काठमाडौं, २७ मंसिर ।  दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने साफ च्याम्पियनसिप फुटबल आगामी वर्ष बंगलादेशमा सञ्चालन हुने भएको छ।

दक्षिण एसियाली राष्ट्रबीच हुने उक्त च्याम्प्पियनसिप प्रतियोगिता बंगालादेशको ढाकामा आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

हरेक दुई-दुई वर्षमा आयोजना हुने भनिएको उक्त प्रतियोगिता यसै महिनामा सञ्चालन गर्ने सन् २०१६ मै निर्णय भए पनि साफले खेलको मिति परिवर्तन गरेको हो।

भारतमा सन् २०१५ मा भएको एघारौं साफ च्याम्पियनसिपपछि करिब एक वर्ष ढिला गरी प्रतियोगिता आयोजना हुनलागेको छ। प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन्। बंगलादेशमा आयोजना हुन लागेको उक्त प्रतियोगिता यो तेस्रो पटक हो। यसअघि सन् २००३ र २००९ मा बंगलादेशले सो प्रतियोगिता आयोजना गरेको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!