सीमा क्षेत्रमा भारतीय सेनाको दादागिरी, चलाए गाेली

सीमा क्षेत्रमा भारतीय सेनाको दादागिरी, चलाए गाेली

बर्दिया, १६ भदौ । सीमावर्ती गाउँमा बस्ने राजापुर–६ का गोपाल चन्दा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट आइतबार घाइते भए । नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारपछि चन्दको अवस्था सामान्य भए पनि उनको परिवार अझै त्रसित छ । सीमा नजिक बसोबास भएकाले भारतीय सुरक्षाकर्मीले चन्दलाई पुनः आक्रमण गर्ने हो कि भन्ने परिवारको आशंका छ । भदौ ५ गते जंगलमा माछा मार्न हिँडेका बेला बेपत्ता भएका इन्द्रबहादुर थारुको खोजी गरि...
काठमाडौं-रक्सौल रेलमार्गको समझदारी

काठमाडौं-रक्सौल रेलमार्गको समझदारी

काठमाडौँ, १६ भदौ । नेपाल-भारतबीच काठमाडौं-रक्सौल रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको ब्रोडगेज लाइनसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार भएको द्विपक्षीय छलफलपछि समझदारीपत्र आदानप्रदान भएको हो । प्रधानमन्त्री ओलीको पछिल्लो भारत भ्रमणमा यससम्बन्धी सहमति भएको थियो । समझदारीपत्रमा एक वर्षभित्र प्रतिवेदन दिने ...
अदुवामा निकासी करमा नेपाल र भारत दुबैतर्फ उल्लेखनीय वृद्धि

अदुवामा निकासी करमा नेपाल र भारत दुबैतर्फ उल्लेखनीय वृद्धि

भद्रपुर, १५ भदौ । अदुवामा निकासी कर नलगाउन पुनरावेदन अदालत इलामले आज अन्तरिम आदेश जारी गरेको छ । झापा जिल्ला समन्वय समितिले काँकडभिट्टाबाट भारत निकासी हुने अदुवामा प्रतिट्रक रु पाँच हजार निकासी कर लगाएपछि त्यस विरुद्ध परेको रिटमा पुनरावेदन अदालत इलामले अर्को निर्णय नआउञ्जेल त्यस्तो कर नलगाउन आदेश जारी गरेको हो । नेपाल अदुवा उत्पादक सङ्घका तर्फबाट बिहीबार पुनरावेदन अदालत इलाममा निकासी कर रोकी प...
कञ्चनपुरमा फेरि अर्की किशोरी बलात्कृत !

कञ्चनपुरमा फेरि अर्की किशोरी बलात्कृत !

कञ्चनपुर, १५ भदौ । कञ्चनपुर बेलडाँडी गाउँपालिका–१ का अन्दाजी १५ वर्षीया एक किशोरीमाथि बलात्कार भएको छ । तेह्र वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै बिहीबार राति २ बजेको समयमा ती किशोरीको बलात्कार भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो । किशोरीको घरमा पूजा चलिरहेका बेला पूजामा सहभागी हुन मोटरसाइकलमा आएका चार जना युवाले फ...
प्रधानमन्त्रीद्वयबाट पशुपति धर्मशालाको उद्घाटन

प्रधानमन्त्रीद्वयबाट पशुपति धर्मशालाको उद्घाटन

काठमाडौँ, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिमा निर्मित नेपाल–भारत मैत्री पशुपति धर्मशालाको आज संयुक्तरुपमा उद्घाटन गर्नुभयो । करीब रु २० करोडको लागतमा १० हजार वर्गमिटर क्षेत्रफलमा निर्मित उक्त धर्मशाला भारतीय सहयोगमा बनेको हो । उद्घाटनपश्चात् प्रधानमन्त्रीद्वयले सम्बोधन गर्नुभएको थियो । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी...
१८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै चौथो बिम्स्टेक शिखर बैठक सम्पन्न

१८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै चौथो बिम्स्टेक शिखर बैठक सम्पन्न

