अमेरिकाबाट एम–१६ राइफल खरिद गर्दै नेपाली सेना

अमेरिकाबाट एम–१६ राइफल खरिद गर्दै नेपाली सेना

काठमाडौँ, ८ असोज । नेपाली सेनाले इन्सास र एसएलआर हतियार विस्थापन गरेर मामतहतका सबै फौजलाई अमेरिकी सेनाले प्रयोग गर्दै आएको ‘एम–१६’ राइफल उपलब्ध गराउने भएको छ। करिब १५ वर्षपछि एकै पटक एम–१६ राइफलसहित सेनाले अमेरिकाबाट ठूलो परिणाममा घातक सैन्य सामग्री किन्न लागेको हो। एउटा एम–१६ राइफलको मूल्य एक हजार ५०० देखि तीन हजार अमेरिकी डलरसम्म पर्ने छ। करिब ९७ हजार फौज तैनाथ रहेकोमा आगामी चार वर्षभित्र इन्स...
निर्मला हत्यापछि प्रदेश ७ मा मात्रै २८ जना बलात्कृत

निर्मला हत्यापछि प्रदेश ७ मा मात्रै २८ जना बलात्कृत

कञ्चनपुर, ८ असोज । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि प्रदेश ७ का विभिन्न स्थानमा बलात्कारका २८ वटा घटना भएका छन्। यस प्रदेशमा साउनमा १० र भदौमा १७ वटा बलात्कारका घटना भएको प्रदेश ७ प्रहरी कार्यालयको तथ्यांक छ। असोज ४ मा भएको बलात्कारको घटना भने यो तथ्यांकमा समावेश छैन। यो समेत यस प्रदेशमा साउनयता बलात्कारका २८ वटा घटना भएका हुन् । प्रदेश ७ मा पर्ने कञ्चनपुर उल्टाखामकी निर्मल...
धनकुटाको माघामा कृषि समुहको भवन उद्घाटन

धनकुटाको माघामा कृषि समुहको भवन उद्घाटन

धनकुटा, ७ असोज । धनकुटा नगरपालिका वडा नं. ४ स्थित माघामा हाङ्गचुवा कृषि समुहको भवन निर्माण कार्य सम्पन्न भएको छ । प्रदेश सरकार तथा नगरपालिकाको आर्थिक सहयोगमा भवन निर्माण गरिएको समुहका अध्यक्ष दिलकुमारी राईले बताइन् । प्रदेश ‘क’ का सांसद निरन राई मार्फत तीन लाख र धनकुटा नगरपालिका ४ नं.वडा कार्यालयको एक लाख सहयोग र स्थानीयको जनश्रमदानबाट भवन निर्माण गरिएको थियो । नव निर्मित भवनको प्रदेश सांसद...
बालिका बलात्कारको आरोपमा पक्राउ

बालिका बलात्कारको आरोपमा पक्राउ

मोरङ, ७ असोज । सुनसरीको धरान उप-महानगरपालिका ११ स्थित सगरमाथा टोलमा बालिका बलात्कारको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर जिल्लाको घोडेटार ७ रानीवास घर भई हाल धरान ११ बस्ने ३० वर्षिय दुर्गा बहादुर बि.क.लाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । बि.क.ले सोही स्थान बस्ने १२ बर्षीया बालिकालाई ललाई फकाई बलात्कार गरेको पीडित बालिकाका बाबुले दिएको जाहेरीको आधारमा पक्राउ गरी...
सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन स्थानमा जान कति भाडा ?

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन स्थानमा जान कति भाडा ?

