संगालोखबर सम्वाददाता

धनकुटा । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले धनकुटाका सातवटै स्थानीय तहका सम्पुर्ण उम्मेदवारको टु‌गाे लगाएकाे छ । एमाले धनकुटाले पत्रकार सम्मेलन गरी जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाका उम्मेदवार सार्वजनिक पनि गरेको छ ।

Advertisement

धनकुटा नगरपालिका

एमालेका तर्फबाट धनकुटा नगरका मेयर उम्मेदवार चिन्तन तामाङ्ग र उप–मेयरका उम्मेदवार सकुन्तला बस्नेत । तस्वीर-संगालोखबर

एमालेले धनकुटा नगरको मेयरमा चिन्तन तामाङ्ग र उप–मेयरमा शकुन्तला बस्नेतलाई उम्मेदवार बनाएको छ । धनकुटा नगरको १ नम्बर वडाअध्यक्षमा निरन तामाङ्ग, २ मा चन्द्रलाल तामाङ्ग, ३ मा मुकुन्द भण्डारी, ४ मा जमशेर राई, ५ मा रामबहादुर श्रेष्ठ, ६ मा तुलसीप्रसाद ढुंगाना, ७ मा जंगबहादुर राई, ८ मा अमृतबहादुर राई, ९ मा अनिस राई र १० नम्बर वडाअध्यक्षमा कमल कार्की एमालेको तर्फबाट उम्मेदवार छन ।

पाख्रीवास नगरपालिका

एमालेका तर्फबाट पाख्रीबास नगरका मेयर उम्मेदवार बिर्षबहादुर राई र उप–मेयर उम्मेदवार देवकला पौडेल (तिम्सिना) ।

त्यस्तै बृषबहादुर राईलाई पाख्रीवास नगरको मेयर र उप–मेयरमा देवकला पौडेल तिम्सिनालाई एमालेले उम्मेदवारको रुपमा अघि सारेको छ । पाख्रीवासको १ नम्बर वडाध्यक्षमा हेमबहादुर पाण्डे, २ मा तोर्ण खपाङ्गी, ३ मा सुन्दरलाल तामाङ्ग, ४ मा सोभित निरौला, ५ मा गोपालराज थापा, ६ मा दलबहादुर तामाङ्ग, ७ मा फणिन्द्र बहादुर तामाङ्ग, ८ मा सीताराम राई, ९ मा चन्द्रलाल तामाङ्ग र १० नम्बर वडाध्यक्षमा एमालेले हरिबहादुर खत्रीलाई उम्मेदवार चुनेको छ ।

महालक्ष्मी नगरपालिका

एमालेका तर्फबाट महालक्ष्मी नगरका मेयर उम्मेदवार पर्शुराम नेपाल र उप–मेयर उम्मेदवार मञ्जु अधिकारी । तस्वीर-संगालोखबर

एमालेले महालक्ष्मी नगरपालिकाको मेयरमा पर्शुराम नेपाल र उप–मेयरमा मञ्जुकुमारी कार्की (अधिकारी) लाई उम्मेदवार बनाएको छ । महालक्ष्मी १ नम्बरको वडाअध्यक्षमा टेकबहादुर गुरुङ्ग, २ मा यत्नबहादुर कटुवाल, ३ मा चित्रमणी कार्की, ४ मा विनोद भण्डारी, ५ मा शीवकुमार तुम्वा, ६ मा डम्बरबहादुर कार्की, ७ मा रुद्रबहादुर तुम्बा, ८ मा रामबहादुर खड्का र ९ नम्बर वडाध्यक्षमा बोधनाथ काफ्लेलाई एमालेले उम्मेदवार घोषणा गरेको छ ।

चौबिसे गाउँपालिका

खजिन्द्र राई, अध्यक्षका उम्मेदवार-चौबिसे गाउँपालिका

यता चौबिसे गाउँपालिकाको अध्यक्षमा खजिन्द्र राई र उपाध्यक्षमा यज्ञकुमारी रुचाललाई एमालेले उम्मेदवार बनाएको छ । एमालेका तर्फबाट चौबिसे १ नम्बर वडाअध्यक्षमा श्रीकृष्ण श्रेष्ठ, २ मा आशबहादुर लिम्बु, ३ मा हेमचन्द्र तुम्सा, ४ मा कृष्ण बहादुर घिमिरे, ५ मा पदमकुमार देवान, ६ मा काजीमान लिम्बु, ७ मा धनबहादुर लिम्बु र ८ नम्बर वडाअध्यक्षमा धनबहादुर लिम्बु (खजुम) उम्मेदवार छन ।

साँघुरीगढी गाउँपालिका

कुमारजंग याखा, अध्यक्षका उम्मेदवार, साँगुरीगढी गाउँपालिका ।

साँघुरीगढी गाउँपालिकाको अध्यक्षमा कुमारजंग याखा र उपाध्यक्षमा बिन्द्रा राईलाई एमालेले उम्मेदवार घोषणा गरेको छ । साँघुरीगढी १ को वडाध्यक्षमा तिलकबहादुर लिम्बु, २ मा दलबहादुर इङ्गनाम, ३ मा राजकुमार राई, ४ मा कुलप्रसाद लिम्बु, ५ मा कर्ण पुलामी मगर, ६ मा दलबहादुर मगर, ७ मा पुर्णप्रसाद राई, ८ मा विनय राई, ९ मा जीतबहादुर राई र १० मा एकबहादुर राईलाई एमालेले उम्मेदवार उठाएको छ ।

खाल्सा छिन्ताङ्ग सहीदभूमी गाउँपालिका

मनोज राई, अध्यक्षका उम्मेदवार, खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिका ।

त्यस्तैगरी खाल्सा छिन्ताङ्ग सहीदभूमी गाउँपालिकाको अध्यक्षमा मनोज राई र उपाध्यक्षमा रत्नश्वरी राईलाई एमालेले उम्मेदवार बनाईएको छ । खाल्साको १ नम्बर वडाअध्यक्षमा भानुभक्त राई, २ मा रत्नबहादुर राई, ३ मा योगेन्द्र राई, ४ मा भुपेन्द्र राई, ५ मा मल्सुराम राई, ६ मा हेमकुमार राई र ७ नम्बर वडाअध्यक्षमा बमबहादुर राईलाई एमालेले उम्मेदवार चयन गरेको छ ।

छथर जोरपाटी गाउँपालिका

शेरबहादुर लिम्बु, अध्यक्षका उम्मेदवार, छथर जोरपाटी गाउँपालिका ।

छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा शेरबहादुर लिम्बु र उपाध्यक्षमा भीमकला श्रेष्ठलाई एमालेले उम्मेदवार बनाएको छ । छथर १ नम्बरको वडाध्यक्षमा पुखमान आलेमगर, २ मा इन्द्रबहादुर सारुमगर, ३ मा ज्ञानबहादुर लिम्बु, ४ मा टेकबहादुर घिसिङ्ग, ५ मा सुरेन्द्रकुमार सुब्बा र ६ नम्बर वडाध्यक्षमा दिलबहादुर थापालाई एमालेले उम्मेदवार घोषणा गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!