काठमाडौँ, १५ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै यस क्षेत्रबाट गरिबी घटाउने र लगानी र व्यापारको माध्यमबाट आर्थिक उन्नयनको दिशामा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेको छ । सङ्गठनको संस्थागत सुधार, सम्पर्क तथा सम्बन्ध विस्तार, व्यापार र लगानी, प्रतिआतङ्कवाद तथा अन्तर्राष्ट्रिय अपराध, अ...
स्व. रिमालको अन्त्येष्टि

स्व. रिमालको अन्त्येष्टि

काठमाडौँ, १५ भदौ । वरिष्ठ कलाकार स्व हरिप्रसाद रिमालको आज अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कलाकार रिमालको पार्थिव शरीरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको झण्डा ओढाउनुभएको थियो । स्व रिमाललाई उहाँका ज्येष्ठ सुपुत्र अरुणले दागबत्ती दिनुभएको चलचित्र निर्देशक तथा अभिनेता सम्राट सापकोटाले बताउनुभयो । अन्त्येष्टिका क्रममा पशुपति आर्यघाटमा प...
महँगिँदै निर्माण: विमानस्थल मुआब्जामै १४ अर्ब खर्च

महँगिँदै निर्माण: विमानस्थल मुआब्जामै १४ अर्ब खर्च

काठमाडौँ, १५ भदौ । विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जग्गा खरीदमा ठूलो परिमाणको बजेट खर्च हुने गरेको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा जग्गा प्राप्ति र मुआब्जा वितरणमा मात्रै रु १४ अर्ब १८ करोड ५४ लाख ४२ हजार खर्च गरेको छ । चालू आवमा रु आठ अर्ब ५५ करोड २५ लाख जग्गा प्राप्तिका लागि विनियोजन गरिएको छ । यी तथ्य तथा तथ्याङ्कले विमानस्थल निर्माणका लागि आवश्यक जग्गा प्रा...
बिम्स्टेक सम्मेलन: पर्वतीय अर्थतन्त्र, पर्यावरण र दिगो विकासमा प्राथमिकता

बिम्स्टेक सम्मेलन: पर्वतीय अर्थतन्त्र, पर्यावरण र दिगो विकासमा प्राथमिकता

काठमाडौँ, १५ भदौ । नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनले पर्वतीय अर्थतन्त्र, पर्यावरण संरक्षण र दिगो विकासमार्फत समृद्धि हासिलमा जोड दिएको छ । जलवायु परिवर्तन र यसका असरको क्षतिपूर्ति तथा भूपरिवेष्टित मुलुकलाई केन्द्रमा राखेर विकास र समृद्धिको योजना ल्याउनुपर्नेमा सम्मेलनमा नेपालले जोड दिएको हो । सम्मेलनको समापनपछिको पत्र...
मासिँदै हजार वर्षका सम्पदा

मासिँदै हजार वर्षका सम्पदा

दैलेख, १५ भदौ । बाइसे चौबीसे राज्यको इतिहास बोक्ने दुल्लु दरबार भग्नावशेष मात्र देखिएको छ । अहिलेको दुल्लू बजार त्यसबेला सिंगो राज्यको केन्द्र थियो । यसको वरपर इतिहास जोडिएका पुरातात्विक महत्वका दरबार, शिलालेख र शिलास्तम्भ प्रशस्त छन् तर नेपाली भाषाको पहिलो शिलालेखको दुर्दशा देख्दा मनै कुँडिने दुल्लूका इतिहासविद् भूपालविक्रम शाह बताउनुहुन्छ । नेपाली भाषामा लेखिएको अभिलेख सबैभन्दा पुरानो शाके ९०...
साफ च्याम्पियनशिपमा भाग लिन नेपाली फुटबल टोली ढाका जाँदै

