उपाधिका लागि थ्रीस्टार र मनाङ भिड्ने

उपाधिका लागि थ्रीस्टार र मनाङ भिड्ने

इटहरी, १२ माघ।  यहाँ जारी मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधिका लागि शनिबार चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टार र मनाङ मस्र्याङदी क्लब भिड्ने भएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उपाधिका लागि आफूलाई पूर्ण दावेदार प्रस्तुत गर्दै त्यही मुताविकको तयारीलाई तीव्रता दिइरहेको थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले जानकारी दिनुभयो । थ्रीस्टार त्रिभुवन आर्मीलाई ट्राइ...
‘सरकार गठन र पार्टी एकता हुन नदिन षड्यन्त्र’

‘सरकार गठन र पार्टी एकता हुन नदिन षड्यन्त्र’

भक्तपुर, १२ माघ। नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले वाम गठबन्धनको सरकार बन्न र पार्टी एकता हुन नदिन अझै पनि षड्यन्त्र भइरहेको बताउनुभएको छ । अनेरास्ववियु भक्तपुरको १८ औँ सम्मेलनका क्रममा उहाँले यस्ताखाले षड्यन्त्रलाई चिर्दै आगामी फागुन पहिलो सातासम्म नयाँ सरकार गठन र पार्टी एकता गर्न कसैले रोक्न नसक्ने बताउनुभयो । कार्यक्रममा प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतले अबको १० वर्...
पीडितलाई सहुलियत ब्याजदरको ऋण दिन निर्देशन

पीडितलाई सहुलियत ब्याजदरको ऋण दिन निर्देशन

  काठमाडौँ, १२ माघ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका लागि सहुलियत दरको ऋण उपलब्ध गराउन सम्बन्धीत निकायका अधिकारीलाई निर्देशन दिएको छ । प्राधिकरणमा आज अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकर्स एसोसिएसनका प्रतिनिधिसँगको छलफलपछि यस्तो निर्देशन दिइएको हो । हालसम्म प्रमाणित भएका सात लाख ६७ हजार भूकम्पपीडितमध्ये ६५९ पीडितले मात्र यो सुविधा पाएका छन् । छलफलमा प्राधिकरणका...
मेलम्चीको पानी चैत १५ सम्ममा राजधानीमा ल्याउने

मेलम्चीको पानी चैत १५ सम्ममा राजधानीमा ल्याउने

काठमाडौँ, १२ माघ। मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेबित्तिकै उपत्यकामा वितरणका लागि तयारी भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले यहाँ आज गरेको पत्रकार सम्मेलनमा ७७ किमी थोक वितरण प्रणालीमध्ये ६७ किमी पाइप बिच्छ्याइ सकिएको जानकारी दिइयो । यसैगरी ६७० किमी वितरण सञ्जालमध्ये ६४४ किमी पाइप बिच्छ्याइएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले ब...
प्यालेस्टिनीलाई सहयोग रोक्ने चेतावनी

प्यालेस्टिनीलाई सहयोग रोक्ने चेतावनी

डाभोस, स्वीट्जरल्याण्ड, १२ माघ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले प्यालेस्टाइनलाई दिँदै आएको सहयता रकम रोक्ने चेतावनी दिनुभएको छ । हाल अमेरिकाको नेतृत्वमा भइरहेका शान्ति प्रयासहरुमा सहभागीता नजनाएसम्म उक्त रकम रोक्ने जानकारी दिनुभएको समाचारमा जनाइएको छ । राष्ट्रपति ट्रम्पले प्यालेस्टिनीहरू वार्तामा आउनुपर्नेमा जोड दिनुभयो । उनीहरु शान्ति वार्तामा नआए शान्ति प्रयास...
तीसवर्षीय सेवावधि खारेज गर्न निवेदन