काठमाडौँ, ७ असोज । सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो । शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा न्यूनतम भाडादर रु १४ कायम गरेको छ भने अधिकतम रु २७ हुनेछ । न्यूनतम चार किलोमिटर यात्रा ...
टाउको चुढिएको कंकाल भेटियो

टाउको चुढिएको कंकाल भेटियो

मोरङ, ७ असोज । मोरङमा सृङ्गखलाबद्ध अपराधका घटना भइरहेको अवस्थामा पुनः होमपाईपभित्र एक पुरुषको वेवारिसे अवस्थामा सडेको लाश फेला परेको छ । विराटनगर १८ बुधनगर जाने बाटो नजिकै खेतबारीको होमपाईपमा आइतवार शव फेला परेको हो । टाउको र शरिर सडिसकेको कारण पहिचान हुन नसकेका करिब ३० वर्षीय व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी ...
साउदी अरबको सार्वजनिक क्षेत्रमा महिलाको सहभागिता बढ्दै

साउदी अरबको सार्वजनिक क्षेत्रमा महिलाको सहभागिता बढ्दै

रियाद, साउदी अरब, ७ असोज । साउदी अरबको सञ्चार क्षेत्रमा महिलाको सहभागिता बढ्न थालेको छ । साउदी अरबको इतिहासमा महिलाद्वारा साँझको समाचार वाचन नहुने गरेकोमा वेयम अल ढखिलले साउदी टेलिभिजन च्यानल–१ मा समाचार वाचन गरी सञ्चारमाध्यममा साउदी महिलाको आकर्षण बढेको पुष्टि गर्नुभएको हो । ढखिलले राज्य सञ्चालित साउदी टेलिभिजन च्यानलका समाचार वाचक ओमार अल नशवानको छेउमा बसी शनिबार साँझको बुलेटिन पढ्नुभएको यहा...
धनकुटामा महिला सुरक्षाको माग राख्दै प्रदर्शन

धनकुटामा महिला सुरक्षाको माग राख्दै प्रदर्शन

धनकुटा, ७ असोज । सुरक्षाको माग राख्दै नेपाली कांग्रेसको भगिनी संगठन महिला संघले आइतवार धनकुटामा नारा जुलुश प्रदर्शन गरेको छ । कांग्रेस पार्टी कार्यालयबाट सुरु भएको जुलुशले बजारका विभिन्न भागको परिक्रमापछि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी सीताराम कार्की समक्ष ज्ञापन पत्र बुझाएको पार्टी सचिव विजयसन्तोषी राईले जानकारी दिए । उनीहरुले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि ...
नारायणगढ–मुुग्लिन सडक तीन ठाउँमा भासियो

नारायणगढ–मुुग्लिन सडक तीन ठाउँमा भासियो

चितवन, ७ असोज । नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सकिन नपाउँदै तीन ठाउँमा भासिएको छ । ती ठाउँमा सवारी एकतर्फी मात्रै सञ्चालनमा आएका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार पछिल्लोपटक नारायणगढबाट २६ किलोमिटर दूरीमा रहेको भालुढुङ्गामा ७५ मिटर लामो सडक भासिएको छ । सो ठाउँमा पाँच मिटर चौडा भासिएको हो । करीब २० सेन्टिरमिटर भासिएको छ । सडक विस्तार गर्दा छेउपट्टीबाट पर्ख...
भारतमा “मोदीकेयर” आरम्भ, विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम

भारतमा “मोदीकेयर” आरम्भ, विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम

नयाँदिल्ली, ७ असोज । भारतमा विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बीमा कार्यक्रम आइतबार घोषणा गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रमले ५० करोड गरिब मानिसलाई सेवा दिने बताउनुभएको छ । “मोदीकेयर” उपाधि दिइएको यो कार्यक्रमले गम्भीर बिरामी भएर उपचार गराउनुपर्ने हरेक गरिब परिवारलाई भारु ५ लाख (करिब ६ हजार ९०० डलर) बराबरको स्वास्थ्य सुविधा उपलब्ध हुनेछ । यो कार्यक्रमका लागि के...
सरकारले बिदेशबाट फर्किएकालाई १० लाख र सर्टिफिकेट धितोमा राखेर ७ लाखसम्म ऋण दिने

