काठमाडौं, ४ फागुन । उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ ।

औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम मन्त्रालयमा सोमबार बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको २२४औं बैठकले चीनको हाइड्रो चाइना कर्पोरेसनलाई स्वीकृति दिएको हो ।विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ३ को उपदफा ३ अनुसार साबिक रसुवाको स्याफ्रु,गुल्जुङ र गेल्टाङ गाविसमा पर्ने त्रिशूलीमा जलविद्युत् उत्पादनका लागि विदेशी लगानी माग भएकामा उक्त कम्पनीको प्रस्ताव स्वीकृत गरिएको उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले जानकारी दिए ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!