धनगढी, २३ फागुन । प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशको मुख्य न्यायाधिवक्तामा कुलानन्द उपाध्यायलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

Advertisement

अछामको तुर्माखात गाउँपालिका स्थायी ठेगाना भएका अधिवक्ता उपाध्याय विगत २३ वर्षदेखि धनगढीमा बसेर वकालत गर्दै आउनुभएको छ ।

नेपाल बार एशोसिएशनको केन्द्रीय उपाध्याक्षसमेत रहनुभएका ४६ वर्षीय उपाध्यायले संवैधानिक कानून, फौजदारी कानून र समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

बैठकले चार सदस्यीय प्रदेश कानून मस्यौदा समिति गठन गर्ने निर्णय गरेको बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!