तीसवर्षीय सेवावधि खारेज गर्न निवेदन

काठमाडौँ, १२ माघ । नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावलीको व्यवस्थानुसार तीसवर्षीय सेवावधिसम्बन्धी व्यवस्था खारेज गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । लोकसेवा आयोग र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई बैंकका सहायक निर्देशकहरु पुण्यप्रसाद बराल, रवि भण्डारी र उदयकुमार मण्डलले आइतबार दायर गरेको निवेदनमा बैंकको सो विनियमावलीको व्यवस्थाअनुसार ३० वर्षीय सेवावधिसम्बन्धी व्यवस्था खारेज...
तीन वटा ट्रक एकापसमा ठोक्किँदा एकको मृत्यु, चार घाइते

तीन वटा ट्रक एकापसमा ठोक्किँदा एकको मृत्यु, चार घाइते

लहान, १२ माघ ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–४ अमहास्थित सडकमा आज दिउँसो तीन वटा मालबाहक ट्रक एकआपसमा ठोक्किँदा एकजना चालकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको ना४ख ५५६६ ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना२ख ८७३० तथा ना७ख १८३५ नंको ट्रक एकापसमा ठोक्किँदा ट्रक चालक उदयपुर त्रियुगा नगरपालिका–४ का कविराम माझीको घटनास्थलमै मृत्यु भएको इलाक...
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शुरु गरयो पिएचडी कार्यक्रम

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शुरु गरयो पिएचडी कार्यक्रम

सुर्खेत, १२ माघ। मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पहिलो पटक विद्यावारिधि ९पिएचडी० कार्यक्रममा शुरु गरेको छ । आज वीरेन्द्रनगरमा एक समारोहबीच विश्वविद्यालयले व्यवस्थापन संकायमा पिएचडी कार्यक्रम शुभारम्भ गरेको हो । कार्यक्रमको उद्घाटन गर्दैै प्रदेश नं ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले २५ वर्ष पुराना विश्वविद्यालयले सञ्चालन गर्न नसकेको कार्यक्रम मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सञ्चालन गर्न लाग...
खुकुलो मापदण्डपछि होटलमा लगानी बढ्दै

खुकुलो मापदण्डपछि होटलमा लगानी बढ्दै

काठमाडौँ, १२ माघ।  सरकारले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि होटल व्यवसायमा खुकुलो मापदण्ड तय गरेपछि पछिल्लो दिनमा सो क्षेत्रमा लगानी गर्नेहरु बढ्दै गएका छन् । पर्यटन विभागका अनुसार पर्यटन क्षेत्रको महत्वपूर्ण पूर्वाधारका रुपमा रहेको होटल, रेष्टुराँ तथा रिसोर्टको संख्या बढेर एक हजार २०० पुगेका छन् । यस्तै १०० वटा नयाँ होटल थपिने क्रममा रहेको छ । हाल होटलको ‘बेड’ संख्या ४२ हजार रहेको छ । ल...
भन्सार प्रशासनलाई सुधार्न जोड

भन्सार प्रशासनलाई सुधार्न जोड

काठमाडौँ, १२ माघ। भन्सार प्रशासनमा देखिएको समस्यालाई सुधार गरी अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउनुपर्नेमा जोड दिइएको छ । छैसट्ठीयौँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा विभागले आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताले भन्सार विन्दुलाई प्राविधिक एवं प्रशासनिक रुपमा सुधार गर्नुपर्नेमा जोड दिएका हुन् । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्सारमा देखिएको न्यूनविजकीकरण, चोरी पैठारीजस्ता समस्...
शहीद घोषणाको बाँदरमुढे पीडितद्वारा स्वागत

शहीद घोषणाको बाँदरमुढे पीडितद्वारा स्वागत

चितवन, १२ माघ। बाँदरमुढे घटना पीडित समितिले उक्त घटनाका मृतकलाई सरकारले शहीद घोषणा गरेकामा स्वागत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते जिल्लाको माडीस्थित बाँदरमुढे खोलामा यात्रुबाहक बसमा भएको बम विस्फोटमा परी मारिएका ३८ जनालाई शहिद घोषणा गरेकामा समितिले आज एक विज्ञप्ति प्रकाशित गरी स्वागत गरेको हो । समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेद्वारा जारी विज्ञप्तिमा लामो...
लक्ष्यभन्दा २२ करोड बढी राजश्व संकलन

