पोखराको सिद्धार्थ चोकबाट तीन भारतीय नागरिक पक्राउ

पोखराको सिद्धार्थ चोकबाट तीन भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार उनीहरु ‘सुटर’ रहेको आशंकामा अनुसन्धान भइरहेको छ । पसलमा सामान किनिरहेको अवस्थामा हिजो साँझ उनीहरु पक्राउ परेका हुन् । पक्राउ गर्न भारतीय प्रहरी समेत नेपाल आएको प्रहरी स्रोतले जनाएको छ । नेपाल भारतबीच सुपुर्दगी सन्धी नभएकाले पक्राउ गरेर भारतलाई बुझाउन समस्या पर्ने भन्दै नेपाल प्रहरीसंग समन्वय गरी भारतीय प्रहरी आएको स्रोतको भनाई छ । प्रहरी स्रोतका अनुसार पक्राउ परहेकाहरु भारतको र...
मनाङकी एमाले उम्मेदवार खण्डा लामाको उम्मेदवारी फिर्ता, दिपक मनाङ्गेलाई सहज

मनाङकी एमाले उम्मेदवार खण्डा लामाको उम्मेदवारी फिर्ता, दिपक मनाङ्गेलाई सहज

काठमाडौं, १८ कात्तिक । मनाङको प्रदेशको क्षेत्र २ का एमाले उमेदवार खण्डा लामाले आफ्नो उमेदवारी फिर्ता लिएकी छन् । एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएका दिपक मनाङ्गेलाई सघाउने भन्दै उनले आफ्नो उमेदवारी फिर्ता लिएकी हुन् । जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङ्गेलाई सर्वत्र बिरोध भएपछि केन्द्रले उनको नाम काटेको थियो । तर, मनाङका जनताले आफूलाई जिताउने भन्दै दिपकले स्वतन्त्र उमेदवारी दर्ता ...
धनुषामा ‘टक्ला’ फ्याक्टर : विमलेन्द्रलाई जेलबाट ‘टक्ला’ को आर्शीवाद !

धनुषामा ‘टक्ला’ फ्याक्टर : विमलेन्द्रलाई जेलबाट ‘टक्ला’ को आर्शीवाद !

काठमाडौं, १८ कात्तिक । नेपाली राजनीतिमा विगत एक महिनादेखि अनौठा–अनौठा गतिविधि भईरहेका छन्, जुन कतिपय कल्पनाभन्दा बाहिरका देखिन्छन् । भनिन्छ, राजनीतिकमा सबै कुरा जायज हुन्छन् । र, अहिले त्यहीँ भइरहेको जस्तो देखिन्छ । राजनीतिमा फेरि अर्को एउटा नयाँ ट्वीष्ट आएको छ । मुख्य दुश्मन सिध्धाउन, दुश्मनको पनि दुष्मनसँग दोस्ती हुन्छ । अहिले एक अर्काको अर्काको राजनीतिक दुश्मन रहेका विमलेन्द्र निधि र संजय सा...
माधव नेपालको कटाक्षः कांग्रेस पतनको बाटोमा अघि बढ्यो

माधव नेपालको कटाक्षः कांग्रेस पतनको बाटोमा अघि बढ्यो

काठमाडौं, १८ कात्तिक । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले नेपाली कांग्रेस पतनको बाटोमा अघि बढेको टिप्पणी गरेका छन् । शनिबार राजधानीमा आयोजित  साक्षात्कारमा नेता नेपालले प्रजातान्त्रिक मुल्य मान्यता पालनामा कमजोर बन्दै गएको नेपाली कांग्रेस पतनउन्मुख भएको टिप्पणी गरे ।  सार्वजनिक कार्यक्रममा सधै शालिन र भद्र अभिव्यक्ति दिने गरेका नेता नेपाल शनिबार नेपाली कांग्रेस प्रति निकै आक्रामक शैलिमा प्रस...
गुण्डागर्दीमा नलागेको मल्लको दाबी

