एशिया कप छनोट: नेपाल चार विकेटले विजयी

एशिया कप छनोट: नेपाल चार विकेटले विजयी

काठमाडौँ, १७ भदौ । एशिया कप छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको छ । जितका लागि पाएको १५२ रनको लक्ष्य नेपालले २८ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि अनिलकुमार साहले ४३, दीपेन्द्रसिंह ऐरीले ३३, ज्ञानेन्द्र मल्लले २९, सुवाश खकुरेल र सागर पुनले १४/१४ तथा कप्तान पारस खड्काले ११ रन बनाए । मलेशियाको राजधानी क्वालालम्पुरमा टस जितेर ब्याटिङ गर...
पाकिस्तानका लागि अमेरिकाले रोक्यो ३० करोड डलर

पाकिस्तानका लागि अमेरिकाले रोक्यो ३० करोड डलर

वासिङ्टन, १७ भदौ । संयुक्तराज्य अमेरिकाको क्षेत्रीय रणनीति कार्यान्वयनमा पाकिस्तानले “निर्णायक भूमिका निर्वाह नगरेको” आरोप लगाउँदै करिब ३० करोड अमेरिकी डलर (करिब रु. ३१ अर्ब) सहायता रोक्का गर्ने निर्णय गरेको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले जनाएको छ । अमेरिकाले पाकिस्तानभित्र रहेका लडाकूहरुका सुरक्षित आश्रयस्थलहरु ध्वस्त पार्नेतर्फ दबाब दिइआएको छ, र वर्षको सुरुमै घोषणा गरेको सहायता रोक्काको ...
प्रदेश नं १ मा एक घरले पाँच बिरुवा रोप्नुपर्ने

प्रदेश नं १ मा एक घरले पाँच बिरुवा रोप्नुपर्ने

विराटनगर, १७ भदौ । प्रदेश नं १ मा एक घरले कम्तीमा पाँच थान बिरुवा रोप्नुपर्ने भएको छ । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले शनिबार लेटाङ नगरपालिकामा ‘एक घर पाँच वृक्षरोपण अभियान’ शुभारम्भ गर्दै वातावरण स्वच्छ राख्न र आम्दानी बढाउनका लागि आ–आफ्नो घर जग्गामा बिरुवा रोप्नुपर्नेमा जोड दिए । अहिले पनि हामी वन पैदावरमा आत्मनिर्भर हुननसकेका कारण विदेशबाट अर्बौ रकम बराबर...
राज्यको ढुकुटीबाट सवारी साधनमा ६ अर्ब खर्च

राज्यको ढुकुटीबाट सवारी साधनमा ६ अर्ब खर्च

काठमाडौँ, १७ भदौ । विलासितामा खर्च गरिँदै आएको विप्रेषणको ठूलो हिस्सालाई कसरी घटाउन सकिन्छ भनेर छलफल भइरहेको बेला सरकारी ढुकुटीबाटै ठूलो रकम विलासिताकै सामान खरिदमा खर्च भएको तथ्य खुलासा भएको छ । महालेखा परीक्षकको कार्यालयले प्रतिनिधिसभा सार्वजनिक लेखासमितिमा प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७३/७४ मा राज्यको ढुकुटीबाट सवारीसाधनतर्फ रु ६ अर्ब ७१ करोड खर्च भएको उल्लेख छ । विप्रेषणबाट प्र...
दिनहुँ बिहानै पिउनुहोस् मेथी भिजाएको पानी, हुनेछ यस्ताे फाइदा

दिनहुँ बिहानै पिउनुहोस् मेथी भिजाएको पानी, हुनेछ यस्ताे फाइदा

के तपाईले कहिल्यै मेथीको पानीको बारेमा सुन्नुभएको छ ? यदी सुन्नुभएको छैन भने थाहापाइ राख्नुहोस सधैं बिहान मेथीको पानी पिउनाले हुन सक्छ अमुल्य लाभ। थाहा पाउनुहोस मेथीपानी खानुका फाइदा: – कोलेस्ट्रोल कम गर्नु छ र क्यान्सर जस्तो बिरामीबाट सुरक्षित हुनको लागि पनि मेथीपानी एक सरल र प्रभावकारी औषधी हो । यतीमात्रै होइन यसले तपाईको कपाल र अनुहारको लागि पनि धेरै फाइदा गर्छ । – जोर्नीको दुखाईको लागि पनि...
बंगबन्धु अन्तराष्ट्रिय गोल्डकपकाे तालिका सार्वजनिक, नेपाल समूह ए मा

