विराटनगरबाट ठुलो परिमाणमा लागुऔषध र हतियारसहित सातजना भारतीय पक्राउ

विराटनगरबाट ठुलो परिमाणमा लागुऔषध र हतियारसहित सातजना भारतीय पक्राउ

बिराटनगर, १२ बैशाख । विराटनगरबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध र हतियारसहित सात जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–४ कञ्चनबारी स्थित नहरको डिलबाट पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार अररिया जिल्लाका २४ बर्षीय रोहित कुमार शर्मा, ३० बर्षीय प्रमोद भन्ने विनोद यादव, १८ बर्षीय राजा कुमार यादव, २२ बर्षीय...
आर्थिक वृद्धिदर ५ दशमलव ८९ हुने प्रक्षेपण

आर्थिक वृद्धिदर ५ दशमलव ८९ हुने प्रक्षेपण

काठमाडौँ, १२ वैशाख ।  चालू आर्थिक वर्षमा ५ दशमलव ८९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७४/७५ को छदेखि नौ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचकका आधारमा यो प्रक्षेपण गरिएको हो । केन्द्रीय तथ्याँक विभागद्वारा आज सार्वजनिक गरिएको आव २०७४/७५ को राष्ट्रिय लेखा तथ्याँकमा विगतका तीन वर्षमा कूल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदान घट्न गएको...
एक महिनामा तीन दर्जन बलात्कृत

एक महिनामा तीन दर्जन बलात्कृत

काठमाडौँ, १२ वैशाख ।  महिला पुनःस्थापना केन्द्र (ओरेक)ले देशभर बढ्दै गइरहेको बलात्कारका घटनाहरुले महिला तथा बालिकाको सुरक्षालाई चुनौतीपूर्ण बनाएको जनाएको छ । ओरेकले मासिकरुपमै अभिलेखीकरण गरी सार्वजनिक गर्ने क्रममा कार्यालयमा दर्ता भएका तथा दैनिक राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित घटनाका आधारमा गएको चैत महिनामा मात्रै तीन दर्जन महिला तथा बालिकामाथि बलात्कार भएको प्रतिवेदन सार्वजनिक गरेको छ । चैत ...
वर्षात् अगाडि नै निजी आवास निर्माण कार्य सम्पन्न भइसक्छ – रेडक्रस

वर्षात् अगाडि नै निजी आवास निर्माण कार्य सम्पन्न भइसक्छ – रेडक्रस

काठमाडौँ, १२ वैशाख। नेपाल रेडक्रस सोसाइटीले आफ्नो जिम्माको भूकम्पबाट क्षति पुगेका निजी आवासको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रेडक्रसलाई सात हजार ३९३ निजी आवास निर्माण गर्न अनुमति दिएको थियो । तीमध्ये तीन हजार २७७ निजी घर निर्माण सम्पन्न भइसकेको रेडक्रसद्वारा आज यहाँ आयोाजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । विभिन्न देशका रेडक्रसको आर्थिक एवं ...
नेपालीको प्रतिव्यक्ति आयमा सुधार, वार्षिक १ लाख ६ हजार रुपैयाँ हुने अनुमान

नेपालीको प्रतिव्यक्ति आयमा सुधार, वार्षिक १ लाख ६ हजार रुपैयाँ हुने अनुमान

काठमाडौं, १२ वैशाख। नेपालीको प्रतिव्यक्ति आयमा सुधार आएको  तथ्यांक सार्वजनिक गरिएकाे छ । केन्द्रीय तथ्यांक विभागले सार्बजनिक गरेको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा १ हजार ४ अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ १ लाख ६ हजार भन्दाबढी पुग्ने भएको छ । आर्थिक वर्ष २०७२/७३ मा नेपालीहरुको प्रतिव्यक्ति आय ७ सय ४८ अमेरिकी डलर र अघिल्लो आर्थिक वर्षमा ८ सय ६६ अमेरिकी डलर प्रतिव्य...
बारामा दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन

बारामा दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन

कलैया, १२ वैशाख । यस वर्ष बारामा करीब रु दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन भएको छ । खाद्यान्न बालीमा दोस्रो स्थानमा रहेका गहुँबाली बारामा आव ०७४/७५ मा कूल २९ हजार हेक्टर क्षेत्रफलमा गरिएको थियो । नेपाल २९७, भृकुटी, विजय, आदित्य, नेपाल ९७१ र डब्लु १४०४ जातको गरिएको गहुँखेतीबाट प्रतिहेक्टर दुई दशमलव ८० मेट्रिक टनले रु एक अर्ब ९४ करोड ८८ लाख बराबरको ८१ हजार २०० मेट्रिक टन गहुँ उत्पादन भएको ...
नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन- अध्यक्ष दाहाल

नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन- अध्यक्ष दाहाल

चितवन, १२ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताउनुभएको छ । नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए मात्र दुई देशमा विकासले पूर्णता पाउने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “मैले चाहे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको क...
चिनियाँ स्वयम्सेवक टोली सम्मानित

चिनियाँ स्वयम्सेवक टोली सम्मानित

काठमाडौँ, १२ वैशाख । गोरखा केन्द्रविन्दु भएर आजभन्दा ठीक तीन वर्षअघि (२०७२ वैशाख १२ गते) गएको भूकम्पपछिको उद्धार, राहत र उपचारमा संलग्न चिनियाँ स्वयम्सेवक टोलीलाई आज यहाँ सम्मान गरिएको छ । साइनो नेपाल मिडिया सोसाइटीद्वारा आज आयोजित समारोहमा सांसद एवम् नेकपा (एमाले)की नेत्री रामकुमारी झाक्रीले उहाँहरुलाई सम्मान गर्नुभयो । गोरखा केन्द्रविन्दु भएर गएको उक्त भूकम्पबाट आठ हजार ९७९ जनामा परी ज्यान गए...
ढाकाबाट आइपुगे यात्रुबाहक बस

ढाकाबाट आइपुगे यात्रुबाहक बस

काँकडभिट्टा, १२ वैशाख । नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस आज नेपाल प्रवेश गरेको छ । बंगलादेशको श्यामोली परिवहनका दुईवटा बस आज मध्यान्ह काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका हुन् । ढाकाबाट वैशाख १० गते छुटेका ती बस आजै बिहान बंगलाबन्ध–फूलवारी मार्ग हुँदै भारतको सिलगढी आइपुगेका थिए । सिलगढीबाट भारतको ...
हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने – अर्थमन्त्री डा. खतिवडा

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने – अर्थमन्त्री डा. खतिवडा

काठमाडौँ, १२ वैशाख । जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न नयाँ प्रविधि र नीतिहरुको कार्यान्वयनमा जोड दिइएको छ । सप्रोस नेपाल नामक सामाजिक संस्थाको आयोजनामा आजदेखि यहाँ शुरु भएको ‘नेपाललाई हरियाली बनाउँ’ अनुगमन सम्मेलनमा जैविक कृषि बालीको उत्पादनम...
दाइजोका कारण केटीले आत्महत्या गरेपछि केटाका बाबु पक्राउ

दाइजोका कारण केटीले आत्महत्या गरेपछि केटाका बाबु पक्राउ

पर्सा, १२ वैशाख ।  दाइजोका लागि केटी पक्षलाई प्रताडना गरेको अभियोगमा पर्सा प्रहरीले केटाका बाबुलाई पक्राउ गरेको छ । पर्साको बहुदरामाई नगरपालिका–८ निवासी बच्चु भनिने जयनारायण साहलाई प्रहरीले पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनीविर्ता निवासी दयालल साह तेलीकी १८ वर्षीया छोरी रविता कुमारी साह तेलीले दाइजोको कारण वैशाख ६ गते विवाहपूर्व नै पासो लगार्ई आत्महत्या गरेपछि सामाजिक सुधार ऐन २०...
चितवन विकासको नमूना बन्दैछ : प्रचण्ड