लक्ष्यभन्दा २२ करोड बढी राजश्व संकलन

दाङ, १२ माघ। आन्तरिक राजश्व कार्यालय, दाङले चालू आर्थिक वर्ष २०७४/७५ को छ महिनामा रु ८५ करोड २६ लाख ७१ हजार राजश्व संकलन गरेको छ । राजश्व कार्यालयले पुस मसान्तसम्म विभिन्न शीर्षकमा लक्ष्यभन्दा रु २२ करोड ७२ लाख ५४ हजार बढी राजश्व संकलन गरेको हो । राजश्व कार्यालयले छ महिनाको अवधिमा रु ६२ करोड ५४ लाख १७ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । चालू आवको पुस मसान्तसम्म आन्तरिक राजश्व कार्य...
आलेख : नमूना बन्दै सामुदायिक विद्यालय

आलेख : नमूना बन्दै सामुदायिक विद्यालय

काठमाडौँ, १२ माघ।  तनहुँको दमौलीस्थित निर्मल माविमा अङ्ग्रेजी माध्यमबाट पढाउन थालिएपछि विद्यार्थी बढेका छन् । गत वर्ष कक्षा १ देखि १२ सम्म ७५० विद्यार्थी रहेकामा यो वर्ष ८१६ पुगेको छ । यो नेपाल सरकारको छनोटमा परेको नमूना सामुदायिक विद्यालय पनि हो । विद्यालय सञ्चालनका लागि पर्याप्त शिक्षक दरबन्दी नहुँदा विद्यालयले अभिभावकसँग चन्दा सहयोगका नाममा शुल्क भने लिँदै आएको छ । यहाँ चार सयदेखि सात सयसम्म म...
टहरामै गाउँपालिका, विषयगत कार्यालय एकै कक्षबाट सेवा दिँदै

टहरामै गाउँपालिका, विषयगत कार्यालय एकै कक्षबाट सेवा दिँदै

डडेल्धुरा, १२ माघ।  स्थानीय निकायको निर्वाचन सकिएको छ महिनाभन्दा बढी बितिसक्दा पनि डडेल्धुराका धेरै गाउँपालिका टहरामै रहेका छन् भने कतिपय सरकारी कार्यालयले कार्यालय नै स्थापना गर्न सकेका छैनन् । कर्मचारी व्यवस्थापनदेखि कार्यालय स्थापनाको काम भइरहेको जनाए तापनि डडेल्धुरामा रहेका दुई नगरपालिका र पाँच गाउँपालिकामध्ये सबै गाउँपालिकालाई कार्यालय स्थापनाका लागि टहरा निर्माण गर्नु परिरहेको निर्वाचित प...
दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागी, ४१ जनाको ज्यान गयो, कैयौँ घाइते

दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागी, ४१ जनाको ज्यान गयो, कैयौँ घाइते

सोल, १२ माघ । दक्षिण कोरियाको एक अस्पतालमा शुक्रबार भएको भीषण आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको समाचार छ । दक्षिण कोरियाको सुदुर दक्षिणी क्षेत्र मिरियाङमा अवस्थित एक सरकारी अस्पतालमा भएको सो आगलागी यहाँ गएको १५ वर्षपछिको सबैभन्दा खतरनाक आगलागी हो । यस आगलागीमा परी अरु कम्तीमा पनि ८० जना नराम्रारी घाइते भएका समाचारमा जनाइएको छ । तीमध्ये कतिपयको अवस्था गम्भीर रहेको छ । दक्षिण कोरिय...
पर्यटन क्षेत्र विस्तारका लागि एक करोड ७३ लाख

