धनकुटाका सवै मतपेटिका सदरमुकाम आईपुग्यो, १० बजेदेखि मतगणना सुरु गर्ने तयारी

धनकुटाका सवै मतपेटिका सदरमुकाम आईपुग्यो, १० बजेदेखि मतगणना सुरु गर्ने तयारी

धनकुटा, २२ मंसिर । धनकुटाका सवै मतपेटिका गएराति सदरमुकाम ल्याईएको छ । बिहिबार प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतदान सकिएपछि साँझबाटनै मतपेटिका ओसार्न थालिएको थियो । राति २ बजेसम्ममा धनकुटाको १ सय ५३ वटै केन्द्रबाट मटपेटिका सदरमुकाम आईपुगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले संगालोखबरलाई जानकारी दिएका छन् । उनका अनुसार बिहान ८ बजेबाट सर्वदलिय बैठक बस्दैछ । त्यसपश्चात करिव ...
धनकुटामा मतपेटिका संकलन कार्य जारी, सुक्रवारदेखि मतगणना सुरु हुँने

धनकुटामा मतपेटिका संकलन कार्य जारी, सुक्रवारदेखि मतगणना सुरु हुँने

धनकुटा, २१ मंसिर । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतदान सम्पन्न भएपश्चात बिहिबार साँझबाट धनकुटामा मतपेटिका संकलनको क्रम चलिरहेको छ । राति करिव १० बजेसम्ममा धनकुटा नगरपालिका, पाख्रीवास नगरपालिका र छथर जोरपाटी गाउँपालिकाको मतपेटिका संकलन भईसकेको छ । ३५ भन्दा बढी मतदान केन्द्रको मतपेटिका संकलन भएको हो । दुर्गम क्षेत्रका मतपेटिका मध्य रातिसम्ममा सदरमुकाम ल्याइसकिने अनुमान रहेको मुख्य निर्वाचन अ...
मतदानपछि ओलीले भनेः कसले बम पड्काएको भन्ने थाहा नपाउने बिचित्रको छ सरकार!

मतदानपछि ओलीले भनेः कसले बम पड्काएको भन्ने थाहा नपाउने बिचित्रको छ सरकार!

काठमाण्डौ, २१ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर–२ मा मतदान गरेका छन्। विहीबार अपरान्ह झापाबाट काठमाडौं आएका ओलीले भक्तपुर–२ मा पर्ने बालकोटस्थित महेन्द्र शान्ति माविबाट मतदान गरेका हुन्। पूर्व सभामुख दमननाथ ढुङ्गाना कांग्रेस उम्मेदवार रहेको सो क्षेत्रमा एमालेका युवा नेता महेश बस्नेत प्रतिस्पर्धी छन्। स्थानीय तह निर्वाचनमा पनि ओलीले यहीँबाट मतदान गरेका थिए। ओली आफैं भने झापा–५ मा उम...
मतदानपछि देउवाले भने: ‘ओली त अझैपनि चुनाव सार्छन् भनिरहनु भएको होला’

मतदानपछि देउवाले भने: ‘ओली त अझैपनि चुनाव सार्छन् भनिरहनु भएको होला’

डडेलधुरा, २१ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान पछि एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति व्यङ्ग प्रहार गरेका छन्। ओलीजी अझै चुनाव सर्छ भनिरहनु भएको होला भन्दै देउवाले व्यङ्ग प्रहार गरेका हुन्। ‘मैले भर्खर भोट हालें, एमाले अध्यक्ष ओलीले पनि भोट हाल्नु भयो होला’ डडेलधुरामा मतदान गरेपछि देउवाले भने, भोट हालेपछि पनि ओलीजी देउवाले चुनाव सार्दैछन् भनिरहनु भएको होला।’ निर्वाचन सफलतापूर्वक भएक...
दोश्रो चरणको निर्वाचनः कहाँ के भयो?