चितवन विकासको नमूना बन्दैछ : प्रचण्ड

चितवन, १२ वैशाख ।  माओवादी अध्यक्ष पुष्पकमल दाहाल पचण्डले चितवनलाई विकासको नमूना जिल्ला बनाउन सकिने बताएका छन् । प्रेस सेन्टर नेपाल, चितवन शाखाले बुधबार भरतपुरमा चितवनको विकास र समृद्धिबारे गरेको छलफलमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘चितवन विकासमा नमूना र उदाहरण बन्सक्छ । सिंगो राष्ट्रले चितवनको विकासबाट सिक्न सक्छ । यसको लागि चितवनको भूराजनीतिक अवस्थितिलाई हेरेर एकीकृत विकासको गुरुयोजन...
परमाणु सम्झौताबाट हटेर देखाउन रूहानीको अमेरिकालाई चेतावनी

परमाणु सम्झौताबाट हटेर देखाउन रूहानीको अमेरिकालाई चेतावनी

वासिङ्टन, १२ वैशाख । इरानका राष्ट्रपति हशन रूहानीले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पछि हटेर देखाउन भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिनुभएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोँबीच वासिङ्टनमा उक्त एजेण्डामा छलफल हुनु केही घण्टापूर्व रुहानीको यस्तो चेतावनी आएको हो । ट्रम्पले उक्त सम्झौतालाई भङ्ग गरिदिने भनेर दिदैँ आएको धम्कीलाई कार्...
नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्न नदिउँ

नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्न नदिउँ

काठमाडौँ, १२ वैशाख । के तपाईले आफ्ना नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्ने अवसर दिनुभएको छ । मोबाइलको अधिक प्रयोगबाट नानीहरुको आँखामा विस्तारै असर परिरहेको हुन्छ । मोबाइलमा रमाउने नानीहरुको आँखा सुख्खा हुने, दीर्घकालमा आँखामा एलर्जी हुने तथा आँखा चिलाउने समस्या आउन सक्छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गतको बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका नेत्ररोग विशेषज्ञ वसन्त पौडेलका ...
भूकम्पको तीन वर्ष पुरा, दोलखामा पुनः निर्माणको काम तीव्रः ३० हजारभन्दा भन्दा बढी निजी आवास निर्माण सम्पन्न

भूकम्पको तीन वर्ष पुरा, दोलखामा पुनः निर्माणको काम तीव्रः ३० हजारभन्दा भन्दा बढी निजी आवास निर्माण सम्पन्न

दोलखा, १२ वैशाख ।  भूकम्पबाट अतिप्रभावित दोलखामा जिल्लामा हालसम्म सरकारी कार्यालय र निजी निवास गरी ३० हजार १०४ घर निर्माण कार्य सम्पन्न भएको छ । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले दोलखाको सदरमुकामका केही पक्की घरबाहेक सबै भौतिक संरचना पूर्णरुपमा नष्ट भएका थिए जसको निर्माण कार्य तीव्ररुपमा अगाडि बढ्दा हालसम्म सो संख्यमा घर निर्माण भइसकेका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला...
राष्ट्रिय आर्थिक गणना ४० करोडमा गरिने

राष्ट्रिय आर्थिक गणना ४० करोडमा गरिने

काठमाडौँ, १२ वैशाख ।  केन्द्रीय तथ्यांक विभागले पहिलोपटक शुरु गरेको राष्ट्रिय आर्थिक गणनामा करीब  ४० करोड खर्च हुने भएको छ । यही वैशाख १ गतेदेखि शुरु गरिएको उक्त गणना आगामी जेठ मसान्तसम्म देशभर रहेका व्यावसायिक प्रकृतिका संघ संस्था, लघु, घरेलु तथा साना उद्योगको अवस्था, वस्तु तथा सेवा उत्पादन गर्ने प्रतिष्ठानलगायतका क्षेत्रमा आर्थिक तथ्यांक संकलन गरिने छ । गणनालाई प्रभावकारी बनाउन प्रत्येक जिल्...
आजदेखि ई–पेमेन्ट मार्फत राजस्व तिर्न सकिने

