जुम्लामा जीप दुर्घटना: एकै परिवारका तीन जनाको घटनास्थलमै मृत्यु

जुम्लामा जीप दुर्घटना: एकै परिवारका तीन जनाको घटनास्थलमै मृत्यु

जुम्ला, ७ कात्तिक । सिंजा गाउँपालिकाको नराकोटमा आज जीप दुर्घटना हुँदा एकै परिवारका नाबालिकासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । जुम्ला बजारबाट नराकोटसम्म रिजर्भमा गएको भे १ ज ८६५ नंको जीप दुर्घटना हुँदा तिला गाउँपालिका–३ का लाले सार्कीसहित उनकी श्रीमती जानकी र आठ महीनाकी छोरी मैनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जीप सडकबाट २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक ...
भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाइने

भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाइने

काठमाडौँ, ७ कात्तिक । शहरी विकास मन्त्रालयले भक्तपुरस्थित सानोठिमी क्याम्पस पछाडिको जग्गामा अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाउने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले नेपाल नागरिक उड्डययन प्राधिकरणका नाममा रहेको १८९ रोपनी जग्गामा सो भवन बनाउन तयारी गरिएको जानकारी दिए । मन्त्रालयले ५८ रोपनी जग्गामा मात्र भवन बनाउन प्रस्ताव गरेकामा मन्त्रिपरिषद् बैठकले पूरै ज...
सिटीइभिटीको पाँच वर्षे रणनीतिक योजना निर्माण शुरु

सिटीइभिटीको पाँच वर्षे रणनीतिक योजना निर्माण शुरु

भक्तपुर, ७ कात्तिक । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी)को व्यवस्थापनको विशिष्टताका लागि पाँच वर्षे नयाँ रणनीति योजना निर्माण शुरु भएको छ । सिटीइभिटीले आज प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टिआइटिआइ)मा आयोजना गरेको पाँच दिने रणनीतिक योजना निर्माण कार्यशालाको उद्घाटन गर्दै शिक्षा सचिव खगराज बरालले सिटीइभिटीले प्रत्येक जनताको हातहातमा सीप दिएर समृद्ध नेपालको सपनालाई पूरा गर्ने र...
पोखरा प्रिमियर लिगको विजेताले सत्ताइस लाख पाउने

पोखरा प्रिमियर लिगको विजेताले सत्ताइस लाख पाउने

काठमाडौँ, ७ कात्तिक । पोखरामा यसै साताबाट शुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेता टोलीले रु २७ लाख प्राप्त गर्ने भएको छ । क्विन्स इभेन्ट्स प्रालिको आयोजनामा यही कात्तिक ९ देखि २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेता टोलीलाई रु २७ लाख दिने निर्णय भएको क्विन्स इभेन्ट्स प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए । त्यस्तै प्रतियोगिताका उपविजेता ...
फुटबलको विकासका लागि नेपाल र कतारबीच सम्झौता

फुटबलको विकासका लागि नेपाल र कतारबीच सम्झौता

काठमाडौँ, ७ कात्तिक । फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । कतार भ्रमणमा रहेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन (क्युएफए) बीच फुटबलको विकासमा सहयोग गर्नेसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । सम्झौता आगामी पाँच वर्षसम्मका लागि भएको एन्फाले जनाएको छ । दुवै राष्ट्रको फुटबल विकासका लागि एन्फा र क्युएफएको मुख्यालय दोहामा एन्फाका ...
दशैँमा पाँच केजी चामल पनि पाइएन, रोटी पकाएर खान बाध्य

दशैँमा पाँच केजी चामल पनि पाइएन, रोटी पकाएर खान बाध्य

हुम्ला, ७ कात्तिक । बडादशैँका लागि सर्वसाधारण जनताले नेपाल खाद्य संस्थानबाट पाँच केजी चामल पनि पाउन सकेनन् । स्थानीयवासीले दशैँजस्तो ठूलो पर्वमा पनि चामल नपाउँदा नेपालगञ्जबाट आटोको रोटी पकाएर खान बाध्य भएको स्थानीयवासी गङ्गाबहादुर शाहीले जानकारी दिए । जिल्ला समन्वय समितिका प्रमुख एवं नेपाल खाद्य समितिका अध्यक्ष दानबहादुर राउतले पटक पटक बैठकमार्फत केन्द्रसँग १५ हजारदेखि २० हजार क्वीन्टलसम्म माग ...
साउदी युवराजले भेटे खसोग्गीका छोरालाई, प्रायोजित भेट भन्दै ट्वीटरमा व्यापक विरोध

