एजेन्सी ।  बलिउड अभिनेता शाहरूख खान र अक्षय कुमार एकसाथ आउने भएका छन्। उनीहरू दक्षिण भारतिय मलयालम सिनेमा ‘कोडिसमक्षम बालन वकिल’को हिन्दी रिमेकमा एकसाथ आउन थालेको भारतिय संचारमाध्यमले जनाएका छन्। गत वर्ष यी दुबै स्टारबिच ‘जोली एलएलबी ३’लाई लिएर मनमुटाव भएको खबर सार्वजनिक भएको थियो ।

Advertisement

‘जिरो’ फ्ल्प भएपछि राम्रो प्रोजेक्टको खोजीमा रहेका शाहरुखका लागि अक्षयसँगको सहकार्यले राहत दिने अपेक्षा गरिएको छ। रिमेक गरिन लागेको सिनेमाले समिक्षकिय तता व्यापारिक रूपमा आफूलाई खरो उतारिरहेको छ।

सिनेमाको हिन्दी रिमेकका लागि तयारी सुरू भइसकेको बताइन्छ।

यस सिनेमामा कमेडीसँगै गम्भिर कथा बोकेको वकिलको कथा रहेको छ। सिनेमामको रिमेक अधिकार भायकम १८ सँग रहेको छ। सो कम्पनीले रिमेकका लागि सो सिनेमाका निर्देशक उन्नीकृष्णनसँग कुरा गरिसकेको बताइन्छ।

शाहरूख र अक्षय कुमारले एकअर्काको सिनेमामा केमियोमा काम गरेपनि पूरा सिनेमामा काम गर्ने यो पहिलो अवसर हुनेछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!