गुण्डागर्दीमा नलागेको मल्लको दाबी

काठमाडौं, १८ कात्तिक । काठमाडौंका नयाँ बसपार्कका पंकज मल्लले आफू गुण्डागर्दी लगायका क्रियाकलापमा नलागेको दाबी गरेका छन् । शुक्रवार रातोपाटीमा प्रकाशित ‘काठमाडौंमा तीन श्रेणीका १३२ गुण्डा सक्रिय, कुन एरियामा कुन पार्टीको (सूचीसहित) शीर्षको समाचारमा आफ्ना नाम समेत प्रकाशित भएकोमा खण्डन गर्दै मल्लले भनेका छन्, ‘म यस्तो क्रियाकलापमा संलग्न नहुँदा पनि मेरो बारेमा यस्तो समाचार प्रकाशित हुनु मेरा लागी न...
पूर्वराजा ज्ञानेन्द्र ‘आराम गर्न’  धुलिखेलमा

पूर्वराजा ज्ञानेन्द्र ‘आराम गर्न’ धुलिखेलमा

काभ्रेपलाञ्चोक, १८ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहा सपरिवार सहित शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आएका छन्। दिउँसो साढे बजे बा ४ झ ३८०७ नम्बरको गाडीमा धुलिखेल स–परिवार सहित आइपुगेका उनी होटल द्धारिकाजमा १० वटा कोठा बुकिङ गरी बसेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले पूर्वराजाको कुनै औपचारिक कार्यक्रम नभएको बताए। ‘औपचारिक कार्यक्रम वारेमा केही ज...
झापामा डेंगु जाँच्ने कीटको अभाव

झापामा डेंगु जाँच्ने कीटको अभाव

झापा, १८ कात्तिक । झापामा डेंगु रोगको रगत परीक्षण गर्ने कीटको अभाव भएको छ । जिल्लामा डेंगु रोगीको संख्या दिनप्रतिदिन बढिरहेको समयमा जिल्ला जनस्वास्थ्य झापासँग डेंगु रोग परीक्षण गर्ने कीटको अभाव भएको हो । कीट अभावसँगै डेंगु रोग परीक्षणका लागि स्वास्थ्य संस्था पुगेका सर्वसाधारण रोगको परीक्षण नै नगरी घर फर्कन बाध्य छन् । जिल्लामा चार दिनदेखि डेंगु रोग परीक्षणका लागि कीट अभाव भएको बताइएको छ । बिर्त...
नगरपालिकाभित्र निःशुल्क इन्टरनेट सेवा

नगरपालिकाभित्र निःशुल्क इन्टरनेट सेवा

धादिङ, १८ कात्तिक । नीलकण्ठ नगरपालिकाअन्तर्गतको १४ वटा वडा कार्यालय नगरपालिकाको कार्यालय र नगरपालिकाअन्तर्गत निर्माण गरिने चारवटा पार्कसमेत गरी २० स्थानमा आगामी पाँच वर्षका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । नीलकण्ठ नगरपालिकाको पहिरो बैठकबाट नीलकण्ठ नगरपालिकालाई स्मार्ट सिटी बनाउने घोषणा गरेकाले त्यसको पूर्वाधारका लागि माइक्रोसफ्ट इनोमेशन सेन्टरसँगको साझेदारीमा उक्त सेवा उपलब्ध गर...
यी महिला जसलाई नयाँ शक्ति र एमाले दुवैले समानुपातिक सूचिमा राखे

