ईश्वर थापा/संगालोखबर

धनकुटा, १० कात्तिक । धनकुटाका दुग्ध उत्पादक सहकारीको प्रभावकारी आपूर्ति श्रृंखला व्यवस्थापनबारे सरोकारवाला निकायले चासो दिएका छन् । दुग्ध उत्पादक सहकारीको प्रभावकारी आपूर्ति श्रृंखला व्यवस्थापनबारे शनिवार हिलेमा आयोजित अभिमुखिकरण कार्यक्रमका सहभागिले चासो दिएका हुन् ।

Advertisement

राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा तथा उन्नति परियोजनाको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रदेशसभा सदस्य इन्द्रमणि पराजुलीले संघीय संरचनाअनुसार प्रदेश सरकारले सहकारीको क्षेत्रमा क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । उनले प्रविधीको विकास नभएर समस्या भएको बताउँदै सहकारी र संघसस्थाले स्वावलम्वी र आत्मासम्मानका साथ काम गर्नुपर्ने बताए।

कार्यक्रममा संघिय संरचनामा सहकारीका अवसर र चुनौतीहरु, दुग्ध किसानले भोग्नुपरेका समस्याहरु, दुग्ध किसान र सहकारीलाई स्थानीय सरकारले गर्न सक्ने सहयोग तथा नियमन लगायतका विषयमा छलफल भएको थियो।

जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारद बहादुर कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंक चुहान, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेत, पाख्रिबास नगरपालिकाका उपप्रमुख देवकला पौडेल, छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बु, चौबिसे गाउँपालिका अध्यक्ष खजिन्द्र राई, शहिदभूमि गाउँपालिकाका उपाध्यक्ष रत्नेश्वरी राई, पत्रकार रमेशचन्द्र अधिकारी, कृषि विज्ञ सुर्यप्रसाद सापकोटा, पशु विकास कार्यालयका पुष्पराज दाहाल, जिल्ला सहकारी संघका अध्यक्ष सुन्दरबाबु श्रेष्ठले भनाई राखेका थिए।

राष्ट्रिय सहकारी महासंघका कार्यक्रम संयोजक सुरेश थापा र खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले सहजीकरण गरेको कार्यक्रममा जिल्लाका दुग्ध उत्पादक किसानहरुको सहभागिता रहेको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!