काठमाडौँ, १० कात्तिक । दशैंअघि बन्द गरिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन छठ पछि मात्र खुल्ने भएको छ ।

Advertisement

लिखित परीक्षामा उत्तीर्ण गरी ट्रायलमा अनुत्तिर्ण भई पुनः ट्रायल (रिट्रायल) दिनेहरूको सङ्ख्या बढेपछि छठ सम्मका लागि बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

दशैं, तिहार तथा छठ पर्वको अवसरमा सरकारी विदा पनि हुने भएकाले यसबीचमा रिट्रायलको काम सक्ने गरी काम गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार पहिलो पटक ट्रायल दिनेहरूमध्ये जम्मा ४० प्रतिशत मात्र उत्तीर्ण हुन्छन् । बाँकी ६० प्रतिशतले तीन पटकसम्म रिट्रायल दिने व्यवस्था भएकाले सङ्ख्या थपिदै जाने गरेको छ ।

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्याय भन्नुहुन्छ ‘अहिले नयाँ आवेदन देशभर लिइएको छैन, पुरानो बाँकी रहेको र रिट्रायलको काम भइरहेको छ । यो बीचमा सबै काम सकिन्छ, छठपछि नयाँ आवेदन खुला हुन्छ ।’ नयाँ आवेदनका लागि विभागले अनलाइनबाटै फाराम लिदै आएको छ ।

बाँकी रहेको अनुमतिपत्र (लाइसेन्स)को पनि प्रिन्ट गर्ने काम भइरहेको विभागले जनाएको छ । विभागले पनि दैनिक प्रिन्ट गरिरहेको छ भने निजी कम्पनी मालिका इन कर्पोरेटले पनि प्रिन्टको काम सुरु गरेको उपाध्यायले जानकारी दिनुभयो । विभागले चारवटा मेसिनबाट दैनिक एकहजार पाँच सय लाइसेन्स प्रिन्ट गरिरहेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!