विप्लवका कार्यकर्ता थुनिँदा वैद्यको आपत्ति
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले धरपकड गरेको भन्दै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले आपत्ती जनाएको छ ।
चुनावको सुरक्षाका लागि भन्दै प्रहरीले बिभिन्न स्थानबाट विप्लवका कार्यकर्ताहरुलाई पक्राउ गर्दै आएको छ ।
चुनावमा भाग लिनु जस्तै बहिस्कार गर्नु पनि लोकतान्त्रिक अधिकार हो भन्दै वैद्यले सरकारले तानाशाही प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।
...