यी महिला जसलाई नयाँ शक्ति र एमाले दुवैले समानुपातिक सूचिमा राखे

काठमाडौं, १८ कात्तिक । टिकट नपाएको भनेर पार्टीहरुवीच अहिले बबाल मच्चिएको छ । तर, एक जना यस्तो उम्मेदवार भेटिएका छन, जो दुई वटा पार्टीबाट समानुपातिक सभासद्को सूचिमा छिन् । ती हुन गंगा चौधरी सत्गौवा। उनी एमाले र नयाँ शक्तिको समानुपातिक सूचिमा छिन् । शुरुमा उनी चौधरीलाई नयाँ शक्तिले सिफारिस गरेको थियो । पछि उनी एमालेबाट पनि सिफारिसमा परेकी छिन् । निर्वाचन आयोगले हिजो सार्वजनिक गरेको सूचिमा चौधरी...
गोरखामा विवेकशील साझाका उम्मेदवारले भने, ‘बाबुराम र नारायणकाजी बाघ हुन् भने म डम्मरु’

गोरखामा विवेकशील साझाका उम्मेदवारले भने, ‘बाबुराम र नारायणकाजी बाघ हुन् भने म डम्मरु’

गोरखा, १८ कात्तिक । गोरखा क्षेत्र नं. २ अहिले चर्चामा छ। चर्चामा यस कारण छ कि आसन्न प्रतिनिधिसभा  निर्वाचनमा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ एउटै क्षेत्रमा प्रतिद्वन्द्वी छन्। यी दुई उम्मेदवारले आ–आफ्नो जित सुनिश्चित भएको बताइरहेका वेला विवेकशील साझा पार्टीका उम्मेदवार नवराज थापाले पनि आपूmले जित्ने विश्वास गरेका छन्। शनिब...
बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने एमालेको चेतावनी (विज्ञप्तिसहित)

बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने एमालेको चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं, १८ कात्तिक । नेकपा एमालेले बागी उम्मेदवारी फिर्ता लिन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।  एमालेले पार्टीलाई असहयोग हुने गरि दिइएको बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत  दिएको छ । एमाले  अनुशासित पार्टी भएको भन्दै सबैले आआफ्ना असन्तुष्टि तथा गुनासाहरूलाई पार्टीमा राख्न पाउने व्यवस्था विधानको रहेको केन्द्रीय  अनुशासन अायाेग प्रमुख  अमृतकुमार बोहराले जारी गरेको विज्ञप्तिम...
नाइके फरार निर्दाेष हिरासतमा

नाइके फरार निर्दाेष हिरासतमा

काठमाडौं, १८ कात्तिक । लुटिएको दाबी गरिएको १८ किलो र ८८ किलो सुन तस्करीको सञ्जाल एकै भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । भदौ १९ गते क्षेत्रपाटीमा फेला परेको गाडीमा बरामद भएको ८८ किलो सुन र नागार्जुनको आदेश्वर मन्दिरनजिकै हत्या गरिएका गगन तामाङको समूह एकै भएको महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानमा खुलेको हो। महाशाखाले १९ गते क्षेत्रपाटीमा बा १७ च ६४२७ नम्बरको गाडी नियन्त्रणमा लिएर तलासी ल...
केपी ओलीलाई ‘भावी प्रधानमन्त्री’ भन्दै हेरिसन होटलमा रात्रिभोज !

केपी ओलीलाई ‘भावी प्रधानमन्त्री’ भन्दै हेरिसन होटलमा रात्रिभोज !

बिराटनग, १८ कात्तिक । एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार राति बिराटनगरस्थित होटल हेरिसनमा बास बसे । यो होटलका मालिक एवं उद्योगपति मोतिलाल दुगड एमालेको समानुपातिक सूचीको ८९ औं नम्बरमा परेका उम्मदेवार हुन् । समानुपातिक सूची सार्वजनिक भएकै साँझ दुगडले ओलीलाई आफ्नो होटलमा भोज दिएका हुन् । दुगडले ओलीलाई बासमात्रै दिएनन्, शुक्रबार साँझ बिराटनगरमा प्रतिष्ठित व्यापारीहरुसँग भेटघाट समेत गराए । शुक्र...
डोटीमा जीप दुर्घटना, ३ को मृत्यु, ८ घाइते

