स्वदेशी लगानीमा माथिल्लो अरुण निर्माण हुने

स्वदेशी लगानीमा माथिल्लो अरुण निर्माण हुने

काठमाडौँ, ६ असोज । नेपाली जनताको लगानीमा करीब एक हजार मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजनाको संरचनाअनुसार कूल लगानीको ४९ प्रतिशत शेयर नेपाली नागरिकलाई प्रदान गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ । सो आयोजनामा नेपाल विद्युत् प्राधिकरणलगायत अन्य संस्था तथा कम्पनीकोसमेत शेयर लगानी हुनेछ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो आयोजनालाई कम्पनी ढाँचामा अग...
नेपाल टेलिभिजनमा संस्कृतमा समाचार शुरु

नेपाल टेलिभिजनमा संस्कृतमा समाचार शुरु

काठमाडौँ, ६ असोज । नेपाल टेलिभिजनले आजदेखि संस्कृत भाषामा पनि समाचार प्रसारण शुरु गरेको छ । हरेक शनिबार बिहान ९ बजे प्रसारण हुने सो समाचारले संस्कृत भाषाको प्रवद्र्धन र संरक्षणका साथै बहुभाषिक पहिचानयुक्त नेपालको भावनालाई राष्ट्रको प्रसारण संस्थाका तर्फबाट सम्बोधनको पहल हुने नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए । टेलिभिजनले थारु, लिम्बू, भोजपुरी, मैथिली, नेवारी, अ...
छक्कापञ्जा–३ घटस्थापनाबाट प्रदर्शनमा आउने

छक्कापञ्जा–३ घटस्थापनाबाट प्रदर्शनमा आउने

काठमाडाै, ६ असोज । चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने भएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी निर्माण समूहले चलचित्रको झलक (ट्रेलर) र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको हो । “प्रदर्शन मितिमा तनाब थियो, शुक्रबार साँझ मात्रै मिति तय गरियो”, मुख्य कलाकार दीपकराज गिरीले भन्नुभयो, “आशा छ चलचित्रले दर्शकको राम्रो माया पाउँछ ।” उहाँले असोज २४ गते घटस्थापनाबाट ‘...
दशैँको साइत सार्वजनिक

दशैँको साइत सार्वजनिक

काठमाडौँ, ६ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उहाँले बताए । असोज...
धितोपत्र बजारमा यस साता दुई अर्ब ६२ करोडको कारोबार

धितोपत्र बजारमा यस साता दुई अर्ब ६२ करोडको कारोबार

काठमाडौँ, ६ असोज । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६२ करोड ५० लाख १४ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल १८९ कम्पनीको ९० लाख ७० हजार ७७० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २४.९१ प्रतिशत बढी हो । गतसाता कूल १८६ कम्पनीको एक करोड दुई लाख ५५ हजार ६८० कित्ता शेयर रु दुई अर्ब १० करोड १५ लाख ६५ हजार बराबरको खरिद बिक्री भएका थिए । यस ...
दार्चुलादेखि ताप्लेजुङसम्म भारतले मिच्याे ६०० वर्गकिलोमिटर नेपाली भूभाग

दार्चुलादेखि ताप्लेजुङसम्म भारतले मिच्याे ६०० वर्गकिलोमिटर नेपाली भूभाग

काठमाडौं, ६ असोज । भारतले ६०० वर्गकिलोमिटरभन्दा बढी नेपाली भूभाग अतिक्रमण गरेको भेटिएको छ। दार्चुलादेखि ताप्लेजुङसम्म सिमा जोडिएका ७१ स्थानमा भारतले अतिक्रमण गरी नेपाली भू–भाग कब्जा गरेको हो। नेपालका २७ जिल्लाको सिमाना भारतसँग जोडिएको छ। नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले ७१ स्थानको ६०६ वर्गकिलोमिटर नेपाली भूभाग भारतले अतिक्रमण गरेको बताए। खुला सीमाका कारण भारतले नेपाली भूभाग...
आज ३९ औँ विश्व पर्यटन दिवस: विविध कार्यक्रम गरी मनाइदै

आज ३९ औँ विश्व पर्यटन दिवस: विविध कार्यक्रम गरी मनाइदै

काठमाडौँ, ६ असोज । नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल नाट्टाले ३९ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागेको छ । सो क्रममा नाट्टाले आज बिहान प्रमुख धार्मिक तथा पर्यटकीयस्थल स्वयम्भूमा सरसफाइ गरेको छ । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, पर्यटन व्यवसायी, स्वदेशी तथा विदेशी पर्यटकको सहभागिता थियो । आजै धनन्तरी फुटसल क्लब भत्केपुलमा आयोजन...
अमेरिकामा एक नेपालीसहित तीनको हत्या

