सामुदायिक विद्यालयको नतिजा उत्कृष्ट

सामुदायिक विद्यालयको नतिजा उत्कृष्ट

चितवन। गतवर्षको माध्यमिक शिक्षा परीक्षामा सामुदायिक विद्यालयतर्फ देशमै दोस्रो भएको यहाँको नारायणी नमुना उच्च माविले यसवर्ष पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालयका ५० जनाले ‘ए’ प्लस, ८० जनाले ‘ए’, ५४ जनाले ‘बी’ प्लस, ४१ जनाले ‘बी’ र २७ जनाले ‘सी’ प्लस ल्याएका छन् । विद्यालयबाट २५२ जनाले परीक्षा दिएका थिए । गतवर्ष सो विद्यालय सामुदायिक व...
इलाममा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार बेपत्ता

इलाममा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार बेपत्ता

इलाम । इलाम नगरपालिका–१२ का लागि नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडाध्यक्षका उम्मेदवार घोषणा गरिएका नारायण राई दुई दिनदे बेपत्ता भएका छन् । सो पार्टीले शनिबार आयोजना गरेको आमसभाको तयारीका लागि शुक्रबार नै घरबाट निस्किएका वडाध्यक्षका उम्मेदवार राई बेपत्ता भएका हुन् । बेपत्ता राईको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा समेत जानकारी गराइएको माओवादी केन्द्र, इलामक...
निर्वाचन सामग्री लुट्ने पक्राउ

निर्वाचन सामग्री लुट्ने पक्राउ

दाङ। निर्वाचन सामग्री लुटपाटमा संलग्न ने पाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सदस्य जनक विकलाई लुटिएका निर्वाचन सामग्रीसहित शान्तिनगरबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । शान्तिनगर गाउँपालिका–३ भलाने टीमा मतदाता शिक्षा दिइरहे का बे ला मुख छो पे र आएको  एक समूहले  मतदाता शिक्षा स्वयंसे विकाहरु विमला खड्का र गीता भण्डारीबाट मतदाता नामावली, चे तनामूलक सामग्रीहरु, नमुना मतपत्र, स्वस्तिक छाप, निर्वाच...
युवकको शव फेला

युवकको शव फेला

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर जनकपुर सडकखण्डअन्तर्गत पर्ने कुटमेश्वरी नदी किनारमा घाँटी रेटी हत्या गरिएको अवस्थामा आज बिहान एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका वडा नं १ पर्सा टोल नजिकै रहेको कुटमेश्वरी नदीको २०० मिटर उत्तर नदी किनारमा शव फेला परेको हो । नाम, थर, वतन नखुलेको अन्दाजी २५÷३० ...
आचारसंहिता उल्लङ्घनका घटनालाई समाचारमा प्राथमिकता दिन आयोगको आग्रह

आचारसंहिता उल्लङ्घनका घटनालाई समाचारमा प्राथमिकता दिन आयोगको आग्रह

काठमाडौँ। निर्वाचन आयोगले सूचना वा समाचार तथ्यमा आधारित भई निष्पक्ष रुपमा सम्प्रेषण गर्न आमसञ्चारमाध्यमसँग आग्रह गरेको छ । आयोगले जातजाति, सम्प्रदाय, धर्म, लिङ, भाषा क्षेत्रबीचको सम्बन्ध र सद्भावमा खलल पर्ने कुनै पनि सूचना वा समाचार सम्प्रेषण नगर्न पनि सुझाव दिएको छ । निर्वाचनका क्रममा राजनीतिक दल तथा उम्मेदवारले उल्लङ्घन गरेको आचारसंहिताको विषयलाई प्राथमिकताका साथ समाचार प्रकाशन गर्न पनि ...
धनकुटामा यस्ता छन एमालेका उम्मेदवार

धनकुटामा यस्ता छन एमालेका उम्मेदवार

धनकुटा । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले धनकुटाका सातवटै स्थानीय तहका सम्पुर्ण उम्मेदवारको टु‌गाे लगाएकाे छ । एमाले धनकुटाले पत्रकार सम्मेलन गरी जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाका उम्मेदवार सार्वजनिक पनि गरेको छ । धनकुटा नगरपालिका एमालेले धनकुटा नगरको मेयरमा चिन्तन तामाङ्ग र उप–मेयरमा शकुन्तला बस्नेतलाई उम्मेदवार बनाएको छ । धनकुटा नगरको १ नम्...
उपत्यकाका नदी सफाइमा जनउत्साह

