इलामबाट को–को परे समानुपातिकमा ?
इलाम, १४ कात्तिक । आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दलहरूले बुझाएको समानुपातिकको बन्दसूचीमा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसबाट ३ र नेकपा एमालेबाट १ उम्मेदवार परेका छन्।
एमाले स्रोतका अनुसार पार्टीले आइतबार राति बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा एमालेबाट जिल्लाका मणिकुमार लिम्बूको मात्रै नाम छ । जिल्ला कमिटीले लिम्बूसहित पदम भण्डारी र डम्बर गदालको नाम प्रतिन...



























