काठमाडौँ । व्यास नगरपालिकालाई स्रोत साधन सम्पन्न र समृद्ध नगरपालिका निर्माण गर्न वौद्धिक वर्गले सुझाव दिएका छन् ।

एकाउन्टबिलिटी इनिसेटिभ नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा व्यासको जन्मभूमि, भानुभक्तको क्षेत्र र पुरानो तनहुँसुर दरबार रहेको क्षेत्रलाई सम्वृद्ध नगरपालिकाको क्षेत्रको रुपमा विकास गर्न सुझाव दिएका हुन् ।

Advertisement

कार्यक्रममा नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री अमरराज कैनीले व्यास नगरपालिकाको निर्माणका लागि २० वर्ष पछिको दीर्घकालीन योजना अगाडि सारेर अगाडि बढ्न नवनिर्वाचित नगरप्रमुखलाई सुझाव दिनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले नगरप्रमुखले निर्वाचनको बेलामा जनतासमक्ष गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्नु नै अहिलेको मुख्य दायित्व भएको बताउनुभयो । उहाँले कृषि, पर्यटनको विकास गरेमात्र नगरको विकास हुने विचार व्यक्त गर्नुभयो ।

व्यास नगरपालिकाका नवनिर्वाचित प्रमुख वैकुण्ठ न्यौपानेले जनताका असीमित आकांक्षालाई पुरा गराउन वौद्धिक वर्गको सुझाव आवश्यक रहेको भन्दै वौद्धिक वर्गको सुझावलाई शिरोधार्य गरेर आफ्ना कार्यक्रमलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा इनिसेटिभका अध्यक्ष डा शेषरमण न्यौपाने, प्राध्यापक डाक्टर प्रभा कैनी, प्राध्यापक उषा पोखरेल, वरिष्ठ पत्रकार कृष्ण केसी, राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेत, पत्रकार त्रिभुवनचन्द्र वाग्ले, कानुनविद् अतराज न्यौपाने, नेविसङ्घका नेता उत्तम मिश्रलगायतले व्यासलाई नमूना र बस्नलायक नगरपालिकाको रुपमा विकास गर्न भानू क्याम्पसलाई विश्वविद्यालयको रुपमा विकास गर्र्नुपर्ने, सुरक्षा व्यवस्थालाई बलियो बनाउनुपर्ने, मोटरबाटो, खानेपानी, प्रत्येक वडामा पुस्तकालयको विकास गर्नुपर्नेलगायतका समस्यालाई समाधान गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

तनहुँको सदरमुकामस्थित रहेको व्यास नगरपालिकामा हाल १४ वडा रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!