दोश्रो चरणको निर्वाचनः कहाँ के भयो?

काठमाण्डौ, २१ मंसिर । दोश्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन जारी छ। ४५ जिल्लामा भइरहेको निर्वाचनमा हालसम्म एकाध ठाउँमा झडप र बम विस्फोट भएका छन्। अन्यत्र मतदाताले उत्साहपूर्वक निर्वाचनमा भाग लिइरहेका छन्। पाल्पामा शव बोकेर मलामी मतदानस्थल पुगे पाल्पाको रिब्दीकोट गाउँपालिका हर्केडाँडामा एक महिलाको मृत्यु भएपछि मलामी शव बोकेरै मतदानस्थल पुगे। स्थानीय १०१ वर्षीया लीलाकुमारी गैरेको निधन भए...
मतपत्रमा अधिकृतको हस्ताक्षर नभएको विषयमा अर्घाखाँचीको एक केन्द्रमा तोडफोड

मतपत्रमा अधिकृतको हस्ताक्षर नभएको विषयमा अर्घाखाँचीको एक केन्द्रमा तोडफोड

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ मथुरा माविको (ख) केन्द्रमा तोडफोड भएको छ। केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको विषयमा विवाद भएपछि तोडफोड भएको हो। मतदाताले लिएको मतपत्रमा मतदान अधिकृत सुरेन्द्रराज अधिकारीको हस्ताक्षर नभएको पाएपछि आक्रोशित मतदाताले मतदान स्थलमा रहेका डेक्स बेन्च र सामाग्रीहरु तोडफोड गरेका हुन्। उनीहरुले मतपत्र पनि च्यातेका छन्। तोडफोडपछि मतदान रोकिएको ...
राजाबाट नागरिक भए, तर गरेनन् मतदान

राजाबाट नागरिक भए, तर गरेनन् मतदान

पूर्व राजाका सहयोगी सागर तिमिल्सिनाका अनुसार ज्ञानेन्द्र शाहले बिहिबारको निर्वाचनमा पनि मतदान गरेनन्। ‘पूर्व राजपरिवारका सदस्यहरु विभिन्न ठाउँमा छरिइबक्सेको अवस्था छ, अन्यत्रको बारेमा म भन्न सक्दिनँ, तर निर्मल निवासबाट चाहिँ पूर्व राजपरिवारका कोही पनि मतदानमा सरिक हुने कार्यक्रम छैन’, तिमिल्सिनाले बिहिबार अपरान्ह नेपालखबरसँग भने, ‘सम्भवत पूर्व राजाबाहेक अरुहरुले पनि मतदान गरिबक्सने छैन।’ ...
३ बजेसम्म झण्डै ६० प्रतिशत मत खस्यो

३ बजेसम्म झण्डै ६० प्रतिशत मत खस्यो

काठमाडौं, २१ मंसिर ।  ४५ जिल्लामा भइरहेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा ३ बजेसम्म ५५ देखि ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचनमा उत्साहजनक सहभागिता रहेको आयोगले बताएको हो। आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले आफुलार्इ आएको अपडेट अनुसार सातवटै प्रदेशमा ३ बजेसम्म ५५ देखि ६० प्रतिशत मत खसेको बताए। अहिलेसम्म...
एकसय पाँच वर्षीयदेखि एक सय पन्ध्र वर्षीया वृद्धाद्वारा मतदान

एकसय पाँच वर्षीयदेखि एक सय पन्ध्र वर्षीया वृद्धाद्वारा मतदान

कञ्चनपुर, २१ मंसिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका ११५ वर्षीया जंगलीदेवी चौधरीको मतदान गर्ने धोको पूरा भएको छ । उनले आज घर नजिकैको सिद्धनाथ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा बिहान मतदान गरेकी हुन् । उनका नाति जितबहादुर चौधरीले बोकेर उनलाई मतदान केन्द्रसम्म पुर्याई मतदान गराएका हुन् । पञ्चायतकालदेखि गरी हालसम्म ११औँ पटक मतदान गरेको वृद्धा चौधरीले बताइन् । “देशमा शान्ति आ...
प्रहरीद्वारा सैंतीस मोटरसाइकल र सात गाडी नियन्त्रणमा