साफ च्याम्पियनशिपमा भाग लिन नेपाली फुटबल टोली ढाका जाँदै

काठमाडौँ, १५ भदौ । नेपाली फुटबल टोली आइतबार बङ्गलादेश जाने भएको छ । ढाकामा हुने १०औँ साफ च्याम्पियनशिपमा भाग लिन २९ सदस्यीय नेपाली टोली त्यसतर्फ जान लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् । नेपालसहित बङ्गलादेश, पाकिस्तान र भूटान समूह ‘ए’मा तथा भारत, म...
‘साझा प्रयासबाट बिम्स्टेकको समृद्धि सम्भव’

‘साझा प्रयासबाट बिम्स्टेकको समृद्धि सम्भव’

काठमाडौँ, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्य राष्ट्रको साझा प्रयास र सहकार्यबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रमा समृद्धि सम्भव हुने बताउनुभएको छ । यहाँ जारी बिम्स्टेकको चौथो शिखर सम्मेलन समापन गर्दै उहाँले नेपालले सङ्गठनको अध्यक्षता गरेका बेला सदस्य राष्ट्रका राष्ट्राध्यक्ष÷सरकार प्रमुखबाट निरन्तर प्राप्त सहयोगप्रति आभार प्र...
‘ह्याप्पील्याण्ड’ पर्यटकीय गन्तव्य बन्दै

‘ह्याप्पील्याण्ड’ पर्यटकीय गन्तव्य बन्दै

भद्रपुर, १५ भदौ । ह्याप्पील्याण्ड फनपार्क पर्यटकीय गन्तव्य बन्दै गएको छ । कनकाई नगरपालिका–३ स्थित ह्याप्पील्याण्ड फनपार्क आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । सुरुङ्गा बजारदेखि एक किलोमिटर उत्तरतर्फ चार बिघा क्षेत्रफलमा बनेको सो फनपार्क गत वर्ष पुसदेखि सञ्चालनमा आएको हो । कनकाई–२ का दिनेश शिवाकोटी र मनोज शिवाकोटीले रु १२ करोडको लगानीमा फनपार्क निर्माण गरेका हुन् । यहाँ दैनिक ...
एशियाली खेलकूद: जुडोमा नेपाल पराजित

एशियाली खेलकूद: जुडोमा नेपाल पराजित

काठमाडौँ, १५ भदौ । इण्डोनेशियामा जारी १८औँ एशियाली खेलकूदमा नेपाल जुडोमा पदकविहीन भएको छ । आज सम्पन्न खेलमा नेपालका तीन खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् । आज सम्पन्न पुरुष १०० किलोमुनि तौल समूहमा रविन श्रेष्ठ उज्वेकिस्तानका जुराएभसँग पराजित भए । पुरुष ९० किलोमुनि तौल समूहमा श्रीराम मकाजु ताजकिस्तानका कोमरोशेख उस्तोपिरियोनसँग तथा महिला ७८ किलोमुनि तौल समूहमा पुनम श्रेष्ठ दक्षिण कोरियाकी युजिन...
बिम्स्टेक अध्यक्षता हस्तान्तरण

बिम्स्टेक अध्यक्षता हस्तान्तरण

काठमाडौँ, १५ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक को अध्यक्षता श्रीलङ्कामा हस्तान्तरण भएको छ । राजधानीमा भएको चौथो शिखर सम्मेलन समापन समारोहमा केही बेरअघि बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका हुन। प्रधानमन्त्री ओलीले नेपालले बिम्स्टेकको अध्यक्ष...
सम्झौताको २२ वर्षपछि नहर बनाउन भारत अग्रसर

सम्झौताको २२ वर्षपछि नहर बनाउन भारत अग्रसर

भीमदत्तनगर, १५ भदौ । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २२ वर्षपछि भारतीय पक्ष महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर निर्माण गर्न अग्रसर देखिएको छ । टनकपुर ब्यारेजदेखि भीमदत्त नगरपालिका–९ मटेनास्थित नेपाल–भारत सीमासम्म भारतले १२ सय मिटर नहर र हेड रेगुलेटरलगायतका संरचना निर्माण गर्ने उल्लेख छ । लामो समय विविध पक्षमा देखिएको विभेदका कारण नहर निर्माण ढिलाइ भएपनि गत साउन १६ गते भारतको टनकपुरस्थित ए...
भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धी काठमाडौं आउदै

भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धी काठमाडौं आउदै

काठमाडौँ, १५ भदौ । बिमस्टेक सम्मेलनको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौमा रहीरहँदा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी पनि शुक्रबार काठमाडौं आउने भएका छन् । भारतीय दैनिक ‘द हिन्दु’ले जनाएअनुसार गान्धी राजनैतिक भेटघाटका लागि नभई मान सरोबर तिर्थ दर्शनार्थ काठमाडौं आउन लागेका हुन् । गत २६ अप्रिलमा गुजरातमा भएको सभामा उनले चुनावको प्रचारका क्रममा आफु चढेको जहाजमा अचानक प्राविधिक ग...
गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन

गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन

काठमाडौँ, १५ भदौ ।  वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा आज बिहान उहाँकै निवासमा निधन भएको छ । रिमालको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि नयाँ बानेश्वरस्थित निवासमा राखिएको र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने चलचित्र निर्देशक सम्राट सापकोटाले जानकारी दिनुभयो । नाटककार स्व बालकृष्ण समको मुकुन्द इन्दिरामा १४ वर्षको उमे...
सबैभन्दा लामो समय वक्तव्य दिएर विश्व कीर्तिमान कायम

सबैभन्दा लामो समय वक्तव्य दिएर विश्व कीर्तिमान कायम

काठमाडौँ, १५ भदौ । नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गरेका छन् । भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिनुभएका उनले बिहीबार मध्यरातसम्म निरन्तर वक्तव्य दिएर सो किर्तिमान कायम गरेका हुन । केसीले भारत केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर कायम गरेको विश्व कीर्तिमानलाई समेत तोडेका छन्। न्यू माइन्ड्स एके...
बाबुको लाइन समात्दै छोरा, पारसले थाले राजनीतिक भेटवार्ता

बाबुको लाइन समात्दै छोरा, पारसले थाले राजनीतिक भेटवार्ता

काठमाडौं, भदौ १५ । लामो समय राजनीतिबाट टाढा रहेका पूर्वयुवराज पारस शाहले राजनीतिक भेटवार्ता थालेका छन् । बिहीबार उनले राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीका दोस्रो तथा तेस्रो तहका नेतासँग साढे चार घन्टा गोप्य छलफल गरेका छन् । तीनवटै पार्टीका नेतालाई नक्सालस्थित होटेल टंगाल उडमा बोलाएका पारसले छुट्टाछुट्टै तथा सामूहिक छलफल गरेका हुन् । त्यस क्रममा उनले तीनवटा पार्टीबीच एक...
निर्मला हत्या प्रकरणः प्रहरी नै प्रमाण मेटाउन लागेको आशंका !

निर्मला हत्या प्रकरणः प्रहरी नै प्रमाण मेटाउन लागेको आशंका !

कञ्चनपुर, भदौ १५ । जिल्लाको भीमदत्तनगरपालिका-२ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा तत्कालीन प्रहरी प्रमुखसहितले प्रमाण मेटाउन लागेको स्थानीयले आशंका गरेका छन् । घटनास्थलमाा शवसँगै भेटिएको निर्मलाको सुरुवाल प्रहरीले नै धोएर निचोरेको, घटनास्थलको सुरक्षा नगरेको, निर्मला पढ्न गएको बम परिवारको आँगनको अम्बाको रुख काटिएको र घरभित्र रंगरोगन गरिएको विषय शंकास्पद रहेको उनीहरु बताउँछन् । ...
दुधालु गोरु ! जहाँ गाउँलेलाई ‘दुधको प्रसाद’ बाँड्छन्…