डोटीमा जीप दुर्घटना, ३ को मृत्यु, ८ घाइते

 डोटी, १८ कात्तिक । डोटीको केआई सिंह गाउँपालिकामा सडक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन । केआई सिंह गाउँपालिकाको तिखात्तरबाट दिपायल आइरहेको से १ ज २६५ नंं. को बोलेरो जीप सोही गाउँपालिकाको वडा नं. ३ देउरडीमा दुर्घटना हुँदा चालक खेमराज ओझासहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना परी ज्यान गुमाएका अन्य २ जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा घ...
डोटीमा जीप दुर्घटना

डोटीमा जीप दुर्घटना

डोटरी, १८ कात्तिक । डोटीमा शनिबार मध्यान्ह जिप दुर्घटना भएको छ ।  केआईसिंह गाउँपालिकाको त्रिखत्तरबाट दीपायल जाँदै गरेको से १ज २६५ नम्बरको जीप दुर्घटना भएको हो । यसबारे  विवरण आउन बाँकी छ ।
वाम गठबन्धनको घोषणापत्र : घरघरमा बिजुली जनजनमा शेयर

वाम गठबन्धनको घोषणापत्र : घरघरमा बिजुली जनजनमा शेयर

काठमाडौँ, १८ कात्तिक । ‘घरघरमा बिजुली : जनजनमा शेयर’ भन्ने नाराका साथ वामपन्थी गठबन्धनले ऊर्जा क्षेत्रको विकासका लागि महत्वाकांक्षी योजनाका साथ आफ्नो चुनावी घोषणापत्र तयार गरेको छ । मुलुकलाई ऊर्जा उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ गठबन्धनले सबै नागरिकलाई शेयरधनी बनाउने र लगानीका लागि आन्तरिक पूँजी परिचालन गर्ने कार्यक्रम तय गरेको छ । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारालाई व्यावहारिक रु...
‘प्रज्ञापारमिता सुत्र’ पहिलोपटक नेपालीमा अनुवाद हुँदै

‘प्रज्ञापारमिता सुत्र’ पहिलोपटक नेपालीमा अनुवाद हुँदै

काठमाडौँ, १८ कात्तिक । भगवान् बुद्धको अत्यन्त महत्वपूर्ण वचन ‘प्रज्ञापारमिता सुत्र’ लाई पहिलोपटक नेपालीमा अनुवाद गरिने भएको छ । बुद्धवचन अनुवाद समिति नेपालले सर्वसाधारण नेपाली बौद्ध धर्मावलम्बीको अध्ययन सहजताका लागि भोट भाषामा लिपिबद्ध गरिएको ‘प्रज्ञापारमिता सुत्र’ लाई नेपाली भाषामा ल्याउन लागिएको हो । यही कात्तिम २४ गतेदेखि शुरु गरिने अनुवाद करिब तीन वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको ‘प...
‘लालपूर्जा दिन्छौँ भोट देऊ’

‘लालपूर्जा दिन्छौँ भोट देऊ’

रामपुर, १८ कात्तिक । जब चुनावको माहोल गाउँमा शुरु हुन्छ तब नेताहरु लागि रामपुरवासीसँग भोट माग्ने चुनावी नारा बनेको छ लालपूर्जा दिन्छौँ, भोट देऊ । तर अहिलेसम्म रामपुर नगरपालिकाका ८५६ घरधुरीले आफू बसोबास गरेको घर घडेरीको लालपूर्जा पाउन सकिरहेका छैनन् । आव २०३५÷३६ सालदेखि हालको रामपुर नगरपालिका–५ मा रहेको रामतुलसी मावि र वडा नं ६ को दरैठाँटी मावि सञ्चालनका लागि विद्यालयले घरघडेरी बिक्री गरेपछि सोही ...
अमेरिकामा नेपाली विद्यार्थीमाथि गोली प्रहार, सहयोगको लागि आग्रह

