धनकुटामा दुग्ध उत्पादक सहकारीबारे अभिमुखिकरण कार्यक्रम

धनकुटामा दुग्ध उत्पादक सहकारीबारे अभिमुखिकरण कार्यक्रम

धनकुटा, १० कात्तिक । धनकुटाका दुग्ध उत्पादक सहकारीको प्रभावकारी आपूर्ति श्रृंखला व्यवस्थापनबारे सरोकारवाला निकायले चासो दिएका छन् । दुग्ध उत्पादक सहकारीको प्रभावकारी आपूर्ति श्रृंखला व्यवस्थापनबारे शनिवार हिलेमा आयोजित अभिमुखिकरण कार्यक्रमका सहभागिले चासो दिएका हुन् । राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा तथा उन्नति परियोजनाको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रदेशसभा सदस्य ...
‘ए’ डिभिजन लिग मङ्सिर १ देखि

‘ए’ डिभिजन लिग मङ्सिर १ देखि

काठमाडौँ, १० कात्तिक । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा जारी शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिग आगामी मङ्सिर १ गतेदेखि पुनः शुरु हुने भएको छ । असोज १३ गतेदेखि शुरु भएको भएको लिग बङ्गबन्धु गोल्डकपका कारण दुई दिनपछि नै स्थगित भएको थियो । त्यसपछि लिग तालिका परिमार्जित गरेर दशैँ अगाडीसम्म पहिलो चरणका खेल भएका थिए । दशैँ र तिहारका कारण एन्फाले ४२ दिनका लागि लिग स्थगित गरेको थियो । “अब मङ्सिरको ...
चीनबाट दुई अर्ब ५५ करोडको मानवीय सहायता प्राप्त हुँदै

चीनबाट दुई अर्ब ५५ करोडको मानवीय सहायता प्राप्त हुँदै

काठमाडौँ, १० कात्तिक । चीनले विपत्ति राहत उपकरण तथा मानवीय सहयोग स्वरुप नेपाल सरकारलाई करिब रु दुई अर्ब ५५ करोड सहायता उपलव्ध गराउने भएको छ । चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र उनका चिनियाँ समकक्षी वेइ फेङहेले सहायतासम्बन्धी सम्झौतामा आज बेइजिङमा हस्ताक्षर गरे । आगामी पाँच वर्षमा उक्त सहायता प्राप्त हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । त्यसअघि दुवै देश...
धितोपत्र बजारमा छ कम्पनीका शेयर सूचीकृत

धितोपत्र बजारमा छ कम्पनीका शेयर सूचीकृत

काठमाडौँ, १० कात्तिक । धितोपत्र बजारमा यस साता विभिन्न छ कम्पनीका ९७ लाख ११ हजार ७२२ कित्ता शेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार विभिन्न वित्तीय संस्थाको लाभान्स र हकप्रद शेयर बजारमा सूचीकृत भएको हो । स्टकका अनुसार गण्डकी विकास बैंकको सबैभन्दा बढी ४४ लाख ५० हजार ९२२ कित्ता लाभान्स शेयर सूचीकृत भएको छ । आर्थिक वर्ष २०७४/७५ को नाफाको आधारमा सो बैंकले शेयरधनीलाई लाभान्स शेयर दिएको ह...
तीन वर्षभित्र ९४ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी

तीन वर्षभित्र ९४ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी

काठमाडौँ, १० कात्तिक । सरकारले आगामी तीन वर्षभित्र नेपालको कूल जनसङ्ख्यामध्ये ९४ प्रतिशतमा आधारभूत खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएको छ । चालू आवभित्रैमा ९२ प्रतिशत जनसङ्ख्यामा उक्त सेवा पु¥याउने लक्ष्य लिएको सरकारले सबै प्रकारका साधन र स्रोतको समुचित प्रयोग गरी आफ्ना नागरिकलाई आधारभूत रुपमा स्वस्थ खानेपानी सुविधा उपलब्ध गराउन लागेको हो । काठमाडौँ उपत्यकामा केही समयभित्रै राष्ट्रिय गौरवको आय...
महिला विश्वकप फुटबलको पुरस्कार राशी बढ्ने