अमेरिकामा एक नेपालीसहित तीनको हत्या

वाशिङ्टन, डिसी, ६ असोज । अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् । एक कम्पनीमा नै अल्पत्कालीन काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कंपनीमा बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे अन्धाधुन्धा गोली प्रहार गर्दा नेपाली महिला ४१ वर्षीया वृन्दा गिरीसहित अन्य दुईको निधन भएको शुक्रबार स्थानीय अधिकारी...
नेकपाको प्रदेश कमिटीमा पूर्वएमाले हावी

नेकपाको प्रदेश कमिटीमा पूर्वएमाले हावी

काठमाडौँ, ६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशका २८ पदाधिकारी शुक्रबार टुंगो लागेको छ । पार्टीको मापदण्ड मिचेर नेताहरूले भागबन्डा गरेका छन् । नेकपाले विभिन्न सरकारका पदमा रहेकालाई मुख्य जिम्मेवारी नदिने नियमावली बनाए पनि केही मुख्यमन्त्रीसहितलाई पार्टीको कार्यकारी कमिटीको प्रमुख बनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र...
दशैंका लागि खसीबोका किन्दै हुनुहुन्छ ? सिङ हेरेर किन्नुहोस्

दशैंका लागि खसीबोका किन्दै हुनुहुन्छ ? सिङ हेरेर किन्नुहोस्

काठमाडौँ, ६ असोज । नेपालीको महान चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौं लगायतका मुख्य शहरमा भित्रिने खसी बोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले विशेष गरी राजधानी भित्रिने पशुपंक्षीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिन लागेको छ । महानगरपालिकाले राजधानी भित्रिने खसी, बोका, राँगो, भैंसी स्वस्थ छन् कि छैनन् भनेर परीक्षण गर्ने र यसरी परीक्षण गरेका खसी बोका राँगा भैंसीको सिङ...
अश्लील वेबसाइट बन्द गर्दै सरकार

अश्लील वेबसाइट बन्द गर्दै सरकार

काठमाडौँ, ६ असोज । सरकारले यौनजन्य अश्लील सामाग्री प्रकाशन गर्ने वेबसाइट बन्द गराउने भएको छ । इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लील समाग्रीमा सहज पहुँच हुँदा सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता वेबसाइट बन्द गराउन लागेको हो । संचार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी त्यस्ता वेबसाइट बन्द गरउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ । मुलुकी अपराध (संहिता)...
अश्लिल सामग्रीको प्रकाशन/प्रसारणमा रोक

अश्लिल सामग्रीको प्रकाशन/प्रसारणमा रोक

काठमार्डाैँ, ५ असोज । सरकारले यौनजन्य अश्लिल सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता सामग्रीको प्रकाशन तथा प्रसारणमा रोक लगाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधिले समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेकाले यौनजन्य अश्लिल सामग्रीको आदान प्रदान, प्रकाशन र प्रसारणलाई बन्देज...
खुर्शिद हत्या छानविन गर्न समिति गठन

खुर्शिद हत्या छानविन गर्न समिति गठन

काठमाडौँ, ५ असोज ।  गृह मन्त्रालयले सुनसरीका शिक्षक खुर्शिद अन्सारीको हत्याको घटनाबारे छानविन गर्न प्रदेश १ का प्रहरी वरिष्ठ उपरीक्षक किशोर दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । मन्त्रालयले दाहालको संयोजकत्वमा प्रहरी उपरीक्षक रेशमकुमार थन्सु, उप अनुसन्धान निर्देशक तुलसी प्रसाईं, १ नं प्रदेशका आन्तरिक मामिला मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य सदस्य र सुनसरी जिल्ला प्रशासन...
इपिएसमार्फत कामदार लैजाने सम्झौता नवीकरण

इपिएसमार्फत कामदार लैजाने सम्झौता नवीकरण

काठमाडौँ, ५ असोज । नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजानेसम्बन्धी सम्झौताको नवीकरण भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले उहाँको दक्षिण कोरियाली समकक्षी ली जेइ क्यापले पठाउनुभएको सम्झौता नवीकरण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभएपछि सम्झौताको नवीकरण भएको हो । दुई वर्षअघि नेपाल–कोरियाबीच भएको उक्त समझदारीको अवधि यही असोज...
फ्रान्समा तातो हावाका कारण एक हजार ५०० को मृत्यु