अमेरिकामा नेपाली विद्यार्थीमाथि गोली प्रहार, सहयोगको लागि आग्रह

टेक्सासमा एकजना नेपाली विद्यार्थीमाथि लुटेराले ७ राउण्ड गोली प्रहार गरेको छ । आफ्नै अपार्टमेन्टको लण्ड्रीमा नेपाली विद्यार्थी ज्वाला कार्कीमाथि गोली प्रहार भएको हो । टेक्सासको डलासमा रहेको एल सेन्ट्रो कलेजमा अध्ययनरत पार्कल्याण्ड अस्पतालमा उपचार भइरहेको छ । कार्कीको अवस्था खतरामुक्त रहेपनि उपचारका लागि रकम आवश्यक रहेको भन्दै नेपाली समाज टेक्सासले गोफण्डमीमा सहयोग संकलन अभियान संचालन गरिरहेको छ ...
१६ बर्षकी युवतीलाई नांगै घुमाइयो

१६ बर्षकी युवतीलाई नांगै घुमाइयो

कराची, १८ कात्तिक । उत्तर–पश्चिम पाकिस्तानको दुर्गम क्षेत्रमा हथियारघारी मानिसले १६ बर्षका युवतीलाई अर्धनग्न अबस्थामा पुरा गाउँ घुमाएको घटना बाहिर आएको छ । प्रहरीका अनुसार यी मानिसले आफ्नो परिवारको ‘सम्मान’ का फिर्ता पाउनका लागि यस्तो गरेका हुन् । स्थानीय मानिसको भनाई छ कि केटीलाई यसकारण निशाना बनाइयो कि, किनभने उसको भाई हमला गर्ने व्यक्तिको परिवारको एक केटीसँग गोप्य प्रेम सम्बन्ध थियो । यो घटना...
सिंहदरबारमा छड्के : पाँच सय २१ कर्मचारीलाई कारबाहीको सिफारिस

सिंहदरबारमा छड्के : पाँच सय २१ कर्मचारीलाई कारबाहीको सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रले तोकिएको पोसाक नलगाउने र समयमा कार्यालय नआउने पाँच सय २१ कर्मचारीलाई विभागीय कारबाहीको सिफारिस गरेको खबर आजको नयाँ पत्रिकामा छ । सतर्कताले सिंहदरबारभित्र बिहीबार छड्के निरीक्षण गर्दा सहसचिव, उपसचिव र अन्य विभिन्न तहका पाँच सय २१ कर्मचारीले कार्यालयमा उपस्थित हुनुपर्ने समय र लगाउनुपर्ने पोसाक प्रयोग नगरेको पाइएको थियो । सतर्कताले कारबाही गर्न सम्बन्धित मन्त्रालयलाई शुक...
सागरले दमौलीमा उडाए धुलो: दर्शक सम्हाल्न हम्मे-हम्मे

सागरले दमौलीमा उडाए धुलो: दर्शक सम्हाल्न हम्मे-हम्मे

तनहुँ, १८ कात्तिक । दोस्रो आदिवासी जनजाति तनहुँ साँस्कृतिक महोत्सवको दशौ दिन शुक्रबार तनहुँको दमौलीमा नेपाल आइडलको शीर्ष चारमा पुग्न सफल भर्सटाइल गायक सागर आलेले धुलो उडाए । नेपाल आइडलमा चौथो स्थान ल्याएका सागर आलेले स्टेजमा नेपाललाई सबैले माया गर्नु पर्छ भन्दै रातो र चन्द्र सुर्य जंगी निसान हाम्रो भन्ने गीत गाएर गायन क्रमलाई अघि बढाए । परेलिमा लुकाइराख न, निर जैले रिसाउने, हङगामा भो कसम हङगाम...
पतिसँग मिलापत्र गराउने बहानामा आफन्तले नै गरे बलात्कार र- हत्या गर्ने प्रयास

