सिर्जनको रोबोट प्रदर्शनीको आकर्षण
काभ्रेपलाञ्चोक, १३ फागुन । पाँचखाल नगरपालिका–४ पाँचखालस्थित गोल्डेन फ्युचर माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थी सिर्जन श्रेष्ठले रोबोट बनाएका छन् ।
सिर्जनले बनाएको रोबोटले अहिले उनकै विद्यालयको तीनदिने शैक्षिक प्रदर्शनी एवं मेलामा आकर्षण बढाएको छ । उनको रोबोटले अङ्गे्रजी भाषामा सोधेको प्रश्नको जवाफ दिनुका साथै हिँड्ने र हात मिलाउने गर्छ । मेलामा अवलोकन गर्न आएका विभिन्न विद्याल...






