पर्यटन क्षेत्र विस्तारका लागि एक करोड ७३ लाख

रत्ननगर, चितवन, १२ माघ।  पूर्वी चितवनको खैरहनी नगरपालिकाले पर्यटन क्षेत्र विस्तारका लागि रु एक करोड ७३ लाख बजेट विनियोजन गरेको छ । उक्त नगरपालिकाले सौराहा र कुमरोजलाई जोडेर अन्य क्षेत्रमा समेत पर्यटन विस्तार गर्ने काम शुरु गरेको खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले जानकारी दिनुभयो । पर्यटन विस्तारका लागि रु एक करोड ७३ लाख बजेट छुट्याइएको छ । पर्यटनका हिसाबले सौराहाबाट कुमरोज जोडिएको र त्...
चारलेन सडक निर्माण, दुई सय परिवारको उठीबास हुने

चारलेन सडक निर्माण, दुई सय परिवारको उठीबास हुने

गौशाला, १२ माघ । महोत्तरीको सम्सी–गौशाला–माईस्थान सडकखण्ड चारलेन बनाउने कार्य तिब्रगतिमा अगाडि बढे पनि सो क्षेत्रका बैरिया र शेरहा गाउँका करिब दुई सय घरपरिवारको उठीबास हुनेभएको छ । सो सडकखण्ड चारलेन बन्ने भएपछि औरही नगरपालिकाअन्तर्गत बैरिया र शेरहा गाउँका दुई सय घरपरिवारको उठीबास हुनेभएको हो । सम्सी–गौशाला–माईस्थान सडकखण्डको स्तरन्नोतिका लागि सरकारले लामा ‘डाँफे गोल्डेन गुड’ नामक न...
व्यापार घाटा एक खर्ब ८२ अर्ब

व्यापार घाटा एक खर्ब ८२ अर्ब

पर्सा, १२ माघ। देशकै प्रमुख भन्सार नाका वीरगञ्जको व्यापार घाटा चालू आर्थिक वर्षको छ महिनामा ३२ गुणा पुगेको छ । गत आवको पहिलो छ महिनामा वीरगञ्ज नाकाको व्यापार घाटा १९ गुण रहेकामा चालू आवमा व्यापार घाटा ३२ गुणा पुगेको हो । आव २०७४/७५ को साउनदेखि पुससम्म रु एक खर्ब ८८ अर्ब १२ करोड ९४ लाख मूल्यको विभिन्न वस्तु आयात भएको थियो । सो नाका भएर रु पाँच अर्ब ७२ करोड ९६ लाखको वस्तु निर्यात भएको वीरगञ्...
कामचलाउ सरकारकोे निर्णय पुनःविचार हुने-नेता रावल

कामचलाउ सरकारकोे निर्णय पुनःविचार हुने-नेता रावल

अछाम, १२ माघ। नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले जनताको हितविपरीत स्वेच्छाचारी र मनपरी ढंगले निर्णय गरिरहेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस चौतारी जिल्ला शाखले साफेबगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय भावी सरकारले पुनःविचार गर्ने बताउनुभयो । कामचलाउ सरकारले नियमविरीत गरेका निर्णय भावी सरकारका लागि मान...
रानीमहलमा आधारित चलचित्र बन्ने

रानीमहलमा आधारित चलचित्र बन्ने

काठमाडौँ, १२ माघ।  त्रिकोणात्मक प्रेमकथामा आधारित ‘रानीमहल’ नामक चलचित्र निर्माण गरिने भएको छ । स्वस्तिक फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने उक्त चलचित्रमा अति नै मित्रता रहेका दुई साथीका बीचमा एक युवतीको प्रवेश भएपछि उनीहरुको सम्बन्धमा आएको चिसोपनका साथै प्रेमी र पे्रमिकाबीच हुनुपर्ने निःस्वार्थ भावना र सहयोगका बारे सन्देश दिन खोजिएको छ । वरिष्ठ कलाकार नीर शाह, शेष राणा, प्रशान्त ताम्र...
प्रदेश नं ४ मा प्रदेशसभाको बैठक माघ २२ गते बस्ने तयारी

प्रदेश नं ४ मा प्रदेशसभाको बैठक माघ २२ गते बस्ने तयारी

पोखरा, १२ माघ। प्रदेश नं ४ मा प्रदेशसभाको बैठक आगामी माघ २२ गते बस्ने गरी छलफल अघि बढाइएको छ । संविधानको धारा १८३ मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था गरिएको छ । संविधानले गरेको व्यवस्थाअनुसार अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र बैठक बोलाउनु पर्ने भएकाले आगामी माघ २२ गते पहिलो बैठक बोला...
पर्यटक प्रहरीलाई संघीय संरचनाअनुसार लैजानुपर्नेमा जोड