महिला विश्वकप फुटबलको पुरस्कार राशी बढ्ने

किगाली । विश्व फुटबल महासंघ (फिफा)ले महिला विश्वकप फुटबल प्रतियोगिताको पुरस्कार राशी बृद्धि गर्ने घोषणा गरेको छ । महासंघका अध्यक्ष गिन्नी इन्फान्टिनोले आउदो बर्ष फ्रान्समा हुन लागेको विश्वकपको पुरस्कार राशी बढाएर दोब्बर बनाउने शुक्रबार घोषणा गर्नुभएको हो । रुवान्डाको राजधानी किगालीमा भएको फिफा परिषद्को बैठकपछि उहाँले यो जानकारी दिनु भएको समाचारमा जनाइएको छ । उहाँका अनुसार यसअघि सन् २०१५ मा क्...
आँखामा गाडिएको हँसिया शल्यक्रियापछि निकालियो

आँखामा गाडिएको हँसिया शल्यक्रियापछि निकालियो

भद्रपुर, १० कात्तिक । घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की आठ वर्षीया अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सफल उपचार भएको छ । दशैँ मनाउन पथरी शनिश्चरे–३ स्थित मावलीघर आएका बेला साथीसँग रहरले घाँस काट्न जाँदा चिप्लिएर लड्दा यही कात्तिक ५ गते उनको दाहिने आँखाको तल्लो भागमा धारिलो हँसिया गाडिएको थियो । डेढ घण्टाभित्रै अस्पताल ल्याइएकी अंशुको जटिल शल...
छठलगत्तै लाइसेन्सको आवेदन खुल्ला

छठलगत्तै लाइसेन्सको आवेदन खुल्ला

काठमाडौँ, १० कात्तिक । दशैंअघि बन्द गरिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन छठ पछि मात्र खुल्ने भएको छ । लिखित परीक्षामा उत्तीर्ण गरी ट्रायलमा अनुत्तिर्ण भई पुनः ट्रायल (रिट्रायल) दिनेहरूको सङ्ख्या बढेपछि छठ सम्मका लागि बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । दशैं, तिहार तथा छठ पर्वको अवसरमा सरकारी विदा पनि हुने भएकाले यसबीचमा रिट्रायलको काम सक्ने गरी काम गरिएको विभागले ज...
पुनर्निर्माणबाट पन्छिँदै दाता : भारतले कबुल गरेकाे ७५ अर्ब दिएन

पुनर्निर्माणबाट पन्छिँदै दाता : भारतले कबुल गरेकाे ७५ अर्ब दिएन

काठमाडौं, १० कात्तिक । भूकम्पमा भत्किएका संरचना पुनर्निर्माणका लागि भारतले दिने भनेको ७५ अर्ब रुपैयाँ नआउने भएको छ। भारतले पुनर्निर्माणका लागि २५ अर्ब अनुदान र एक्जिम बैंकमार्फत सहुलियत ऋणमा ७५ अर्ब घोषणा गरेको थियो। भूकम्पलगत्तै सरकारले आयोजना गरेको ‘नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ (दाता सम्मेलन) मा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले १ खर्ब रुपैयाँ सहयोग घोषणा गरेकी थिइन्। ...
नयाँ मुलुकी ऐनसँगै सम्बन्ध विच्छेदको मुद्दा बढ्दो

नयाँ मुलुकी ऐनसँगै सम्बन्ध विच्छेदको मुद्दा बढ्दो

दाङ, १० कात्तिक । गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनसँगै जिल्ला अदातल दाङ देउखुरीमा पत्नीसँग सम्बन्ध विच्छेदको माग गर्दै ५७ पुरुषले मुद्दा दर्ता गराएका छन् । दाङ देउखुरी अदातलका श्रेस्तदार चुडामणि रेग्मीले भदौदेखि कात्तिक ९ गतेसम्म १०४ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको जानकारी दिए । तीमध्ये ५७ पुरुष र ४७ महिलाले मुद्दा दायर गरेका छन् । नयाँ मुलुकी ऐनले पुरुषलाई पनि सिधै अदालतमा सम्बन्...
डान्स सिकाउने गुरुबाटै बालिका बलात्कृत

