुरानो प्रविधिबाट क्षयारोग पत्ता लाग्न बढी समय लाग्ने गरेको थियो”, अस्पालका ल्याब टेक्निसियन हर्कबहाद...
आर्थिक अभावले आठ महिनादेखि अस्पतालमा एम्बुलेन्स सेवा ठप्प

आर्थिक अभावले आठ महिनादेखि अस्पतालमा एम्बुलेन्स सेवा ठप्प

फलेवास, पर्वत, १४ माघ।  विगत आठ महिनादेखि बिरामी बोक्ने जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रँदा सर्वसाधारण मर्कामा परेका छन् । जिल्ला अस्पतालमा रहेको एक मात्र एम्बुलेन्स बिग्रिएपछि बिरामी ओसारपसारमा समस्या भएको छ । विगत आठ महिनाअघि देखि एम्बुलेन्स बिग्रिएर थन्किएको छ । ५ वर्षअगाडि खरिद गरिएको एम्बुलेन्सका पाटपुर्जा बिग्रिएपछि आठ महिनादेखि मर्मतका लागि पोखरामा लगेर छाडिएको अस्पतालले जनाएको छ । प...
प्रधानमन्त्रीद्वारा बिपी स्मृति अस्पतालको नयाँ भवन उद्घाटन

प्रधानमन्त्रीद्वारा बिपी स्मृति अस्पतालको नयाँ भवन उद्घाटन

काठमाडौँ, १३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले बसुन्धरास्थित बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको नयाँ भवनको आज उद्घाटन गर्नुभएको छ । अस्पतालको १०औँ वार्षिक साधारणसभाको अवसरमा प्रधानमन्त्री देउवाले आधुनिक तथा डिलक्स क्याबिनसहितको १०० शय्या, १७ आइसियू, १० भेन्टिलेटर र अत्याधुनिक ल्याबसहितको सुविधा सम्पन्न अस्पतालको उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ...
जिल्लामा एम्बुलेन्स नहुँदा बिरामीलाई सास्ती

जिल्लामा एम्बुलेन्स नहुँदा बिरामीलाई सास्ती

रुकुम, १२ माघ।  जिल्लाको बाँफिकोट गाउँपालिका–६ की २३ वर्षीया विमला खनाल गत माघ ३ गते बिरामी हुनुभयो । उपचारका लागि आफन्तले गाउँको मेडिकलमा लगे तर त्यहाँ स्वास्थ्यकर्मीले उपचार सम्भव नहुने भन्दै सदरमुकाम मुसिकोट लैजान सल्लाह दिए । उपचार गर्नका लागि जिल्ला अस्पताल सल्ले ल्याउन आफन्तले एम्बुलेन्सका लागि धेरै सम्पर्क गरे तर पाउन सकेनन् । एम्बुलेन्स नपाएपछि खनाललाई रु आठ हजारमा एउटा जिप रिजर्भ गरेर...
तीन रोगका बिरामीलाई भत्ता वितरण शुरु

तीन रोगका बिरामीलाई भत्ता वितरण शुरु

काठमाडौँ, ११ माघ।  “हप्तामा तीनपल्ट डायलासिस गर्नुपर्छ, एक हजार २०० को रगत बढाउने सुई किन्नलाई पैसा पुग्यो,” मिर्गौला रोगी अमृता भण्डारीले भन्नुभयो । वीर अस्पतालमा आज जीविकोपार्जन भत्तास्वरुप मासिक रु पाँच हजार बुझेपछि उहाँले सो कुरा भन्नुभएको हो । मिर्गौला, अर्बुद र स्पाइनल इन्जुरी भई पक्षाघात भएका बिरामीलाई जीविकोपार्जन भत्तास्वरुप मासिक रु पाँच हजार दिने निर्णय मन्त्रिपरिषद्को गत पुस १३...
पाल्पाका ५९ वटा स्वास्थ्य संस्था स्थानीय निकायलाई हस्तान्तरण