आजदेखि ई–पेमेन्ट मार्फत राजस्व तिर्न सकिने

काठमाडौं, १२ वैशाख। राजस्वमा ई–पेमेन्ट (विद्युतीय भुक्तानी) बुधबार सुरु हुँदैछ। वैशाख १ गते सुरु गर्ने तयारी गरिए पनि आवश्यक कार्यविधि पास नहुँदा १२ दिन ढिला गरी राजस्व विद्युतीय भुक्तानी सुरु गर्न लागिएको हो। महालेखा नियन्त्रणको कार्यालयले करदाता सेवा कार्यालय ठमेलबाट विद्युतीय भुक्तानी सुरु गर्ने भएको छ। बुधबारबाट ठमेल करदाता सेवा कार्यालयमा कर तिर्ने करदाताले विद्युतीय भुक्तानी गर्न पाउने छन...
अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्दै !

अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्दै !

काठमाडौं, १२ वैशाख । १२ वैशाख, काठमाडौं । अमेरिकी सरकारले करिब ९ हजार नेपालीलाई देश निकालाको तयारी गरेको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी उनीहरुलाई घर फर्काउने तयारी गरेको द वासिङट्न पोष्टको अनलाइन संस्करणले जनाएको छ । नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पको कारण देखाउँदै तीन वर्षअघि अमेरिकी स...
समाजसेवीद्वारा १० विद्यार्थीलाई अभिभावकत्व

समाजसेवीद्वारा १० विद्यार्थीलाई अभिभावकत्व

पथरी, मोरङ, १२ वैशाख । सामुदायिक विद्यालयमा उत्साहका साथ विद्यार्थी भर्ना अभियान चलिरहेको बेला त्यसमा सहयोग पु¥याउँदै उर्लाबारी–९ का युवा समाजसेवी सुन्दर श्रेष्ठले १० जना विद्यार्थीको पठनपाठनमा लाग्ने सम्पूर्ण खर्च आफूले ब्योहोर्नु हुने भएको छ । स्थानीय प्रभात निमाविमा अध्ययनरत कक्षा १ देखि ८ कक्षासम्म अध्ययरत १० जना विद्यार्थीलाई छात्रवृत्ति दिँदै पठनपाठनमा लाग्ने सम्पूर्ण खर्चको जिम्मा श्रे...
नयाँ म्यानपावर कम्पनी दर्ता प्रक्रिया रोकियो

नयाँ म्यानपावर कम्पनी दर्ता प्रक्रिया रोकियो

काठमाडौं, १२ वैशाख ।  सरकारले वैदेशिक रोजगारी व्यवसायी (म्यानपावर) कम्पनीको नयाँ दर्ता प्रक्रिया रोकेको छ। सञ्चालनमा रहेका रोजगार कम्पनीलाई पहिले व्यवस्थापन गरेपछि मात्रै आवश्यक परे खोल्ने गरी तत्कालका लागि दर्ता प्रक्रिया रोकिएको हो। वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले कामदारका समस्यालाई प्राथमिता दिएर काम थालेकाले म्यानपावर दर्ता अहिलेको प्राथमिकतामा नरहेको बताए। ‘म्यानपाव...
मोदीलाई नागरिक अभिनन्दन गर्न जनकपुरमा तयारी

मोदीलाई नागरिक अभिनन्दन गर्न जनकपुरमा तयारी

काठमाडौं, १२ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि २८ वैशाखमा नेपाल आउने कार्यतालिकाअनुसार तयारी सुरु भएको छ । यद्यपि, भ्रमण मितिको औपचारिक टुंगो भने लागेको छैन । प्रदेश २ सरकारले जनकपुरमा मोदीको नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ । जानकी मन्दिरमा उनले विशेष पूजाअर्चना गर्ने कार्यतालिका छ । ‘भ्रमणको मिति औपचारिक रूपमा आएको छैन, तर हामी २८ वैशाख बिहानै मोदीजीलाई जनक...
हलेसीमा डिपबोरिङमार्फत खानेपानी

