संगालोखबर सम्वाददाता

धनकुटा, ९ कार्तिक । धनकुटामा संचालन भईरहेको वृहत निःशुल्क स्वास्थ्य शिविरमा शुक्रवार जटिल तथा सामान्य शल्यक्रिया र दाँत तथा कृतिम हात गरी १ सय ५३ जनाको शल्यक्रिया गरिएको छ ।

Advertisement

शल्यक्रिया शिविरमा १५ जनाको जटिल शल्यक्रिया र २९ जनाको सामान्य खालको शल्यक्रिया गरिएको प्रसार प्रचार समितिका संयोजक राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए । यस्तै १ सय ८ जनाको दाँतको उपचार गरिएको श्रेष्ठले बताए ।

पहुँच विहिनका लागि धनकुटा अस्पतालमा संचालन गरिएको शिविरमा दुवै हात नभएका एक जनालाई कृत्रिम हात लगाईदिएको शिविर संचालन तथा व्यवस्थापन समितिका संयोजक रोशेष श्रेष्ठले बताए ।

वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा अमेरिकन विशेषज्ञले पित्तको पत्थरी, पाठेघर, हर्निया, हाईडोसिल, पायल्स,गाँठागुठीको शल्यक्रिया,दाँतको उपचार,कृतिम हात वितरण गरिदै आएको शिविर आयोजक समितिका सचिव विजय सन्तोषी राईले जानकारी दिए ।

कार्तिक १७ गते सम्म संचालन हुने वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा २ हजार जनाले स्वास्थ्य सेवा पाउने लक्ष लिएको आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!