डान्स सिकाउने गुरुबाटै बालिका बलात्कृत

इटहरी, १० कात्तिक । गत बुधबार साँझ इटहरी वडा नम्बर १० की एक बालिका घरनजिकै नृत्य (डान्स) सिक्न गइन् । नृत्य सिक्न अरु साथी पनि भेला भइसकेका थिए । दसैंअघिदेखि नै स्थनीय राज क्ल्बले तिहारका लागि नृत्य सिकाउन थालेको थियो । त्यो दिन सहभागी बसैजना नृत्य सिक्न थाले । नृत्य गरिरहेका बेला सिकाउने गुरुले ती बालिकालाई 'साउन्डले गर्दा केही सुनिएन, एकैछिन तिमीसँग काम छ' भनेर बाहिर निकाले । उनले ती बालिकाल...
धनकुटामा जारी स्वास्थ्य शिविरमा १५२ को शल्यक्रिया

धनकुटामा जारी स्वास्थ्य शिविरमा १५२ को शल्यक्रिया

धनकुटा, ९ कार्तिक । धनकुटामा संचालन भईरहेको वृहत निःशुल्क स्वास्थ्य शिविरमा शुक्रवार जटिल तथा सामान्य शल्यक्रिया र दाँत तथा कृतिम हात गरी १ सय ५३ जनाको शल्यक्रिया गरिएको छ । शल्यक्रिया शिविरमा १५ जनाको जटिल शल्यक्रिया र २९ जनाको सामान्य खालको शल्यक्रिया गरिएको प्रसार प्रचार समितिका संयोजक राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए । यस्तै १ सय ८ जनाको दाँतको उपचार गरिएको श्रेष्ठले बताए । पहुँच विहिन...
क्रिकेटको विश्वकप ट्रफी नेपालमा

क्रिकेटको विश्वकप ट्रफी नेपालमा

काठमाडौँ, ९ कात्तिक । इङ्ग्ल्याण्ड र वेल्समा २०७६ जेठ १६ देखि ३१ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज नेपाल ल्याइएको छ । संयुक्त अरब इमिरेट्स (युएइ)बाट विश्वकप ट्रफी आज नेपाल ल्याइएको हो । सोमबारसम्म नेपालमा राखिने उक्त ट्रफी आजै साँझ स्वयम्भूमा लगेर सार्वजनिक गरिएको छ । स्वयम्भूमा गरिएको प्रदर्शनीमा क्रिकेटका समर्थकको बाक्लो उपस्थिति थियो । आइ...
कोशी कप भलिबलको उपाधि देउरालीलाई

कोशी कप भलिबलको उपाधि देउरालीलाई

भोजपुर ९ कात्तिक । कोशी कप भलिबल–२०७५ को उपाधि षडानन्द नगरपालिका–१२ देउरालीले हात पारेको छ । देउरालीले कपसँगै रु २५ हजार, दोस्रो षडानन्द नगरपालिका–१३ बोयाले रु १८ हजार र तेस्रो अरुण गाउँपालिका–४ चरम्बीले रु १२ हजार तथा सान्त्वना पुरस्कार षडानन्द नगरपालिका–१० साङपाङले रु सात हजारसहित प्राप्त गरेका छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चरम्बीका मिलन तामाङ र बेस्ट स्पाइकर बोयाका अर्जुन दर्नाल घोष...
विद्युतीय सवारीका लागि ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण

विद्युतीय सवारीका लागि ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण

काठमाडौँ, ९ कात्तिक । विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिने गरी सरकारले अगाडि सारेको कार्ययोजनालाई लागू गर्न नेपाल विद्युत् प्राधिकरणले देशभर नै ‘चार्जिङ स्टेशन’ निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ । सडक पुगेको देशभरका सबैजसो स्थानमा प्राधिकरणको वितरण प्रणाली पनि पुगेकाले प्रवद्र्धनात्मक रुपमा त्यस्ता स्टेशन निर्माण गर्न लागिएको हो । नेपाल इञ्जिनीयर्स एशोसिएशनले आज यहाँ आयोजना गरेक...
विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा

विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा

काठमाडौँ, ९ कात्तिक । विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महीनाको विवरणमा विश्वका १४० देशमध्ये २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ भने ११२ देशसँग घाटा रहेको छ । नेपालको सबैभन्दा धेरै व्यापार घाटा छिमेकी देश भारत र चीनसँग नै रहेको छ । पछिल्लो तीन महीनाको विवरणअनुसार भारतसँग रु दुई खर्ब...
तीन वर्षमा थप ४४ हजार हेक्टरमा सिँचाइ सुविधा

तीन वर्षमा थप ४४ हजार हेक्टरमा सिँचाइ सुविधा

काठमाडौँ, ९ कात्तिक । सरकारले आगामी तीन वर्षभित्रमा थप ४४ हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने रणनीति अगाडि सारेको छ । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको मध्यकालीन खर्च संरचनासम्बन्धी कार्ययोजनामा कृषि उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न रणनीतिकरुपमा सिँचाइ सुविधा उपलब्ध गराउन लागिएको हो । त्यसमा सतह सिँचाइ, भूमिगत तथा अन्तरजलाधार स्थानान्तरण लग...
उपत्यकामा नयाँ २० बस भित्र्याउँदै साझा

उपत्यकामा नयाँ २० बस भित्र्याउँदै साझा

ललितपुर, ९ कात्तिक । साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ । काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउनुभयो । उपत्यकामा विभिन्न सडकमा साझाका बसको माग भएकाले नयाँ बस ल्याउन लागिएको हो । काठमाडौँ महानगरपालिकाको रु पाँच करोड र ललितपुर महानगरपालिकाको रु एक करोड लगानीमा बस भित्र्याउन लागिएको हो । व्यवस्थापक पाण्डेयले भन्नुभयो, “नयाँ ब...
विश्वकप ट्रफी आज नेपाल ल्याइँदै

विश्वकप ट्रफी आज नेपाल ल्याइँदै

काठमाडौँ, ९ कात्तिक । इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अपराह्न नेपाल ल्याँदैछ । आइसिसीका नेपाल प्रतिनिधि एवं क्यानका पूर्वप्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी आज युएइबाट अपराह्न ३ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ । ट्रफी लिएर आइसिसीको एक प्रतिनिधिम...
अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि नयाँ ठाउँ खोजिँदै

अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि नयाँ ठाउँ खोजिँदै

काठमाडौँ, ९ कात्तिक । अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि प्रस्तावित रङ्गशालामा विवाद भएपछि नयाँ निर्माणस्थलको खोजी शुरु भएको छ । ठाउँ खोज्न पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, सचिव मोहनप्रसाद सापकोटा तथा सदस्यसचिव केशव विष्टले भक्तपुरका सम्भावित तीन स्थानमा स्थलगत निरीक्षण गरी ठाउँ खोजेका हुन। सूर्यविनायक नगरपालिका–८...
एएफसी यु–१९ छनोटमा नेपाल भारतसँग खेल्दै

एएफसी यु–१९ छनोटमा नेपाल भारतसँग खेल्दै

काठमाडौँ, ९ कात्तिक । एएफसी यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले आज आफ्नो दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा हुने खेल नेपाली समयानुसार दिउँसो २ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगितामा अङ्कबिहीन नेपाललाई अघिल्लो चरण पुग्न आजको खेलमा भारतलाई हराउनुपर्ने दबाब छ । नेपाल आफ्नो पहिलो खेल कात्तिक ७ गते थाइल्याण्डसँग ३–० गोल अ...
आधुनिक अलैँची भट्टीको खोजीमा पूर्वी नेपालका किसान