साउदी युवराजले भेटे खसोग्गीका छोरालाई, प्रायोजित भेट भन्दै ट्वीटरमा व्यापक विरोध

काठमाडौँ । मंगलबार साउदी राजा र युवराजले टर्कीस्थित साउदी वाणिज्य दूतावासमा मारिएका जमल खसोग्गीका छोरा सलाहलाई भेटेका छन् । रियादस्थित यमामाह शाही दरबारमा भएको भेटमा जमलका भाई सहेल पनि सलाहसँगै थिए । साउदी सरकारी एजेन्सीले भेटमा राजा र युवराजले खसोग्गीका नजिकका दुई आफन्तलाई तिनको परिवारमाथि परेको शोकको लागि संवेदना व्यक्त गरेको जनाएको छ । ट्वीटर प्रयोगकर्ताहरुले भने साउदी सरकारले सार्वजनिक गरे...
तीन महीनामा एक खर्ब राजश्व आम्दानी, सबैभन्दा बढी आयात भारतबाट

तीन महीनामा एक खर्ब राजश्व आम्दानी, सबैभन्दा बढी आयात भारतबाट

काठमाडौँ, ७ कात्तिक । चालू आर्थिक वर्षको तीन महीनामा अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशत बढी राजश्व आम्दानी भएको छ । भन्सार विभागका अनुसार यस अवधिमा कूल रु एक खर्ब एक अर्ब २४ करोड राजश्व आम्दानी भएको छ । यस अवधिमा विभागले रु ९२ अर्ब ४२ करोड राजश्व आम्दानी गर्ने लक्ष्य राखेको विभागका निर्देशक विनोदशरण आचार्यले राससलाई जानकारी दिए । मुलुकका विभिन्न भन्सार कार्यालयबाट वस्तुको आयात निर्यात हुने गरेको छ...
उदयपुरमा ७५ बर्षिया बृद्धालाई मलमूत्र खुवाईयो

उदयपुरमा ७५ बर्षिया बृद्धालाई मलमूत्र खुवाईयो

उदयपुर, ७ कात्तिक । उदयपुरमा एक बृद्धालाई मानव मलमुत्र खुवाईएको छ । उदयपुरगढी गाउँपालिका वडा नं. ५ मौवासीकी ७५ बर्षिय महिलालाई मलमुत्र खुवाएको हो । गाउँमा एक्लै बसी गुजारा गर्दै आएकी बृद्धालाई छिमेकीको परिवारै मिलेर मलमुत्र खुवाएको व्यहोराको निवेदन जिल्ला प्रहरीमा आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । छाडा पशु चौपायाको विषयमा विवाद हुदाँ वृद्धालाई मानव मलमूत्र जाहेरीमा उल्लेख छ । छाडा ...
नेकपाको चियापानमा ५० हजारलाई निम्तो

नेकपाको चियापानमा ५० हजारलाई निम्तो

काठमाडौँ, ७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) आगामी शनिबार हुन गइरहेको चियापान कार्यक्रमको तयारी पूरा भएको छ । पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा हुने भएको छ । यसअघि पार्टी एकता हुनुभन्दा अघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले छुट्टाछुट्टै चियापान कार्यक्रम गर्ने गरेका थिए । गत वर्ष सङ्...
भोजपुरमा चिरपट प्रहार गरि साथीको हत्या

