चितवन-३ मा प्रचण्डलाई अग्रता

चितवन-३ मा प्रचण्डलाई अग्रता

चितवन, २२ मंसिर । चितवन-३ को प्रारम्भिक चरणको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका प्रचण्डले अग्रता लिएका छन् । प्रचण्डले ८१ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले १९ मत मात्रै पाएका छन् । यस्तै चितवन क्षेत्र नः २ को १०० मतगणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले ६८ र कांग्रेसका शेषनाथ अधिकारीले २७ मत ल्याएका छन् ।
काठमाडौं ५ को मतगणना स्थगित

काठमाडौं ५ को मतगणना स्थगित

काठमाडौं, २२ मंसिर । काठमाडौं क्षेत्र नं. ५ को मतगणना स्थगित भएको छ । खसेको मतभन्दा १२ मत बढी भेटिएपछि मतगणना स्थगित भएको हो । बुढानिलकण्ठ नगरपालिकाको विष्णुपादुका ‘क’ र नारायणथान सतल ‘क’ बुथको मत संख्या मुचुल्चा गरिएको भन्दा १२ मत बढी भेटिएपछि विवाद भएको जनाइएको छ ।
काठमाडौं ४ मा राजनलाई अग्रता, गगन पछ्याउँदै

काठमाडौं ४ मा राजनलाई अग्रता, गगन पछ्याउँदै

काठमाडौं, २२ मंसिर । काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले सुरुआती अग्रता लिएका छन् । राजनले १ हजार २ सय ३९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गगन थापाले १ हजार ४१ मत ल्याएका छन् । विवेकशील साझा पार्टीकी उम्मेदवार सुबुना बस्नेतले ४३ मत ल्याएकी छिन् ।
बझाङमा वाम गठबन्धनको क्लिन स्वीप

बझाङमा वाम गठबन्धनको क्लिन स्वीप

बझाङ, २२ मंसिर । बझाङबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एमालेका भैरवबहादुर सिंह ३४ हजार ६१२ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले २६ हजार ९१० मत प्राप्त गरे। यस्तै प्रदेशतर्फ क्षेत्र नम्बर १ मा एमालेकै अर्जुनबहादुर थापा १७ हजार ८६४ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चन्दादेवी जोशीले १३ हजार १९७ मत पाइन्। ...
धनुषामा राजेन्द्र महतोलाई सुरुवाती अग्रता,  विमलेन्द्रले कति मत ल्याए ?

धनुषामा राजेन्द्र महतोलाई सुरुवाती अग्रता, विमलेन्द्रले कति मत ल्याए ?

धनुषा, २२ मंसिर । प्रदेश नं २ को धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रारम्भिक मतपरिणाम आएको छ । प्रारम्भिक परिणाममा राजपा नेपालका राजेन्द्र महतो अगाडी छन् । उनले १३५५ मत ल्याउदा कांगे्रसका विमलेन्द्र निधीले १०६० मात्र ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा माओवादी केन्द्रका उम्मेदवार रामसिं यादवले २४४ मत ल्याएका छन् । अहिलेसम्म १४९ मत बदर भएको छ ।
मुस्ताङमा बाम गठबन्धनका उम्मेदवार विजयी

मुस्ताङमा बाम गठबन्धनका उम्मेदवार विजयी

मुस्ताङ, २२ मंसिर ।  मुस्ताङबाट बाम गठबन्धनले विजयीको खाता खोलेको छ । मुस्ताङ प्रदेश सभा क मा इन्द्रधारा विष्ट ११६७ मत सहित विजयी भएका छन् । विष्ट एमालेका उम्मेदावर हुन् । उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार मिक्युर गुरुङले ६ सय ५७ मत प्राप्त गरेका छन् ।
प्रदेश नम्बर १ मतगणना अपडेट : सातै जिल्लामा वाम गठबन्धनको वर्चस्व

प्रदेश नम्बर १ मतगणना अपडेट : सातै जिल्लामा वाम गठबन्धनको वर्चस्व

काठमाडौं, २२ मंसिर । पहिलो चरणमा निर्वाचन भएका प्रदेश नं १ का सवै पहाडी ७ जिल्लामा भएको मतगणनामा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । यो प्रदेशमा रहेका सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङगा ताप्लेजुङ, पाँचथर  र खोटाङका प्रतिनिधिसभा सदस्य पदका बाम गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका हुन् । सोलुखुम्बुमा बाम गठबन्धनका तर्फबाछ माओवादी केन्द्रका हेमकुमार राईले ७७३८ मत ल्याउँदा कांग्रे...
प्रहरीलाई इँटा प्रहार गर्ने दुईजना पक्राउ