आधुनिक अलैँची भट्टीको खोजीमा पूर्वी नेपालका किसान

तेह्रथुम, ९ कात्तिक । पूर्वी नेपालका अलैँची किसानले आधुनिक अलैँची भट्टी नहुँदा समस्या बेहोर्दै आएका छन् । परम्परागत भट्टीको प्रयोग गर्नु पर्दा किसानलाई अलैँची टिप्नुभन्दा सुकाउन झन्झटिलो हुने गरेको छ । पूर्वका तेह्रथुमसहित पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा, सङ्खुवासभालगायत जिल्लाका किसानले अलैँची सुकाउन आधुनिक भट्टीको प्रयोग गरेका छैनन् । अलैँची टिप्न सहज भए पनि अलैँची सुकाउन आधुनिक प्रविधिको ज्ञ...
निर्मला हत्या प्रकरण: एसपी विष्ट र इन्स्पेक्टर भट्टको जागिर चट्

निर्मला हत्या प्रकरण: एसपी विष्ट र इन्स्पेक्टर भट्टको जागिर चट्

काठमाडौँ, ९ कात्तिक । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि बलात्कारको घटनामा दोषी देखिएका तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रमुख उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई बर्खास्त गरिएको छ। उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले गठन गरेको दुई छुट्टाछुट्टै समितिले उक्त घटनामा एसपी विष्ट र प्रहरी निरीक्षक भट्टले कर्त...
गुगलले यौन उत्पीडनको आरोपमा ४८ जनालाई जागिरबाट निकाल्यो

गुगलले यौन उत्पीडनको आरोपमा ४८ जनालाई जागिरबाट निकाल्यो

काठमाडौँ, ९ कात्तिक । गुगल कम्पनीले आफ्नो १३ वरिष्ठ म्यानेजरसहित कूल ४८ जनालाई जागिरबाट निकालेको छ । यी सबैमाथि पछिल्लो दुई वर्षमा यौन उत्पीडन गरेको आरोप लागेको थियो । गुगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचईले आफ्ना कर्मचारीको नाम जारी गरिएको एक पत्रमा उनको कम्पनीले दुर्व्यवहारको आरोप लागेका कर्मचारीमाथि यस्तो कडा निर्णय लिएको बताएका छन् । वास्तवमा, यो पत्र न्यूयोर्क टाइम्सको त्यो रिपोर्टको...
अब प्रदेशकै नामबाट नम्बर प्लेट

अब प्रदेशकै नामबाट नम्बर प्लेट

काठमाडौँ, ९ कात्तिक । दसैंअघि नै बन्द भएको बाग्मती अञ्चलको मोटरसाइकल दर्ता खुल्ने भएको छ । मन्त्रिपरिषद्ले प्रदेशको नाममा मोटरसाइकल दर्ता गर्ने निर्णय गरेसँगै नम्बर प्लेटमा अंक थप्ने बाटो खुलेको हो । अब पहिलेजस्तो अञ्चलको आधारमा नभई प्रदेशका आधारमा नम्बर प्लेट दिइनेछ । मन्त्रिपरिषद्ले यो व्यवस्थालाई हेरफेर गर्दै बिहीबार राजपत्रमा सूचना प्रकाशित गरेको छ । नयाँ व्यवस्थानुसार अगाडि र पछाडि दुवै नम्...
वैदेशिक रोजगारीमा जानेलाई अब प्रदेशबाटै श्रमस्वीकृति

वैदेशिक रोजगारीमा जानेलाई अब प्रदेशबाटै श्रमस्वीकृति

काठमाडौँ, ९ कात्तिक । सरकारले प्रत्येक प्रदेश सदरमुकामबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने भएको छ। यससँगै वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिन काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंसिरदेखि वैदेशिक रोजगारीमा जाने कामदारलाई प्रदेशबाटै सेवा उपलब्ध गराउन लागिएको जानकारी दिए। उनले भने, ‘वैदेशिक रोजगारीमा जाने युवा...
कर्मचारी समायोजनले राज्यकोषमा १५ अर्ब भार