पर्यटक प्रहरीलाई संघीय संरचनाअनुसार लैजानुपर्नेमा जोड

काठमाडौँ, १२ माघ। मुलुक संघीय संरचनामा गएसँगै पर्यटक प्रहरीलाई संघीय ढाँचामा लैजानुपर्नेमा जोड दिइएको छ । पर्यटक प्रहरीको ३९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले समयअनुसार पर्यटक प्रहरी संरचनालाई मुलुकका सबै प्रदेशमा पु¥याउनुपर्ने बताएका हुन् । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले पर्यटक प्रहरीलाई संघीय संरचनामा लैजान आवश्यक पर्ने ऐन, कानून संशोधन गर्नुपर्ने बताउनुभयो ।...
एसइई परीक्षाका लागि सामग्री जिल्ला पठाउन शुरु

एसइई परीक्षाका लागि सामग्री जिल्ला पठाउन शुरु

भक्तपुर, १२ माघ। आउदो चैत ८ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि आवश्यक उत्तरपुिस्तका जिल्ला जिल्लामा पठाउन शुरु गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाका लागि आवश्यकपर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री जिल्ला जिल्लामा पठाउन थालिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । परीक्षाको तयारी तीव्र पारिएको बताउँदै उहाँले प्रश्न पत्र छपाइको त...
सडक निर्माणले स्थानीयवासीमा खुशियाली

सडक निर्माणले स्थानीयवासीमा खुशियाली

संखुवासभा, १२ माघ। संखुवासभाको व्यापारिक बजार पोखरी हुँदै नुनढाकी जाने सडकको कार्य तीव्रगतिमा अगाडि बढेसँगै स्थानीयवासीमा खुशियाली छाएको छ । उन्नति संस्थाको रु १० करोड ७९ लाख ४२ हजार ४५९ को लागतमा २१ किलोमिटर सडक निर्माण गर्ने जिम्मा पाएका थोदुङ् कुन्सालिङ जेभी कम्पनीले सडक निर्माण कार्यमा तीव्रता दिएको हो । ठेकेदार सीताराम तामाङका अनुसार यो सडक निर्माण गर्दा आफूहरुलाई स्थानीयवासीले समेत साथ दिइर...
एक करोड पच्चिस लाखको रातो गुलाफ आयात हुने

एक करोड पच्चिस लाखको रातो गुलाफ आयात हुने

काठमाडौँ, १२ माघ।  यस वर्षको प्रणय दिवसका लागि भारतबाट रु एक करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो । अघिल्लो वर्ष रु एक करोडको मात्र आयात गरे पनि यस वर्ष बजारमा माग बढेकाले केही थप आयात गर्न लागिएको हो । दुई लाख २५ हजार वटा रातो गुलाफको बजारमा माग रहेको छ । त्यसमध्ये २० प्रतिशत आन्तरिक उत्पादनले धाने पनि ८० प्रतिशत अझै पनि भारतबा...
क्यान निलम्बन फुकुवाको विषयमा अन्तिम उपाय खोजिँदै

क्यान निलम्बन फुकुवाको विषयमा अन्तिम उपाय खोजिँदै

काठमाडौं, १२ माघ। नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन फुकुवाको विषयमा छलफल गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टोली नेपाल आउँदै छ । निलम्बन फुकुवाको विषयमा सबैलाई मान्य हुने अन्तिम उपायको खोजी भइरहेको छ । यो विषयमा छलफल गर्न आईसीसीको टोली यही साता नेपाल आउँदै छ । उपाध्यक्ष इमरान ख्वाजाको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले आईसीसीले यस अघि गठन गरेको सल्लाहकार समूहका सदस्यहरु, क्य...
जिल्लामा एम्बुलेन्स नहुँदा बिरामीलाई सास्ती