भोजपुरमा चिरपट प्रहार गरि साथीको हत्या

भोजपुर, ७ कात्तिक । छिमेकीको दाउराको चिरपट प्रहारबाट भोजपुरको षडानन्द नगरपालिका ५ आपटारेमा एक युवकको मृत्यु भएको छ । मंगलवार पुरानो रिसइवीका कारण स्थानिय पञ्च वहादुर भनिने २७ वर्षीय मान वहादुर मगरले आफ्नै छिमेकी २६ वर्षीय सुरेश राईलाई चिरपट दाउराले टाउकोमा प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । चिरपट प्रहारबाट गम्भिर घाइते वनेका सुरेशको संखुवासभा तुमलिङटारको मनकामना अस...
एएफसी यू–१९ महिला च्याम्पियनसिपमा नेपाल थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दै

एएफसी यू–१९ महिला च्याम्पियनसिपमा नेपाल थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दै

काठमाडौँ, ७ कात्तिक । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले आज बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ । थाइल्याण्ड र नेपालबीचको खेल आज दिउँसो थाइल्याण्डस्थित चोनबुरी मैदानमा हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले ‘प्रिम्याच कन्फ्रेन्स’मा पहिलो खेलमा नै नेपाली टोलीलाई चुनौती रहेको बताउँदै आफूहरु त्यहीअनुसारको रणनीतिका साथ मै...
झडपपछि गाउँका अधिकांश पुरुष भारततर्फ

झडपपछि गाउँका अधिकांश पुरुष भारततर्फ

लहान, ७ कात्तिक । दुई पक्षबीचको झडपका कारण सप्तरीको बलान–बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका अधिकांश पुरुषले गाउँ छाडेका छन् । पुरुष गाउँ/घर छाडेर भागेपछि महान् चाड विजयादशमी पनि महिलाले मात्रै मनाए् । दुर्गा पूजा समिति गठनको बिषयलाई लिएर गाउँमा दुई पक्षबीच भएको झडपपछि उनीहरूले प्रहरीमा एकअर्काविरुद्व जाहेरी दर्ता गराएकाले नियन्त्रणमा परिने त्रासका कारण वडाध्यक्ष र वडा सदस्यसहित अधिकांश पुरुषले...
पूर्वका विभिन्न सडक खण्डमा तेब्बर भाडा असुल्दै यातायात व्यवसायी

पूर्वका विभिन्न सडक खण्डमा तेब्बर भाडा असुल्दै यातायात व्यवसायी

तेह्रथुम, ७ कात्तिक । चाडपर्वको मौका छोपेर पूर्वका विभिन्न सडक खण्डमा चल्ने सवारीले मनपरी भाडा असुलिरहेका छन् । पूर्वको धरान–धनकुटा–तेह्रथुम, म्याङलुङ–पोक्लाबाङ–संक्रान्ति, आठराइ–फिदिमलगायत सडक खण्डमा गुड्ने गाडीले मनपरी रूपमा भाडा लिइरहेका छन् । चाडबाडका बेला सहज आवतजावत हुने वातावरण बनाइनुपर्ने भए पनि यात्रुले सडक र सवारीमा अत्यन्तै धेरै सास्ती व्यहोर्न बाध्य भएका छन् । धरानबाट तेह्रथुमको म्...
तेह्रथुममा विपद् पूर्वतयारी योजना निर्माण

तेह्रथुममा विपद् पूर्वतयारी योजना निर्माण

तेह्रथुम, ७ कात्तिक। तेह्रथुममा यस वर्षका लागि जिल्लास्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गरी लागू गरिएको हो । जिल्ला दैवी प्रकोप उद्धार समिति, जिल्ला समन्वय समिति, जिल्ला प्रहरीलगायत सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटीसहित विभिन्न सङ्घ संस्थाको सक्रियतामा विपद्को पूर्वतयारी तथा प्रतिक...
हुम्लाका ४४ मध्ये २९ वडा सचिवबिहीन

हुम्लाका ४४ मध्ये २९ वडा सचिवबिहीन

हुम्ला, ७ कात्तिक । हिमाली जिल्ला हुम्लाका सात गाउँपालिकाका ४४ वडा कार्यलयमध्ये २९ वडाहरू सचिवबिहीन छन् । सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि मन्त्रालयमा पत्र पठाउँदा पनि सचिवको व्यवस्था नहुँदा दा वडा कार्यलय सचिवबिहीन भएका हुन् । आठ वडा रहेको सिमकोट गाउँपालिकामा एक मात्र सचिवको व्यवस्था भएको र अरु सबैमा सचिव खाली रहेको वडा नं ४, ५ र ६ वडाको जिम्मेवारी लिनुभएका वडासचिव धर्मराज ...
चिसो मौसममा बदाम खानुका फाइदा

