वाईराज बिष्ट÷संगालोखबर

 

Advertisement

भोजपुर । भोजपुरका राजनीतिक दलले स्थानीय तह निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन । १८ वर्ष माथीकालाई मात्र चुनावमा प्रयोग गर्न दलहरु सहमत भएका हुन ।
महिला विकास कार्यालयले आयोजना गरेको कार्यक्रममा दलहरुले सामुहिक प्रतिवद्धता जनाएका हुन । राजनीतिक कार्र्यक्रम, चुनावी सभा, गोष्ठी तथा सम्मेलनमा १८ वर्ष मुनिका बालबालिका सहभागि नगराउने उनीहरुको प्रतिबद्धता छ ।
दलहरुले गरेको आठवुँदे प्रतिवद्धतापत्रमा बालबालिकाको अध्ययनमा असर नपुर्याउँने, विद्यालयमा चुनावी कार्यक्रम नगर्ने, प्रचार–प्रसारका काममा बालबालिका नलगाउने उल्लेख छ ।
प्रतिवद्धतापत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा माले, नेपाल परिवार दल र जनजागरण पार्टीका प्रतिनिधीले हस्ताक्षर गरेका छन ।

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!