पाल्पाका ५९ वटा स्वास्थ्य संस्था स्थानीय निकायलाई हस्तान्तरण

रामपुर, पाल्पा, ११ माघ। पाल्पामा ५९ वटा स्वास्थ्य संस्था स्थानीय निकायलाई हस्तान्तरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य एकाइ, शहरी स्वास्थ्य केन्द्रहरु सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गरिएको हो । जिल्लाको रामपुर र तानसेन नगरपालिकासँगै निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका, बगनासका...
स्वास्थ्यका लागि कति खतरनाक मोबाइल फोनको रेडिएसन ?

स्वास्थ्यका लागि कति खतरनाक मोबाइल फोनको रेडिएसन ?

एजेन्सी: मानिसको जीवनको अभिन्य अंग बनिसकेको मोबाइल फोनको रेडिएसनबारेमा तपाईँलाई कति थाहा छ ? मोबाइलको प्रयोगमा अभ्यस्त हुनेहरुले रेडिएसनबारेमा पनि ज्ञान राख्नु जरुरी हुन्छ । यो रेडिएसन कयौँ किसिमको हुन्छ भने यसले नै मानिसलाई बिरामी पनि बनाउन सक्छ । आधुनिक जीवनशैलीमा मोबाइल फोन सबैभन्दा अहम बस्तु भइसकेको छ। हामी मोबाइलबिना एक मिनेट पनि रहन सक्दैनौँ । तर तपाईँले कहिले यी मोबाइल फोनबाट निकाल्ने रे...
पानी अभावमा प्रसूति सेवा एक वर्षदेखि बन्द

पानी अभावमा प्रसूति सेवा एक वर्षदेखि बन्द

बैतडी, १० माघ। बैतडीको पुर्चौंडी नगरपालिका–९ मा रहेको तल्लादेही स्वास्थ्यचौकीमा पानीको अभावमा प्रसूति सेवा बन्द भएको छ । एक वर्षदेखि स्वास्थ्य संस्थामा आउने पानी बन्द भएपछि प्रसूति सेवा पनि बन्द भएको स्वास्थ्यचौकीका अनमी जानकी बोहराले बताउनुभयो । “एउटी आमाले बच्चा जन्माइसकेपछि सरसफाइका लागि कम्तीमा ५० लिटर पानीको आवश्यकता पर्दछ”, उहाँले भन्नुभयो, “स्वास्थ्यचौकीमा आउने पानीको व्यवस्थापन गर्न न...
बच्चाको खोप कार्ड सुरक्षित राख्नुहोस्,‘ स्कुल भर्नादेखि विदेश जानसमेत आवश्यक छ’

बच्चाको खोप कार्ड सुरक्षित राख्नुहोस्,‘ स्कुल भर्नादेखि विदेश जानसमेत आवश्यक छ’

काठमाडौँ, ९ माघ । तपाइँले आफ्ना बालबालिकालाई लगाएको खोपको विवरण राखिएको खोप कार्ड राख्नुभएको छ ?छैन भने आजैबाट आफ्ना बालबालिकाको खोप कार्ड जतन गरेर राख्नुहोस् । स्कुल भर्ना गर्ने बेलादेखि भविष्यमा विदेश जाने बेलासम्म उक्त कार्ड आवश्यक परिरहन्छ । खोपको कार्डको महत्व पछिसम्म पनि निकै महत्वपूर्ण छ । बालस्वास्थ्य महाशाखाका प्रमुख डा विकास लामिछानेले धेरै आमालाई बच्चाको खोप कार्ड र त्यसको महत्वबार...
१८ वर्षको हुँदापनि बढेन शरीर, उपचारका लागि आर्थिक समस्या

