मिटर रिडरको लापर्बाहीले बढी रकम तिर्नुप¥यो
गुलरिया, २७ असोज । विद्युत् प्राधिकरणका मिटर रिडरले नियमित ग्राहकको घरघरमा रिडिङ गर्न नजाँदा बारबर्दिया–१ का ग्राहक विद्युत् खपत गरेकोभन्दा बढी रकम तिर्न बाध्य भएका छन् ।
बारबर्दिया नगरपालिका–१ दाङपुरमा विद्युत्को मिटर रिडिङ गर्न असार र साउन महिनामा नगएपछि भदौ महिनामा असार र साउनको २५ प्रतिशत जरिवानासहित तीन महिनाको विद्युत् महशुल बुझाउन बाध्य भएका हुन् । मिटर रिडर नियमित नआउँदा धेरैपटक जरिवानासह...


























