धनकुटामा क्षेत्रीय प्रशासनसहित दुई सरकारी कार्यालयमा आगजनी, स्थिती तनावग्रस्त
धनकुटा, ४ माघ । धनकुटालाई अस्थायी मुकाम नतोकेको बिरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले आज दुईवटा सरकारी कार्यालयमा आगजनी गरेका छन् । क्षेत्रीय प्रशासन कार्यालय र शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा आगजनी गरिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासहित प्रदर्शन गर्दै पुगेका प्रदर्शनकारीले सरकारी कार्यालयमा आगो लगाएर प्रदर्शन गरेका हुन् । बिहान प्रहरीले प्रदर्शनकारीलाई लाठि...



























