मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु
नुवाकोट, ३० कात्तिक । बेलकोटगढी नगरपालिका वडा नं ५ दुईपीपलमा आज बिहान मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ५ डबलीका गाडी धनी तथा चालक मंगलदास श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
बेलकोटगढी नगरपालिका–५ डबलीबाट वडा नंं ६ बेतपानीतर्फ आइरहेको बा४ख ८१७२ नंं को मिनीट्रक दुर्घटना हुँदा ४० वर्षका श्रेष्ठको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्या...

