बंगबन्धु अन्तराष्ट्रिय गोल्डकपकाे तालिका सार्वजनिक, नेपाल समूह ए मा

काठमाडौँ, १७ भदौ । नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । बङ्गलादेश फुटबल महासङ्घले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालसहित समूह ‘ए’ मा प्यालेस्टाइन र ताजिकिस्तान रहेको छ । समूह ‘बी’ मा आयोजक बङ्गलादेश, लाओस र फिलिपिन्स रहेका छन् । पाँचौँ संस्करणको उक्त प्रतियोगिता आगामी असोज १५ देखि २७ गतेसम्म बङ्गलादेशको राजधानि ढाकामा हुनेछ । नेपाल बङ्गब...
प्रथम बौद्ध सम्मेलन सम्पन्न

प्रथम बौद्ध सम्मेलन सम्पन्न

नवलपरासी, १७ भदौ । पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–७ रानीनगरमा एक दिवसीय प्रथम बौद्ध सम्मेलन शनिबार सम्पन्न भएको छ । एशियाकै ज्योती मानिएका भगवान गौतम बुद्धले प्रतिपादन गर्नुभएको शिक्षा हालको समयमा पनि सान्दर्भिक रहेकोमा सोही सम्बन्धमा सम्मेलन आयोजना गरिएको थियो । बौद्ध सम्मेलनमा बुद्धसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु, पूर्व–पश्चिम नवलपरासीका प्रखर वक्ताहरूको विशेष सहभागिता रहेको आयो...
तीन बर्षपछि कृष्णमन्दिरमा दर्शन गर्न खुला

तीन बर्षपछि कृष्णमन्दिरमा दर्शन गर्न खुला

ललितपुर, १७ भदौ । पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडौँ उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आउन थालेका छन् । विसं २०७२ को भूकम्पपछि यो वर्ष मात्रै दर्शनार्थीले मन्दिरभित्र गएर माथिल्लो तलामा रहेको कृष्णको मन्दिरमा दर्शन गर्न पाएका हुन् । भूकम्पबाट क्षति पुगेपछि तीन वर्षसम्म मन्दिरमा पूजारीले प...
अब बेरोजगारलाई काम दिन नसके भत्ता

अब बेरोजगारलाई काम दिन नसके भत्ता

काठमाडौँ, १७ भदौ ।  परिवारका सबैजना सदस्य बेरोजगार भएमा सरकारले सकेसम्म काम नसके निर्वाह भत्ता दिने भएको छ । जागिर नभएकालाई सरकारले क्षमताअनुसार काम र नसकेमा बेरोजगार भत्ता दिनुपर्नेछ। संविधानको मौलिक हकमा राखिएको रोजगारीको हकसम्बन्धी बनेको विधेयकले परिवारमा कुनै पनि सदस्य जागिरमा संलग्न भएमा निर्वाहभत्ता दिने व्यवस्था गरिएको हो। तर, कसैले पनि झुठो विवरण पेश गरेर बेरोजगार भत्ता लिन भने पाइने छै...
आज देशभर स्वास्थ्य सेवा बन्द

आज देशभर स्वास्थ्य सेवा बन्द

काठमाडौँ, १७ भदौ । सरकारले मुलुकी अपराध संहिता संशोधन गर्ने लिखित प्रतिबद्धता पूरा नगरेको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने भएको छ। संघका महासचिव डा. लोचन कार्कीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र कानुनमन्त्री भानुभक्त ढकालसँग शुक्रबार सिंहदरबारमा भएको बैठकमा सकारात्मक परिणाम निस्कन नसकेकाले हडत...
अब ‘बलात्कारी’समेत नक्कली !