फ्रान्समा तातो हावाका कारण एक हजार ५०० को मृत्यु

पेरिस, ५ असोज । अति उच्च तापक्रम तथा तातो हावाका कारण फ्रान्समा अहिलेको गर्मी याममा मात्रै १५ सय भन्दा बढीको मृत्यु भएको छ । मृत्यु भएका मध्ये अधिकांश जेष्ठ नागरिक रहेको फ्रान्सका स्वास्थ्य मन्त्री अग्नेज बजिनले शुक्रबार जानकारी दिए । यद्यपि तातो हावाका कारण यसबर्ष मृत्यु हुनेहरुको संख्या यसअघि सन् २००३ मा मृत्यु हुनेहरुको भन्दा दश गुणा कम भएको समाचारमा जनाइएको छ । त्यतिबेला १५ हजारदेखि २० हज...
प्रदेश नेतृत्व चयनले नेकपामा जिल्लास्तरको एकता सहज

प्रदेश नेतृत्व चयनले नेकपामा जिल्लास्तरको एकता सहज

काठमाडौँ, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज र प्रदेश सङ्गठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएपछि आधारभूत तहसम्मको एकता प्रक्रिया सहज हुने देखिएको छ । शीर्ष नेताहरुको व्यस्तता, विदेश भ्रमण र तलबाट आएका नामावलीमा सहमति जुटाउन समय लाग्दा मातहतको एकतामा ढिलाइ भएकामा पार्टीको आजको सचिवालय बैठकले प्रदेशको नेतृत्व चयन गरेपछि बाटो खुलेको हो । प्रधानमन्त्रीक...
सरकार र यातायात व्यवसायीबीच आठबुँदे सहमति

सरकार र यातायात व्यवसायीबीच आठबुँदे सहमति

काठमाडौँ, ५ असोज । मुलुकी संहिताको विरोध गर्दै आन्दोलनमा रहेका यातायात मजदूर र सरकारबीच आठबुँदे सहमति भएको छ । सहमतिसँगै बन्द यातायात आजदैखि सञ्चालनमा आउने वार्तामा सहभागी यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको वार्तामा नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले दिएको ज्ञापनपत्रलाई कार्यान्वयनमा लैजान गृह, भौतिक...
मेचीनगरमा सोह्र नयाँ कुष्ठरोगी फेला

मेचीनगरमा सोह्र नयाँ कुष्ठरोगी फेला

भद्रपुर, ५ असोज । मेचीनगर नगरपालिकामा १६ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । नगरले कुष्ठरोगीको खोजी गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउन थालेपछि नयाँ बिरामी धमाधम फेला पर्न थालेका हुन् । नगरपालिकाको स्वास्थ्य शाखा संयोजक शशीकला राईले स्वास्थ्यकर्मीहरु कुष्ठरोगी खोज्दै गाउँगाउँ पस्न थालेपछि नगरका विभिन्न वडामा १६ जना नयाँ रोगी फेला परेको बताउनुभयो । संयोजक राईका अनुसार वडा नं १० को धुलाबारी क्...
प्रतिबन्धको नाममा अमेरिकाले आगोसँग खेल्दैछ– रसिया

प्रतिबन्धको नाममा अमेरिकाले आगोसँग खेल्दैछ– रसिया

मस्को, ५ असोज । रसिया र चीन बिरुद्ध लक्षित पछिल्ला अमेरिकी प्रतिबन्धहरु विश्वको स्थायित्वका लागि खतरा रहेको रुसले जनाएको छ । रुसी उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले एक विज्ञप्ति प्रकाशन गरी अमेरिकाले आगोसँग खेल्न चाहेको प्रतिक्रिया दिनुभयो । मन्त्री सेर्गेइले रुस–अमेरिका सम्बन्धमा तनाब निर्माण गर्दा विश्वमा स्थायित्व आउँछ भन्नु मुर्खता मात्र हो भन्नुभएको छ । “आगोसँग खेल्न खोज्नु मूर्खता हो, यसको...
तान्जानियामा डुङ्गा दुर्घटना, एक सयको मृत्यु, दर्जनौ वेपत्ता