चिसो मौसममा बदाम खानुका फाइदा

काठमाडौँ । जाडो मौसम सुरु भएसँगै विभिन्न रोगको संक्रमण पनि बढ्ने गर्छ । त्यस्ता रोगका किटाणुबाट जोगिन हामी अनेक उपाय अपनाउछौं । चिसो मौसममा लाग्ने रोगहरूबाट जोगिन हामी खानपानमा विशेष ध्यान दिन्छौं । शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउने खाना, न्यानो कपडा, पानी तताएर मात्रै खानेलगायतका गतिविधि गर्छौ । यति मात्रै होइन जानी वा नजानी घाममा बसेर बदाम पनि खाने गर्छौं । यसरी जाडो मौसममा बदाम खानु स्वा...
चीनद्वारा अढाई अर्ब सैन्य सहयोग

चीनद्वारा अढाई अर्ब सैन्य सहयोग

काठमाडौ, ७ कात्तिक । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई दिंदै आएको सहयोग ५० प्रतिशत बढाएको छ। उसले दुई अर्ब ५३ करोड रूपैयाँ (एक सय ५० मिलियन आरएमबी) बराबरको सैन्य सहायता गर्ने भएको हो। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको साताव्यापी चीन भ्रमणका क्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर हुने रक्षा मन्त्रालयका अधिकारीले बताए। बेइजिङ जियान्सेन फोरम नामक सैन्य कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त...
वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि पेन्सन र लगानी कोष

वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि पेन्सन र लगानी कोष

काठमाडौ, ७ कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षाका लागि पेन्सन र साना लगानी कोषको व्यवस्था गर्ने गरी तयारी गरेको छ । सरकारले कम आय भएका कामदारलाई ससाना परियोजनामा लगानी गर्ने संयन्त्रको विकास गर्ने गरी श्रमसचिव महेशप्रसाद दाहालको नेतृत्वमा एक अध्ययन कार्यदल समेत गठन गरी काम सुरु गरिसकेको छ । आजको कारोबारमा यो खबर छापिएको छ । श्रम,...
अब राष्ट्रसंघीय मिसनमा नेपालबाट २० प्रतिशत महिला प्रहरी

अब राष्ट्रसंघीय मिसनमा नेपालबाट २० प्रतिशत महिला प्रहरी

काठमाडौ, ७ कात्तिक । नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा पठाउने महिला प्रहरीको संख्या बढाएर २० प्रतिशत पुर्‍याएको छ । फर्म्ड पुलिस युनिट (एफपियु) शान्ति मिसनअन्तर्गत कुल संख्यामध्ये २० प्रतिशत महिला प्रहरी पठाउने भएको खबर आजको नयाँ पत्रिकामा  छ । प्रहरीले बनाएको एफपियु छनोट कार्यदेश २०७५ मा दुई जुनियर अधिकृतसहित हरेक एफपियु टोलीमा कम्तीमा २० प्रतिशत महिला पठाइने उल्लेख छ । शान्ति ...
यस्तो छ विश्वकै लामो समुद्री पुल, के छ पुलको विशेषता ?

यस्तो छ विश्वकै लामो समुद्री पुल, के छ पुलको विशेषता ?