अब ‘बलात्कारी’समेत नक्कली !

काठमाडौँ, १७ भदौ ।  बजारमा नक्कली सर्टिफिकेटको चर्चा व्यापक छ ।  नक्कली नागरिकता पनि ब्यापकै छ भन्दा फरक पर्दैन । त्यस्तै नक्कली साबुन, नक्कली तेल, नक्कली सैम्पु, नक्कली औषधिबारे पनि हामीले सुनेकै हौँ । अब नक्कलीहरुको यो हुलमुलमा एउटा अर्को नक्कली थपिएको छ, नक्कली बलात्कारी ।  बजार त नक्कलीहरुले पुरै छोपिसकेको रहेछ । हुँदाहुँदा अब बलात्कारीसमेत नक्कली आउन थालिसक्यो । हालै मात्र कञ्चनपुरमा त्यस...
एघार घण्टादेखि अन्तर्राष्ट्रिय विमानस्थल बन्द

एघार घण्टादेखि अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौँ, १७ भदौ । यती एयरलाइन्सको विमान दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ११ घण्टादेखि बन्द रहेको छ । नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौँ आइपुगेको यतीको कलसाइन नाइन एन एएचडब्लुको जेट स्ट्रिम विमान गए राति अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको थियो । शनिबार राति ८ः३० बजे भएको उक्त घटनापछि विमानस्थल अवरुद्ध थियो । दुर्घटनामा कुनै मानवीय क्षति भएन । घाँसे मैदानमा धस्सिएको विमान...
वार कलेज खोल्ने रक्षा मन्त्रालयको तयारी

वार कलेज खोल्ने रक्षा मन्त्रालयको तयारी

काठमाडौँ, १७ भदौ ।  रक्षा मन्त्रालयले एक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी नेशनल डिफेन्स कलेज (वार कलेज) खोल्ने तयारी थालेको छ। राष्ट्रिय क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा/प्रतिरक्षा सम्बन्धी अध्ययन/अध्यापान तथा रणनीति सम्बन्धी प्राज्ञिक केन्द्रका रुपमा नेशनल डिफेन्स कलेज र विश्वविद्यालय सरकारै लगानीमा सञ्चालन गर्ने रक्षाको कार्ययोजनामा उल्लेख छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्...
विश्वविद्यालयमा सम्बन्धनको व्यापार

विश्वविद्यालयमा सम्बन्धनको व्यापार

काठमाडौँ, १७ भदौ ।  गुणस्तरीय शिक्षा दिन कमजोर भएको आरोप खेपेका नेपालका विश्वविद्यालयहरू सम्बन्धनको व्यापारमा भने तीव्र देखिएका छन् । देशकै सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय मात्रै होइन, भर्खर स्थापना भएका विश्वविद्यालयसमेत धमाधम नयाँ कलेज खोज्ने र नयाँ–नयाँ कार्यक्रम दिने व्यापारमा लागेका छन् । निश्चित कुनै उद्देश्यका लागि खोलिएका विश्वविद्यालयले आफ्नो फ्याकल्टी नभएका विषयमा समेत स...
बोक्सीको आरोपमा सासूको हत्या, बुहारी पक्राउ

बोक्सीको आरोपमा सासूको हत्या, बुहारी पक्राउ

दाङ, १७ भदौ । आफूलाई बोक्सी लागेको भन्दै दाङमा बुहारीले सासूको हत्या गरेकी छन् । दंगीशरण गाउँपालिका–३ की टन्की रावतले ६९ वर्षीया सासू खोपी रावतको हत्या गरेकी हुन् । आफ्नै सासूलाई बोक्सीको आरोप लगाइ हत्या गरी टन्की फरार भएकी थिइन् । उनलाई शनिबार इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी सार्वजनिक गरेको छ । सासूले बोक्सी लगाएकै कारण आफू पटक पटक बिरामी परेको भन्दै सल्यानमा लगेर हत्या गरेको टन्क...
जनताको हातहातमा सरकार ! सामाजिक सञ्जालकाे प्रयाेगमा तीव्रता