उपत्यकाका नदी सफाइमा जनउत्साह

काठमाडौँ। वाग्मती सफाइ महाअभियानमा नायिका मनिषा कोइरालालाई सद्भावना दूत मनोनयन गरेपछि सफाइ अभियन्ताको सङ्ख्या बढेको छ । वाग्मती सफाइ महाअभियानको गत बिहीबारको बैठकले पूर्व सहरी विकासमन्त्री अर्जुननरसिंह केसीको प्रस्तावमा नायिका कोइरालालाई सद्भावना दूत घोषणा गरेको थियो । सद्भावना दूत कोइरालाको उपस्थितिमा आज दुई हजार व्यक्ति सफाइमा सहभागी भएको अभियन्ता उमेश बोहराले बताउनुभयो । विसं २०७० जेठ ५...
काठमाडौँ–रसुवागढी सडक पूर्ण रुपमा सञ्चालनमा आउँदै

काठमाडौँ–रसुवागढी सडक पूर्ण रुपमा सञ्चालनमा आउँदै

काठमाडौँ । काठमाडौँलाई चीनसँग सडक सञ्जालले जोड्ने सबैभन्दा छोटो मार्ग काठमाडौँ–रसुवागढी सडक (१२२ किमी) पूर्ण रुपमा छिट्टै सञ्चालनमा आउने भएको छ । उच्च रणनीतिक महत्वको गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमध्ये मैलुङ–स्याफ्रुबेँसी सडक (१७ किलोमिटर) को ट्र्याक खोल्ने काम नेपाली सेनाले यही असारको अन्तिम सातासम्ममा पूरा गर्दैछ । ट्र्याक खुलेपछि नेपाल चीनसँग छोटो दूरीको सडक सञ्जालल...
भारत प्रशासित काश्मिरमा तनाव बढ्यो, शुक्रबार तीनको मृत्यु

भारत प्रशासित काश्मिरमा तनाव बढ्यो, शुक्रबार तीनको मृत्यु

श्रीनगर (भारत प्रशासित काश्मिर)।भारत प्रशासित काश्मिरमा पछिल्ला केही दिनयता तनाव बढेको समाचार छ । यस क्रममा केही दिनयतादेखि हतियारधारी समूहका व्यक्ति र भारतीय सुरक्षाकर्मीबीच दोहोरो गोली हानाहानका घटना बढेका छन् । भारत प्रशासित काश्मिरको अनन्तनाग जिल्लाको अर्वानी गाउँमा शुक्रबार साँझ भएको भिडन्तमा परी तीनजना हतियारधारी मारिएका छन् । मारिनेमा एकजना लस्कर ए तोएबा नामक सशस्त्र संगठनका कमाण्डर...
मुलकको विकास तथा समृद्धि गर्न काँग्रेस नेतृत्वको आवश्यकताः डा महत

मुलकको विकास तथा समृद्धि गर्न काँग्रेस नेतृत्वको आवश्यकताः डा महत

पाँचथर । नेपाली काँग्रेसका नेता डा रामशरण महतले गरिब विपन्न जनताको जीवनस्तर उकास्न र मुलकको विकास तथा समृद्धि गर्न काँग्रेसका नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ । पाँचथर र इलामको सिमानास्थित राँके बजारमा आज नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभामा उहाँले काँग्रेसका उम्मेदवारले मात्रै मुलुकको विकास र समृद्धि गर्न सक्ने भएकाले आसन्न स्थानीय तहको निर्वाचनमा पाटीका उम्मेदवारलाई विजयी गराउन ...
व्यासलाई सम्वृद्ध नगरपालिकाको रुपमा विकास गर्न सुझाव

व्यासलाई सम्वृद्ध नगरपालिकाको रुपमा विकास गर्न सुझाव

काठमाडौँ । व्यास नगरपालिकालाई स्रोत साधन सम्पन्न र समृद्ध नगरपालिका निर्माण गर्न वौद्धिक वर्गले सुझाव दिएका छन् । एकाउन्टबिलिटी इनिसेटिभ नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा व्यासको जन्मभूमि, भानुभक्तको क्षेत्र र पुरानो तनहुँसुर दरबार रहेको क्षेत्रलाई सम्वृद्ध नगरपालिकाको क्षेत्रको रुपमा विकास गर्न सुझाव दिएका हुन् । कार्यक्रममा नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री अमरराज कैनीले व्या...
एलोपेथिक पसलमा आयुर्वेद औषधि