प्रहरीद्वारा सैंतीस मोटरसाइकल र सात गाडी नियन्त्रणमा

चितवन, २१ मंसिर । जिल्लामा अनुमति नलिई सञ्चालनमा आएका ३७ मोटरसाइकल र सातवटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार जिल्लाभरिका विभिन्न स्थानबाट ती साधनलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका सवारीसाधन एउटा प्रयोजनका लागि स्वीकृति लिएर अर्को प्रयोजनमा प्रयोग गरिएको उनले बताए । जिल्लामा शान्ति सुरक्षाको प्रबन्ध राम्रो भएको भन्दै उनले स...
गगनलाई बम प्रहार गर्ने विप्लवका कार्यकर्ता पक्राउ

गगनलाई बम प्रहार गर्ने विप्लवका कार्यकर्ता पक्राउ

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं ४ का उम्मेदवार गगन थापालाई चुनाव प्रचारका क्रममा बम प्रहार गरेको आरोपमा  नेपाल कम्युनिस्ट पार्टी निकटका कार्यकर्तालाई प्रहरीको बिशेष ब्युरोले पेस्तोलसहित पक्राउ गरेको छ । रवि गोले सहित छ जनालाई पक्राउ गरिएको छ । गोले विप्लव निकट  नेकपाका युवा दस्ता ईन्चार्ज रहेको बताइएको छ । पक्राउ पर्ने अन्यमा सिन्धुलीका सम्पुर्ण भनिने विचारमान तामाङ...
पहिलो चरणको निर्वाचनको मतगणना साँझ ५ बजेदेखि

पहिलो चरणको निर्वाचनको मतगणना साँझ ५ बजेदेखि

काठमाडौं, २१ मंसिर । पहिलो चरणमा सम्पन्न मतदानको मतगणना साँझ ५ बजेदेखि हुने भएको छ ।  मंसीर १० मा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतदान भएको थियो । मतदान सकिएको ११ दिन पछि मतगणना गर्न लागिएको हो । पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा सर्वदलिय बैठक सकेर मतगणना शुरु  गर्ने निर्वाचन आयोगले जनाएको छ । मतपेटिकाको शिल तोडी सकेपछि शुरुमा बदर मत छुट्याईने आयोगले जनाएको छ । दलका प्रतिन...
मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु

मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु

डोटी, २१ मंसिर । जिल्लाको खापरमाण्डौँ आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु भएको छ । दमको रोगी रहेकी पूर्वीचौकी गाउँपालिका–७ तिमुरदहकी ७५ वर्षीया मुनादेवी कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक दमको रोगी रहेको र उकालो बाटो चढ्दा मृत्यु भएको बताइएको छ ।
निर्वाचनपछि देशमा विकासको मूल फुट्छः खनाल

निर्वाचनपछि देशमा विकासको मूल फुट्छः खनाल

इलाम, २१ मंसिर । इलाम क्षेत्र नं १ का उम्मेदवार तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आजको निर्वाचन ऐतिहासिक निर्वाचन भएको बताएका छन् ।  आज बिहान इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयबाट ९ः४० बजे मतदान गरेपछि रासससँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले संविधान कार्यान्वयनको महत्वपूर्ण उपलब्धि भनेको आज हुँदै गरेको निर्वाचन भएको बताए । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनप...
प्रधानमन्त्रीको जिल्ला तीनवटा बम फेला, २ वटा निस्कृय

