प्रदेश प्रमुखको तलब १ लाख २२ हजार, पूर्वराष्ट्रपति यादवको सेवासुविधा थप
काठमाडौं, ४ माघ।कान्तिपुर दैनिकले प्रदेश प्रमुखको तलब १ लाख २२ हजार रुपैयाँ रहेको समाचार छापेको छ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक नियुक्त हुन लागेका प्रदेश प्रमुखलाई पारिश्रमिक र सुविधासहित मासिक १ लाख २२ हजार रुपैयाँ दिइने कानुनले तोकेको समाचारमा उल्लेख छ ।
एउटै व्यक्ति एकपटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन नपाउने व्यवस्था पनि छ । संविधानअनुसार प्रदेश प्रमुख हुन संघीय संसदको सदस्...
























