तुलसीपुर (दाङ)। घोराहीमा रहेको पल्लवी औषधि पसलले औषधिको अनुचित प्रयोग र दुरुपयोग गरेको जनाउँदै शुक्रबार औषधि विभागको नेपालगन्जबाट आएको टोलीले सिलबन्दी गरेको छ ।

Advertisement

सो औषधि पसलले नेपालमा बिक्रीका लागि अनुमति नपाएका विभिन्न प्रकारका आधा दर्जनभन्दा बढी भारतीय औषधि बिक्रीका लागि राख्नाका साथै गैरकानुनी रुपले गर्भपतनमा प्रयोग गरिने औषधि बिक्री गरेको पाइएको छ ।

एलोपेथिक पसलमा आयुर्वेद औषधि राखेर बिक्री गरेको र रु दुई लाखको पँुजीमा पसल दर्ता भए पनि त्यसभन्दा बढीको औषधि फेला परेपछि सिलबन्दी गरिएको औषधि विभागका निरीक्षक यादवप्रसाद ढकालले जानकारी दिनुभयो ।

यसअघि पनि औषधि विभागको टोलीले उक्त पसलमा अनुगमन गर्दा कमजोरी पाइएकाले सच्चिन आग्रह गरिएको थियो । शुक्रबार विशेष सूचनाका आधारमा त्यहाँ छापा मारी केही औषधिसमेत जफत गरिएको छ ।

यसैबीच अनुगमनका लागि औषधि विभागको टोली दाङमा आएको जानकारी पाएपछि शुक्रबार घोराही क्षेत्रमा रहेका केही औषधि पसल बन्द गरिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!