दश देशका स्की खेलाडी मुस्ताङमा
काठमाडौँ, २६ पुस । नेपालका उच्च हिमाली भेगलाई अन्तर्राष्ट्रिय क्षेत्रमा उजिल्याउन स्की खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता गरिने भएको छ ।
सन् २०१८ को अन्तिम सातादेखि मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आयोजना हुने सो प्रतियोगितामा दशभन्दा बढी देशका स्की खेलाडीले अति हिमाली सुन्दरताको आनन्द लिँदै हिँउ कुद्न पाउनेछन् । हिमालय स्की ट्रेडले संयोजन गर्ने सो प्रतियोगिता मुख्य पथप्रदर्शक कृष्ण थापाले गर्ने आज...


