सरकारले बिदेशबाट फर्किएकालाई १० लाख र सर्टिफिकेट धितोमा राखेर ७ लाखसम्म ऋण दिने

काठमाडौं, ७ असोज । सरकारले उद्घोष गरेको सहुलियत ब्याजदरमा ऋण पाउने व्यवस्था कार्यान्यवनमा गएको छ । अब वैदेशिक रोजगारीबाट फर्किएका तथा उच्च शिक्षा हासिल गरेर पनि बेरोजगार बसेका र व्यवसायीक कृषि तथा पशुपंक्षीसम्बन्धी उद्योग व्यवसाय गर्न चाहानेले सरकारबाट सहुलियत ब्याजदरमा ऋण पाउनेछन् । जसमा बैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई सस्तो दरमा १० लाख सम्म त्यस्तैगरी शैक्षिक योग्यताको सर्टिफिकेट धितोमा राख...
साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा जोड

साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा जोड

लमही, ७ असोज । साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन् । प्रथम अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा सुस्तश्रवण साङ्केतिक भाषालाई राष्ट्रियकरण गर्नुपर्ने राप्ती बहिरा सङ्घका निर्देशक प्रतिमा शर्माले बताए । ‘‘सुस्तश्रवण भएकाका लागि आफ्नो कुरा व्यक्त गर्नेमाध्यम साङ्केतिक भाषा हो’ उनले भने,“त्यसैले यो भाषालाई राष्ट...
एएफसी यू–१६ महिला च्याम्पियनसिप: म्यान्माले फिलिपिन्सलाई हराउँदै उपाधि जित्यो

एएफसी यू–१६ महिला च्याम्पियनसिप: म्यान्माले फिलिपिन्सलाई हराउँदै उपाधि जित्यो

काठमाडौँ, ७ असोज । एएफसी सोह्र वर्षमुनि यू–१६ महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘ई’ को उपाधि म्यान्माले हात पारेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल एपिएफको मैदानमा आज भएको छनोट चरणअन्तर्गतको अन्तिम खेलमा म्यान्माले फिलिपिन्सलाई ५–१ गोलअन्तरले पराजित गर्दै समूह ‘ई’ को उपाधि रक्षा गरेको हो । तीन खेल खेलेको म्यान्मा ९ अङ्क जोड्दै शीर्ष स्थानमा रह्यो । उपाधिसहित म्यान्माले अर्को वर्ष थाइल्याण्डमा ...
दाङमा २,६८४ हेक्टर वन क्षेत्र अतिक्रमित

दाङमा २,६८४ हेक्टर वन क्षेत्र अतिक्रमित

घोराही, ७ असोज । भग्गु बुढा घोराही नगरपालिका वडा नं १८ स्थित कालिका सामुदायिक वनको अध्यक्षमा भर्खरै निर्वाचित हुनुभएको छ । अध्यक्ष हुनु अगाडि नै वन क्षेत्र अतिक्रमण गरेर सयौं घर बनेको देख्नुभएका उहाँमा त्यस्ता घर र अतिक्रमणमा परेका जग्गा कसरी फिर्ता गर्ने चिन्ता थपिएको छ । वनको जग्गामा लामो समयदेखि बस्दैआएकालाई हटाउन मश्किल हुने भएकाले सरकारी पक्षबाटै केही पहल भइदिए हुन्थ्यो भन्ने उहाँ ठान्नुहु...
मुलुकी संहितासम्बन्धी विधेयक राष्ट्रियसभामा सर्वसम्मतिले पारित

मुलुकी संहितासम्बन्धी विधेयक राष्ट्रियसभामा सर्वसम्मतिले पारित

काठमाडौँ, ७ असोज । राष्ट्रियसभाले “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५ लाई पारित गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पेश गरेका थिए । राष्ट्रियस...
राष्ट्रकवि निवासमा राष्ट्रपति पुग्दा…