१८ वर्षको हुँदापनि बढेन शरीर, उपचारका लागि आर्थिक समस्या

जाजरकोट, ९ माघ । छेडागाड नगरपालिका १० काफलाका  हस्ते पुनको  उमेर  १८ वर्ष भयो।  उमेरले १८ बर्षको तन्नेरी अवस्थामा पुगेको भएपनि  उनको  अवस्थाका भने ५ वर्षका वालकको जस्तो  छ। वुवा  पुर्णे पुन र आमा लालसरीको कोखबाट   १८ वर्षअघि जिल्लाको दुर्गम गाउँमा जन्मेका हस्ते पुनको पूर्ण रुपमा शारिरीक र मानसिक विकास नहुँदा उमेर पुगेर पनि उनी ५ वर्षिय बालक जस्तै देखिन्छन्। जन्मदेखि नै  अपांग भएर पीडित भएको पुन...
चिकित्सा विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन शुरु

चिकित्सा विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन शुरु

काठमाडौँ, ८ माघ । दक्षिण एसियामै पहिलोपटक एशियाली चिकित्सा विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको छ । एसियन मेडिकल स्टुण्डेटस एशोसिएन नेपालको आयोजनामा भइरहेको सम्मेलनमा नेपाललगायत भारत, बंगलादेश, थाइल्याण्ड, जापान, सिंगापुरलगायत १६ राष्ट्रका चिकित्सा विषयका विद्यार्थीको सहभागिता छ । ‘मातृ तथा नवजात शिशु स्वास्थ्य’ विषयमा केन्द्रित हुने पाँच दिने सो सम्मेलनको नेपाली काँ...
एचआइभी संक्रमितका लागि गुणस्तरीय औषधिको माग

एचआइभी संक्रमितका लागि गुणस्तरीय औषधिको माग

चितवन, ८ माघ। राष्ट्रिय एचआइभी/एड्स महासंघको दुईदिने भेला ११ बुँदे चितवन घोषणापत्र जारी गर्दै आइतबार यहाँ सम्पन्न भएको छ । घोषणपत्रमा एचआइभी संक्रमितलाई परेका समस्या उजागर गरिएको छ । देशभरबाट भेला भएका संक्रमितका प्रतिनिधिले आ–आफ्नो क्षेत्रमा परेका समस्या उठान गरेपछि त्यसलाई निचोडका रुपमा घोषणापत्रमा समेटिएको हो । महासंघका अध्यक्ष अच्युत सिटौलाले संक्रमितले प्रयोग गर्दै आएको एआरभी औषधिको ग...
मिर्गौला उपचारमा आयुर्वेद उपयोगी

मिर्गौला उपचारमा आयुर्वेद उपयोगी

काठमाडौँ, ८ माघ। मिर्गौला समस्याका कारण धेरै मानिसले आफ्नो अमूल्य जीवन गुमाउनु परेको छ । नयाँ अध्ययन र अनुसन्धानबाट आयुर्वेदीय उपचार पद्धति पनि मिर्गौला उपचारका लागि निकै उपयोगी हुने देखिएको छ । आयुर्वेदीय उपचार पद्धति अपनाएर स्वास्थलाभ लिएर पहिलेकै अवस्थामा खुशी जीवन बिताइरहेका मानिस पनि अहिले धेरै भेटिने गरेका छन् । कुलुङ–८ भोजपुर घर भई हाल अनामनगर बस्ने ५६ वर्षीय भीमादेवी चौहानलाई निकै अस...
वीपी प्रतिष्ठानमा औषधी बिचौलियाको बिगविगी

वीपी प्रतिष्ठानमा औषधी बिचौलियाको बिगविगी

धरान, ७ माघ । चारपाने झापाकी २६ वर्षीय करुणा वाग्ले (नाम परिवर्तन) लाई गत साता सुत्केरी व्यथाले च्यापेपछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइयो । साँझ ७ बजेतिर ल्याइएकी अनितालाई व्यथाले च्यापेपनि नर्मल डेलीभरी हुन सकिरहेको थिएन । प्रतिष्ठानको गाईनो वार्डका चिकित्सकले करुणाका श्रीमानलाई अप्रेसन गर्न सुझाए । करुणा पहिलो पटक गर्भवती भएकाले श्रीमानले रिक्स लिन चाहेनन् ।...
इसिजी र भिडियो एक्सरे सेवा सञ्चालनमा

