जौलजिवी मेला : जुम्लाको घोडा दार्चुलामा
दार्चुला, ६ मंसिर । हरेक वर्ष दार्चुला र धारचुलामा नोभेम्बर महिनामा लाग्ने ऐतिहासिक जौलजीवि मेलाको एक हप्तामै करोडौको ब्यापार हुने गरेको छ । धार्मिक, सांस्कृतिकसंगै व्यापारिक रुपमा महत्वपुर्ण मानिने मेलामा नेपाल भारत र चीनको सामान र संस्कृति देख्न पाइन्छ ।
स्थानीय बजारको तुलनामा केहि सुपथ मुल्यमा समानहरु पाइने भएकाले पनि दार्चुला, बैतडी लगायत सुदुर नेपालका केहि जिल्लाहरु, भारतको उत्तराखन्डका ब्...























