बैतडी । नयाँ शक्ति पार्टीले जिल्लाका १० वटा स्थानीय तहमध्ये पाँचवटामा प्रमुख पदमा उम्मेदवारको टुङ्गो लगाएको छ ।

Advertisement

मेलौली नगरपालिकाको नगरप्रमुखमा भुवन भट्ट, पुरचौडी नगरपालिकाको नगरप्रमुखमा अमरसिंह रतोकी, डिलासैनी गाउँपालिकाको अध्यक्षमा रामनाथ योगी र सुर्नया गाउँपालिकाको अध्यक्षमा नरेन्द्रप्रसाद भट्टलाई उम्मेदवार बनाएको छ ।

यस्तै सिगास गाउँपालिकाको अध्यक्षमा रघुवीरसिंह धामीलाई उम्मेदवार बनाउको नयाँ शक्ति पार्टीका जिल्ला संयोजक कृष्णप्रसाद बडूले जानकारी दिनुभयो । बाँकी पाँचवटा तहमा एक हप्ताभित्र उम्मेदवारको टुङ्गो लगाइसक्ने उहाँले बताउनुभयो ।

नयाँ शक्तिले उपेन्द्र यादवले नेतृत्व गरेको सङ्घीय समाजवादी फोरमसँग तालमेल गरेको जनाएको छ ।

आगामी जेठ १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निार्वाचनका लागि जिल्लामा नेपाली काँग्रेसले उम्मेदवार टुङ्गो लगाउन सकेको छैन भने नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाले उम्मेदवार टुङ्गो लगाइसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!