इसिजी र भिडियो एक्सरे सेवा सञ्चालनमा

बैतडी, ७ माघ ।  पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा इसिजी र भिडियो एक्सरे सेवा सञ्चालनमा आएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य बीमा) ले पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई इसिजी र भिडियो एक्सरे यन्त्र उपलब्ध गराएपछि उक्त सेवा सञ्चालनमा आएको हो । ती सेवा पाटनमै सञ्चालनमा आएपछि बिरामीले बाहिर गएर उपचार गर्नुपर्ने समस्या हटेको केन्द्रका डा नवीन्द्र ढकालले बताउनुभयो । उहाँले भ...
वडाध्यक्षबाट कम्बल वितरण

वडाध्यक्षबाट कम्बल वितरण

लहान, ७ माघ। सिरहा नगरपालिका–१ का वडाध्यक्ष महेशकुमार यादवले व्यक्तिगत लगानीमा सो वडाका चिसोबाट प्रभावित १०५ दलित तथा विपन्न परिवारलाई कम्बल वितरण गर्नुभएको छ । अत्यधिक चिसोका कारण मानवीय क्षति भइरहेको कुरालाई दृष्टिगत गरी वडाध्यक्ष यादवले अन्य निकायमा पहल थाले पनि प्रक्रियागत रुपमा आउन ढिला भइरहेकाले आफ्नै व्यक्तिगत लगानीमा विपन्न, गरिब, दलित, वृद्धवृद्धा तथा अपाङ्गतायुक्तलाई प्राथमिकतामा राखे...
कुन सुत्ने तरिका स्वास्थ्यको लागि राम्रो हुन्छ,जानी राखौँ

कुन सुत्ने तरिका स्वास्थ्यको लागि राम्रो हुन्छ,जानी राखौँ

सुत्ने तरिका : सुत्ने तरिका स्वास्थ्यको लागि निकै महत्वपूर्ण हुन्छ । सुत्ने अवस्थाले प्रत्यक्ष रुपमा हाम्रो पिठ्यु र गर्दनलाई असर गर्छ । राम्रोसँग नसुत्दा पेट दुख्नेदेखि उमेर नपुगी अनुहारमा चाउरी पर्ने जस्ता समस्या आउँछन् । उत्तानो सुत्नेः यो सुताईलाई तटस्थ पोजिसन पनि भनिन्छ । उत्तानो सुत्दा पछाडिको भाग, गर्धन र स्पाइनलाई भार पर्छ । अर्कोतर्फ हाम्रो शिर पेटमाथि सिधा ठाडो हुँदा एसिडको मात्रा घटा...
रेडक्रसले विपद्मा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने

रेडक्रसले विपद्मा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने

काठमाडौँ, ६ माघ। विपद् वा संकटको परिस्थितिमा पानीजन्य रोगको उपचारलाई अझ सहज बनाउन आपत्कालीन स्वास्थ्य क्लिनिक सञ्चालनमा आउने भएको छ । विपद्का समयमा जुनसुकै स्थानमा देखापर्नसक्ने त्यसप्रकारका रोगलाई नियन्त्रणमा लिई स्वास्थ्य सेवा पु¥याउन नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा पहिलो पटक स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउने तयारी पूरा गरेको छ । यसका लागि आपतकालीन अस्पताल एवं...
भाइरल पत्ता लगाउन नमूना संकलन

