पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस चितवनमा मनाइने
चितवन, १६ पुस,। पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस विशेष कार्यक्रमका साथ पूर्वी चितवनमा मनाइने भएको छ । पाँच वर्ष अघि २०७० सालमा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने निर्णय गरेको थियो ।
नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष एवं पाँचौँ राष्ट्रिय पोल्ट्री दिवसका संयोजक डा होमबहादुर बस्नेतले यस वर्षको पोल्ट्री दिवसमा पोल्ट्री क्षेत्रको विकाससंग सम्बन्धित गोष्ठी गरिने उनले बताए ।यसअघि ¥यालीको आयोज...

