जनताको हातहातमा सरकार ! सामाजिक सञ्जालकाे प्रयाेगमा तीव्रता

काठमाडौँ, १७ भदौ । जनतासँगको संवादलाई प्रभावकारी बनाइ जनगुनासाको शीघ्र सम्बोधन गर्न सामाजिक सञ्जालमा सहभागिता जनाउनुपर्ने निर्णय भएसँगै सरकारी निकायले धमाधम सामाजिक सञ्जालको प्रयोगलाई तीव्रता दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै २१ वटै मन्त्रालयले सञ्चार तथा सूचनाका क्षेत्रमा उपलब्ध नयाँ प्रविधिको भरपूर प्रयोग गरेका छन् । सबै मन्त्रालयले आफ्नो आधिकारिक ‘फेसबुक’ तथा ‘ट्वीटर...
आज देशभर श्रीकृष्णजन्माष्टमी मनाइँदै

आज देशभर श्रीकृष्णजन्माष्टमी मनाइँदै

काठमाडौँ, १७ भदौ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ आज देशभरी भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस अवसरमा देशभरीका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आर...
फौजदारी र देवानी संहितालाई प्रेसमैत्री बनाउन माग

फौजदारी र देवानी संहितालाई प्रेसमैत्री बनाउन माग

काठमाडौँ, १७ भदौ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी (देवानी) संहिता २०७४ लाई संशोधन गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री बनाउनुपर्ने माग गरेको छ । समितिको शनिबार बसेको बैठकले भदौ १ गतेबाट कार्यान्वयनमा आएको मुलुकी (फौजदारी) संहिता, मुलुकी (देवानी) संहितामा रहेका केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर असर पर्ने भएकाले ...
श्रीलङ्काको लुम्बिनी गुरुयोजनामा सहयोग गर्ने प्रस्ताव

श्रीलङ्काको लुम्बिनी गुरुयोजनामा सहयोग गर्ने प्रस्ताव

बुटवल, १६ भदौ । श्रीलङ्काले लुम्बिनी गुरुयोजना पूरा गर्न नेपाल सरकारबाट प्रस्ताव आए श्रीलङ्का सरकार सहयोग गर्न तयार रहेको बताएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनु भएका श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको आज गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणको क्रममा सो सहयोग गर्ने धोषणा गरिएको हो । लुम्ब...
धनकुटामा तीज विशेष कार्यक्रम: सस्कृतिका नाममा हुँने विक्रिति रोक्नुपर्नेमा जोड

धनकुटामा तीज विशेष कार्यक्रम: सस्कृतिका नाममा हुँने विक्रिति रोक्नुपर्नेमा जोड

धनकुटा, १६ भदौ । धनकुटामा शनिवार आयोजित तीज विशेष कार्यक्रममा सहभागिले समाज परिवर्तनका लागि आफैबाट सुरुवात गर्नुपर्नेमा जोड दिएका छन् । उद्यमी महिला बचत तथा ऋण सहकारी संस्था र मिसन मुस्कान पर्यटन प्रवद्र्धन केन्द्रको आयोजनामा भएको तीज विशेष कार्यक्रममा सहभागिले यस्तो बताएका हुन् । संस्कृतीका नाममा चाडपर्वलाई भड्किलो गरी मनाउने परिपाटि बढेकाले त्यसलाई रोक्न सवैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर...
पाथीभरा गोल्डकपको उपाधि रेड स्टारलाई