कर्मचारी समायोजनले राज्यकोषमा १५ अर्ब भार

काठमाडौँ, ९ कात्तिक । प्रदेश-स्थानीय तहमा समायोजन गर्न सरकारले कर्मचारीलाई एक तह बढुवा दिए राज्यकोषमा १५ अर्ब भार थपिने छ । समायोजनमा जाने कर्मचारीलाई एक तह बढुवाको प्रावधानसहित सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री कार्यालयको समन्वयनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन अध्यादेश ल्याउन लागेको हो । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले एक वर्षअघि संघ, प्रदे...
अस्पतालमा उडुस आतंक, ‘सिस्टरहरु पनि पीडामा’

अस्पतालमा उडुस आतंक, ‘सिस्टरहरु पनि पीडामा’

कास्की,९ कात्तिक । बिरामी र उनीहरुका कुरुवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको क्षेत्रीय अस्पतालमा उडुसले हैरान पर्ने गरेको समाचार आजको कान्तिपुरले छापेको छ । सर्जिकल वार्डमा उपचाररत आफन्तको कुरुवा बसेकी तनहुँकी जेनिशा रानामगर भन्छिन्, 'उडुसले टोकेर हैरान पार्छ, बिरामी कुर्न बसेका बिरामी पर्ने भए ।' हैरान भएका कुरुवाहरुले अस्पतालका नर्सहरुलाई समस्या सुनाएका थिए । 'सिस्टरहरु हामी आफैं ...
नेविसंघ महाधिवेशन १६ कात्तिकमा नहुने निश्चित

नेविसंघ महाधिवेशन १६ कात्तिकमा नहुने निश्चित

काठमाडौँ, ९ कात्तिक । नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन दोस्रोपटक पनि तोकिएको समयमा नहुने निश्चित भएको छ । माउ पार्टी कांग्रेसले विधान पारित नगर्दा सो समयमा पनि महाधिवेशन नहुने निश्चित भएको हो । नेविसंघ अध्यक्ष नैनसिंह महरले पार्टीले विधान पारित गरेर नदिँदा तोकिएको समयमा महाधिवेशन नहुने निश्चित भएको बताए । नेविसंघको केन्द्रीय कार्यसमिति बैठकले पहिलोपटक २३, २४ र २५ साउनमा महाधिवेशन तय गरेको ...
मेजरसहित १८० सैनिकमाथि ‘कोर्ट मार्सल’

मेजरसहित १८० सैनिकमाथि ‘कोर्ट मार्सल’

काठमाडौँ, ९ कात्तिक । सिपाही भर्नामा सर्वसाधारणबाट मोटो रकम असुल्ने अधिकृतसहित करिब २ सय सैनिक कर्मचारी कारबाहीमा परेका छन् । सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर मोटो रकम असुलेको अभियोगमा मध्यपृतना मुख्यालय (हेटौंडा) मा कार्यरत सेनानी (मेजर) सहित १ सय ८० सैनिकमाथि कोर्ट मार्सल गर्न लागिएको हो । कारबाहीमा परेकाहरु सैनिक मुख्यालयदेखि देशभरका पृतना, बाहिनी, शिक्षालय, गण, गुल्मलगायतमा कार्यरत छन् ।...
मुम्बईमा धनगढी क्रिकेट एकेडेमीको जित

मुम्बईमा धनगढी क्रिकेट एकेडेमीको जित

धनगढी, ८ कात्तिक । भारतको मुम्बईमा धनगढी क्रिकेट एकेडेमी(डिसिए)ले आज मुम्बई पुलिसको १७ वर्षमुनिको टिममाथि १० रनको रोचक जित हात पारेको छ । आज मुम्बईको जिमखाना खेल मैदानमा टस जितेर ब्याटिङ राजेकोे डिसिएले निर्धारित ४० ओभरको खेलमा आठ विकेट गुमाएर १६५ रन बनाएको थियो । आफ्नो टिमलाई जिताउन डिसिएका रोहन विकले २७ बलमा सर्वाधिक ४२ रन तथा सोनु मण्डलले ३३ रन, कप्तान सुवोध ऐरले २७ रन, राजन लोहनीले छ र सन्द...
error: Content is protected !!