काठमाडौँ, ३ माघ। नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले सप्तरीमा चिसो र शीतलहर पीडित तीनसय विभिन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।

न्यानो कपडा कार्यक्रमअन्तर्गत क्रान्तिकारीले शीतलहरबाट बचाउनका लागि मंगलबार न्यानो कपडा बाँडेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार राजविराज नगरपालिका–१३ को विषहरिया टोलमा १५० परिवार र परिहुत गाउँपालिकाको लोहजारा टोलका १५० परिवारलाई राहतस्वरुप न्यानो कपडा वितरण गरिएको हो । प्रत्येक परिवारलाई एकवटा ब्ल्याङ्केट र ज्याकेट वितरण गरिएको हो ।

Advertisement

क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले शीतलहरबाट बच्नका लागि न्यानो कपडा बाँडिएको बताउनुभयो ।

यसैबीच, नेकपा (एमाले) निकट युवा संघ नेपाल र माओवादी केन्द्र निकटको योङ कम्युनिष्ट लिग (वाइसिएल) ले पनि शीतलहरबाट जोगाउनका लागि कपडा वितरण गर्ने भएका छन् ।

मंगलबार बसेको संयुक्त बैठकले तराईमा अत्यधिक चिसो र शीतलहरबाट सर्वसाधारणको जीवनयापनमा समस्या परेको भन्दै न्यानो कपडा वितरण गर्ने भएको संघका अध्यक्ष राजीव पहारीले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!