प्रधानमन्त्रीको जिल्ला तीनवटा बम फेला, २ वटा निस्कृय

डडेलधुरा, २१ मंसिर । डडेलधुराको तीनवाटा बम फेला परेका छन् । जिल्लाको परशुराम नगरपालिकामा भेटिएका तीन स्थानका बममध्ये सेनाको टोलीले २ वटा बम डिस्पोज गरेको डडेलधुराका डिएसपी चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार एउटा बम भने जंगलमा विस्फोट भएको छ । मतदान केन्द्रभन्दा धेरै टाढाको दुरीमा बम विस्फोट भएपनि कुनै क्षति नभएको र सवै स्थानमा मतदान शान्तिपुर्ण रुपमा जारी रहेको प्रहरीले जनाएको छ ।
उद्योगपति विनोद चौधरीले गरे मतदान

उद्योगपति विनोद चौधरीले गरे मतदान

नवलपरासी, २१ मंसिर । उद्योगपति विनोद चौधरीले नवलपरासीबाट मतदान गरेका छन् । कांग्रेसबाट समानुपातिक उम्मेदवार समेत रहेका चौधरीले नवलपरासी पुर्वको देवचुली नगरपालिका वडानम्बर २ स्थित दिव्य युवा क्लव मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
निर्वाचन आयोगका आयुक्तहरुले पनि गरे मतदान

निर्वाचन आयोगका आयुक्तहरुले पनि गरे मतदान

काठमाडौँ, २१ मंसिर । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयुक्तहरुले पनि मतदान गरेका छन् । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचन आयुक्त इला शर्माले ललितपुर महानगरपालिका–१० कुमारीस्थान नर्सिङ अस्पताल मतदान केन्द्र, आयुक्त इश्वरीप्रसाद पौड्यालले ललितपुर महानगरपालिका–२, टीका विद्याश्रम मावि, सानेपा मतदान केन्द्र र आयुक्त सुधीरकुमार शाहले काठमाडौँ महानगरपालिका–४ र...
सर्लाहीमा राजपा र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर

सर्लाहीमा राजपा र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर

सर्लाही, २१ मंसिर ।सर्लाहीको करौना गाउँपालिका वडन नम्बर २ मा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको छ । दुईपक्षबीच विवादमा भएको झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । घटनाबारे सुचना आएपनि विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय मलंगवाले जनाएको छ ।
मतदान गरेलगत्तै उपप्रधानमन्त्री थापाले दिए यस्तो प्रतिक्रिया

मतदान गरेलगत्तै उपप्रधानमन्त्री थापाले दिए यस्तो प्रतिक्रिया

हेटौँडा, २१ मंसिर । उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका–६ वंशगोपाल उच्च माविको मतदान केन्द्रमा आज बिहान ७ः४० जाँदा मतदान गरेका छन् । सो अवसरमा उनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै वर्तमान संविधानलार्ई जीवन्त राख्न र प्रजातन्त्रको सुदृढीकरण गर्ने क्रममा यो निर्वाचनले महत्वपूर्ण योगदान दिएको बताए । उनले राजनीतिक स्थायित्व र दिगोशान्तिका लागि प्रमुख द...
धनकुटाको थलथलेमा मतदान केन्द्र नजिक बम बिस्फोट

धनकुटाको थलथलेमा मतदान केन्द्र नजिक बम बिस्फोट

धनकुटा, २१ मंसिर । धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकाको थलथलेमा रहेको मतदान केन्द्र नजिक बम बिस्फोट भएको छ । मतदान केन्द्रबाट करिव ५ सय मिटर टाढा बम बिस्फोट भएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिले संगालोखबरलाई जानकारी दिएका छन् । घटनापश्चात प्रमुख जिल्ला अधिकारी उप्रेतिसहितको टोली घटनास्थल गएको छ । बिस्फोटबाट मानवीय क्षति नभएपनि सो क्षेत्रका मतदाता त्रसित भएका छन । मतदान केन्द...
डा सिके राउतको गाउँ महदेवामा मतदान शुरु भएन