एलोपेथिक पसलमा आयुर्वेद औषधि

तुलसीपुर (दाङ)। घोराहीमा रहेको पल्लवी औषधि पसलले औषधिको अनुचित प्रयोग र दुरुपयोग गरेको जनाउँदै शुक्रबार औषधि विभागको नेपालगन्जबाट आएको टोलीले सिलबन्दी गरेको छ । सो औषधि पसलले नेपालमा बिक्रीका लागि अनुमति नपाएका विभिन्न प्रकारका आधा दर्जनभन्दा बढी भारतीय औषधि बिक्रीका लागि राख्नाका साथै गैरकानुनी रुपले गर्भपतनमा प्रयोग गरिने औषधि बिक्री गरेको पाइएको छ । एलोपेथिक पसलमा आयुर्वेद औषधि राखेर बिक्...
महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढेको छःराष्ट्रपति

महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढेको छःराष्ट्रपति

जेनेभा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राजनीतिमा अनुभव नभएका महिलालाई पूर्ण प्रतिस्पर्धामा भाग लिन लगाएको अवस्थामा भन्दा सकारात्मक विभेदअन्तर्गत थोरै आरक्षण दिइएको अवस्थामा उनीहरूको राजनीतिक संलग्नतामा व्यापक सुधार भएको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धितालले आफ्नो सम्मानमा शुक्रबार आयोजना गर्नुभएको स्वागत कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्ण प्रतिस...
दुर्लभ सेतो गिद्ध फेला

दुर्लभ सेतो गिद्ध फेला

जाजरकोट। विश्वमै लोपोन्मुख सेतो गिद्ध यहाँ फेला परेको छ । दुई वर्षदेखि नदेखिएको गिद्ध बारेकोट गाउँपालिका–१ सक्लामा फेला परेको पक्षी संरक्षण सङ्घ नेपालका आजीवन सदस्य तथा जिल्ला पशुसेवा कार्यालयका पशु प्राविधिक गोविन्द सिंहले जानकारी दिनुभयो । भेरी नगरपालिका–११ मटेलामा सेतो गिद्धको केही समयअघि गुँड फेला परे पनि अनुकूल वातावरण नपाएपछि गिद्धले गुँड छाडेर गएको सिंहले बताउनुभयो । सक्लामा हालै फेला...
चुरे संरक्षणमा योगदान पु¥याउने सामुदायिक वन पुरस्कृत

चुरे संरक्षणमा योगदान पु¥याउने सामुदायिक वन पुरस्कृत

कञ्चनपुर । नदी प्रणाली व्यवस्थापन र चुरे संरक्षणमा विशेष योगदान पु¥याउने शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहसहित तीन सामुदायिक वनलाई पुरस्कृत गरिएको छ । चुरे संरक्षण दिवसको अवसर पारी शुक्रबार धार्मिक पर्यटकीय क्षेत्र विष्णु मन्दिर(साकेत धामं)मा आयोजना गरिएको कार्यक्रममा वैजनाथ समूहलाई जिल्ला वन कार्यालय कञ्चनपुरले रु पाँच हजार र प्रमाणपत्रसहित प्रथम पुरस्कार प्...
कामपाः अठहत्तर प्रतिशतले तिर्दैनन् बहाल कर

कामपाः अठहत्तर प्रतिशतले तिर्दैनन् बहाल कर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका २२ प्रतिशत घरधनीले मात्र घरबहाल कर तिर्ने गरेका छन् । कामपा, राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार घरबहाल घर लिनका लागि ठोस किसिमको कानुन नहँुदा कामपामा रहेका ७८ प्रतिशतले घर बहाल घर तिर्ने गरेका छैनन् । हालसम्मको अवस्था हेर्ने हो भने भाडामा बस्ने र घरपतिबीच सामान्य मौखिक समझदारी भएर भाडा लिने, दिने र बढाइने गरिएको छ । “कुनै कानुनी आधारमा रहे...
पेट्रोलियम पदार्थको मूल्य घट्यो, अव पेट्रोल, डिजेल र मट्टितेलको मूल्य कति ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अव पेट्रोल, डिजेल र मट्टितेलको मूल्य कति ?

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमका प्रवक्ता सीताराम पोखरेलले पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर रु १।५० घटाइएको बताउनुभयो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय बनाइएको छ । हाल पेट्रोलको मूल्य रु १०१।५० रहेको थियो । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प...
निर्वाचन सार्ने निर्णयले मुलुकलाई दूरगामी असर गर्छ : पोखरेल

निर्वाचन सार्ने निर्णयले मुलुकलाई दूरगामी असर गर्छ : पोखरेल

काठमाडौँ। नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गर्ने सरकारको निर्णयले मुलुकको लोकतान्त्रिक अभ्यासमा दूरगामी असर पर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालले यहाँ आज आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा नेता पोखरेलले संविधान र लोकतन्त्रको मर्मविपरीत सरकारले सो निर्णय गरेको आरोप लगाउँदै त्यसको विरोधमा जनस्तरमा झन्डाफोर गरिने बताउनुभयो । उहाँले एमालेले संवि...
पाँचथर र ताप्लेजुङका लागि इवा खोला जलविद्युत् आयोजनाको सेयर खुल्यो