राष्ट्रकवि निवासमा राष्ट्रपति पुग्दा…

काठमाडौँ, ७ असोज । “मेरा छ वटी छोरी छन्, उनीहरु देशमा महिला राष्ट्रपति भएकामा खुशी व्यक्त गरिरहन्छन् ।” सय वर्ष प्रवेशका अवसरमा जन्मदिनको शुभकामना दिन लैनचौरस्थित आफ्नो निवासमा आउनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले भन्नुभयो, “मेरो लागि यहाँसम्म कष्ट गर्नुभयो, म धन्य भएँ ।” शताब्दी जन्म वर्षका अवसरमा शान्तिपाठ र विशेष पूजासहित सहस्र चन्द्रदर्शन समारोहको तयारीमा...
माल्दीभ्समा राष्ट्रपतिका लागि मतदान सुरु

माल्दीभ्समा राष्ट्रपतिका लागि मतदान सुरु

माले, ७ असोज । माल्दीभ्समा राष्ट्रपति चयनका लागि आइतबार बिहानैदेखि देशव्यापी मतदान शुरु भएको छ । मतदानका लागि हजारौं मतदाता बिहानैदेखि विभिन्न मतदान केन्द्रहरुमा उत्साहजनक रुपमा लामबद्ध देखिएको माल्दीभ्सको निर्वाचन आयोगले जनाएको छ । माल्दीभ्समा यस पटक दुई लाख ६२ हजार १३५ जना मतदाता रहेका छन् । द्वीप समूहले बनेको माल्दीभ्समा चुनावका लागि देशभर ४७२ वटा मतदान केन्द्र रहेका छन् । मतदानको प्रारम्भिक ...
नेपाल–भारत जोड्ने पुल निर्माण तीन महिनादेखि अलपत्र

नेपाल–भारत जोड्ने पुल निर्माण तीन महिनादेखि अलपत्र

दार्चुला, ७ असोज । लेकम गाउँपालिका–३ लालीमा निर्माणाधीन नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य विगत तीन महिनादेखि रोकिएको छ । पुल निर्माण असार महिनादेखि शुरु हुनसकेको छैन । बर्खाको समयमा पानीको सतह बढेको भन्दै रोकिएको निर्माण अझै शुरु भएको छैन । ०७३ असोज ४ गते पुल निर्माणका लागि मनोमालिका कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । कूल रु एक करोड ३२ लाख लागतमा ठेक्का सम्झौता भएको दुई वर्ष ...
राष्ट्रपतिबाट राष्ट्रकविलाई जन्मदिनको शुभकामना

राष्ट्रपतिबाट राष्ट्रकविलाई जन्मदिनको शुभकामना

काठमाडौँ, ७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले १०० वर्ष प्रवेश गर्नुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा आज बिहान पुग्नु भइ जन्मदिनको शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिनुभएको हो । विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मनुभएका कविवर घिमिरे नेपाली जनजी...
कात्तिक ८ देखि बैतडीमा टी–ट्वान्टी क्रिकेट प्रगियोगिता

कात्तिक ८ देखि बैतडीमा टी–ट्वान्टी क्रिकेट प्रगियोगिता

बैतडी, ७ असोज । नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग ९एनपीएल० टी–ट्वान्टी क्रिकेट प्रगियोगिता २०७५ सञ्चालन हुने भएको छ । निङ्गलाशैनी क्रिकेट क्लब एनसिसी देहिमाडौँको आयोजनाका सञ्चालन हुने प्रतियोगिता कात्तिक ८ गतेदेखि शुरु हुने आयोजकले जनाएका छन् । प्रतियोगितामा प्रथम परस्कार रु एक लाख ११ हजार १११ ट्रफी तथा प्रमाणपत...
नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित

नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित

काठमाडौँ, ७ असोज । समयमै दुई मुलुकबीच सम्झौता हुन नसक्दा नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित बनेको छ। जापान अन्तर्राष्ट्रिय तालिम सहयोग संगठन जिट्को अन्तर्गत नेपाली प्रशिक्षार्थी कामदार जाँदै आएकोमा जापानले प्राविधिक प्रशिक्षण तालिम कार्यक्रम टीआईटीपी लागू गरेको छ। तर, टीआईटीपी अनुसार दुई मुलुकबीच सहयोग समझदारी एमओसी हुन नसक्दा जापानको रोजगारी अनिश्चित बनेको हो। प्रशिक्षर्थी कामदार लैजान...
गोरु भनेर लखेट्न जाँदा भालुको आक्रमण, एक गम्भीर घाईते