पतिसँग मिलापत्र गराउने बहानामा आफन्तले नै गरे बलात्कार र- हत्या गर्ने प्रयास

भारतको बिहार राज्यमा एक महिलालाई ज्यान मार्ने कोसिस गरेको घटना बाहिरिएको छ। पडित महिलाको वर्षौदेखि आफ्नो श्रीमानसँग झगडा हुने गर्दथ्यो। त्यसपछि पिडित महिलाको आफन्त पर्ने अशेश्वर यादवले पतिसँग राम्रो सम्बन्ध बनाईदिन्छु भन्दै आश्वासन दिदै आफु कहाँ बोलाएका थिए । उनले पिडित महिलालाई जंगलमा लिएर बलत्कार गरि ज्यान मार्ने उदेश्यले नदीमा फ्याकिदिए। यो घटना सोमबार भएको थियो। पिडित महिलाको बयान अनुसार उन...
उम्मेदवारविरुद्धका उजुरी केलाउँदै निर्वाचन आयोग

उम्मेदवारविरुद्धका उजुरी केलाउँदै निर्वाचन आयोग

काठमाडौं, १८ कात्तिक । निर्वाचन आयोगले दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेकाहरुमाथि परेको उजुरीमाथि छानबिन थालेको छ । उम्मेदवारविरुद्ध उजुरी दिन शुक्रबारको समय दिएको आयोगले आज मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्न लागेको हो । निर्वाचन आयोगका सहप्रवक्ता मुकुन्द शर्माले आयोगको निर्धारित कार्यतालिका अनुसार नै आज मनोनयनपत्र र उजुरीउपर छानबिन गर्न ...
धनकुटामा आज ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को तेस्रो चरणको अडिसन

धनकुटामा आज ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को तेस्रो चरणको अडिसन

धनकुटा, १८ कात्तिक । धनकुटामा आज ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को तेस्रो चरणको अडिसन हुँदैछ । कला सस्कृतिको जर्गेना गर्ने उद्धेश्यले टिन्स क्रियू डान्स सेन्टर धनकुटाले ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ आयोजना गरेको हो । यो चरणमा प्रवेश गरेका ८१ मध्येबाट ४० जना छनौट हुँने ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ का संयोजक सुमन योगीले संगालोखबरलाई जानकारी दिएका छन । साउन ५ गतेबाट सुरु भएको ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को पाँचौ ...
जन्मभूमिका मायाले सप्तरी रोजेँ : उपेन्द्र यादव

जन्मभूमिका मायाले सप्तरी रोजेँ : उपेन्द्र यादव

सप्तरी, १७ कात्तिक । आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि बिहीबार सप्तरी सहित जिल्लाहरुमा हर्षोल्लासका साथ उम्मेदवारी मनोनयन दर्ता गराइएको छ । आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभामा ४ र प्रदेशसभामा चुनिने ८ सदस्यका लागि कांग्रेस, एमाले–माओवादी गठबन्धन, संघीय समाजवादी फोरम नेपाल–राजपा गठबन्धन, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्तिलगायतका पार्टीका उम्मेदवारले तामझामसहित उम्मे...
टिकट नपाएपछि कोमलको खुलासा : बालकोटमा त्यस्तो भयो, अहिले धोका भयो (अडियोसहित)

टिकट नपाएपछि कोमलको खुलासा : बालकोटमा त्यस्तो भयो, अहिले धोका भयो (अडियोसहित)

कोमल वली, नेतृ, एमाले अन्तिम समयमा एमालले टिकट नदिएपछि कोमल वली एमाले नेतृतवसँग असन्तुष्ट छिन् । उनले एमाले नेतृत्वले पहिला सहमति गरेपनि अहिले गंभीर धोका दिएको रातोपाटीसँग बताइन् । शुक्रवार रातोपाटीसँगको टेलिफोन कुराकानीमा उनले भनिन्, एमालेले मलाई अहिले धोका दियो । मानिसले कि त बाचा गर्नु हँुदैन । गरेपछि पुरा गर्नुपर्छ भन्ने मेरो धारणा हो । एमाले नेतृत्व केपी ओलीजीले  मलाई हिजोका दिनम...
तेह्रथुमको मुख्य नगदेबाली अलैंचीले मूल्य नपाउँदा गोदाममै थन्कियो