काठमाडौ, ७ कात्तिक । विश्वकै सबैभन्दा लामो समुद्री पुल औपचारिक रूपमा बुधबारबाट प्रयोगमा आउने भएको छ । चीनका राष्ट्रपति सी जिनपिङले मंगलबार उद्घाटन गरेसँगै त्यसको औपचारिक रूपमा प्रयोगमा आउने भएको हो । पुल निर्माण सुरु गरेको नौ वर्षपछि सञ्चालन हुने भएको हो । सडकको पहुचसँगै सो पुल ५५ किलोमिटर फैलिएको छ । पुलले हङकङदेखि मकाउ र चीनको झाउहाई सहरलाई जोड्छ । पुल निर्माण गर्न २० अर्ब डलर खर्च ...
आज कोजाग्रत पूर्णिमा: महालक्ष्मी पृथ्वी भ्रमणमा आउँने दिन

आज कोजाग्रत पूर्णिमा: महालक्ष्मी पृथ्वी भ्रमणमा आउँने दिन

काठमाडौँ, ७ कात्तिक । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका मानिसका ...
खशोग्गीको हत्यारालाई कठघरामा उभ्याइने: साउदी अरब

खशोग्गीको हत्यारालाई कठघरामा उभ्याइने: साउदी अरब

रियाद, ६ कात्तिक । पत्रकार जमाल खशोग्गीको हत्यारा जो भएपनि उसलाई कडा कानूनी सजाय हुने साउदी अरबले जनाएको छ । मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पत्रकार खशोग्गीको हत्यामा सम्लग्न जो कोही भएपनि उसलाई कानूनी दायरामा ल्याइनेछ ।” राज्य सञ्चालित एसपिए न्यूज एजेन्सीलाई प्राप्त मन्त्रीपरिषद् बैठकपछि सरकारले जारी गरेको वक्तव्यमा भनिएको छ, “साउदी अरबले सत्यतथ्य पत्ता...
विखण्डनवादको पछि नलाग्न अध्यक्ष ‘प्रचण्ड’ को आग्रह

विखण्डनवादको पछि नलाग्न अध्यक्ष ‘प्रचण्ड’ को आग्रह

जनकपुरधाम, ६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी  नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारले राष्ट्र, प्रणाली र संविधानलाई दुर्घटित हुने क्रियाकलाप गर्न नहुने बताएका छन । दशैँ तिहार तथा छठपर्वको अवसरमा नेकपा प्रदेश नं २ जनकपुरधामद्वारा आज आयोजित शुभकामना आदानप्रदान समारोहमा उनले भने, “प्रदेश सरकारले सङ्घीय सरकारलाई उछिनेमा दुर्घटनाको खतरा प्रबल हुन सक्छ ।” पूर्वप्रधानमन्त्रीसमेत ...
लोकसेवा आयोगको एक सय बढी प्राविधिक पदमा दरखास्तै परेन

लोकसेवा आयोगको एक सय बढी प्राविधिक पदमा दरखास्तै परेन

काठमाडौँ, ६ कात्तिक । लोकसेवा आयोगको एक सय बढी प्राविधिक पदमा दरखास्त नै पर्न सकेको छैन । गतवर्ष कूल विज्ञापनमध्ये १०१ विज्ञापनमा दरखास्त नपरेको लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले जानकारी दिए । उनका अनुसार दरखास्त नपरेका विज्ञापनमध्ये ६५ आन्तरिक प्रतियोगिताअन्तर्गतको छ । एउटा खुला प्रतियोगिता र ३५ समावेशी प्रतियोगिताका विज्ञापन छन् । अधिकांश प्राविधिक तहका विज्ञापनमा दरखास्त नपरेको आयोग...
भारतीयलाई नागरिकता दिन खोज्ने वडाध्यक्ष र सचिवसहित चारजना विरुद्ध उजुरी

भारतीयलाई नागरिकता दिन खोज्ने वडाध्यक्ष र सचिवसहित चारजना विरुद्ध उजुरी

सप्तरी, ६ कात्तिक । भारतीयलाई नेपाली नागरिकता दिन खोज्ने हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष र सचिवसहित चार जनाविरुद्ध आज जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । नागरिकता बेच्न खोजेको आरोपमा स्थानीयवासी कप्लेश्वर यादवले वडाध्यक्ष रामनारायण यादव, वडा सचिव महेशनारायण यादव, नक्कली बाबु बन्ने विन्देश्वरी यादव र नागरिकता लिन खोज्ने भारतीय राजाराम यादवविरुद्ध उजुरी दिएका हुन् । पैसाको प्रल...
भोजपुर नगरपालिका-१ का सबै सामुदायिक विद्यालयमा इ–हाजिरी

