पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नं १ साब्राङमा आज बिहान एक व्यक्तिको हत्या भएको छ ।

Advertisement

मारिनेमा फिदिम–१ बस्ने ६४ वर्षीय भीमबहादुर केरुङ रहेका छन् ।

हत्यामा संलग्न सोही ठाउँ बस्ने २८ वर्षीय चन्द्रे भन्ने विनय नेम्वाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्चरो प्रहार गरी हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको जिप्रका, पाँचथरले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलका अनुसार उनीहरुबीच नाता सम्बन्ध पर्ने र जग्गा विवादको विषयलाई लिएर हत्या गरिएको हुनसक्ने बताइएको छ ।

केरुङको शव परीक्षणका लागि जिल्ला अस्पताल, पाँचथरमा राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!