पाँचथर र ताप्लेजुङका लागि इवा खोला जलविद्युत् आयोजनाको सेयर खुल्यो

पाँचथर। पाँचथर र ताप्लेजुङ बासिन्दाका लागि निर्माणाधीन इवा खोला जलविद्युत् आयोजनाको सेयर खुला गरिएको छ ।नौ दशमलव नौ मेगावाटको सो आयोजनाबाट प्रभावितका लागि लागत पुँजीको १० प्रतिशत सेयर खुला गरिएको हो । दश प्रतिशत अर्थात् रु १०० प्रतिकित्ताका दरले ५६ लाख कित्ताबाट हुन आउने रकम रु पाँच करोड ६० लाख बराबरको सेयर ताप्लेजुङ तथा पाँचथरवासीका लागि खुल्ला गरिएकामा २२ लाख ४० हजार कित्ता साविक थर्पु तथा ...
चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल बढ्यो

चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल बढ्यो

रत्ननगर (चितवन) । दुर्लभ वन्यजन्तुको वासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफलमा वृद्धि भएको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार निकुञ्जको क्षेत्रफल २०दशमलव ६३ वर्गकिलोमिटर बढेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताउनुभयो । यसअघि उक्त निकुञ्जको क्षेत्रफल ९३२ वर्गकिमी रहेकामा ३८ वर्षपछि क्षेत्रफल थपिएर अहिले ९५२दशमलव६३ वर्गकिमी भएको सूचना अधिकारी अर्यालको भनाइ छ । निकुञ्ज ...
प्रदेश नं–२ को चुनाव सार्ने निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र भएको आरोप

प्रदेश नं–२ को चुनाव सार्ने निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र भएको आरोप

जनकपुरधाम। राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल सदस्य राजकिशोर यादवले प्रदेश नं– २ मा स्थानीय तहको निर्वाचन असोजमा गराउने सरकारको निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र भएको आरोप लगाउनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो –“निर्वाचनका बारेमा सरकारसँग राष्ट्रिय जनता पार्टीको कुनै सहमति भएको छ्रैन ।” नेता यादबले आफूहरू निर्वाचनको विरोधी शक्ति नभए पनि मधेसको माग सम्बोधन नभए...
अपडेट :अक्षराङ्कन प्रणालीपछि एसइईको नजितामा सुधार

अपडेट :अक्षराङ्कन प्रणालीपछि एसइईको नजितामा सुधार

काठमाडौँ । अक्षराङ्कन पद्धतिमा प्रकाशित २०७३ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा गत वर्षको तुलनामा यस वर्ष बढी विद्यार्थी सफल भएका छन् । विद्यार्थीको लब्धाङ्कपत्र (ग्रेड सिट) मा उत्तीर्ण र अनुत्तीर्ण उल्लेख नभई विषयगत ग्रेड दिइने र समग्रमा स्तरीकृत अङ्क (जिपिए) दिइने अक्षराङ्कन (लेटर ग्रेडिङ) का कारण यो सुधार देखिएको हो । ‘अक्षराङ्कन’ (लेटर ग्रेडिङ) भन्नाले तोकिएको सक्षमताको मूल्याङ्कन...
एसईई नतिजाको विस्तृत् विवरण, पूरक परीक्षा साउन १९ गतेदेखि

एसईई नतिजाको विस्तृत् विवरण, पूरक परीक्षा साउन १९ गतेदेखि

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ । कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यसवर्ष नियमित तर्फ चार लाख ४५ हजार ५६४ जना परीक्षार्थी सहभागी भएकोमा १२ हजार २८४ जना जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर उत्तीर्ण भएको जानकारी दिनुभयो । त्यस्तै जिपिए ३ दशमलव २५ देखि ३ दशमल...
ट्याकटर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

ट्याकटर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

लहान। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपलिका– १२ मा ट््याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा आज विहान एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । सडकमा बिग्रिएर रोकिराखेको स १ त १९५९ नम्बरको ट्याकटरमा गए राति ११ बजे बा ३६ प ४८९५ नं को मोटरसाइकल पछाडिबाट ठोक्किँदा गम्भीर घाइते भएका सोहि ठाउँका मोटरसाइकल चालक २२ वर्षीय सञ्जित साहको उपचारको क्रममा लहानस्थित फ्रे...
सुनसरीमा महिलामाथि यौनिक र विभेदका घटना बढ्दो