जिल्लामा एम्बुलेन्स नहुँदा बिरामीलाई सास्ती

रुकुम, १२ माघ।  जिल्लाको बाँफिकोट गाउँपालिका–६ की २३ वर्षीया विमला खनाल गत माघ ३ गते बिरामी हुनुभयो । उपचारका लागि आफन्तले गाउँको मेडिकलमा लगे तर त्यहाँ स्वास्थ्यकर्मीले उपचार सम्भव नहुने भन्दै सदरमुकाम मुसिकोट लैजान सल्लाह दिए । उपचार गर्नका लागि जिल्ला अस्पताल सल्ले ल्याउन आफन्तले एम्बुलेन्सका लागि धेरै सम्पर्क गरे तर पाउन सकेनन् । एम्बुलेन्स नपाएपछि खनाललाई रु आठ हजारमा एउटा जिप रिजर्भ गरेर...
५६ जना शहीद घोषित, सबै प्रदेशमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र

५६ जना शहीद घोषित, सबै प्रदेशमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र

काठमाडौं, १२ माघ । सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले ०६२ जेठ २३ गते दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुवाहक बसमा भएको बम विस्फोटमा परी मृत्यु हुनेलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले सशस्त्र द्वन्द्वकालमा कास्की जिल्लामा तत्कालीन विद्रोही समूह ...
इलामका पाँचजना पत्रकारलाई लेखनवृत्ति

इलामका पाँचजना पत्रकारलाई लेखनवृत्ति

इलाम, १२ माघ।  कृषिउपज अलैँची, अदुवा, चिया र दुग्ध पदार्थको व्यावसायिक प्रवद्र्धनका लागि जवाफदेही र जिम्मेवार व्यापार व्यवसाय, अधिकार र व्यावसायिक सुशासनबारे आलेख र रिपोर्ट लेखेबापत इलामका पाँचजना पत्रकारलाई लेखनवृत्ति प्रदान गरिएको छ । लेखनवृत्ति पाउनेमा इलाम पोष्ट दैनिकका सन्तोष नेम्बाङ, एभिन्यूज टेलिभिजनका याम मावोहाङ, चियाबारी एफएमकी बन्दना राई, उज्यालो रेडियो नेटवर्ककी सुजाता सुनुवार, माङस...
दुग्ध विकास संस्थानमा अढाइ करोड घोटाला

दुग्ध विकास संस्थानमा अढाइ करोड घोटाला

काठमाडौं, १२ माघ। दुग्ध विकास संस्थानका कर्मचारीले पछिल्ला तीन वर्षमा २ करोड ४९ लाख ४२ हजार ३ सय ७८ रुपैयाँ घोटाला गरेका छन् । संस्थान सञ्चालक समितिले गरेको अध्ययनअनुसार तीन वर्षयता संस्थानका विभिन्न कार्यालयमा रहेका कर्मचारीले राजस्व भुक्तानी, जिन्सी सामग्री बिक्री, पेस्कीलगायतका शीर्षकबाट संस्थानलाई नोक्सानी पुर्‍याउने गरी घोटाला गरेको देखिएको हो । घोटाला भएको रकम उठाउन अहिले सञ्चालक समिति सक...
सुनसरीमा एकसय ५५ साक्षरता कक्षा

सुनसरीमा एकसय ५५ साक्षरता कक्षा

इनरुवा, १२ माघ।  सुनसरीमा एक साथ १५५ वटा साक्षरता कक्षा बिहीबारदेखि सञ्चालन भएका छन् । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न छवटा गाउँपालिका, ४ वटा नगरपालिका र दुईवटा उपमहानगरपालिकामा गरी १५५ वटा साक्षरता कक्षा सञ्चालन भएको हो । जिल्ला शिक्षा कार्यालयको सहयोग र विभिन्न सामुदायिक सिकाइ केन्द्रको आयोजनामा अनौपचारिक शिक्षाअन्तर्गत साक्षरता कक्षा तथा निरन्तर सिकाइ कक्षा शुरु भएको सुनसरीका ...
error: Content is protected !!