प्रहरीलाई इँटा प्रहार गर्ने दुईजना पक्राउ

काठमाडौं, २२ मंसिर । काठमाडौं महानगरपालिका–२६ रंजना गल्लीस्थित ट्राफिक प्रहरी प्रभाग ठमेलमा कार्यरत प्रहरी जवान  रामराज जोशीलाई इँटा प्रहार गरी घाइते बनाउने २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं ठमेल बस्ने तनहुँको खैरेनीटारका २५ वर्षीय विश्व गुरुङ र ठमेल बस्ने दोलखाको लामाटोल–८ का १६ वर्षीय संजिव लामा रहेका छन् । उक्त प्रभागको व्यारेकको ढोकामा लात्तीले हान्दै गा...
चितवनको मतगणना व्यवस्थापनको कारण देखाउँदै अझै सुरु हुन सकेन

चितवनको मतगणना व्यवस्थापनको कारण देखाउँदै अझै सुरु हुन सकेन

चितवन , २२ मंसिर । आज बिहान ९ बजेदेखि गर्ने भनिएको चितवनको मतगणना दिउँसो १ बजेसम्म पनि सुरु हुन सकेको छैन। जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार आन्तरिक व्यवस्थापनका कारण मतगणना सुरु हुन ढिलाइ भएको हो। जिल्ला निर्वाचन अधिकारी हरि ढकालले अब केही बेरमा गणना सुरु हुने जानकारी दिए। यसअघि, बिहीबार राति मुख्य निर्वाचन अधिकृतसँग बसेको सर्वदलीय बैठकले आज बिहान ९ बजेदेखि गणना गर्ने निर्णय गरेको थियो। ...
मोरङमा सुरु भयो मतगणना, तीन ठाउँबाट यसरी गनिदैछ भोट

मोरङमा सुरु भयो मतगणना, तीन ठाउँबाट यसरी गनिदैछ भोट

विराटनगर, २२ मंसिर । सर्वदलीय बैठकपछि मोरङमा शुक्रबार ११ बजेदेखि  मतगणना सुरु भएको छ। अहिले मोरङको क्षेत्र नम्बर ३ र ६ को मतगणना सुरु भएको छ। सो निर्वाचन क्षेत्रको मत गणना तीन ठाउँमा सुरु गरिएको मोरङका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए। उनका अनुसार केही समयपछि मोरङका ६ वटै निर्वाचन क्षेत्रको मत गणना हुने बताए। मोरङमा ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको जिल्लामा ७२ प्रतिशत मत ...
काठमाडौं ५ को प्रारम्भिक मतपरिणाम सार्वजनिक, ईश्वर पोखरेललाई अग्रता

काठमाडौं ५ को प्रारम्भिक मतपरिणाम सार्वजनिक, ईश्वर पोखरेललाई अग्रता

काठमाडौं, २२ मंसिर । काठमाडौं ५ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो अपडेट अुनार एमाले उम्मेदवार ईश्वर पोखरेलले अग्रता कायम गरेका छन् । उनले ६ सय ८० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार प्रकाशशरण महतले २ सय ९८ मत ल्याएका छन् । त्यस्तै, विवेकशील साझाका उज्जवाल थापाले ८८ मत ल्याएका छन् ।
मतगणना अपडेट: ६ स्थानमा बाम विजयी, २२ मा अगाडि

मतगणना अपडेट: ६ स्थानमा बाम विजयी, २२ मा अगाडि

मुस्ताङ, २२ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको मत गणनामा बाम गठबन्धनका उम्मेदवार पाँच  स्थानमा विजयी बनेका छन् भने २२ स्थानमा अगाडि छन् । प्रतिनिधि सभातर्फ एमाले १२ र माओवादी केन्द १० स्थानमा अगाडि छ । त्यस्तै प्रदेशतर्फ एमाले १० र माओवादी केन्द्र ८ स्थानमा अग्रता लिएको छ । मुस्ताङमा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । तुलाचन ३५४४ मत ल्याएर विजयी भएका हुन् । उनका न...
पाँचथरमा एमालेका बसन्त नेम्वाङको अग्रता, प्रतिनिधिसभापछि मात्र प्रदेशको गणना हुने

पाँचथरमा एमालेका बसन्त नेम्वाङको अग्रता, प्रतिनिधिसभापछि मात्र प्रदेशको गणना हुने