दुधालु गोरु ! जहाँ गाउँलेलाई ‘दुधको प्रसाद’ बाँड्छन्…

सिन्धुपाल्चोक, १५ भदौ । भनाई नै छ — गोरु ब्याउँदैने, दुध पनि दिँदैन ।  तर, यति बेला हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङको घर पुग्ने जोकसैलाई यो भनाई झुटो लाग्न सक्छ । तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दुध गाउँलेलाइ प्रसाद बाँड्छन् । भन्छन् — विहान बेलुकी गरेर एक मानाजति दिन्छ पहिले कहीकतै नदेखेको नसुनेको यो घटनाले स्थानीय छक्क परेका छन । अनि तामाङचाहिँ दँग । उनको घरमा गोरुले...
गरिबी निवारण कोषको ३१ अर्बको अभिलेख नष्ट

गरिबी निवारण कोषको ३१ अर्बको अभिलेख नष्ट

काठमाडौँ, १५ भदौ । सफ्टवेयर बिग्रिँदा गरिबी निवारण कोषको ३१ अर्ब रुपैयाँको हिसाबकिताब नष्ट भएको छ । कोषले आन्तरिक प्रयोजनमा उपयोग गर्दै आएको एमआइएस नामको सफ्टवेयर बिग्रिँदा हिसाबकिताब राखिएका डाटा नष्ट भएको हो । ०६० देखि कोषले सञ्चालन गरेका सबै कार्यक्रमको विवरणसहितका डाटा नष्ट भएका छन् । कोषले सञ्चालन गर्दै आएका परियोजनाहरूको म्याद सकिन झन्डै ५ महिना बाँकी छँदा सफ्टवेयर बिग्रिएको छ । आगामी डिस...
छुवाछुत गर्ने बिरुद्ध कारवाही गर्ने नयां कानुन तयार

छुवाछुत गर्ने बिरुद्ध कारवाही गर्ने नयां कानुन तयार

काठमाडौँ, १५ भदौ । नयाँ विधेयकले छुवाछुत गरेबापतको कसूरको जरिवाना र सजायको मात्रामा वृद्धि गरेको छ । जातीय भेदभाव तथा छुवाछुत (कसुर तथा सजाय), २०६८ मा संशोधन गर्न बाञ्छनीय देखिएकाले नयाँ विधेयक बनाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताउनुभएको छ । संविधानको धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको हक सम्बन्धी व्यवस्था छ । धारा ४७ मा ‘मौलिक हकको कार्यान्वयन’भन्ने उल्लेख ...
भारतमा पेट्रोल र डिजलको मुल्य वृद्धि

भारतमा पेट्रोल र डिजलको मुल्य वृद्धि

नयाँ दिल्ली, १४ भदौ । भारतमा बिहीबार पेट्रोलियम पदार्थको मुल्यमा सामान्य वृद्धि भएको छ । वृद्धि भएको मुल्य अनुसार पेट्रोलको मुल्य प्रति लिटर दिल्लीमा ७८.३० भारतीय रूपैयाँ र मुम्बइमा ८५.७२ भारतीय रूपैयाँमा भारतीय आयल निगमले विक्री गर्न थालेको छ । त्यसैगरी डिजल राष्ट्रिय राजधानी दिल्लीमा ६९.९३ रूपैयाँ र मुम्बइमा ७४.२४ रूपैयाँ पुगेको छ । पेट्रोलका लागि यसअघिको मुल्य भन्दा दिल्लीमा १२ पैसा र मुम्ब...
निर्मला हत्या प्रकरणः बम दिदीबहिनीमाथि अनुसन्धान गर्न म्याद थप

निर्मला हत्या प्रकरणः बम दिदीबहिनीमाथि अनुसन्धान गर्न म्याद थप

भीमदत्तनगर, १४ भदौ ।  निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिएका बम दिदीबहिनी रोशनी  र बबितालाई आज एक साताको म्याद थप गरिएको छ । जिल्ला अदालत कञ्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि एक साताको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो । कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गत हत्या भएको थि...
रेडस्टार झापा पाथीभरा गोल्डकपको फाइनलमा

