काठमाडौँ, ९ कात्तिक । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि बलात्कारको घटनामा दोषी देखिएका तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रमुख उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई बर्खास्त गरिएको छ।

Advertisement

उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले गठन गरेको दुई छुट्टाछुट्टै समितिले उक्त घटनामा एसपी विष्ट र प्रहरी निरीक्षक भट्टले कर्तव्य निर्वाहमा चुकेको र केही शंकास्पद गतिविधिसमेत गरेको पाइएपछि उनीहरूलाई सेवाबाट हटाउन गरिएको सिफारिस कार्यान्वयन गरेको गृह मन्त्रालयले जनाएको छ।

निर्मला हत्या प्रकरणमा प्रहरीबाट चरम लापरबाही, गैरव्यवसायी र गैरजिम्मेवारीपूर्ण व्यवहार गरी पालना गर्नुपर्ने अनुसन्धानका सामान्य कानुनी व्यवस्थासमेत पालना नभएको तथ्य फेला परेको तथा तत्कालीन प्रहरीबाट अनिवार्यरूपमा गर्नुपर्ने खोजतलास तथा अनुसन्धानमा चरम लापरबाही भएको भन्दै मन्त्रालयले बर्खास्ती गरेको जनाएको छ। आजको नेपाल समाचार पत्रमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!