पाथीभरा गोल्डकपको उपाधि रेड स्टारलाई

ताप्लेजुङ, १६ भदौ । ताप्लेजुङमा आज सम्पन्न पाथीभरा गोल्डकपको उपाधि झापाको रेड स्टार क्लबले जितेको छ । अतिरिक्त समयको सदुपयोग गर्दै आफ्नै जिल्लाको टिम न्यु स्टार क्लबलाई २–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । उपाधिका लागि पहिलो हाफमा ग्लोरीले गोल गरेका थिए भने अतिरिक्त समयमा कर्नर किकमार्फत क्याप्टेन कर्ण लिम्बुले निर्णायक गोल गरेका थिए । यता उपविजेता बनेको झापाकै न्यु स्टार न्यु स्टारका लाग...
बिम्स्टेक शिखर बैठक: मुलुकको ‘सम्मेलन कूटनीेति’को सफल प्रदर्शन

बिम्स्टेक शिखर बैठक: मुलुकको ‘सम्मेलन कूटनीेति’को सफल प्रदर्शन

काठमाडौँ, १६ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को शुक्रबार सफलतापूर्वक सम्पन्न चौथो शिखर बैठकले अन्तर्राष्ट्रिय जगत्मा नेपालको कूटनीतिक छवि उच्चमात्र पारेको छैन, त्यसलाई उजिल्याउन र सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुगेको छ । शिखर बैठकको सफल आयोजनाबाट बिम्स्टेकजस्ता क्षेत्रीय सङ्गठन नेपालको परराष्ट्र नीतिका अतिमहत्वपूर्ण तत्व हुन् र तिनमा ...
श्रीलङ्काका राष्ट्रपतिद्वारा लुम्बिनी भ्रमण

श्रीलङ्काका राष्ट्रपतिद्वारा लुम्बिनी भ्रमण

बुटवल, १६ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौंथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आज गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभयो । भ्रमणका अवसरमा राष्ट्रपति सिरिसेनाले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गर्नुका साथै त्यहाँ रहेको बुद्धपद्चाप चिन्ह (मार्कर स्टोन) बुद्धको जन्म स्मा...
धनकुटामा तीजको अवसर पारेर फलफुल वितरण र शुभकामना आदानप्रदान

धनकुटामा तीजको अवसर पारेर फलफुल वितरण र शुभकामना आदानप्रदान

धनकुटा, १६ भदौ । धनकुटा महिला बचत तथा ऋण सहकारी संस्थाले तीजको अवसर पारेर शनिवार शुभकामना आदानप्रदान तथा फलफूल वितरण कार्यक्रम गरेको छ । सहकारी संस्थाले जिल्ला कारागारका महिला कैदिबन्दी र जिल्ला अस्पतालका विरामीलाई फलफूल वितरण गरेको सहकारी संस्थाकी अध्यक्ष तारा तितुङले जानकारी दिईन् । उनका अनुसार फलफूल वितरण पश्चात शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रममा प्रदेश सभा सदस्य निरन राई, इन्द्रम...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक २२ घण्टा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक २२ घण्टा

काठमाडौँ, १६ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २२ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको आन्तरिक टर्मिनल आजदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घण्टा सञ्चालनमा आएको हो । सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याएको थियो । विमानस्थलको आन्तरिक टर्मिनल सञ्चालन व्यवस्थापनका लागि बिहान ५ बजेदेखि शुरु गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमा...
बिम्स्टेक मुलुकका सैनिकको संयुक्त अभ्यास भदौ २५ देखि

बिम्स्टेक मुलुकका सैनिकको संयुक्त अभ्यास भदौ २५ देखि

काठमाडौँ, १६ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका सैनिकबीच साताव्यापी संयुक्त अभ्यास हुने भएको छ । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीकाअनुसार, यही भदौ २५ देखि ३१ गतेसम्म भारतको पुनामा हुने उक्त संयुक्त अभ्यासमा प्रत्येक मुलुकका ३०÷३० जना सैनिकको सहभागिता हुनेछ । सदस्य राष्ट्रका सैनिकको पहिलो पटक हुन लागेको उक्त संयुक्त अभ्यास प...
भिख माग्दा कुन देशमा कस्तो सजाय ? यी हुन् रोचक तथ्य

