काठमाडौं, ८ फागुन । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने नीतिगत सहमति भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे आधारमा हस्ताक्षर गरेका छन् ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अवेर एमाले र माओवादीका नेताहरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिपत्रमा एमाले तर्फबाट केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेलले हस्तक्षार गरेका छन् भने माओवादी तर्फबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन्।

एकतापछि पार्टीका नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र मार्क्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त बनाउने सहमति भएको छ ।

साथै जनताको बहुदलीय जनवाद, माओवाद र २१ औं सताब्दीको जनवादबारे छलफल गर्दै जाने सहमति भएको सातबुँदेमा उल्लेख गरिएको छ ।

अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी एकीकृत पार्टी सञ्चालन गर्ने दुर्इ दलले बताएका छन् ।

चर, पार्टी नेतृत्व, सरकारमा सहभागिता, राष्ट्रपति, सभामुख लगायत पद बाँडफाँटबारे सहमतिपत्रमा केही उल्लेख छैन ।

स्रोतका अनुसार दुई दलबीच एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड दुबै एकीकृत पार्टीको अध्यक्ष हुने भद्र सहमति भएको छ ।

साथै आलोपालो प्रधानमन्त्री हुने सहमति पनि सहमतिपत्रमा उल्लेख छैन ।

बैठकपछि आलोपालो प्रधानमन्त्री हुने हो भन्ने प्रश्नमा माओवादी अध्यक्ष प्रचण्डले केपी ओली भइसक्नुभयो भन्ने कूटनीतिक जवाफ दिएका छन् ।

एकीकरणका प्रारम्भिक आधारमा सहमति
पार्टीको नाम – नेपाल कम्युनिस्ट पार्टी
निर्देशक सिद्धान्त – ‘माक्र्सवाद–लेनिनवाद’
बहुदलीय प्रतिस्पर्धा – नेकपा (एमाले)ले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत श्रेष्ठता स्थापित गर्नेलगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्पmत आफ्नो श्रेष्ठता स्थापित गर्नेलगायतका मान्यतामा समान धारणा रहेको तथ्यमा दुवै पार्टी स्पष्ट
जबज र माओवाद – नेकपा (एमाले)ले अवलम्बन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र नेकपा (माओवादी केन्द्र)ले अवलम्बन गरिआएको ‘माओवाद र एक्काइसौँ शताब्दीमा जनवाद’सम्बन्धी विषयमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिनेछ ।

विधान र प्रतिवेदन – उपरोक्त आधारमा टेकेर अन्तरिम
राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोहीअनुसार एकीकृत पार्टी सञ्चालन गरिनेछ ।
समाजवादको आधार – उपलब्धिहरूको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिक रूपान्तरण मार्फत समाजवादका आधार निर्माण
एकता महाधिवेशन – आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा समझदारीका साथ भव्य रूपमा सम्पन्न गरिनेछ ।

प्रस्तावित संगठनात्मक स्वरुप 
ओली र प्रचण्डबीच एकीकृत पार्टीको संगठनात्मक स्वरुपबारे दुईओटा विकल्पमा केन्द्रीत रहेर छलफल भए पनि सोमबारको बैठकमा भने ठोस छलफल नभएको स्रोतले जनाएको छ ।

दुई अध्यक्षबीच अन्तरिमकालीन केन्द्रीय कमिटी दुई अंकको नबढ्नेगरी, पोलिटब्यूरो र स्थायी समिति बनाउने पहिलो विकल्पमा छलफल भएको छ ।

तर, छरितो केन्द्रीय कमिटी बन्ने सम्भावना कम देखिएकाले एमालेको २ सय ६ सदस्यीय केन्द्रीय कमिटीमा माओवादी केन्द्रबाट ४० प्रतिशत थप गरेर केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी समिति बनाउने विकल्पमा छलफल चलेको छ ।

तर, यस सम्बन्धमा अन्तिम गृहकार्य अब गठन हुने संगठनात्मक स्वरुप गृहकार्य गर्न गठित कार्यदलले तयार पार्ने स्रोतको दाबी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!