पाँचथर, २२ मंसिर । पाँचथरमा मतगणना जारी रहँदा नेकपा एमालेका नेता बसन्कुमार नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । शुरुदेखि नै कांग्रेस नेता भीष्मराज आङदम्बेलाई पछि पारेका नेम्वाङ पछिल्लो गणनामा २ हजार भन्दा बढी मतले अगाडि छन् । पछिल्लो गणना अनुसार नेम्वाङले ८९८३ मतका साथ अगाडि छन् भने कांग्रेसका आङदम्बेले ६६७७ मत पाएका छन् । पाँचथरमा प्रतिनिधसभा सदस्य तर्फको मतगणना सकिएपछि मात्र...
काठमाडौंका निर्वाचन क्षेत्रहरूको मतगणना सुरु

काठमाडौंका निर्वाचन क्षेत्रहरूको मतगणना सुरु

काठमाडौं, २२ मंसिर । काठमाडौंका निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । क्षेत्र नम्बर १, ५, ६ र ९ को मतगणना सुरु भएको हो । बाँकी क्षेत्रको पनि मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारी दिए । काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा र साझा विवेकशील पार्टीका रविन्द्र मिश्रबीच प्रतिस्पर्धा हुने अनुमान छ । यसैगरी क्षेत्रनम्बर ५ मा एम...
नवराज सिलवालको क्षेत्रमा मतगणना सुरु हुन सकेन

नवराज सिलवालको क्षेत्रमा मतगणना सुरु हुन सकेन

ललितपुर, २२ मंसिर । ललितपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को अझैं मतगणना सुरु हुन सकेको छैन ।  गएराती नै  मतपेटिका संकलन भइसकेको भएपनि दलीय विवादका कारण  गणना सुरु हुन नसकेको हो ।  ललितपुर १ मा वाम गठबन्धनबाट एमालेका नवराज सिलवाल र  कांग्रेसबाट उदयशमशेर राणा उम्मेदवार रहेका छन् ।
स्याउ कृषक पोल्देन छोपाङ गुरुङको सिंहदरवार यात्रा

स्याउ कृषक पोल्देन छोपाङ गुरुङको सिंहदरवार यात्रा

मनाङ, २२ मंसिर । हिमालपारीको जिल्ला मनाङ- कांग्रेसको निरन्तरता कि एमालेको क्रमभंग ? निर्वाचन अघि  विश्लेषणात्मक चुनावी रिपोर्ट सम्प्रेषण भएको थियो । नभन्दै बिहीबार मध्यरातमा मनाङमा एमालेले क्रमभंग गर्दै इतिहास रच्यो । एमालेका पोल्देन छोपाङ गुरुङ कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । पोल्देनले २ हजार ३ सय मतका साथ विजय सुरक्षित गर्दा क...
रुपन्देहीमा सर्वदलीय बैठक बस्न नसक्दा मतणनामा ढिलाइ

रुपन्देहीमा सर्वदलीय बैठक बस्न नसक्दा मतणनामा ढिलाइ

रुपन्देही, २२ मंसिर । रुपन्देहीमा अझैसम्म पनि मतगणना शुरु हुन सकेको छैन । बिहीबार भएको सहमति अनुसार आज बिहान ८ बजेदेखि गणना सुरु हुनुपर्ने हो । तर, निर्वाचन क्षेत्र नं. ४ र ५ को सर्वदलीय बैठक बस्न नसक्दा मतगणनामा ढिलाइ भएको हो । निर्वाचन क्षेत्र नम्बर १, २ र ३ को मतगणना गर्न सहमति जुटिसकेको छ । उम्मेदवारहरुले आफ्ना प्रतिनिधिको नामावली दिन ढिलाइ गरेका छन् । जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रको ...
डोल्पाको प्रदेशसभामा एमालेका नन्द बुढा चार गुणा मतसहित बिजयी

डोल्पाको प्रदेशसभामा एमालेका नन्द बुढा चार गुणा मतसहित बिजयी

डोल्पा, २२ मंसिर । प्रतिनिधिसभामा एक मात्र सिट रहेको डोल्पाको प्रदेशसभा ‘क’ मा एमालेका नन्दसिंह बुढा निर्वाचित भएका छन् । बुढाले ४ हजार ८५९ मत प्राप्त गरी चार गुणा मतान्तरले बिजय हासिल गरेका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बेगमसिंह ठकुरीले १२१३ मत प्राप्त गरेका छन् । उनीहरुबीच ४ हजार मतको अन्तर देखिएको छ । प्रतिनिधिसभातर्फ पनि डोल्पामा एमालेकै धनवहादुर बुढा कांग्रेसका अंगद बुढा...
भोजपुरमा वाम गठबन्धनको निरन्तर अग्रता, शेरधन राई तेब्बरले अगाडि