सुनसरीमा महिलामाथि यौनिक र विभेदका घटना बढ्दो

इटहरी। सुनसरी जिल्लामा यो वर्षको पुसदेखि वैशाख मसान्तसम्ममा २१ वटा घटना भएको इन्सेक वर्ष पुस्तक पूर्व तयारी प्रतिवेदनले इटहरीमा सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । ती घटनामा परेर २२ जना मानिस पीडित बन्नुपरेको तथा दुई जनाको ज्यान गएको उल्लेख छ । इन्सेक पूर्वाञ्चलका कार्यक्रम अधिकृत झङ्करबहादुर रावलको अध्यक्षतामा विहिबार भएको मावनअधिकार वर्ष पुस्तक तथा निर्वाचन र मानवअधिकार विषयक अन्तक्र्रिया ...
महिना दिनको भेटी रु नौ लाख

महिना दिनको भेटी रु नौ लाख

बागलुङ। बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको जेठ महिनामा रु नौ लाख ३५ हजार ३३० भेटी सङ्कलन भएको छ । नगद, बोका, राँगो, कुखुराको मुढ (टाउको), चामल, परेवा बिक्री र आर्थिक सहयोगसहित गरी सो रकम उठेको हो जसमध्ये रु चारलाख ८१ हजार ९२० नगद सङ्कलन भएको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा बलि दिइएका १३१ बोकाको मुढ बिक्रीबाट रु ९३ हजार ५४०, कुखुराको मुढबाट रु छ हजार १२०, राँगो...
दिनमा बाँदर, रातमा दुम्सीको आतङ्क

दिनमा बाँदर, रातमा दुम्सीको आतङ्क

वालिङ। किसानले खेतबारीमा लगाएको बालीमा बाँदर र दुम्सीले आतङ्क मच्चाएपछि किसान चिन्तित बनेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीखोलामा किसानले लगाएको बालीमा बाँदर र दुम्सीले अन्नबाली नष्ट गरेपछि किसानलाई सास्ती भएको छ । “अहिले खेतबारीमा मकै तथा तरकारी लगाएका छौँ, पहिला मकै पाक्ने बेलामा बाँदरको हुल आउँथ्यो, यसपालि त मकै छरेदेखि नै हैरानी बनाएको छ” स्थानीय कृषक यमलाल पाण्डेले भन्नुभयो, “द...
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् । यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । परीक्षामा संलग्न सबै उत्तीर्ण भएका छन् । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ । सार्वजन...
पौडिएर नदी तर्दा बेपत्ता

पौडिएर नदी तर्दा बेपत्ता

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–१० का लोकबहादुर मन्दिर भेरीनदी तर्ने बेला बेपत्ता भएका छन् । चेपाङबाट तातापानी जाने क्रममा पौडीएर नदी तर्ने क्रममा ६० वर्षीय मन्दिर बिहीबार साँझ बेपत्ता भएका हुन् । बेपत्ताको खोजी कार्य जारी रहेको स्थानीयले बताएका छन् ।
लक्ष्यभन्दा साढे एक करोड बढी कर सङ्कलन

लक्ष्यभन्दा साढे एक करोड बढी कर सङ्कलन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको एक महिनामात्र बाँकी रहँदा लक्ष्यभन्दा रु एक करोड ५५ लाख बढी विज्ञापन कर सङ्कलन गरेको छ । चालु वर्षका लागि विनापन करमा रु पाँच करोड लक्ष्य लिइएको भएपनि हालसम्म रु छ करोड ५५ लाख सङ्कलन भइसकेको राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार आव २०७२÷७३ मा रु चार करोड १७ लाख सङ्कलन गरिएको थियो । चालु आवमा अहिलेनै लक्ष्...
श्रीमान् जेलमा हुँदा श्रीमतीको रहस्यमय मृत्यु

श्रीमान् जेलमा हुँदा श्रीमतीको रहस्यमय मृत्यु

फलेवास (पर्वत) । जबर्जस्ती करणीको आरोपमा पर्वत कारागारमा बन्दी जीवन बिताइरहेका खेमबहादुर दमैकी श्रीमती मीठु दर्जीको रहस्यमय मृत्यु भएको छ । पर्वतको जलजला गाउँपालिका–३ बस्दै आएकी दर्जी घरमै मृत अवस्थामा भेटिएकी हुन् । बुधबार बेलुका खाना खाएर सुतेकी दर्जी बिहीबार बिहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । मृत्यु भएको खबर पाएपछि घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक...
error: Content is protected !!