भाइरल पत्ता लगाउन नमूना संकलन

सल्लेरी, सोलुखुम्बु, ६ माघ।  महाकुलुङ गाउँपालिका वडा नं २ का भाइरल प्रभावित ४५८ जनाको उपचार गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डा सन्डु शेर्पासहितको टोलीले आइतबारदेखि शुक्रबारसम्म गरी ४५८ जनाको उपचार गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयबाट प्रभावित क्षेत्रमा पुगेको ¥यापिड रेसपोन्स टिमका सम्पर्क व्यक्ति स्वास्थ्य सहायक कुमार केसीले बिरामीको अवस्था सुधारोन्मुख रहेको जानकारी दिनुभयो । अ...
अस्पतालले चढायो अर्कै समूहको रगत, दुवै मिर्गौला फेल

अस्पतालले चढायो अर्कै समूहको रगत, दुवै मिर्गौला फेल

काठमाडौं, ६ माघ । भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । रक्तस्राव भएपछि उपचार गर्न आएकी उनलाई अर्कै समूहको रगत चढाइएपछि जीवनमरणको दोसाँधमा पुगेकी छिन् । महिनावारी हुँदा अत्यधिक रक्तस्राव भएपछि परिवारले रुमालाई गत २१ पुसमा अस्पताल भर्ना गरेको थियो । ‘ओ’ पोजेटिभ रगत समूह भएकी उनलाई अस्पताल...
दुई सन्तान अनुमति दिइए पनि चीनमा जन्मदर घट्यो

दुई सन्तान अनुमति दिइए पनि चीनमा जन्मदर घट्यो

बेइजिङ, ५ माघ ।  चीनमा जन्म दर घटेको समाचार छ । चीन सरकारले यहाँका सबै दम्पत्ति लाई दुई सन्तान जन्माउने अनुमति दिइएको भए पनि जन्म दरमा भने झनै कमी आएको समाचारमा जनाइएको छ । चीनको राष्ट्रिय तथ्याङ्क विभागले दिएको जानकारी अनुसार चीनमा गत वर्ष जम्मा १ करोड ७२ लाख बच्चा जन्मिएका छन् । तर त्यसको अघिल्लो वर्ष अर्थात् सन् २०१६ मा भने १ करोड ७९ लाख बच्चा जन्मिएका थिए । चिनियाँ सबै दम्पत्तिलाई पहिल...
छोरी जन्माउने ४८ आमाले प्रोत्साहन भत्ता पाए

छोरी जन्माउने ४८ आमाले प्रोत्साहन भत्ता पाए

बैतडी, ५ माघ। बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने निर्णय गरेसँगै हालसम्म ४८ जना आमालाई प्रोत्साहन भत्ता दिएको छ । स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने ४८ आमालाई नेपाल सरकारले दिँदै आएको संस्थागत सुत्केरी भएकोमा एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० बाहेक गाउँपालिकाले दिएको थप रु एक हजार प्रोत्साहन भत्ता वितरण गरिसकेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य स...
दोलखाका सबै निजी अस्पताल मापदण्ड विपरीत

दोलखाका सबै निजी अस्पताल मापदण्ड विपरीत

दोलखा, ५ माघ। दोलखामा सञ्चालित सबै निजी अस्पताल मापदण्ड विपरीत रहेका पाइएको छ । दोलखा जिल्लामा सञ्चालित कुनै पनि निजी अस्पतालले सरकारी मापदण्डअनुसारको भवन, जनशक्ति तथा प्रविधि निर्देशिका पालना गरेका छैनन् । जिल्लामा तीनवटा निजी अस्पताल, केही पोलिक्लिनिक, केही डेण्टल अस्पताल र मेडिकल सञ्चालनमा रहेपनि ती सबै मापदण्ड विपरीत भएको सरोकारवाला निकायले नै बताएका छन् । भीमेश्वर नगरपालिका वडा नं ३ र...
नर्सहरुको आन्दोलन स्थगित