भोजपुरमा वाम गठबन्धनको निरन्तर अग्रता, शेरधन राई तेब्बरले अगाडि

  भोजपुर, २२ मंसिर । भोजपुरमा प्रतिनिधिसभा तथा प्रदेश सभा गरी ३ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले निरन्तर अग्रता लिइरहेको छ । मतगणना कार्य शुरु भएको करिब १५ घण्टा वितिसक्दा प्रतिनिधि सभा, प्रदेश सभा क र प्रदेश खमा लोकतान्त्रिक गठबन्धनले पछ्याइरहेको छ । यहाँ वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका शेरधन राई झण्डै तेब्बर मतका साथ अगाडि छन् । प्रतिनिधि सभातर्फ वाम गठबन्धनतर्फका उम्म...
धनकुटामा मतगणना सुरु गर्न ढिलाई

धनकुटामा मतगणना सुरु गर्न ढिलाई

धनकुटा, २२ मंसिर । धनकुटामा मतगणना सुरु गर्न केहि ढिलाई भएको छ । बिहान १० बजेबाट मतगणना सुरु गर्ने तयारी गरिएको भएपनि दलहरुले समय मागेपछि केहि ढिलाई हुँने भएको हो । बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले संगालोखबरलाई जानकारी दिएका छन् । ‘अलिक अगाडीनै सुरु गर्नुपर्ला भन्ने सोचेका थियौ ।’ मुख्य निर्वाचन अधिकृत पोख्रेलले ...
धादिङमा वाम गठबन्धन अगाडि

धादिङमा वाम गठबन्धन अगाडि

काठमाडौं, २२ मंसिर । धादिङमा प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचन क्षेत्रको मतगणना जारी छ । शुक्रवार बिहानसम्मको प्रारम्भिक मत परिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सबैमा वाम गठबन्धनका उम्मेदवार अगाडि छन् । प्रतिनिधिसभा क्षेत्र नं. १ मा वाम गठबन्धनका भूमी त्रिपाठीले १५ हजार ९९ मत पाएका छन् भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका विश्व अर्यालले ६ हजार ८८७ मत पाएका छन् । यसैगरी प्रदेशसभ...
पूर्वी रुकुममा माअोवादीको क्लिनस्वीप, प्रदेश र प्रतिनिधिसभाका तीनवटै सिटमा जित

पूर्वी रुकुममा माअोवादीको क्लिनस्वीप, प्रदेश र प्रतिनिधिसभाका तीनवटै सिटमा जित

रुकुम, २२ मंसिर । नेकपा माओवादी केन्द्रले पूर्वी रुकुमबाट जितको सुरुवात गरेको छ । पूर्वी रुकुमको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भएकी छन् । रोकाले निकटतम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ६ हजार २८ मतअन्तरले हराइन् । रोकाले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४ हजार ४०६ मत ल्याए । रोका प्रतिनिधिसभामा निर्...
खोटाङमा बाम गठबन्धन अगाडि

खोटाङमा बाम गठबन्धन अगाडि

खोटाङ, २२ मंसिर । खोटाङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सबैमा वाम गठबन्धनको अग्रता रहेको छ । सुरुवातमै वाम गठबन्धनले अग्रता लिएको जिल्लामा अहिले बिहान साँढे ७ बजेसम्ममा अग्रता बढाएको छ । बिहान साँढे ७ बजेको परिणाम अनुसार प्रतिनिधिसभामा वाम गठबन्धन(एमाले)का बिशाल भट्टराईले ७ हजार ९ सय ७३र लोकतन्त्र गठबन्धनको तर्फबाट कांग्रेसकी सरस्वती बजिमयले बजिमयले ५ हजार १ सय ७५मत प्राप्त गरेका छन् । गत मंसिर १...
पाँचथरमा वाम गठबन्धनका नेम्वाङ अगाडि

पाँचथरमा वाम गठबन्धनका नेम्वाङ अगाडि

पाँचथर, २२ मंसिर । प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा पाँचथरमा मतगणनाको क्रम जारी छ । मतगणनाबाट प्राप्त पछिल्लो मतपरिणामको जानकारी अनुसार प्रतिनिधि सभा सदस्य पदका वाम गठबन्धनका उम्मेदवार बसन्तकुमार नेम्वाङको अग्रता छ । पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनका बसन्तकुमार नेम्वाङले ५ हजार ३ सय ५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भिष्मराज आङ्देम्...
गोरखामा नारायणकाजीभन्दा बाबुराम ११ सय मतले अगाडि

