काठमाडौँ, ७ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा यही फागुन २१ गते सोमबार संघीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा सो दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँवानेश्वरमा संसद्को अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

Advertisement

नयाँ संविधानबमोजिम प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि संघीय संसद् आह्वान भएको यो पहिलो पटक हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!