कुइनेखानीमा लघुजलविद्युत् निर्माण
बाबियाचौर, म्याग्दी, १२ माघ। म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा पर्ने कुइनेखानीमा लघुजलविद्युत् परियोजना निर्माण भएको छ ।
भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेखानीका बासिन्दाले २० किलोवाट क्षमताको मजुवा कुइनेखानी लघुजलविद्युत् परियोजना निर्माण गरेर गाउँलाई उज्यालो बनाएका हुन् ।
रु एक करोड नौ लाखको लागतमा निर्माण भएको परियोजनाबाट साविक कुइनेमंगले गाविसको १, २ र ३ नम्बर वडामा पर्ने...



