गोरखामा नारायणकाजीभन्दा बाबुराम ११ सय मतले अगाडि

काठमाडौं, २२ मंसिर । बिहिबार साँझदेखि शुक्रबार बिहान ७ बजेसम्म १० हजार माथि मतगणना हुँदा प्रतिनिधिसभातर्फ गोरखा १ मा कांग्रेस र २ मा नयाँ शक्तिका उम्मेदवारले वामगठबन्धनका उम्मेदवारलाई पछि पारेका छन्। गोरखा २ को प्रतिनिधिसभा सदस्यमा नयाँ शाक्ति पार्टीका बाबुराम भट्टराईले एक हजार १ सय ३५ मतले अग्रता लिएका छन्। शुक्रबार बिहान ७ः१५ बजेसम्म गणना गरिएका १२ हजार ७ सय ४० मत मध्ये भट्टराईले ६ हजार ५ सय...
भूकम्पको धक्का महसुस

भूकम्पको धक्का महसुस

धनकुटा, २२ मंसिर । दोलखालाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान करिव ८ बजेर ३६ मिनेटमा ५.२ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस भएको छ । राजधानीमा पनि भूकम्पको धक्का महसुस गरिएको बताईएको छ । बिस्तृत विवरण आउँन वाँकी छ ।
छुट्टाछुट्टै दुर्घटनामा तिनको मृत्यु, चार घाइते

छुट्टाछुट्टै दुर्घटनामा तिनको मृत्यु, चार घाइते

रत्ननगर, चितवन, २२ मंसिर ।  चितवनको रत्ननगरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३१६६ नंको बसले सोही दिशातर्फ जाँदै गरेको ना ४० प ९९१० नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको हो । गए राति करिव ११ बजेको समयमा रत्ननगरको टिकौलीस्थित पेट्रोल पम्पअगाडि भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा भरतप...
२०७४ मंसिर २२ गते शुक्रबारको राशिफल

२०७४ मंसिर २२ गते शुक्रबारको राशिफल

वि.सं. २०७४ साल मंसिर २२ गते। शुक्रबार। इश्वी सन् २०१७ डिसेम्बर ८ तारिख। नेपाल संवत् ११३८ थिंलागा। पौष कृष्णपक्ष। तिथि– पञ्चमी, १०:५१ बजेउप्रान्त षष्ठी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ। व्यापारमा समेत ठूलो उपलब्धि हासिल गर्न नसकिएला। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ...
माओवादी केन्द्रले खाता खोल्यो, रुकुम पूर्वमा कमला रोका विजयी

माओवादी केन्द्रले खाता खोल्यो, रुकुम पूर्वमा कमला रोका विजयी

काठमाडौं, २२ मंसिर । प्रतिनिधिसभा सदस्यका लागि रुकुम पूर्वबाट १६ हजार ९ सय ३४ मत ल्याएर कमला रोका  विजयी भएकी छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना भइरहँदा पहिलो पटक रुकुम पूर्वबाट माओवादी केन्द्रका उम्मेद्वारले पहिलो खाता खोलेको हो । उनका निकटलम प्रतिद्धन्दी नेपाली कांग्रेसका हरिशकर घर्तीले ४ हजार ४ सय ६ मत मात्र पाएका छन् ।
स्वतन्त्र चुनाव लडेका दीपक मनाङ्गे विजयी

स्वतन्त्र चुनाव लडेका दीपक मनाङ्गे विजयी

लमजुङ, २२ मंसिर । एमाले उम्मेदवारले मनोनयन फिर्ता लिएर सघाएका स्वतन्त्र उम्मेदवार दीपक मनाङे उर्फ राजीव गुरुङ हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले १ हजार ४ सय १० मत पाएका छन् । प्रतिद्धन्द्धी कांग्रेसका कर्म गुरुङ ३ सय ९० मतले पराजित भएका छन् । उनले १ हजार २० मत पाएका छन् । मनाङ प्रदेश (ख) मा माथिल्लो मनाङको ७ गाविस मिलेर बनेको नेस्याङ गाउँपालिका साथ...
५ स्थानमा बाम विजयी, २२ मा अगाडि

५ स्थानमा बाम विजयी, २२ मा अगाडि

मुस्ताङ, २२ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको मत गणनामा बाम गठबन्धनका उम्मेदवार पाँच  स्थानमा विजयी बनेका छन् भने २२ स्थानमा अगाडि छन् ।  प्रतिनिधि सभातर्फ एमाले १२ र माओवादी केन्द १० स्थानमा अगाडि छ । त्यस्तै प्रदेशतर्फ एमाले १० र माओवादी केन्द्र ८ स्थानमा अग्रता लिएको छ । मुस्ताङमा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । तुलाचन ३५४४ मत ल्याएर विजयी भएका हुन् । उनका ...
error: Content is protected !!