भोजपुर नगरपालिका-१ का सबै सामुदायिक विद्यालयमा इ–हाजिरी

भोजपुर, ६ कात्तिक । भोजपुर नगरपालिका –१ भामराङ्गले वडाभित्रका सबै सामुदायिक विद्यालयमा ई–हाजिरी जडान गरेको छ । वडाका प्रस्तावित सिंहदेवी माध्यमिक विद्यालय र चण्डेश्वरी आधारभूत विद्यालयमा इ–हाजिरी जडान गरेको हो । वडा कार्यालयले विद्यालयमा शिक्षकलाई नियमित उपस्थिति गराई शिक्षाको गुणस्तर कायम गर्न इ–हाजिरीको व्यवस्था मिलाएको वडाध्यक्ष विष्णुकुमार भुजेलले जानकारी दिए । सो वडा भोजपुर नगरपालिकाभित्र...
कम ग्रेड आउनेको भर्ना गर्ने नीतिमा पुनःविचार गरिन्छ: शिक्षामन्त्री पोखरेल

कम ग्रेड आउनेको भर्ना गर्ने नीतिमा पुनःविचार गरिन्छ: शिक्षामन्त्री पोखरेल

लहान, ६ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसइई परीक्षामा कम ग्रेड आउने विद्यार्थीलाई शिक्षा सङ्कायमा भर्ना गर्ने नीतिमा पुनःविचार गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । शहीद गौरीप्रसाद साहको १५ औँ स्मृति दिवसलाई आज सिरहाको मिर्चैयामा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “एसइई परीक्षामा कम ग्रेड आए पनि शिक्षा सङ्काय पढ्न पाउने व्यवस्थाका कारण शैक्षिक गुणस्तरीयता खस्क...
दशैँतिहारको साइत पात्रोमै राख्न माग

दशैँतिहारको साइत पात्रोमै राख्न माग

काठमाडौँ, ६ कात्तिक । दशैँ, तिहारजस्ता महत्वपूर्ण पर्वको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गर्ने पात्रो (पञ्चाङ्ग) मै राख्न माग गरिएको छ । राष्ट्रिय धर्मसभा, नेपालले पाँचौँ पण्डित सम्मेलनका बारेमा जानकारी दिन आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समितिले केही व्यक्तिको परामर्शमा मात्र साइत निकाल्दा त्रुटि बढ्न थालेकाले बृहत् भेलाबाट साइतलगायत महत्वपूर्ण निर्णय गर्नुपर्नेमा जोड दिइएक...
धामीझाँक्रीलाई अध्ययन भ्रमण

धामीझाँक्रीलाई अध्ययन भ्रमण

बाजुरा, ६ कात्तिक । पुरानो चिन्तन भएका धामीझाँक्रीका लागि गौमूल गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक सचेतनाका लागि अध्ययन भम्रण तय गरेको छ । धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित क्षेत्रको अध्ययन अवलोकन र मनोक्रान्तिका अभियानकर्मी विकासानन्दको प्रवचन पाठ सुनाउन भ्रमण गराउन लागिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए । भ्रमण पशुपतिनाथ, लुम्बिनी, बौद्ध, स्वयम्भूलगायत क्षेत्रमा गरिने ...
मध्य अमेरिकालाई उपलब्ध सहायता कटौती गर्ने ट्रम्पको चेतावनी

मध्य अमेरिकालाई उपलब्ध सहायता कटौती गर्ने ट्रम्पको चेतावनी

मेक्सिको, ६ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य अमेरिकी राष्ट्रहरुलाई उपलब्ध गराइआएको सहायता रकम कटौती गरिने चेतावनी दिनुभएको छ । होन्डुरसका नागरिक अवैध आप्रवासीका रुपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्न ठूलो समूह (क्याराभान) बनाएर अघि बढ्दै गएपछि अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो भनाइ आएको हो । संयुक्त राष्ट्रसङ्घले सात हजारभन्दा बढी मानिस संयुक्तराज्य अमेरिकाको सीमातर्फ अगाडि बढ...
error: Content is protected !!