डा सिके राउतको गाउँ महदेवामा मतदान शुरु भएन

सप्तरी, २१ मंसिर । यस जिल्लाको महदेवा गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदान कार्य अझै शुरु भएको छैन । डा सिके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ९६० मतदाता रहेका छन् । प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुुसार सप्तरी क्षेत्र नं २ अन्तर्गत पर्ने महदेवा गाउँपालिका–२ स्थित यो मतदान केन्द्रमा धनेश्वर साह मतदान अधिकृत रहनुभएको छ र यस केन्द्रमा अहिले कोही पनि मतदाता र राजनीतिक दलका प्रतिनिधि आएका...
आजदेखि इतिहासको अर्को अध्यायको शुरुवात : प्रचण्ड

आजदेखि इतिहासको अर्को अध्यायको शुरुवात : प्रचण्ड

चितवन, २१ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आजदेखि इतिहासको एउटा अध्यायको समापन र अर्को अध्यायको शुरुवात भएको बताउका छन् । जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत प्राथमिक विद्यालय शान्तिपुरको (क) मतदान केन्द्रबाट मतदानपछि आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले निकै ठूलो संघर्ष र बलिदानपछि यहाँसम्म आइपुगेको बताए । अब राजनीतिक यात्राको होइन, विकासको यात्रा ...
खोटाङमा चितुवा आतंक: दर्जनौँ खसीबाख्रा मारिए

खोटाङमा चितुवा आतंक: दर्जनौँ खसीबाख्रा मारिए

  खोटाङ, २१ मंसिर । जिल्लाको दक्षिणी क्षेत्रमा चितुवा आतंक भएको स्थानीयले बताएका छन् । चराउन जंगल लगिएका तथा खोरमै राखिएका बाख्राखसी चितुवाले खान थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय–४ का केदार रोइलाका पाँचवटा बाख्राखसी चितुवाले एकै दिन खाएको स्थानीयले बताएका छन् । जंगलमा चराउन लगिएको अवस्थामा एकै दिन पालैपालो गरेर पाँचवटा बाख्राखसी चितुवाले मा...
दार्चुला जिल्लामा ५.७ रेक्टर स्केलको भुकम्पको धक्का

दार्चुला जिल्लामा ५.७ रेक्टर स्केलको भुकम्पको धक्का

दार्चुला, २१ मंसिर । दार्चुला जिल्लामा बुधबार राति ९ बजेर ५ मिनेटमा भुकम्पको धक्का महसुस भएको छ । दार्चुला जिल्ला सदरमुकाम भन्दा १८० किलोमिटर टाढा भारतको उत्तराखन्ड केन्द्रबिन्दु बनाएर ५.७ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताले जानकारी दिए । दार्चुला सहित प्रदेश नम्बर ७ का बैतडी, डडेलधुरा लगायत जिल्लाहरु र भारतको उत्तराखन्ड प्रदेश लगायत बिभिन्न क्षेत्र...
सिके राउत पक्राउ

सिके राउत पक्राउ

काठमाडौं, २१ मंसिर । चुनाव विरोधी गतिविधि गरेको आरोपमा  सिके राउत पक्राउ परेका छन् ।  उनलाई बिहिबार बिहान  जनकपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।  जनकपुरमा उनी  भाडाको घरमा बस्दै आएका थिए  । उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याउने काम भएको छ ।   सिके राउतले मधेसमा भोट बहिस्कार गर्ने अभियान चलाउँदै आएका थिए ।
धरानमा बम विस्फोट, मतदाताको भागदौड

