काठमाडौं, २६ पुस। शान्तिपूर्ण जुलुसमा अत्यधिक बल प्रयोग गरी प्रहरीले आफ्ना नेता-कार्यकर्तालाई घाइते बनाएको भन्दै अनेरास्ववियुले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ । दुई डिएसपी र एक निरीक्षकका विरुद्ध अनेरास्ववियुले उजुरी दिएको हो ।

Advertisement

अखिलका सचिव आरसी लामिछानेका अनुसार महानगरीय प्रहरी दरबारमार्ग वृत प्रमुख डिएसपी तिलक भारती र इन्स्पेकटर निशान थापा, महानगरीय परिसर कमलपोखरी वृत्तका डिएसपी कुलदीप चन्दविरुद्ध आयोगमा उजुरी दिइएको छ । १८ पुसमा रत्नपार्कमा भएको शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गर्नु नपर्र्ने ठाउँमा अत्यधिक बल प्रयोग गरिएको उजुरीमा उल्लेख छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!