तेह्रथुमको मुख्य नगदेबाली अलैंचीले मूल्य नपाउँदा गोदाममै थन्कियो

तेह्रथुम, १७ कात्तिक । जिल्लाको मुख्य नगदेबाली र आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको अलैंचीले मूल्य नपाउँदा गोदाममै थन्किएको छ । उत्पादित अलैंची उचित मूल्यमा बिक्री नभएपछि किसानले गोदाममै थन्क्याएका हुन् । केही वर्षयता अलैंचीको मूल्यमा निरन्तर गिरावट आएसँगै कृषक चिन्तित बन्दै आएका छन् । उचित मूल्यमा अलैंची खरिद गर्न व्यापारी नआएपछि अब गोदाममा थन्क्याउनुको विकल्प नभएको किसानहरूको भनाइ छ । गत वर्ष...
धरानमा मंसिर ८ देखि डिपो कप हुने

धरानमा मंसिर ८ देखि डिपो कप हुने

धरान, १७ कात्तिक । १४ अाैँ ललित अम्बर डिपो कप २०७४ आगामी मंसिरको दोस्रो सातामा हुने भएको छ ।सानै उमेरदेखि खेलकुदको विकास गर्दै भविष्यमा राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रत्येक बर्ष आयोजना गर्दै आएको विद्यालय स्तभरीय प्रतियोगिता आगामी मंसिर ८ देखि १५ गतेसम्म हुन लागेको हो । आयोजक डिपो माविले शुक्रबार धरानमा पत्रकार सम्मेलनका आयोजना गरी डिपो प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । ...
अज्ञात समूहद्वारा वडा कार्यालय तोडफोड, भत्ताको ९ लाख भने सुरक्षित

अज्ञात समूहद्वारा वडा कार्यालय तोडफोड, भत्ताको ९ लाख भने सुरक्षित

सल्यान, १७ कात्तिक । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा न ४ को वडा कार्यालयमाथि बिहीबार राति अज्ञात समूहले तोडफोड गरेको छ। राति करिब १२ बजेतिर अज्ञात समूहले कार्यालयको ताला फोडेर तोडफोड गरी झन्डै २ लाख जतिको क्षति गरेको वडा अध्यक्ष राजबहादुर बुढाथोकीले जानकारी दिए। अज्ञात समूहले कार्यालय भित्रको कम्प्युटर, फोटोकपी मेसिन, सोलार, कुर्सी, दराज पूर्ण रूपमा तोडफोड गरेको बुढाथोकीले बताए। महत्वपूर्ण काग...
भूमण्डलीय तापक्रम वृद्धिले नेपालका पर्वतीय क्षेत्र प्रभावित

भूमण्डलीय तापक्रम वृद्धिले नेपालका पर्वतीय क्षेत्र प्रभावित

काठमाडौँ, १७ कात्तिक । संयुक्त राष्ट्रसंघीय शैक्षिक–वैज्ञानिक एवं सांस्कृतिक संगठन ( युनेस्को )का लागि नेपालका स्थायी प्रतिनिधि अम्बिका लुइँटेलले भूमण्डलीय तापक्रम वृद्धिका कारण नेपालका पर्वतीय क्षेत्र नराम्ररी प्रभावित भएकाले त्यसको न्यूनीकरणका लागि उपयुक्त कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभएको छ । युनेस्कोको ३९औँ साधारणसभालाई बिहीबार पेरिसमा सम्बोधन गर्दै उहाँले भूमण्डलीय तापक्रम वृ...
error: Content is protected !!