हलेसीमा डिपबोरिङमार्फत खानेपानी

खोटाङ, १२ वैशाख । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा डिप बोरिङमार्फत खानेपानीको व्यवस्था गरिएको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्नेे हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको संगमलस्थल हलेसीमा मंगलबारदेखि डिप बोरिङमार्फत खानेपानीको व्यवस्था गरिएको हो । बसाहागुफादेखि केही माथिल्लो भागमा ड्रिलिङ मेसिन जडान गरेर निकालिएको खानेपानी केही तल निर्माण गरिएको २० हजार लिटरको ट्याङ्कीमा जम्मा गरेर वितरण शुर...
२०७५ बैशाख १२ गते बुधबार/आजको राशिफल

२०७५ बैशाख १२ गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल वैशाख १२ गते। बुधबार। इश्वी सन् २०१८ अप्रिल २५ तारिख। नेपाल संवत् ११३८ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– दशमी, ११:३७ बजेउप्रान्त एकादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। तापनि मिहिनेत गर्दा नतिजा सकारात्मक हुनेछ। आफन्तको भरपर्दा धोका हुन सक्छ। साझेदारीका...
दुर्घटनामा परी धनकुटाका श्रेष्ठ दम्पतीको घटनास्थलमै मृत्यु

दुर्घटनामा परी धनकुटाका श्रेष्ठ दम्पतीको घटनास्थलमै मृत्यु

झापा, ११ बैशाख । झापाको कनकाई नगरपालिकामा आज भएको सवारी दुर्घटनामा परी धनकुटाका एक दम्पतीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको दुर्गापुर सडकखण्डमा अपरान्ह टिपरले ठक्कर दिदा स्कुटरमा सवार धनकुटा–४ देव्रेवासका ४२ वर्षीय राजेश श्रेष्ठ र उनकी श्रीमती ३३ वर्षीया पुष्पा श्रेष्ठको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ छ.८०१८ नम्बरको टिपरको ठक्करबाट को.१६ प. ४२०८ नम्बरको स्कुट...
भूकम्पपछिको पुनः निर्माणमा सुस्तता : आवश्यकता ७.०६ खर्ब, खर्च १.२ खर्ब

भूकम्पपछिको पुनः निर्माणमा सुस्तता : आवश्यकता ७.०६ खर्ब, खर्च १.२ खर्ब

काठमाडौँ, ११ वैशाख। भूकम्पपछिको पुनःनिर्माणका लागि कूल रकम रु सात खर्ब छ अर्ब आवश्यक पर्ने भनिए पनि हालसम्म करीब रु एक खर्ब २० अर्ब मात्र खर्च भएको छ । पटकपटकको सरकार परिवर्तन, तीन तहको निर्वाचन तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुखको फेरबदलका कारण पुनःनिर्माणका कार्यमा सुस्तता आएर रकम खर्च गर्न नसकिएको हो । ‘भूकम्पपछिको विपद् व्यवस्थापन प्रतिवेदन’मा भूकम्पबाट भएका क्षतिग्रस्त...
असार मसान्तभित्र देशभरका एनालग प्रसारण बन्द गर्ने सरकारको तयारी

असार मसान्तभित्र देशभरका एनालग प्रसारण बन्द गर्ने सरकारको तयारी

काठकाडौं, ११ वैशाख । सरकारले आगामी १ सय दिनभित्र देश भरको एनलग टेलिभिजन प्रसारण बन्द गरि डिजिटलमा रुपान्तारित गराउने भएको छ । सञ्चार तथा सुचना प्रविधी राज्यमन्त्री गोकुल बाँस्कोटाले आईतबार सार्वजनिक गरेको मन्त्रालयको १ सय दिनभित्र गर्ने कार्यसुचिमा एनलग प्रविधीलाई असाढ मसान्तभित्रै देशभर डिजिटल प्रसारणको व्यवस्था गर्ने उल्लेख छ । सय दिनको कार्यसुचि सार्वजनिक गदै राज्यमन्त्री बाँस्कोटाले बहुमतप...
कक्षा ११ र १२ को परीक्षा मर्यादित र शान्तिपूर्ण बनाइने