नर्सहरुको आन्दोलन स्थगित

काठमाडौँ, ४ माघ। सरकारी वार्ता टोली र नेपाल नर्सिङ संघबीच ११ बुँदे सहमति भएपछि नर्सहरुको आन्दोलन आजबाट स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेदेखि करिब आठ घण्टा चलेको वार्तामा संघले अघि सारेका सबै माग पुरा गर्न मन्त्रालय सहमत भएपछि आन्दोलन स्थगित भएको वार्तामा सहभागी नेपाल नर्सिङ परिषद्का अध्यक्ष जानकी केसीले जानकारी दिनुभयो । मानव अंग प्रत्यारोपण केन्द्रबाट निकालिएका दुई जना नर्स...
एक हजार बिरामीको स्वास्थ्य परीक्षण

एक हजार बिरामीको स्वास्थ्य परीक्षण

विराटनगर, ४ माघ। नेपाल होमियोपैथिक चिकित्सक संघले सुनसरीको बर्जु गाउँपालिकाको अमडुवामा स्वास्थ्य शिविरको आयोजना गरेको छ । डा टिएन रायको ४१ औँ पुन्यतिथिको उपलक्ष्यमा बुधबार सम्पन्न स्वास्थ्य शिविरमा संघले निःशुल्क मोतियाबिन्दु, कान, दातलगायतका बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ । होमियोपैथिक चिकित्सा पद्धतिबाट आँखा, कान, दातलगायतका एक हजार बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएकोे...
स्थानीय तहलाई स्वास्थ्य संस्था हस्तान्तरण

स्थानीय तहलाई स्वास्थ्य संस्था हस्तान्तरण

तेह्रथुम, ४ माघ। जिल्ला स्वास्थ्य कार्यालय, तेह्रथुमले आफू मातहतका स्वास्थ्य संस्थाहरुलाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्न थालेको छ । स्वास्थ्य मन्त्रालयको परिपत्रबमोजिम जिल्लाका छवटै स्थानीय तहमा पुगेर ती स्थानीय तह भित्रका स्वास्थ्य संस्था हस्तान्तरण गर्न थालिएको जिल्ला स्वास्थ्य प्रमुख डा मुक्तिनारायण शाहले बताउनुभयो । स्थानीय तहको कार्यसम्पादनको अधिकार निर्धारण भएसँगै स्वतः स्वास्थ्य...
विपन्नलाई उपचार सहायतामा पक्षपात

विपन्नलाई उपचार सहायतामा पक्षपात

काठमाडौं, ४ माघ। सरकारले विपन्न नागरिकलाई औषधि उपचार सहायता रकममा पनि पक्षपात गरेको छ । विपन्नलाई ‘कडा’ आठ र ‘ठूलाबडा’लाई १२ प्रकारका रोगमा सहायता रकम दिइएको छ । राज्यमा पहुँच भएका ठूलाबडालाई १२ प्रकारका ‘कडा’ रोगमा आर्थिक सहायता दिने वेला विपन्न नागरिकलाई पनि सोहीअनुसार दिने तयारी सरकारको थियो । तर, स्वास्थ्य मन्त्रालयमै फाइल हराएपछि त्यस्तो व्यवस्था नगरिएको मन्त्रालयको व्यवस्थापन महाशाखाले जनाएक...
मानव अंग प्रत्यारोपण केन्द्रद्वारा मुटुको क्याथ ल्याब सेवा शुरु

मानव अंग प्रत्यारोपण केन्द्रद्वारा मुटुको क्याथ ल्याब सेवा शुरु

भक्तपुर, ३ माघ। मानव अंग प्रत्यारोपण केन्द्रले आजबाट क्याथ ल्याब शुरु गरेको छ । केही महिनाअघिबाट मुटु परीक्षण सेवा सञ्चालन गरेको केन्द्रले मुटुको परीक्षणसँगै बन्द मुटुको नशामा खुलाउने एनजिओग्राफी र एनजिओप्लाष्टी एवं मुटुमा जाली हाल्नेलगायतका मुटुसँग सम्बन्धित सेवा शुरु गरेको हो । केन्द्रले वरिष्ट मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको नेतृत्वमा मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुरसहित ११ जनाको...
error: Content is protected !!