गोरु भनेर लखेट्न जाँदा भालुको आक्रमण, एक गम्भीर घाईते

बुटवल, ७ असोज । शनिबार अर्घाखाँचीको सितगङ्गा नगरपालिका १० सिद्धरा काठेखोलाका मानबहादुर नेपाली भालुको आक्रमणबाट गम्भीर घाईते भएका छन । कोदोबारीमा कोदो खाँदै गरेको अवस्थामा गोरु जस्तै ठानेर लखेट्न जाँदा नेपालीलाई भालुले आक्रमण गरेको थियो । उनको तिघ्रा र गुप्ताङ्गमा बढी चोट लागेको छ भने घाँटी र पिठ्युँमा समेत चोट लागेको छ । वडाध्यक्ष हिम्मत पोख्रेलको अगुवाईमा घाइते नेपालीलार्इ स्थानीयले उपचारक ल...
पप्पु कन्स्ट्रक्सनलाई फेरि नयाँ सरकारी ठेक्का

पप्पु कन्स्ट्रक्सनलाई फेरि नयाँ सरकारी ठेक्का

काठमाडौँ, ७ असोज । दर्जनौं ठूला पुल र सडककाे ठेक्का लिएर अलपत्र पार्ने र कम गुणस्तरका संरचना निर्माण गर्ने पप्पु कन्स्ट्रक्सनले फेरि २ अर्ब रुपैयाँभन्दा बढीको सरकारी ठेक्का पाउने भएको छ । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणका लागि टेन्डरमा सहभागी १२ कम्पनीमध्ये सबभन्दा कम दररेट प्रस्ताव गर्ने पप्पु छानिने निश्चित भएको हो । पुनर्निर्माण प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक...
शिशुको हत्या अभियोगमा आमा पक्राउ

शिशुको हत्या अभियोगमा आमा पक्राउ

बेत्रावती, ७ असोज । आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाँउपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ । शनिबार शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिनुभयो । श्रीमान वैदेशिक रोजगारमा गएको समयमा परपुरुषसँगको सम्पर्कबाट जन्मेको शिशुको शव रहेको स्थानको घटनास्थल मु...
पोर्न प्रतिबन्ध सम्भव छ नेपालमा ?

पोर्न प्रतिबन्ध सम्भव छ नेपालमा ?

काठमाडौँ, ७ असोज । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले ‘पोर्न साइट’ बन्द गराउने भएको छ । मन्त्रालयले यस्ता वेबसाइट बन्द गराउन दूरसञ्चार प्राधिकणलाई निर्देशन दिएको छ । अश्लील सामग्रीमा इन्टरनेटको माध्यमबाट हुने पहुँचमा रोक लगाउन वेबसाइट बन्द गर्न आवश्यक भएकाले यस्तो निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । तर, साइबर कानुन र इन्टरनेटसम्बन्धी मुद्दाका जानकार अधिवक्ता बाबुराम अधिकारी भने सरकारले यस्...
सिधुवामा ग्रासरुट फुटवल (फोटो फिचरसहित)

सिधुवामा ग्रासरुट फुटवल (फोटो फिचरसहित)

सिधुवा, ६ असोज । धनकुटाको सिधुवामा ग्रासरुट फुटवल प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला फुटवल संघको आयोजनामा भएको प्रतियोगितामा छथर जोरपाटी गाउँपालिकाका बिभिन्न बिद्यालयका ७४ जना बिद्यार्थी सहभागि थिए । एन्फाको कार्यक्रम अन्र्तगत वालवालिकालाई लक्षित गरी प्रतियोगिता गरिएको हो । कार्यक्रममा छथर जोरपाटी पाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले खेलकुदको बिकासका लागि प्रशस्त बजेट बिनियोजन गरिएको जानक...
धनकुटामा कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