कक्षा ११ र १२ को परीक्षा मर्यादित र शान्तिपूर्ण बनाइने

भक्तपुर, ११ वैशाख । यही वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा ११ र वैशाख ३० गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउन यहाँ केन्द्राध्यक्षको गोष्ठी सञ्चालन भएको छ । राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय काठमाडौंँले आयोजना गरेको गोष्ठीमा सहभागीले भक्तपुरमा परीक्षालाई नमूनाका रुपमा सञ्चालन गर्ने प्रतिबद्घता जनाएका छन् । नियमित विद्यार्थीका हकमा सम्भव भएसम्म पोशा...
फरार अभियुक्त १९ वर्षपछि पक्राउ

फरार अभियुक्त १९ वर्षपछि पक्राउ

गुलरिया, बर्दिया, ११ वैशाख। उन्नाइस वर्षअघि एक जनाको हत्या गरी फरार रहेका दोषीलाई प्रहरीले आज बुटवलबाट पक्राउ गरेको छ । गुलरिया–२ खैरापुरका नवराज पौडेलको हत्याका दोषीमध्येका ६५ वर्षीय पीताम्बर ढकाललाई बुटवल—१६ देवीनगरबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो । पौडेललाई २०५५ चैत १६ गते आपसी लेनदेनका विषयमा विवादपछि हत्या गरिएको थियो । ढकाललाई जिल्ला अदालतले २०५८ माघ २२ मा...
जिल्ला शिक्षा अधिकारीमाथि बलात्कार मुद्दा

जिल्ला शिक्षा अधिकारीमाथि बलात्कार मुद्दा

गुलरिया, बर्दिया, ११ वैशाख ।  जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ । नेपालमाथि जिशिअ निवासमा पढाउने बहानामा यौन दुव्र्यबहार गरेको आरोप एक बालिकाले लगाएकी छन् । फुपुकोमा केही दिन बस्न भनेर आएकी १५ वर्षीया बालिका गत बिहीबार दुव्र्यवहारको सिकार भइकी थिइन् । उनकी फुपु सोही कार्यालयका प्रमुखको क्वाटरमा खाना पकाउने काम गर्छिन् । विद्यालय छुट्टि भएको समयमा...
भाषा परीक्षाको नाममा नेपालबाट कराेडाैं कुम्ल्यायाे कोरियाले

भाषा परीक्षाको नाममा नेपालबाट कराेडाैं कुम्ल्यायाे कोरियाले

काठमाडाैं ११ बैशाख । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरियामा नेपाली प्रशिक्षार्थी कामदार छनोट गर्नका लागि लिइने नवौँ चरणको कोरियाली भाषा परीक्षाको आवेदन फारामबाटै २१ करोड रुपैयाँभन्दा बढी बाहिरिएको छ। ८२ हजार २६४ जनाले कोरियाली भाषा परीक्षाको आवेदन फाराम बुझाएका थिए। ग्लोबल आईएमई बैंकमा प्रतिव्यक्ति २४ अमेरिकी डलरका दरले २१ करोड दुई लाख ६६ अजार ७८४ रुपैयाँभन्दा बढी संकलन भई बाहिरिएक...
जानकी दिवस मनाइँदै

जानकी दिवस मनाइँदै

बर्दिवास, ११ वैशाख । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज जानकी नवमी उत्सव मनाइँदै छ । वैशाख शुक्ल नवमीका दिन त्रेता युगमा राजा जनकले हलो जोत्दा धर्तीबाट जानकी(सियोबाट उत्पति भएकाले सीता नामकरण) उत्पति भएको विश्वासमा मिथिलामा यस दिनलाई जानकी नवमी पर्वका रुपमा मनाइन्छ । पर्वका अवसरमा मटिहानीस्थित लक्ष्मीनारायण मठमा आज बिहानैदेखि जानकी जन्म उत्सव मनाइँदै छ । नेपाल र भारतका साधु, सन्त र सर्वसाधारण ...
error: Content is protected !!