रेडस्टार झापा पाथीभरा गोल्डकपको फाइनलमा

ताप्लेजुङ, १४ भदौ । रेड स्टार झापा ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको फाइनलमा पुगेको छ । टाइबेकरमा ४–३ गोल अन्तरले राष्ट्रिय जागृति क्लब इटहरीलाई हराउँदै रेड स्टार झापा फाइनलमा पुगेको हो । निर्धारित र अतिरिक्त समयमासमेत १/१ गोलको बराबरी भएपछि खेल टाइबेकरमा धकेलिएको थियो । रेड स्टारका लागि पदम लामा, विवेक पौडेल, भुषण लिम्बू र कर्ण लिम्बूले टाइबेकरमा गोल गरेका थिए । राष्ट्रिय जागृति क्लब इटहरीका...
बिम्स्टेक सम्मेलनः जनतालाई गरीबीको जालो र अभावको दुष्चक्रबाट मुक्त गर्नुपर्नेमा प्रम ओलीको जोड

बिम्स्टेक सम्मेलनः जनतालाई गरीबीको जालो र अभावको दुष्चक्रबाट मुक्त गर्नुपर्नेमा प्रम ओलीको जोड

काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्गठनलाई दक्षिणपूर्व र दक्षिण एशियालाई जोड्ने सेतु बनाउनुपर्ने बताउनुभएको छ । चौथो बिम्स्टेक शिखर सम्मेलनको आज यहाँ आयोजित विशेष समारोहमा शुभारम्भ गर्दै उहाँले सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई बुद्ध र सगरमाथाको देशमा न्यानो अभिवादन...
बिम्स्टेक सम्मेलनः राजनीतिक र आर्थिक अवस्थामा सुधारमार्फत समृद्धि

बिम्स्टेक सम्मेलनः राजनीतिक र आर्थिक अवस्थामा सुधारमार्फत समृद्धि

काठमाडौँ, १४ भदौ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा बिम्स्टेकका सदस्य राष्ट्रको समृद्धि हुने बताउनुभएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सम्बोधन गर्दै बङ्गलादेशी प्रधानमन्त्री हसिनाले यस क्षेत्रको गरिबी र भोकमरीको अन्त्य तथा सुरक्षा, पर्यटन, ऊर्जा र सम्पर्क सञ्जालको विकास र विस्...
व्यापार, यातायात, डिजिटल र जनस्तरको सञ्जालमा काम गर्न मोदीको जोड

व्यापार, यातायात, डिजिटल र जनस्तरको सञ्जालमा काम गर्न मोदीको जोड

काठमाडौँ, १४ भदौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्र साझा संस्कृतिको अटुट बन्धनबाट जोडिएको बताउनुभएको छ । यहाँ शुरु भएको बिम्स्टेकको चौथो शिखर सम्मेलनको उद्घाटन समारोहमा मन्तव्य दिँदै उहाँले हिमालय पर्वत शृङ्खला र हिन्द महासागरबीचको बङ्गालको खाडी क्षेत्र सबै सदस्य राष्ट्रको विकास, प्रगति र सुरक्षा...
स्थापनाको दुई दशकपछि नेपालमा बिम्स्टेकको पहिलो शिखर सम्मेलन

स्थापनाको दुई दशकपछि नेपालमा बिम्स्टेकको पहिलो शिखर सम्मेलन

काठमाडौँ, १४ भदौ । स्थापनाको दुई दशकपछि नेपालले पहिलोपटक बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक को शिखर सम्मेलन आयोजनाको अवसर पाएको छ । “शान्त, समृद्ध र दिगोपनाउन्मुख बङ्गालको खाडीको क्षेत्र” भन्ने मूल नाराका साथ शुरु भएको बिम्स्टेकको चौथो शिखर सम्मेलन सफल आयोजना गरेकामा सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एंव सरकार प्रमुखले आफ्नो उद्घाटनसत्रको सम्बोधनका क्रम...
error: Content is protected !!