धनकुटामा कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

धनकुटा, ६ असोज । नेपाल तरुण दल साँगुरीगढीले शनिवार भेडेटारको थुम्कीमा जनप्रतिनिधिहरुलाई सम्मान र क्यान्सरपीडितलाई सहयोग गरेको छ । स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान गरिएको हो । सम्मानीत हुनेमा साँगुरीगढी–५ का वडाध्यक्ष पलकवहादुर वस्नेत, वडा सदस्य संगिता तोलांगी, वडा नं. ६ का वडाध्यक्ष यमप्रकाश मगर, वडा सदस्यहरु सुन वहादुर राई, महोनलाल लिम्...
जन्म र मृत्यु दर्ता गर्दा प्रोत्साहन रकम

जन्म र मृत्यु दर्ता गर्दा प्रोत्साहन रकम

मङ्गलबारे, इलाम ६ असोज । व्यक्तिगत घटना दर्ता प्रक्रियालाई सहज बनाउने उद्देश्यले इलाम फाकफोकथुम गाउँपालिकाले प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । गाउँपालिकाको हालै सम्पन्न दोस्रो गाउँसभाले जन्मदर्ता र मृत्युदर्ता समयमै गरेमा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको हो । व्यक्तिगत घटनालाई प्रोत्साहित गर्न ३५ दिनभित्रमा घटना दर्ता गरेमा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका प्र...
धनकुटा: प्रहरीको गाडीमा ढुंगा हानेको आरोपमा जनप्रतिनिधि पक्राउ

धनकुटा: प्रहरीको गाडीमा ढुंगा हानेको आरोपमा जनप्रतिनिधि पक्राउ

धनकुटा, ६ असोज । गस्तीमा रहेको प्रहरीको गाडीमा ढुंगा हानेको आरोपमा पाख्रीबास नगरपालिका वडा न ४ का वडा सदस्य बम बहादुर गुरुङ पक्राउ परेका छन् । माधक पदार्थ सेवन गरी इलाका प्रहरी कार्यालय पाख्रीबासको बा.२ झ.२३३ नम्बरको गाडीमा ढुंगा प्रहार गरेको भन्दै वडा सदस्य गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । पाख्रीबास नगरपालिका कार्यालय अगाडी रोकिराखेको अवस्थामा गुरुङले गाडीमा ढुंगा प्रहार गरेको प्रहरीको आरो...
बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गर्न माग

बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गर्न माग

काठमाडौँ, ६ असोज । शान्तिका अग्रदूत गौतम बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गर्नुपर्नेमा जोड दिइएको छ । विश्व शान्ति दिवसका अवसरमा नेपाल विश्व शान्ति विकास समाजले आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताले परिवर्तित सन्दर्भमा नेपालको विदेश नीति र विश्व शान्ति एवं विकासमा संयुक्त राष्ट्रसङ्घको भूमिकाका बारेमा चर्चा गर्नुभयो । विश्वमा शान्तिको सन्देश प्रवाह गर्नुहुने बुद्धलाई ब्रह्माण्डकै ज्योति घो...
राष्ट्रसंघीय महासभामा कोफी अन्नानको सम्झना

राष्ट्रसंघीय महासभामा कोफी अन्नानको सम्झना

संयुक्त राष्ट्रसंघ, ६ असोज । “संयुक्त राष्ट्रसंघ र कोफी अन्नान एक अर्काका परिपुरक हुन्, एउटालाई भुलेर अर्को अपुरो हुन्छ,” राष्ट्रसंघका वर्तमान महासचिव एन्टोनिओ गुटेर्रेसले पूर्व महासचिव अन्नानलाई सम्झदै शुक्रबार भन्नुभयो । पूर्व महासचिव अन्नानका गत अगस्ट १८ तारिखका दिन निधन भएकाले महासभामा उहाँको सम्झना गरिएको हो । घानाका नागरिक अन्नानले विश्वमा शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको भन...
error: Content is protected !!