तान्जानियामा डुङ्गा दुर्घटना, एक सयको मृत्यु, दर्जनौ वेपत्ता

नैरोबी, ५ असोज । तान्जानियामा रहेको अफ्रिकाको ठूलो ताल भिक्टोरियामा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा एकसय जनाको मृत्यु हुनको साथै अन्य दर्जनौ वेपत्ता भएका छन् । तान्जानियाका उद्धारकर्ताहरुले शुक्रबार सो दुर्घटना भएको जानकारी दिएका छन् । बेपत्ताहरुको खोजीकार्य शुरु गरिएको र उनीहरुको जीवितै उद्धारका लागि प्रयास जारी रहेको तान्जानियाको सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ । यहाँको उकारा द्वीपनजिक...
सरकारको प्राथमिकतामा ठूला क्षमताका प्रसारण लाइन

सरकारको प्राथमिकतामा ठूला क्षमताका प्रसारण लाइन

काठमाडौँ, ५ असोज । सरकारले ठूला क्षमताका प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखेर निर्माण गर्ने भएको छ । हाल सञ्चालनमा रहेका २२० केभी र ४०० केभी क्षमताको प्रसारण लाइनको विकल्पमा ७६५ केभी क्षमताका प्रसारण लाइन निर्माण गर्ने योजना अगाडि सारेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पूर्वपश्चिम राजमार्ग र रसुवागढी– काठमाडौँ –विरगन्ज करिडोरमा हालसम्मकै उच्च क्षमताको प्रसारण लाइन निर्माण ...
सबै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय

सबै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय

काठमाडौँ, ५ असोज । नेपाल कृषि अनुसन्धान परिषद् नार्कले प्रदेशस्तरमा अनुसन्धान निर्देशनालय स्थापना गर्ने भएको छ । सरकारी निकाय धमाधम सङ्घीय संरचनाअनुरुप अघि बढिरहेका बेला नार्कले पनि आफूलाई सङ्घीय संरचनामा ढाल्न निर्देशनालय स्थापनाको सोच अघि सारेको हो । हाल मुलुकका ६२ जिल्लामा नार्कको सञ्जाल विस्तार भए पनि प्रदेशस्तरमा सङ्गठन छैन । नार्कका सूचना अधिकृत बाबुराम पौडेलले सङ्घीय संरचनाअनुरुप अघि बढ्...
कफी संस्कृतिमा नयाँ आयाम, कफीमा यार्सागुम्बा

कफी संस्कृतिमा नयाँ आयाम, कफीमा यार्सागुम्बा

काठमाडौँ, ५ असोज । बझाङका २५ वर्षीय सत्य थापा र काठमाडौँका २७ वर्षीय विशाल चौलागाईंलाई युवा अवस्थामा नै केही फरक पेशा, व्यवसाय गर्ने हुटुहटी जागी रहन्थ्यो । आ–आफ्नै पेशामा रहेका उनीहरुको मनमा एक दिन नयाँ कल्पना फु¥यो, यार्सागुम्बासहितको कफीको व्यवयास गर्ने । के युवा, के वृद्ध, सबैमाझ लोकप्रिय बन्दै गएको ‘कफी संस्कृति’ लाई नयाँ आयाम प्रदान गर्न उनीहरु कफीको साथमा यार्सागुम्बा ‘सर्भ’ गर्ने निष्कर...
विद्युत् प्राधिकरणमा नयाँ व्यवस्था, नेताको हाजिर अनिवार्य

विद्युत् प्राधिकरणमा नयाँ व्यवस्था, नेताको हाजिर अनिवार्य

काठमाडौँ, ५ असोज । नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील ट्रेड युनियनका पदाधिकारीले नियमितरुपमा हाजिर गरी काम काज गर्ने गरी नयाँ व्यवस्था लागू गएिको छ । आन्तरिक प्रशासन प्रणाली सुधार गरी नागरिकलाई बढीभन्दा बढी सेवा दिने लक्ष्यका साथ प्राधिकरणले सो व्यवस्था लागू गरेको हो । गत भदौ २५ गते बसेको प्राधिकरण बैठकले मिटर रिडर बाहेकका हकमा अनिवार्य हाजिरी गर्नुपर्ने र त्यसलाई व्यावहारिकरुपमा कार्यान्वयन ...
ठूलो संयुक्त राष्ट्र सङ्घमा साना मुलुकका कुरा