भिख माग्दा कुन देशमा कस्तो सजाय ? यी हुन् रोचक तथ्य

नेपालमा हालै लागू भएको नयाँ ऐनले भिख माग्नेलाई समेत सजायको व्यवस्था गरेपछि सरकारको विरोध गरिरहेकाहरुलाई ‘के खाउँ कनिका बुकाउँ’ भनेझैँ नयाँ निहुँ प्राप्त भयो । सरकारको खिसिट्यूरी खुबै गरियो । तर यो भिख माग्ने कामलाई नेपालले मात्र होइन, यसअघि नै दुनियाँका धेरै देशले अपराधको श्रेणीमा राखेर कडा सजायको व्यवस्था अख्तियार गरिरहेका छन् । विश्वका केही देशमा भिख माग्ने सम्बन्धमा रहेका कानून यस्ता छन्...
काठमाडौंमा जमिन फाटेपछि ४ घर भत्किए

काठमाडौंमा जमिन फाटेपछि ४ घर भत्किए

काठमाडौँ, १६ भदौ । बूढानिलकण्ठ नगरपालिका बिष्णुमती टुसालमा शुक्रबार जमिन फाटेपछि चार घर भत्किएका छन् । थप १४ घरसमेत धरापमा परेका छन् । १४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जमिन चिरा परेर फाटेपछि चित्रबहादुर बस्नेत, राधिका धिताल, बीरबहादुर तामाङ र सुशीला बस्नेतको घर भत्किएको हो । चिरा परेको ठाउँमा पहिले डाँडो थियो । खारेर ...
भारतीय प्रधानमन्त्री मोदीले गरे नेपालीमा टुइट

भारतीय प्रधानमन्त्री मोदीले गरे नेपालीमा टुइट

काठमाडौं, १६ भदौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) सम्मलेनमा सहभागी हुन नेपाल आएका भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले सम्मेलन सकिएपछि नेपालीमा टुइट गरेका छन् । उनले शुक्रबार बिमस्टेक सम्मेलन सकिएपछि आफ्नो टुइट ह्याण्डलबाट नेपाल सरकार, प्रधानमन्त्री ओली र नेपालीलाई धन्यवाद सहित २ वटा टुइट गरेका हुन् ।      
विदेशमा चम्किँदै नेपाली ब्रान्ड, भुटानी सुरक्षाकर्मीले लगाउँछन् गोल्डस्टार

विदेशमा चम्किँदै नेपाली ब्रान्ड, भुटानी सुरक्षाकर्मीले लगाउँछन् गोल्डस्टार

काठमाडौं, भदौ १६ । नेपालमा अधिकांश वस्तु विदेशबाट आयात हुन्छ । तर, कतिपय यस्ता नेपाली उत्पादन पनि छन् जसले विदेशमा पनि राम्रो पहिचान बनाएका छन् । वाइवाइ चाउचाउ नेपालीको मात्र होइन, तीन दर्जन मुलुकका भान्सामा पाक्छ । गोल्डस्टार नेपालमा भन्दा भारतमा बढी चर्चित छ । हिमालयन जाभा विदेशमै आउटलेट खोल्न व्यस्त छ । चाउचाउ वाइवाइ चाउचाउ नेपालीको भान्सामा मात्रै होइन, विश्वका तीन दर्जनभन्दा बढी मुलुकमा प...
अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो, दशैँमा उपभोग्य सामान महँगिने

अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो, दशैँमा उपभोग्य सामान महँगिने

काठमाडौँ, १६ भदौ । अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो भएको छ । शुक्रबारसम्म एक अमेरिकी डलरको खरिद मूल्य १ सय १२ रुपैयाँ ८९ पैसा छ भने विक्री मुल्य १ सय १३ रुपैँया ४९ पैसा पुगेको छ । यो अहिलेसम्मकै उच्च वृद्धि होे । विहिबार पनि डलरले मुल्य बढेका थियो । विहिबार डलरको मुल्य एकको खरिदर १ सय १२ रुपैँया र विक्रीदर १ सय १३ रुपैँया २५ पैसा थियो । शुक्रबारको तुलनामा विहिबार २४ पैसाले डलर महगिएको छ । ...
error: Content is protected !!