चटपटे र पानीपुरीमा भेटियो हानिकारक तेल
काठमाडौं, २६ पुस । यदि तपाईंले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नु भएको छ भने सावधान रहनु होला । किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गर्ने गरेको पाइएको छ ।आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला पारेको हो । विभागका शाखा अधिकृत दिपकराज पोखरेलको नेतृत्वमा मंगलबार गएको बजार अनुगमन टोली...






