धरानमा बम विस्फोट, मतदाताको भागदौड

सुनसरी, २१ मंसिर । सुनसरीको धरान उपमहानगरपालिका–१६ चन्द्र संस्कृत मतदान केन्द्रमा बम विस्फोट भएको छ। मतदाता भोट खसाल्न लामबद्ध रहेको बेला एक्कासि बम विस्फोट भएको हो। ठूलो अवाजसँगै विस्फोट भएपछि लाइनमा बसेका मतदाताहरु भागाभाग भएका छन्। बम कसले पड्काएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। मतदान केन्द्रसँगै जोडिएको आन्तरिक राजश्व कार्यलतर्फबाट बाम फालिएको हुनसक्ने प्रहरी अनुमान छ। बम विस्फोटपछ...
धनकुटामा उत्साहपूर्वक मतदान जारी (भिडियोसहित)

धनकुटामा उत्साहपूर्वक मतदान जारी (भिडियोसहित)

धनकुटा, २१ मंसिर । धनकुटामा पनि आज शान्तिपूर्ण र उत्साहपूर्वक रुपमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतदान जारी छ । बिहान ७ बजेदेखि नै मतदाताहरु उत्साहपूर्वक रुपमा लाईनमा बसेर मतदान गरिरहेका छन् । धनकुटाका १ सय १७ मतदान स्थलमा रहेका १ सय ५३ वटै मतदान केन्द्रबाट शान्तिपूर्ण रुपमा मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले संगालोखबरलाई जानकारी दिएका छन । बिहानै देखि मतद...
शव बोकेरै मतदान गर्न केन्द्रमा पुगे मलामी

शव बोकेरै मतदान गर्न केन्द्रमा पुगे मलामी

पाल्पा, २१ मंसिर । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् । हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको बिहीबार बिहान मृत्यु भएपछि मलामी शव बोकेर नै मतदान केन्द्रमा पुगेर मृतकका छोरा युद्धराज गैरेले बतासे मतदान केन्द्रमा मतदान गरेका छन् । उनीलगायत १६ जना मलामीले बतासे मतदान केन्द्रबाट मतदान गरेक...
चिसो मौसमका बाबजुद मतदाताको उपस्थिति बाक्लो

चिसो मौसमका बाबजुद मतदाताको उपस्थिति बाक्लो

मुलुकका ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि शुरु भएको छ । संविधानसभाबाट जारी भएको नेपालको संविधानको कार्यान्वयनको महत्वपूर्ण खुड्किलाका रुपमा हुँदै गरेको यो निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदातालाई मतदानको अधिकार रहेको छ । अपराह्न ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मतदान ...
बर्दियामा शान्तिपूर्ण मतदान, तीन मन्त्रीले मतदान गरे

बर्दियामा शान्तिपूर्ण मतदान, तीन मन्त्रीले मतदान गरे

बर्दिया, २१ मंसिर । बर्दियामा विहान ७ वजेदेखि नै शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । सिचाइँ मन्त्री सञ्जयकुमार गौतमले बर्दियाको गुलरियास्थित बालमन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन् । गौतम क्षेत्र न १ का नेपाली कांग्रेसका प्रतिनिधिसभाका उमेदवार हुन । यसै गरी बाम गठबन्धनका तर्फबाट सोही क्षेत्रबाट नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले बाँसगढी नगरपालिका-८ ककौरामा रहको त्रिभुवन माविबाट मतदान ...
मतदानपछि सुवास नेम्वाङले भने– अब मुलुकले फड्को मार्‍यो

मतदानपछि सुवास नेम्वाङले भने– अब मुलुकले फड्को मार्‍यो

इलाम, २१ मंसिर । पूर्वसभामुख एवं इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुवासचन्द्र नेम्बाङले निर्वाचनले संविधान कार्यान्वयनमा ठूलो फड्को मारेको बताएका छन् । इलाममा मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘यो नेपालीका लागि हर्षको विषय हो । संविधान जारी गर्ने सभाको अध्यक्षको हैसियतबाट झन् यति धेरै खुशी छु की वर्णन गर्नै सक्दिन ।’ सदरमुकामको बालमन्दिर केन्द्रमा विहान ...
error: Content is protected !!