ठूलो संयुक्त राष्ट्र सङ्घमा साना मुलुकका कुरा

काठमाडौँ, ५ असोज । संयुक्त राष्ट्र सङ्घको ७३ औँ महासभा न्यूयोर्कमा आरम्भ भएपछि विश्वभरका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको मार्ग महासभा सञ्चालन भइरहेको भवनतर्फ सोझिएको छ । यसका बीच ठूला वा साना मुलुक कसले यस विश्व सङ्गठनबाट सबैभन्दा बढी फाइदा लिने भन्ने बहस निरन्तर चलिरहेको छ । कहिलेकाहीँ भन्ने गरिन्छ, ‘सुरक्षा परिषद्को आसनमा नभएको मुलुक टेबुल र मेनुमा हुन्छ ।’ यसैले पनि यो ब...
झापामा शनिबारदेखि टि–२० क्रिकेट प्रतियोगिता

झापामा शनिबारदेखि टि–२० क्रिकेट प्रतियोगिता

भद्रपुर, ५ असोज । कनकाई नगरपालिकास्थित कनकाई माध्यमिक विद्यालयको खेल मैदानमा शनिबारदेखि राष्ट्रियस्तरको खुल्ला नकआउट टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । यही असोज १२ गतेसम्म हुने उक्त प्रतियोगितामा मकवानपुर क्रिकेट एकेडेमी, युथ क्रिकेट एकेडेमी, उदयपुर क्रिकेट एकेडेमी, खुकुरी क्रिकेट एकेडेमी, ह्वाइट वास क्रिकेट क्लब, लाली गुराँस क्रिकेट एकेडेमी र युनाइटेड क्रिकेट एकेडेमीको सहभागिता रहने संयोज...
जर्मनीद्वारा सात अर्ब ५० करोड अनुदान सहायता

जर्मनीद्वारा सात अर्ब ५० करोड अनुदान सहायता

काठमाडौँ, ५ असोज । जर्मनीले नेपालको सामाजिक, आर्थिक विकासका आयोजना कार्यान्वयन गर्न रु सात अर्ब ५० करोड बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । बिहीबार जर्मनीको बर्लिनमा सम्पन्न नेपाल–जर्मनी विकास सहायतासम्बन्धी वार्तामा जर्मनीले आगामी दुई वर्षका लागि उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो । बर्लिनस्थित नेपाली राजदूतावासका अनुसार जर्मनीले ऊर्जा दक्षता कार्यक्रमअन्तर्गत लेखनाथ...
विधान परिमार्जन गर्न काँग्रेसले सातै प्रदेशमा राय लिने

विधान परिमार्जन गर्न काँग्रेसले सातै प्रदेशमा राय लिने

काठमाडौँ, ५ असोज । नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा समितिले संशोधित विधानका सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिने भएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै काँग्रेसले पनि त्यसअनुरुप विधान परिमार्जन गर्न सातै प्रदेशबाट राय तथा सुझाव सङ्कलन गर्न लागेको हो । काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेका समितिले पार्टीको संशोधन हुन लागेको विधानमा सम्बन्धित प्रदेशका केन्द्रीय सद...
नेकपाले लगायो प्रदेश इन्चार्ज र अध्यक्षको टुङ्गो

नेकपाले लगायो प्रदेश इन्चार्ज र अध्यक्षको टुङ्गो

काठमाडौँ, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सातै प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा आज बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव बमोजिम पार्टी जिम्मेवारी तोकिएको हो । पार्टी सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री...
मुस्ताङमा साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना हुने

मुस्ताङमा साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना हुने

मुस्ताङ, ५ असोज । नेपाल सरकारले हिमाली पर्यटकीय जिल्ला मुस्ताङमा साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ । घरपझोङ गाउँपालिका–२ मार्फामा बिहीबार शुरु भएको ‘४८औँ थाक खेलकूद प्रतियोगिता’ उद्घाटन कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले मुस्ताङमा हाइ अल्टिच्युड र साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका हुन । “खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने सरकारको ...
भक्तपुरमा इन्द्रजात्रा शुरु

भक्तपुरमा इन्द्रजात्रा शुरु

मध्यपुर, ५ असोज । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा आजबाट शुरु भएको छ । इन्द्रजात्राको अवसरमा टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिनमा भक्तपुरमा इन्द्रको मूर्तिस्वरुप लिङ्गो उठाउने प्रचलन रहेको छ । यसरी ठड्याइएको लिङ्गोलाई नेवारी भाषामा यम्वोःद्यो भनिन्छ । देवराज इन्द्रकी आमा बसुन्धरालाई भाद्र शुक्ल चौथी...
error: Content is protected !!